Connect with us
Advertisement

ट्रिपरको ठक्करबाट उद्योगभित्र बालिकाको मृत्यु

Published

on

दुहबीः सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ९ छाताबेलीस्थित जय बाबा इँटा भट्टा उद्योगभित्र ट्रिपरको ठक्करबाट एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही भट्टामा मजदुर रहेका भारतको पश्चिम बंगालका रफिकुल इस्लामकी ९ वर्षीया छोरी बबिता खातुन रहेकी छिन् ।

हिजो बेलुका पौने ५ बजे को १ ख ५४५१ नम्बरको ट्रिपरले बालिकालाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको थियो । ट्रिपर र चालक धनकुटाका् शहीदभूमि गाउँपालिका वडा नम्बर ४ का ३० वर्षीय हेमराज राई इलाका प्रहरी कार्यालय दुहबीको नियन्त्रणमा रहेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

विश्व मुटु दिवसः नाेबेलकाे प्रभातफेरीमा काेशी प्रदेशका मुख्यमन्त्री

Published

on

विश्व मुटु दिवस, २९ सेप्टेम्बरको अवसरमा विराटनगरकाे नाेवेल मेडिकल कलेज शिक्षण अस्पतालले जनचेतनामुलक प्रभातफेरी गरेकाे छ । प्रभातफेरीमा काेशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीकाे समेत सहभागीता थियाे ।

प्रभातफेरीमा मुटु राेग सम्बन्धी सचेतना दिइएकाे थियाे । प्रभातफेरी  महेन्द्रचोकबाट सुरु भई तीन पैनी चोकमा पुगी कोण सभा गरेर टुंगिएको थियो । काेण सभामा कसरी मुटुलाई स्वस्थ राख्ने विषयमा जानकारी दिइएकाे थियाे ।

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधी, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रतिनिधी, कोशी अस्पतालका चिकित्सक समुह, नाेवेलकाे  मुटुरोग विभाग, नोवेलका कर्मचारीहरु र रोट्र्याक्ट नोवेलका विद्यार्थीहरुको विशेष भुमिका रहेको थियो ।

विश्व मुटु दिवसका अवसरमा देशभरका स्वास्थ्य संस्थाहरूले कार्यक्रम गर्दैछन् । विश्व स्वास्थ्य संगठनले हरेक वर्ष सेम्टेम्बर २९ लाई विश्व मुटु दिवसका रूपमा मनाउँने गर्दछ ।

Continue Reading

Banner

विराटनगरको नोबेल अस्पतालमा एक महिलाले जन्माइन तिम्ल्याहा बच्चा

Published

on

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक महिलाले एकै पटक तीन सन्तानलाई जन्म दिएकी छन् । झापाको गौरीगन्ज गाउँपालिका–४ की २२ वर्षीया रुविना ताजपुरियाले एकै पटक तिम्ल्याहा छोरा जन्माएकी हुन् ।

जन्मिएका दुई बच्चाको तौल १ किलो ६ सय ग्राम छ भने एउटा बच्चाको तौल २ किलो १ सय ग्राम छ । अप्रेसन गरेर तीन वटै बच्चा सकुशल निकालिएको नोबेल अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ प्रा.डा.शान्ति सुवेदीले जानकारी दिइन् ।

‘बच्चाहरूको तौल अलिक कम छ, तिम्ल्याहा बच्चा भएकाले तौल कम हुनु स्वभाविक पनि हो,’ प्रा.डा.सुवेदीले भनिन्, ‘तर, उनीहरूको स्वास्थ्य अवस्था ठिक छ, केही समस्या देखिएको छैन ।’

रुविनाका यसअघि दुई छोरी छन् । तेस्रो पटक सुत्केरी भएकी उनले एकै पटक तीन छोरालाई जन्म दिएपछि अब पाँच सन्तान भएका छन् । अहिले आमा र बच्चाहरूको अवस्था सामान्य रहेकाले केही दिनभित्र डिस्चार्ज गरिने नोबेल अस्पतालले जनाएको छ ।

Continue Reading

Banner

जिन्दगीभर ह्वीलचेयरमा पुुर्याउनसक्ने ‘स्पाइनल कर्ड इन्जुरी’:सावधानी, उपचार र पुनःस्र्थापना

Published

on

हामीले दुर्घटनाबाट मेरुदण्डमा चोट लागेर जिन्दगीभर ह्वीलचेयरको सहारामा बाँचिरहेका धेरै व्यक्ति देखिरहेका छौं । सडक दुर्घटना, लडेर, अग्लो स्थान जस्तै रुख, भीर वा घरको छतबाट खसेर, पौडी खेल्दा डाइभिङ नमिलेर वा कुनै कारणले ढाडको हड्डीमा दबाब परेर स्पाइनल कर्ड इन्जुरी हुनसक्छ । यस्तै सांघातिक आक्रमण, गोली लागेर वा विस्फोटमा पर्दा पनि स्पाइनल कर्ड इन्जुरी हुनसक्छ । स्पाइनल कर्ड इन्जुरीका घटनामा स्पाइन (मेरुदण्ड) मा मात्रै चोट लागेको हुँदैन । अरू सहायक इन्जुरी पनि हुनसक्छन् । स्पाइनल कर्ड इन्जुरीमा छाती, पेट, आन्द्रा, मुख र दाँतमा पनि चोट लाग्ने सम्भावना बढी हुन्छ ।

