राजनीति
नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत धरानमा किशोर राई नेतृत्वको प्यानलको उम्मेदवारी घोषणा
धरानः नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत धरान उपमहानगर समितिको नेतृत्वको लागि सभापतिमा किशोर राईसहित उनको प्यानालको उम्मेदवारी घोषणा गरिएको छ ।
हिजो धरानको गीता मन्दिरमा एक कार्यक्रम आयोजना गरी सभापति पदमा राई सहित पदाधिकारीहरुको उम्मेद्वारी घोषणा गरिएको हो । देउवा पक्षबाट सभापतिमा किशोर राई तथा उपसभापतिमा राजकुमार थोप्रा र महेन्द्र तामाङले उम्मेदवारी दिएका छन् । सचिव पदमा रुकमणि गौतम (कोपिला) र सुमन श्रेष्ठले उम्मेदवारी दिएका छन् । यसैगरी, सहसचिव पदमा गोपाल कार्की र कमला रुचालले उम्मेदवारी घोषणा गरेका छन् ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मीन विश्वकर्माले जीतको शुभकामना दिएका थिए । पार्टीलाई बलियो बनाउन र बीपी कोइरालाको विचारलाई आत्मसात गर्दै आफूले किशोर राई र उनको टिमलाई समर्थन गरेको घोषणा गरेका सभापति पदका अर्का आकांक्षी अजय राईले बताएका थिए ।
महिला नेतृ लक्ष्मी खतिवडाले विपक्षीसँग चुनावमा लड्दै गर्दा कांग्रेस एक भएर मोर्चाबन्दी हुनुपर्ने बताइन् ।
धरानमा यसअघि नै वर्तमान नगर सचिव श्याम पोखरेलले पनि सभापति पदमा उम्मेद्वारी घोषणा गरिसकेका छन् ।
सङ्घीय सांसद मीना सुब्बाले घोषित उम्मेदवारहरूलाई सबैको समर्थन र सहयोग रहेको बताइन्। घोषणा कार्यक्रममा १ नं प्रदेशका पूर्व प्रदेश प्रमुख गोविन्द सुब्बा, क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठ, लक्ष्मी खतिबडा, विनोद राई, अजय राईलगायतका नेताहरू उपस्थित थिए ।
कांग्रेसको धरान सभापतिमा वर्तमान नगर सचिव श्याम पोखरेल उठ्ने
Facebook Comment
Banner
बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै
सरकारले ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुल खुवाउँदै छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो उमेर समूहका बालबालिकालाई रोगहरूबाट जोगाउन भिटामिन ‘ए’ क्याप्सुल खुवाउनुका साथै नियमित खोप लगाउन छुटेकाहरूलाई नजिकैको स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन आग्रह गरेको छ । मन्त्रालयका अनुसार भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनासम्मका बालबालिका तथा जुकाको औषधि एक देखि पाँच वर्षसम्मका बालबालिकालाई खुवाइने छ ।
भिटामिन ‘ए’ करिब ३२ लाख बालबालिका र जुकाको औषधि करिब २९ लाख बालबालिकालाई खुवाइने मन्त्रालयले जनाएको छ । सरकारले बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरणका लागि २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित रुपमा खुवाउन थालेको हो ।
राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमका लागि ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी खटिने मन्त्रालयले जनाएको छ । सरकारले प्रत्येक वर्ष बालबालिकालाई वैशाख र कात्तिक महिनामा भिटामिन ‘ए’ र जुकाको औषधि निःशुल्क रुपमा खुवाउँदै आएको छ ।
Banner
आज विदेशी मुद्राको विनिमय दर कति ?
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
Banner
साविक विजेता सिटीलाई हराउँदै रियल पुग्यो सेमिफाइनलमा
साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो ।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login