अपराध
मादी हत्याकाण्डमा संलग्न थप ४ जना पक्राउ, अघिल्लै दिन बनाइएको रहेछ योजना, योजनाकार पनि पक्राउ
खाँदबारीः भदौ २१ गते बिहान सङ्खुवासभाको मादी नगरपालिका १ उमलिङको खोलागाउँमा भएको सामुहिक हत्याकाण्ड योजनाबद्ध रुपमा भएको खुलेको छ । प्रहरीले सो घटनाका योजनाकारलगायत थप ४ जनालाई पक्राउ गरेको छ । उनीहरुले हत्या गर्नुको कारणसहित आफ्नो संलग्नता स्वीकारेको प्रहरीले जनाएको छ ।
एउटा समूहले योजनाबद्धरुपमा गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
सङ्घीय प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भीम दाहालको कमाण्डमा जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डीएसपी लालध्वज सुवेदी, इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडा र प्रदेश प्रहरी कार्यालय (रिट) का प्रहरी निरीक्षक बबिन्द्र नेम्बाङसहितको संयुक्त अनुसन्धान टोलीले घटनाको अनुसन्धान गरेको थियो ।
प्रहरीका अनुसार थप पक्राउ पर्नेहरूमा ४७ वर्षीय खड्गबहादुर कार्की (मुख्य योजनाकार) उनकै छोरा २८ वर्षीय हस्तबहादुर कार्की, यसअघि पक्राउ परेका लोकबहादुर कार्कीका बुबा ४९ वर्षीय रणबहादुर कार्की र लोकबहादुरका भाइ १७ वर्षीय नरेश कार्की रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय खाँदबारीमा आज पत्रकार सम्मेलन गरी घटनाको बारेमा प्रहरीले जानकारी दिएअनुसार अनुसन्धानबाट खुलेका थप तथ्यहरू यसप्रकार छन्ः

यसअघि पक्राउ परेका लोकबहादुर कार्कीको घरमा घटनाको अघिल्लो रात ८ बजे मुख्य योजनाकार खड्गबहादुर कार्की सहित हस्तबहादुर कार्की, लोकबहादुर कार्की र नरेश कार्की बसेर हत्या योजना बनाएको पाइएको प्रहरीले जनाएको छ ।
घटनाको दिन बिहान मृतक तेजकुमार कार्की खेताला वोलाउन लोकबहादुरको घरमा आउने र सोही अवसरमा मौका छोपी तेजकुमार र उनकी श्रीमतीको हत्या गर्ने योजना बनाएको पाइएको छ । घटनाको बारेमा अरुले थाहा पाए भने उनीहरूको पनि हत्या गर्ने साथै अनुकूल मिलेमा तेजकुमारको घरमा भएको धनमाल समेत लुट्ने योजना रहेको पाइएको प्रहरीको भनाइ छ ।
घटनाको दिन मृतकको पिप्लेस्थित खेतमा खड्गबहादुर कार्की, हस्तबहादुर कार्की, लोकबहादुर कार्की र नरेश नरेश कार्की समेत खेताला जाने कुरा पहिला नै निश्चित भएको थियो ।
मृतक तेजकुमार कार्की बिहान आउने निश्चित गर्न खड्गबहादुर कार्की बिहान ५ बजे तेजकुमार कार्कीको घरमा गएर ‘लोकबहादुर अल्छी छ, घरमै गएर खेताला निश्चित गर्नू’ भनी तेजकुमार कार्कीलाई लोक बहादुर कार्कीको घरतर्फ जान अभिप्रेरित गरी खड्गबहादुर आफ्नो घरतर्फ फर्केको र तेजकुमार लोकबहादुर कार्कीको घरतिर जाँदै गरेको देखेपछि खड्गबहादुर र हस्तबहादुर घर पछाडि चिर्पट बोकेर तयारी हालतमा बसेको पाइएको प्रहरीले जनाएको छ ।
