शेयर
शेयर बजारमा गिरावट कायमै, नेप्से सूचक ३००० भन्दा तल
विराटचोकः केही दिनदेखि उच्च अंकले लगातार घटेको शेयर बजार मंगलबार पनि घटेको छ । आज नेप्से ६९.०५ अंक अर्थात् २.२७ प्रतिशतले ओरालो लागेको हो । नेप्से परिसूचक २९७५.८४ को बिन्दुमा रोकिएको छ ।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ । विकास बैंक समूह सर्वाधिक ३.४८ प्रतिशतले घटेको छ । जलविद्युत समूह पनि ३ दशमलव ४६ प्रतिशतले घट्दा अन्य समूह ३ दशमलव १८ र वित्त समूह ३.०८ प्रतिशतले ओरालो लागेका छन् ।
आज २ सय २७ कम्पनीका २ करोड ३१ लाख ९ हजार ७ सय १३ कित्ता शेयर १३ अर्ब २५ करोड ९६ लाख ९६ हजार १०८ रुपैयाँमा कारोबार भएको छ । १ लाख ३० हजार ७ सय ७४ पटक शेयर कारोबार भएको हो ।
अरुण भ्याली हाइड्रोपावरको सर्वाधिक १ अर्ब १ करोड ५ लाख ७३ रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिस्टिलरीको ४९ करोड २३ लाख रुपैयाँबराबरको कारोबार हुँदा अपि पावरको २९ करोड ७८ लाख ७६ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
रुरु जलविद्युतको शेयरभाउमा १० प्रतिशतको हाराहारीमा गिरावट आएको छ । बजार घटेसँगै समग्र बजार पूँजीकरण ४१ खर्ब ४७ अर्ब कायम भएको छ ।
Facebook Comment
Banner
साथीको उद्धार गर्न गएका कर्णेलको पहिरोमा पुरिएर मृत्यु
पहिरोमा परेर नेपाली सेनाका एक लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी)को मृत्यु भएको छ ।
मृत्यु हुनेमा कर्णेल मिलन केसी रहेका छन् । नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी गौरव केसीका अनुसार उनी सैनिक प्रतिष्ठान खरिपाटीमा कार्यरत थिए । साथीहरुसँग उनी घुम्न सिन्धुलाल्चोक पुगेका थिए ।
सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका-४ बिमरेनी जंगल नजिकको सिन्धु बिच रिसोर्टमा बसेका थिए । पहिरो आएर साथीहरू पुरिएपछि उद्धार गर्न भनेर गएका उनी पनि पहिरोमा पुरिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एसपी सन्तोष खड्काले बताए ।
कर्णेल केसीको घर दोलखा । उनी आफ्ना कोरियन साथीसँग घुम्न गएका थिए । कोरियन नागरिकको अवस्था भने अहिलेसम्म पत्ता नलागेको एसपी खड्काले बताए ।
Banner
आज – ०३ आश्विन २०८१ बिहिवार को राशिफल
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रेममा मनमुटावका साथै मन कमजोर रहला । आफ्नो अधिकार प्रातिका लागि संघर्ष गर्नु पर्ला । शिक्षामा वाधा आउनेछ । मन विचलित रहला ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज बौद्धिक काममा सफलता मिल्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । घरायसी समस्या बढ्नेछ । मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नुपर्छ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज स्वइच्छा र स्वादिष्ट भोजन पाइनेछ । सामाजिक संस्थाबाट सहयोग पाइनेछ । बोलीको प्रभाव बढ्ने र नयाँ कार्यको योजना पनि बन्नेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) प्रयत्न गर्दा पनि उपलब्धि पाउन मुस्किल पर्नेछ । आर्थिक कारोबारमा मन्दी आउनेछ । प्रेममा मनमुटावका साथै कार्य सम्पदनमा समस्या आउला ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज न्यायिक कार्यमा सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति होला । राज्यबाट मान सम्मान पाइनेछ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज कार्य सम्पादनमा सहजता मिल्नेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । रमाइलो यात्राको योग रहेको छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । चलाखीपूर्ण बोलीले व्यवहारमा फाइदा हुनेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । राजनैतिक कार्यमा र साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज परिवारजनको साथले नयाँ आशा जगाउनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन पनि सकिनेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आस मारेको काम बन्नेछ । अरुको मन जित्न सकिनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । सन्तान सुख मिल्नेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज पुराना र रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । बैदेशिक कार्यमा सफलता मिल्नेछ । धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन् ।
Banner
श्री सहकारी संस्था लि. हरैंचा र रेडियो सुसेलीको वार्षिक साधारणसभा सम्पन्न, अध्यक्ष्य मा रमेश खड्का सर्वसम्मत
सुन्दरहरैंचा नगरपालिका वडा नं. १० मा रहेको श्री सहकारी संस्था लि. हरैंचाको ३३ औं तथा रेडियो सुसेलीको १४ औं वार्षिक साधारणसभा आफ्नै भवनमा सम्पन्न भएको छ ।
साधारणसभाबाट रमेश खड्काको अध्यक्षतामा ९ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको छ । उपाध्यक्ष नवराज चापागाईं, जिल्ला संघ प्रतिनिधि गोकुल तिम्सिना, सदस्यहरुमा केशव अधिकारी, ललितबहादुर श्रेष्ठ, राम अवतार ठाकुर, सुरेन्द्रबहादुर थापा, अनुरोध साह र मुना मैनाली रहेका छन् ।
त्यसै गरी लेखा समितिमा रामप्रसाद गजुरेलको संयोजकत्वमा ३ सदस्यीय कार्य समिति गठन भएको छ । सदस्यहरुमा लोकेन्द्र दाहाल र विना सुवेदी रहेका छन् ।
श्री सहकारी संस्था लि. हरैचा २०२४ सालमा स्थापना भई पूर्व कै नमुना संस्थाको रुपमा परिचित संस्था हो । तत्कालिन समयमा नुन, तेल, गाँस र उत्पादन सम्मको सम्पूर्ण गतिविधि गर्न यो संस्था सफल रहेको थियो । कुशल व्यवस्थापन र ग्रामिण जनताको जिवनस्तर उकास्न तत्कालिन सरकारले २०३३ सालबाट कृषि विकास बैंक मार्फत कृषि ऋण प्रवाह गर्दै यस क्षेत्रको उत्पादन बृद्धिमा योगदान दिएको थियो ।
२०६६ सालमा विकासले फड्को मारिरहेको यस क्षेत्रमा सञ्चारका कुनै साधन थिएनन् । नगर हुन कै लागि समेत सञ्चारको आवश्यकता ठहर गरी रेडियो सुसेली स्थापना गरिएको इतिहास ताजै रहेको छ । निर्वाचित सञ्चालक समितिले दुवै संस्थाको गरिमालाई बचाइराख्दै संस्थासँग भएका चुनौतीहरुलाई चिर्दै जानु मुख्य लक्ष्य रहेको छ ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा नगरप्रमुख केदारप्रसाद गुरागाईं, पूर्व राज्य मन्त्री राजकुमार ओझा, विशिष्ठ अतिथिमा पूर्व नगरप्रमुख शिवप्रसाद ढकाल, पूर्व नगर उपप्रमुख धनमाया तामाङ लगायतको उपस्थिति रहेको थियो । निर्वाचित कार्य समितिलाई निर्वाचन समितिका संयोजक कृष्णप्रसाद रिजालले पद तथा गोपनियताको शपथ गराउनु भएको थियो ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login