अपराध
व्यक्तिगत गोपनीयता भंग गर्ने गरी भिडियो अपलोड गर्ने युट्युबरसहित ३ जना पक्राउ
बिर्तामोडः व्यक्तिगत गोपनीयता भंग हुने गरी भिडियो खिचेर युट्युबमा अपलोड गरेको आरोपमा ३ जना पक्राउ परेका छन् । झापाको बिर्तामोडस्थित एक होटलमा चरित्र हत्या गर्ने उद्देश्यले भिडियो खिचेर युट्युबमा अपलोड गर्ने पक्राउ परेका हुन् ।
गत मंगलबार होटल जंगली भ्यु चारआलीका सञ्चालक हेमराज भट्टराईले युटुबर बोलाएर आफ्नो होटलमा खाजा खान आएका ग्राहकको भिडियो खिचाएका थिए । भट्टराईले सो भिडियो युट्युबमा अपलोड गरेका थिए । प्रहरीले होटल सञ्चालक भट्टराई, सोही ठाउँका स्नुकर पुल सञ्चालक सुवास कार्की र अनलाइन टेलिभिजन संघ झापाका अध्यक्ष खगेन्द्र घिमिरेलाई पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका अनुसार क्यामेरामेन भास्कर श्रेष्ठ, सामाजिक सञ्जाल टिकटकमा भिडियो पोष्ट गर्ने कल्पना थापा बस्नेत र चन्दा प्रसाईँ पोखरेलका नाममा पनि उजुरी परेको छ । प्रहरीले उनीहरुको खोजी गरिरहेको छ ।
बिनाअनुमति आफूहरुको भिडियो खिचेर अपलोड गरेको भनी पीडितले अभद्र व्यवहार सम्बन्धी उजुरी गरेका थिए । आफूहरूको इज्जत प्रतिष्ठा हनन हुने गरी आफूहरूलाई गालीगलौज र अपशब्द बोल्दै हातपात गरी जबर्जस्ती भिडियो खिची आफूहरूको इच्छाविपरीत युट्युब र टिकटकमा अपलोड गरेको भनी उनीहरुले उजुरी दिएका थिए ।
Facebook Comment
Banner
समानुपातिक सांसदको नाम टुंगो लगाउँदै एमाले
हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम टुंगो लगाउन आज नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक बस्दै छ ।
दिउँसो १:०० बजे भक्तपुरस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बैठक राख्ने तयारी गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।
उनका अनुसार बैठकमा समानुपातिकतर्फबाट निर्वाचित सांसदको नाम टुंगो लगाउने र निर्वाचनको समीक्षा गर्नेछ ।
निर्वाचन आयोगले आज प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फबाट निर्वाचन उम्मेदवारका नाम सिफारिस गर्न राजनीतिक दललाई समयसीमा तोकेको छ ।
Banner
रास्वपा सचिवालय बैठक बस्दै
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ ।
पार्टी सभापति रवि लामिछानेको निर्देशनमा सचिवालय बैठक बोलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए । बैठकको समय र स्थान भने उल्लेख गरिएको छैन ।
समानुपातिकतर्फका सांसदहरूको नाम सिफारिस गर्ने र पार्टीका आन्तरिक विधि–प्रक्रियासम्बन्धी विषयमा छलफल गर्ने बैठकको एजेण्डा रहेको प्रवक्ता झाले जानकारी दिए
Banner
वराहक्षेत्र नगरपालिकाको स्थापना दिवसमा रक्तदान, १३९ पिन्ट रगत सङ्कलन
पालिकाको दशौं स्थापना दिवसको अवसरमा सुनसरीको वराहक्षेत्र नगरपालिकाले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।
चक्रघट्टीस्थित नगरपालिकाको कार्यालय परिसरमा भएको रक्तदानमा १३९ पिन्ट रगत सङ्कलन भएको नगरपालिकाले जनाएको छ ।
हिजो बिहान नगरपालिकाको आयोजना र नेपाल रेडक्रस सोसाईटी सुनसरीको प्राविधिक सहयोग तथा समन्वयमा रक्तदान कार्यक्रम आयोजना भएको नगर प्रमुख रमेश कार्कीले बताउनुभयो ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login