मृतक तेजकुमार कार्की बिहान ५ बजे उठी लोकबहादुरको घरमा गई सुतिरहेको लोकबहादुरलाई ‘अल्छी, अझैसम्म उठेको छैनस्’ भन्दै कराएपछि लोकबहादुर उठेको र सो समयमा लोक बहादुरका भाइ नरेश कार्की र बाबु रणबहादुर कार्की समेत घरमै रहेको पनि अनुसन्धानबाट पत्ता लागेको छ ।

आफ्नो घरबाट तेजबहादुर फर्किएपछि लोकबहादुरले भाइ नरेशलाई इशारा गरी आफूले दाउराको चिर्पट र अलैँची काट्ने चक्कु बोकी पछिपछि गई घर पछाडिको गोगनेको रूख नजिक मृतक तेजकुमारको टाउकोमा प्रहार गरी लडाएको पाइएको प्रहरीले जनाएको छ । खड्गबहादुर र हस्तबहादुरले दाउराको चिर्पट लिई आई तेजकुमारमाथि प्रहार गरेको र हस्तबहादुरले चक्कुले पेटमा प्रहार गरी डिलबाट लडाई बाटोमा झारी हत्या गरी घोप्टो पारेको पाइएको प्रहरीले प्रेस विज्ञप्तिमार्फत् जनाएको छ ।
घटनाको बेला मृतकले ‘लोकेले मार्याे, मलाई नमार’ भन्दै गरेको हारगुहार सुनेपछि ‘मेरो श्रीमान्लाई नमार’ भन्दै तेजबहादुरकी श्रीमती कमला र बुहारी रञ्जना आएपछि लोकबहादुरले कमला कार्कीलाई प्रहार गरेका थिए । कमलाको घाँटीमा हस्तबहादुरले छुरा प्रहार गरेको र बुहारी रञ्जनालाई नरेशले ठेली खोल्सामा झारेको र खड्गबहादुर, लोकबहादुर र हस्तबहादुर मिली हत्या गरेको पाइएको तथा मृतक रञ्जनाको शव रणबहादुर र नरेशले बोकेर कमलाको शव भएको स्थानसम्म लगेको पाइएको प्रहरीले जनाएको छ ।
सो घटनाको बेला नाबालकहरू दिपेन र गोमासमेत घर नजिकको बाटोमा आएको देखी हस्तबहादुर र लोकबहादुरले बाटो छेकी मुख थुनेपछि लोकबहादुरले चिर्पटले हिर्काई घाँटी बटारी हत्या गरेको पाइएको पत्रकार सम्मेलनमा प्रहरीले जानकारी दिएको छ ।

त्यसपछि पाँचै जना मिलेर मृतकको घरतर्फ गएका र घरमा ८४ वर्षीया पार्वती कार्की मकै नङ्ग्याइरहेको अवस्थामा भेटेपछि हस्तबहादुरले समातेर घर पछाडिको गोठ नजिक लगेको र लोकबहादुरले टाउको भित्तामा ठोक्काई घाँटी बटारी हत्या गरेको पाइएको छ । त्यसपछि घटनामा संलग्न सबै जना घटनामा प्रयोग गरेको चिर्पट र छुरी बोकी लोकबहादुरको घरमा गई छुरीमा लागेको रगत पखालेर छुरी बुइँकलमा लुकाएको, चिर्पटहरू अँगेनामा डढाएको र रगत लागेको कपडाहरू लुकाएका थिए । खड्गबहादुर र उनका छोरा हस्तबहादुर घरतर्फ गएका र घर फर्कने क्रममा रञ्जनाको ओप्पो मोबाइल नरेशले लिएर आई स्वीच अफ गरी घरमुनिको ओढारमा लगेर लुकाएको अनुसन्धानको क्रममा खुलेको थियो ।
त्यसपछि खड्गबहादुर र उनका छोरा हस्तबहादुर लोकबहादुरको घरमा गई कसैले सोधेमा घटनाको बारेमा कुनै पनि कुरा नसुनेको र थाहा नपाएको भनी र प्रहरी आई पत्ता लगाएमा लोकबहादुरले मानसिक औषधी पनि खाने गरेका कारण घटनको सबै जिम्मेवारी एक्लै लिने भन्ने सल्लाह गरी फर्केको पाइएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न चारै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भई रहेको र अनुसन्धानको क्रममा सबैले घटना स्वीकार गरेको र घटनामा प्रयोग भएको छुरी, कपडा र हराएको मोबाइल समेत बरामद गरी थप अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएको छ ।
प्रहरीका अनुसार घटना हुनुका कारणहरू यस्ता छन्ः
खड्गबहादुर नियमित रूपमा रक्सी खाने र घरमा श्रीमती र परिवारका सदस्यहरूलाई कुटपिट तथा गालीगलौज गर्ने हुनाले मृतक तेजकुमारले ‘तँ जँड्याहा किन यसो गर्छस्’ भनी गाली गर्दा खड्गबहादुरले ‘तँलाई के मतलब, तँलाई मार्छु’ भन्दै झगडा गर्ने गरेको पाइएको छ ।
त्यस्तै, मृतक तेजकुमारले लोकबहादुरलाई ‘तँ पागल, अल्छी, केही काम गर्न सक्दैनस्’ भन्ने तथा नरेशलाई ‘तँ डुँडे काम नलाग्ने भइस्’ भन्ने गरेका थिए । रणबहादुरलाई ‘तँ लठेब्रो, केही गर्ने सक्दैनस्’ भन्ने गरेको र जहिले पनि अरुलाई हेप्ने र आफू सम्पन्न भएको फुर्ति दिने गरेको भनी मनमा ईख पालेको पाइएको छ । सोही इख बढ्दै जाँदा घटनाको दिन सबै जना मृतकको खेतमा खेताला जानुपर्ने भएकाले सोही दिन मौका छोपी योजना बनाई हत्या गरेको पक्राउ परेकाहरुले स्वीकारेको प्रहरीले जनाएको छ ।

सम्बन्धित अघिल्ला समाचारहरुः
६ जनाको हत्या गर्ने आरोपीले यसरी दिए प्रहरीलाई बयान, प्रहरीको प्रेस रिलिजसहित
६ जनाको हत्या गर्ने आरोपी सार्वजनिक
सामूहिक हत्या प्रकरणमा संलग्न छिमेकी पक्राउ, आइतबार सार्वजनिक गरिने
कुकुरसहितको प्रहरीको अनुसन्धान टोली संखुवासभा पुग्यो, धन लुट्न हत्या भएको हुन सक्ने अनुमान
एकै परिवारका ६ जनाको वीभत्स हत्या
Facebook Comment
Banner
साफको इतिहासमा नेपाल पहिलोपटक नखेल्ने,एन्फा निलम्बनको असर,
साफले दिएको डेडलाइन (३० सेप्टेम्बर) मा पनि निलम्बन फुकुवा नभएसँगै नेपालले इतिहासमा पहिलोपटक साफ च्याम्पिनयसिप गुमाउने निश्चित भएको हो ।
नेपालले बंगलादेशमा आगामी नोभेम्बर ४ देखि १७ सम्म आयोजना हुने १५औं संस्करणको साफ च्याम्पियनसिप गुमाउने भएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले दिएको डेडलाइन (३० सेप्टेम्बर) मा पनि निलम्बन फुकुवा नभएसँगै नेपालले इतिहासमा पहिलोपटक साफ च्याम्पिनयसिप गुमाउने निश्चित भएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) माथि तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले १० असारमा अनिश्चितकालका लागि निलम्बन गरेको थियो ।
निलम्बनपछि नेपालले एकपछि अर्काे अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउँदै आएको छ । त्यसक्रममा ३३ वर्षको साफ इतिहासमा पहिलोपटक नेपाल सहभागी नहुने निश्चित भएको हो ।
दक्षिण एसियाली फुटबल महासंघले यसअघि ३० सेप्टेबरसम्म निलम्बन फुकुवा भए नेपाललाई समेट्ने गरी खेल तालिका सार्वजनिक गरेको थियो । तर, तोकिएको समयसीमामा निलम्बन फुकुवा नभएसँगै नेपालले साफ गुमाउन लागेको हो ।
योसँगै यसपटक साफमा ६ देश सहभागी हुने भएका छन् । समूह ‘ए’ मा आयोजक बंगलादेशसँगै श्रीलंका र भुटान छन् । समूह ‘बी’मा भारत, पाकिस्तान र माल्दिभ्स छ । निलम्बन खुलेको अवस्थामा नेपालले समूह ‘ए’बाट खेल्न पाउँथ्यो ।
नेपालले साफको यसअघिका १४ संस्करण सबैमा सहभागिता जनाएको थियो । जसमा नेपाल एकपटक उपविजेता र एकपटक तेस्रो बनेको छ । त्यसबाहेक पनि ५ पटक सेमिफाइनल पुगेको थियो ।
साफमा नेपालले आफ्नो दाबेदारी प्रस्तुत त गर्थ्यो नै, खेलाडीहरूले पनि आफ्नो क्षमता देखाउन पाउँथे । तर, यसपटक सहभागिता नजनाउँदा उक्त अवसर गुम्न पुगेको छ ।
नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान, प्रशिक्षक तथा एन्फा पूर्वउपाध्यक्ष उपेन्द्रमान सिंह साफ सहभागी नहुँदा खेलाडीले आफुलाई प्रमाणित गर्ने प्लाटफर्म गुमाएको बताउँछन् ।
‘दुई–तीन वर्षमा आउने प्रतियोगिता, यही प्रतियोगिता खेलेर कतिजना खेलाडीहरू विदेश अरू देशमा व्यावसायिक फुटबलमा कन्ट्याक्ट हुने अवसर पनि हो, एउटा प्लेटफर्म पनि हो साउथ एसियाका खेलाडीहरूको लागि । अब यो पनि वञ्चित हुने भयो’ उनी भन्छन्, ‘माथिको एउटा पोलिटिकल लडाइँले गर्दाखेरि आज खेलाडीहरूमा ठूलो मार परिरहेको मैले महसुस गरेको छु ।’
‘मै हुनुपर्छ’ भन्ने दम्भका कारण नेपाली फुटबल यो अवस्थामा आइपुगेको सिंहको अनुभव छ । ‘जुन पहिला राजनीतिक संरक्षण थियो । त्यो राजनीतिक संरक्षण भएको कारणले गर्दाखेरि उहाँहरूसँग दम्भ आयो त्यो बेलामा, हामीलाई कसैले केही गर्न सक्दैन, बहुमत हामीसँग छ, जस्तै गलत निर्णय गरे पनि हामी नै हौँ भन्ने भयो’ उनी भन्छन्, ‘एउटा दम्भ, घमण्ड र जुन पोलिटिकल शक्तिको मिसयुज भयो । जसले गर्दाखेरि नै फुटबलमा यो घटना दुर्घटना घटेको हो ।’
सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मंगलबार मात्रै साफमा नेपालको सहभागिता सम्भव नरहेको संकेत गरेका थिए । साफका लागि ढिलो भइसकेको र घरेलु लिग सञ्चालनको तयारीमा लागिरहेको उनको भनाइ थियो । एन्फाको निलम्बन फुकुवा कहिले हुन्छ ? भन्ने प्रश्नमा मन्त्री पोखरेलले भने, ‘साफभन्दा अगाडि ढिलो भइसकेको छ । केही गरी निलम्बन खुलेन भने के गर्ने भनेर हामीले विभिन्न खेलाडीसँग छलफल गरेका छौं । घरेलु लिग गर्नुपर्यो । घरेलु लिग नखेलेको वर्षौं भइसक्यो भनेर खेलाडीहरूबाट आइसकेपछि घरेलु लिगका लागि तयारी गरिराखेका छौंं ।’
