अपराध
मोरङ प्रहरीद्वारा पीडित पुनः भेटघाट कार्यक्रम शुरु
विराटचोकः जिल्ला प्रहरी कार्यालय मोरङले पीडितसँग पुनः भेटघाट कार्यक्रम २०७८ को शुरु गरेको छ । असोज १ गते शुरु गरिएको सो कार्यक्रममा प्रहरीले पीडितहरुको घरमा नै गएर प्रत्यक्ष भेटघाट गर्ने गरेको छ । सो क्रममा कानुनी परामर्श, र पीडकलाई कानुनी कारवाही सम्बन्धमा जानकारी गराउने लक्ष्य राखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पीडक (कसुरदार) लाई कानुन बमोजिमको दण्ड दिनु, समाजलाई अपराध र अपराधको भयबाट मुक्त राख्नु र पीडितलाई कानून बमोजिम उचित न्यायिक उपचार उपलब्ध गराउने उद्देश्यका साथ पीडितमैत्री वातावरण सिर्जना गर्दै, पीडक र पीडकको पक्षबाट पीडितलाई हुन सक्ने दबाब, प्रभाव तथा हस्तक्षपलाई रोक्न, पीडितलाई सुरक्षित अनुभूति गराउन अभियान थालिएको प्रहरीले जनाएको छ ।
नेपालको संविधान २०७२ को धारा २१ र अपराध पीडित संरक्षण ऐन २०७५ को परिच्छेद २ मा व्यवस्था भएअनुसार सो कदम चालिएको पनि प्रहरीले जनाएको छ । अनुसन्धानसम्बन्धी सूचनाको अधिकार, न्यायिक कारवाहीसम्बन्धी सूचनाको अधिकार, क्षतिपूर्ति तथा सामाजिक पुनःस्थापनाको अधिकार, दण्डहीनताको अवस्था सिर्जना हुन नदिन तथा पीडित न्याय प्रणाली कायम राख्न पीडितसँग सम्पर्क गरी पीडितलाई कानुनबमोजिम सहयोग गर्न आवश्यक देखिएकोले सो कार्यक्रम सञ्चालन गरिएको प्रहरीको भनाइ छ ।

अभियान शुरुवातको क्रममा विराटनगरको एक पीडित परिवारलाई भेटिएको प्रहरीले जनाएको छ । २०४२ साल भदौ १८ गते भएको खुन डाका मुद्दाका पीडित विराटनगर.–३ को परिवारलाई भेटिएको जानकारी प्रहरीले दिएको छ । ८५ वर्षीय धर्मध्वज थापा क्षेत्रीलाई जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जि.सी. सहितको प्रहरी टोलीले भेटी सो घटनामा संलग्न रही फरार रहेका व्यक्तिको बारेमा जानकारी दिइएको थियो ।
प्रहरीका अनुसार मोरङको कटहरी – ७ तकिया बस्ने ८७ वर्षीय उजारू चौधरी थारू र सोही स्थानका ५० वर्षीय शिवना सरदार वातरलाई घटनाको ३६ वर्ष पछाडि गत भदौ ९ गते पक्राउ गरी कानुनी कारवाही भएको जानकारी गराइएको प्रहरीले जनाएको छ ।
Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login