राजनीति
कांग्रेसको क्रियाशील सदस्यता विवाद आज टुङ्गो लाग्ने

काठमाडौंः नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवाद आज टुङ्गो लाग्ने बताइएको छ । विभिन्न १३ निर्वाचन क्षेत्रको विवाद सहमति नजिक पुगेको विवाद सुल्झाउन गठित कार्यदलको भनाइ छ ।
विवाद सुल्झाउन पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजाल र रमेश लेखक रहेको तीन सदस्यीय कार्यदललाई जिम्मा दिइएको थियो । बिहीबार दिनभर काठमाडौंको एक रिसोर्टमा बसेको कार्यदलले सदस्यता विवाद सुल्झाउने मापदण्डमा सहमति जुटाएको बताइएको छ ।
केन्द्रीय सदस्य लेखक संयोजक रहेको सदस्यता छानबिन समितिले करिब डेढ महिना लगाएर साउन १२ मा सदस्यताको प्रतिवेदन सभापति देउवालाई बुझाएको थियो । समितिले १ सय ७० वडामा १३ औं महाधिवेशनकै क्रियाशील सदस्यताबाट अधिवेशन गर्नुपर्ने सुझाव दिँदै विभिन्न १३ निर्वाचन क्षेत्रमा देखिएको विवाद मिलाउने जिम्मा पार्टी पदाधिकारीलाई दिएको थियो ।
कांग्रेसको महाधिवेशन निर्वाचन समितिले क्रियाशील सदस्यताको सूची पाएको १९ औं दिनमा वडा अधिवेशन गर्न सकिने जनाउँदै आएको छ । कांग्रेसले मंसिर ९ देखि १३ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ ।
क्रियाशील सदस्यताको विवादका कारण कांग्रेसको वडा अधिवेशन स्थगित
Facebook Comment
Banner
शिक्षक अन्दोलनको आठाैँ दिन : माइतीघर–नयाँबानेश्वर सडक ठप्प (तस्वीरहरू)

चैत २० गतेदेखि सुरु भएको शिक्षक अन्दोलन आज आठाैँ दिन पनि जारी छ । माग पूरा नभएसम्म जिल्ला नफर्किने चेतावनी उनीहरूको छ ।
शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै शिक्षकहरू आन्दोलनमा उत्रिएका हुन् । सरकारले वार्तामा आउन गरेको आह्वान उनीहरूले अस्वीकार गरेका छन् ।
पहिला पुराना सहमति पालना हुनुपर्ने शिक्षकहरूको अडान छ ।
तस्वीरहरू :
Banner
रवि पक्राउ : प्रहरी ज्यादती भएको भन्दै रास्वपाले बुझायो आयोगलाई ज्ञापनपत्र

काठमाडौँ । सभापति रवि लामिछानेलाई पक्राउ गर्दा प्रहरी ज्यादती र मानव अधिकार हनन् भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले मानवअधिकार आयोगलाई ज्ञापनपत्र बुझाएकाे छ । आज प्रमुख सचेतक सन्तोष परियार, सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलगायत रास्वपा नेताहरूले आयुक्तहरूलाई भेटेर घटनाबारे जानकारी दिँदै ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा रवि पक्राउमा पीडितको मानवअधिकार उल्लङ्घन भएको भन्दै जिउज्यान तथा मानवअधिकारको रक्षार्थ आवश्यक समन्वय गर्न माग गरिएको छ । मुद्दाको न्यायिक प्रक्रियाको विवरण र उक्त दिनको घटनाको विवरण समेटिएको छ । न्यायिक प्रक्रिया पूरा नगरी गैरकानुनी रूपमा रविलाई पक्राउ गरिएको दाबी निवेदनमा गरिएको छ । शुक्रबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासले जिल्ला अदालत रुपन्देहीको आदेश उल्टाउँदै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो । उच्चको आदेश जिल्ला नपुग्दै प्रहरीले सोही राति काठमाडौँ बुढानीलकण्ठबाट लामिछानेलाई नियन्त्रणमा लिएको थियो । लामिछानेलाई एक दिन काठमाडौँ र दुई दिन रुपन्देहीमा हिरासतमा राखेर सोमबार कारागार चलान गरिएको थियो ।
Banner
सुनको भाउ फेरि उकालो, बढ्यो १ हजार

२७ चैत, काठमाडौं । सुनको मूल्य फेरि उकालो लागेको छ । अघिल्लो दिन प्रतितोला ४ सय घटेको सुन आज १ हजार बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि भाउ प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन १ लाख ७४ हजार ४ सय रुपैयाँ थियो ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login