उनको भनाइलाई आधार मान्ने हो भने नेपाल तत्काल फिफाबाट निलम्बन फुकुवा हुने सम्भावना छैन । यसअघि मन्त्री पोखरेलले सार्वजनिक रुपमै फिफासँग सकारात्मक छलफल भएको र छिट्टै निलम्बन फुकुवा हुने अभिव्यक्ति दिँदै आएका थिए । तर, फिफाबाट सकारात्मक जवाफ नआएपछि सरकार घरेलु फुटबल गतिविधि अगाडि बढाउने दिशामा अगाडि बढेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले खेल मिलेमतोको आरोपमा एन्फा कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई पक्राउ गरेको छ । अनुसन्धानको घेरा भएपछि एन्फा पदाधिकारीहरू अहिले सम्पर्कविहीन छन् । जसले नेपाली फुटबल झनै अन्यौलतातर्फ धकेलिएको छ ।
Banner
सलकपुरमा चारदिने कला उत्सव हुने
मोरङको सुन्दरहरैँचा–८ सलकपुरमा सलकपुर कला उत्सव २०८३ आयोजना हुने भएको छ। शिल्पी नाट्य केन्द्र, सलकपुरको आयोजनामा हुने उत्सव चार दिनसम्म सञ्चालन हुनेछ।
उत्सवमा नाटक, कविता, गजललगायतका साहित्यिक तथा सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। यस्तै, गायिका झुमा लिम्बु र रैथाने ब्यान्डको विशेष साङ्गीतिक प्रस्तुति समेत रहनेछ।
कला, साहित्य, सङ्गीत र संस्कृतिप्रति रुचि राख्ने दर्शकलाई लक्षित गर्दै आयोजना गरिएको उत्सवमा परिवार तथा साथीभाइसँग उपस्थित भई कार्यक्रमको आनन्द लिन आयोजकले आग्रह गरेको छ।
Banner
इटहरीमा सीप तथा रोजगार मेलाको उद्घाटन
इटहरी– इटहरीमा ‘सीप तथा रोजगार मेला, २०८३’को उद्घाटन गरिएको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा गरिएको मेलाको बुधबार सभामुख डोलप्रसाद अर्यालले उद्घाटन गरेका हुन्। मेला यही असोज २० गतेसम्म सञ्चालन हुनेछ।
सभामुख डोलप्रसाद अर्यालले पानसमा दीप प्रज्वलन र कार्यक्रमको डिजिटल ब्यानर क्लिक गरी उनले मेलाको समुद्घाटन गरेका थिए।
युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा आयोजना भएको उद्घाटन सत्रमा सांस्कृतिक झाँकीका रूपमा थारू नृत्य तथा नौमती बाजाको प्रस्तुति गरिएको थियो।उद्घाटन समारोहमा उद्योग मन्त्री दिपककुमार साह, मुख्यमन्त्री हिक्मत कार्की, प्रतिनिधि तथा कोशी प्रदेश सरकारका सांसदहरूको सहभागिता थियो।
मेलाको मुख्य उद्देश्य युवाको सीप पहिचान गरी रोजगारदाता र तालिम प्रदायक संस्थाहरूसँग प्रत्यक्ष सम्पर्क स्थापित गराउनु रहेको छ।
आज दिउँसो १२:०० देखि ५:०० बजेसम्म तालिमका सहभागी छनोट, प्रशिक्षार्थीको समूह विभाजन, रोजगार मिलानका लागि सीप प्रोफाइलिङ, रोजगारदाता र तालिम प्रदायकको परिचय तथा सूचना-परामर्श सेवाहरू सञ्चालन गरिनेछ।
भोलिदेखि असोज १९ गतेसम्म १० वटा विभिन्न विषयगत (ट्रेड) क्षेत्रमा ५ दिने व्यावहारिक तालिमहरू सञ्चालन हुनेछन्। मेला अवधिभर प्रदर्शनी स्टल, सूचना तथा परामर्श सेवा, रेफरल सुविधा, रोजगार मिलान तथा उद्यमशीलतासम्बन्धी छलफलहरू निरन्तर जारी रहनेछन्।


-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login