जटिल समस्याको कारक
स्पाइनल कर्डको माध्यमबाट सम्पूर्ण शरीरसँग मस्तिष्कको सम्पर्क–समन्वय हुन्छ । शरीरको कुनै भाग चलाउन स्पाइनल कर्डबाट सेन्सेसन मस्तिष्कसम्म आउँछ । स्पाइनल कर्ड इन्जुरी हुँदा यस्तो सेन्सेसन मस्तिष्कसम्म लैजान र ल्याउने इन्द्रीय विफल भइदिन्छन् । पूर्णरूपमा चोट लागेको अवस्थामा तल्लो शरीर नचल्ने हुनसक्छ । जस्तोः घाँटीमा चोट लागेमा घाँटीभन्दामुनी हातखुट्टा नचल्ने र सास फेर्न गाह्रो हुनसक्छ । पिठ्युको ढाडमा चोट लागेमा खुट्टा चल्दैन । यसमा आधा शरीर प्यारालाइसिस पनि हुनसक्छ । यसको ‘ए’ देखि ‘इ’ सम्म ग्रेड छुट्याइएको हुन्छ । ‘ए’ ग्रेडमा पूर्णरूपमा केही थाहा नपाउने र ‘इ’ भनेको चोट लागेको तर ‘न्युरल स्ट्रक्चर ड्यामेज’ नभएको भन्ने बुझिन्छ ।

स्पाइनमा चोट लागेको बेलामा घटनास्थलबाटै उपचार सुरू गर्नुपर्छ । कहिलेकाहीँ नसा चलिरहेको अवस्थामा बिरामीलाई सावधानीपूर्वक हस्पिटल पुुर्याउनुपर्छ। अन्यथा गम्भीर इन्जुरीमा जाने सम्भावना रहन्छ । बेहोस बिरामीलाई पानी खुवाउन हुँदैन किनभने पानी सर्किएर एस्पिरेसन हुनसक्छ । त्यस्तै बिरामीको खुट्टा चलिरहेको अवस्थामा हिँडाइ हाल्नुहुँदैन । बिरामीलाई कडा सतह जस्तैः काठको पटेरा, कडा टिन वा फलाम बिछ्याएर घाँटीको दुबैपट्टी कडा वस्तु राखेर घाँटीलाई चलाउन नमिल्नेगरी राख्नुपर्छ ।

तर स्पाइनल कर्ड इन्जुरी भएका सबैलाई शल्यक्रियाको जरूरत पर्दैन । ग्रेड ‘ए’ ग्रेडको इन्जुरीमा शल्यक्रिया गरेर पनि फाइदा हुँदैन । बी, सी, डी, र इ ग्रेडको इन्जुरीलाई शल्यक्रियाले फाइदा गर्नसक्छ । यदि चोट नभएमा शल्यक्रिया गर्नुपर्दैन । यदि हड्डीको उचाइ घटेको, हड्डीहरू डिस्ट्रक्सन भएर स्पाइनल कर्ड वा स्पाइनल क्यानल, दिसापिसाब नियन्त्रण गर्ने ठाउँमा आएको वा हातखुट्टा चलाउने ठाउँमा असर पुर्याएको अवस्थामा तुरून्त शल्यक्रियाको जरूरत पर्छ । स्पाइनल कर्डभित्र ट्युमरले पहिले नै नसा च्यापिएको र दुर्घटना भएर स्पाइनल इन्जुरी भएर डिस्ट्रक्सन भएको अवस्थामा शल्यक्रिया गर्दा सुधार हुन सक्दैन । तर सामान्य कुरकुरे हड्डी खिइएर नसा च्यापिएको र ढाड दुखेको समस्यामा शल्यक्रिया गर्दा पूर्णरूपमा प्यारालाइसिस हुन पाउँदैन ।

पुनःस्र्थापना केन्द्रमा मनोचिकित्सक, फिजियोथेरापिष्ट, न्युरो सर्जन, न्युरोफिजिसियन, फर्मासिष्ट, पोषणविद आदि सबै मिलेर मल्टिडिसिप्लिनरी एप्रोचबाट उपचार गर्नुपर्छ । नेपाल सरकारले स्पाइनल इन्जुरी र हेड इन्जुरी भएका बिरामीलाई उपचारवापत् १ लाख रुपियाँ उपलब्ध गराउँदै आएको छ । त्यसैगरी स्पाइनल इन्जुरीबाट पक्षघात भएका बिरामीले स्थानीय वडा कार्यालयबाट पाँच हजार रुपैयाँ निर्वाह भत्ता पाउँछन् ।
(लेखक नोबेल मेडिकल कलेज, विराटनगरमा कार्यरत हुनुहुन्छ ।)

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक