अपराध
सुन्दरहरैंचामा दशैंअगाडि शृंखलाबद्ध रुपमा खसीबोका हराउन थालेपछि किसान चिन्तित
विराटचोकः सुन्दरहरैंचाको वडा नम्बर ५ मा शृंखलाबद्ध रुपमा खसीबोका हराउन थालेपछि किसान चिन्तित भएका छन् । हिजो राति वडा नम्बर ५ को नौ बिघे क्षेत्रबाट ६ वटा खसी तथा बाख्रा हराएका छन् ।
किसान श्याम कार्कीको घरबाट हिजो ३ वटा खसी र २ वटा बाख्रा हराएका छन् । ‘योजनाबद्ध रुपले चोरेको देखिन्छ,’ कार्कीले भने, ‘खोरपछाडिको भाटाले बारेको बार भत्काएर खोरमा भएका सबै खसी बाख्रा लगेको छ ।’ घर पछाडि रहेको सडकमा सवारी रोकेर त्यही सवारीमा हालेर लगेजस्तो देखिएको उनले बताए । खोर पछाडिको झाडी र घाँस माडेको देखिएकाले समूहमा आएर चोरेको हुन सक्ने उनले बताए ।
हिजो राति नै कार्कीकै छिमेकी लक्ष्मी श्रेष्ठको एउटा खसी चोरी भएको छ ।
आफ्नो डेढ लाख मूल्यबराबरको खसीबाख्रा चोरी भएको कार्कीले बताए । सडक क्षेत्रमा राखिएका सीसी क्यामेरा र सोलार बत्ती बिग्रिँदा पनि प्रशासनले चासो नदिँदा चोरीका घटना बढिरहेको उनले बताए ।
गत भदौ २७ गते पनि सुन्दरहरैंचा–५ को नयाँ वृन्दावन गौशाला क्षेत्रमा रहेको सिर्जनशील कृषि फार्मबाट ५ वटा खसीबाख्रा हराएका थिए । रुद्रप्रसाद घिमिरेको कृषि फार्मबाट चोरिएकामध्ये २ वटा बाख्रा नयाँ वृन्दावन गौशाला क्षेत्रमा मारेर फ्याँकेको अवस्थामा फेला परेका थिए । बोयर जातका खसी बाख्रा चोरी भएका हुनाले ३ लाखभन्दा बढी मूल्यको चौपाया चोरी भएको उनले बताए ।
आफू कृषि फार्ममै सुत्ने गरे पनि चोरी भएको रात भने छोरी बिरामी भएकाले घरमै सुतेको र त्यसपछि फार्ममा सुत्न डर लागेर घरमै सुत्ने गरेको र खसीबाख्रा पनि सबै घरमा तथा छिमेकीको गोठमा सारेको उनले बताए । दर्ता गरेर सञ्चालन गरेको सो फार्ममा पालिएका २० वटामध्ये बीउको बोकोसहित ५ वटा खसीबाख्रा हराएको उनले सुनाए ।
घिमिरेका अनुसार सो घटनामा शंकास्पद २ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको थियो । तर, उनीहरुले मानसिक सन्तुलन गुमाएको अभिनय गरेपछि प्रहरीले छाडिदिएको घिमिरेले बताए ।
शृंखलाबद्ध चोरीका घटनामा चिनजानकै मानिस संलग्न भएको हुन सक्ने तर जनप्रतिनिधि र प्रहरी प्रशासनले चोरीका घटना रोक्नेतर्फ ठोस कदम नचालेको पाएको घिमिरेको भनाइ छ । यस्तै अवस्था रहे धेरै व्यवसायी पलायन हुने खतरा बढेको उनले औँल्याए ।
Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login