राजनीति
सुन्दरहरैंचा– ५ मा १६ जना निर्विरोध निर्वाचित
विराटचोकः नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत मोरङमा भोलि हुने वडा अधिवेशनको लागि आज उम्मेद्वारी दर्ता सकिएको छ । उम्मेद्वारको अन्तिम नामावली अनुसार सुन्दरहरैंचाको वडा नम्बर ५ मा १६ जना निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन समितिका अनुसार वडा कार्यसमितिमा खस आर्यतर्फ ३ जना सदस्य निर्वाचित भएका छन् । कृष्णप्रसाद घिमिरे, इन्द्रप्रसाद आचार्य र राधादेवी कोइराला निर्विरोध निर्वाचित भएका हुन् ।
त्यस्तै, मुस्लिम सदस्यतर्फ अशोक शाह, दलित सदस्यतर्फ टेकबहादुर विश्वकर्मा र थारु सदस्यमा राजीव चौधरी निर्वाचित भएका छन् ।
आदिवासी जनजाति सदस्यमा बुद्धिराज कोराङ्गी, इन्द्रमणि देवान र सरस्वती श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।
त्यस्तै, क्षेत्रीय प्रतिनिधिअन्तर्गत आदिवासी जनजाति कोटामा देवराज तामाङ, सीता थापा र कृष्ण श्रेष्ठ विजयी भएका छन् । मुस्लिमतर्फ अबुल मियाँ, अल्पसंख्यकतर्फ रत्नबहादुर घले, दलिततर्फ कृष्ण कुमारी विश्वकर्मा र मधेसीतर्फ रामकुमार साहु निर्विरोध निर्वाचित भएका हुन् ।
उता, सुन्दरहरैंचा– ७ मा जितेन्द्र साह निर्विरोध निर्वाचित भएका छन् ।
Banner
इरान युद्धमा परेर २०० अमेरिकी सैनिक घाइते
अमेरिका र इजरायलले २८ फेब्रुअरीमा इरानमाथि आक्रमण सुरु गरेयता करिब २०० अमेरिकी सैनिक घाइते भएका छन् । अमेरिकी सेनाको मध्य कमान्डका प्रवक्ता टिम हकिंसले सोमबार यसबारे जानकारी दिएका हुन् ।
हकिंसका अनुसार घाइते सैनिकहरू बहराइन, इराक, इजरायल, जोर्डन, कुवेत, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्समा घटनामा परेका हुन् । तीमध्ये १० जना सैनिक गम्भीर घाइते भएका छन् भने बाँकी १८० भन्दा बढी उपचारपछि फिर्ता जिम्मेवारीमा फर्किएका छन् ।
साथै, पश्चिमी इराकमा अमेरिकी के–सी– १३५ इन्धन आपूर्ति विमान दुर्घटना भएको थियो । यस दुर्घटनापछि अमेरिकी सेनामा मृत्यु हुने संख्या १३ पुगेको छ ।
यो घटनाले अमेरिकी–इजरायली आक्रमणका कारण क्षेत्रीय तनाव र मानवीय चुनौतीहरू अझ बढेको देखाएको छ ।
Banner
उदयपुरको कटारीमा हावाहुरीले २ जनाको मृत्यु, ५ जना घाइते
आइतबार साँझ आएको हावाले उदयपुरको कटारीमा २ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा कटारी नगरपालिका–८ थलीयाटारकी मिनामाया तामाङ र कटारी नगरपालिका–५ निवासी ६४ वर्षीय वीरेन्द्र चौधरी रहेका छन् ।इलाका प्रहरी कार्यालय कटारीका अनुसार कटारी–५ स्थित राधा कृष्ण मन्दिर नजिक टिनको छाना र काठले बनेको खाजा घरमा वर्षासँगै आएको हावाले सुकेको सालको रुख ढल्दा चौधरीको मृत्यु भएको हो ।
सोही घटनामा रुखले किचेर ५ जना घाइते भएका छन् । घाइते हुनेहरूमा ४ वर्षीया बिनिशा चौधरी, कटारी नगरपालिका–५ आहालेडाँडा बस्ने २७ वर्षीय युवराज कार्की, कटारी नगरपालिका–५ बलाहा बस्ने ४६ वर्षीय लीला बहादुर दनुवार, सोही स्थानका ४६ वर्षीय प्रेमचन्द्र दनुवार तथा कटारी नगरपालिका–१२ बसेरी बस्ने १६ वर्षीया अस्मिता परियार रहेका छन् । उनीहरूको प्रादेशिक अस्पताल कटारीमा उपचार भइरहेको छ।
यस्तै कटारी नगरपालिका–८ की मिनामाया तामाङ घरमा खसी–बाख्रा सार्ने क्रममा हावाले भाँचको रुखको हाँगाले लागेर गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल कटारी ल्याइए पनि चिकित्सकले राति ९:१० बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये टाउकोमा गम्भीर चोट लागेका कटारी नगरपालिका–५ बलाहा बस्ने ४६ वर्षीय लीलाबहादुर दनुवारलाई थप उपचारका लागि विराटनगर पठाइएको प्रहरी नायब उपरीक्षक दोङले बताए ।
Banner
नेप्से २६.०७ अङ्कले घट्यो
शेयर बजार परिसूचक नेप्से आज २६.०७ अङ्कले घटेर २७९८.८३ विन्दुमा झरेको छ । आज उत्पादन बाहेक सबै समूहको शेयर घट्दा बैंक, लगानी र अन्य समूहको शेयर एक प्रतिशत भन्दा धेरैले घटेको छ ।
आज सिद्धार्थ इक्युटी फण्ड र नारायणी विकास बैंकको शेयर चार प्रतिशत भन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि पाँचवटा कम्पनीको शेयरमा सकरात्मक सर्किट लागेको हो ।
सकारात्मक सर्किट लाग्नेमध्ये अपर हेवाखोला जलविद्युत् कम्पनी बाहेक सबै केही आईपीओमार्फत भर्खरै बजारमा कारोबार शुरू भएका कम्पनी हुन् ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो १४ अर्ब ३२ करोड रुपैयाँको शेयर किनबेच भएकोमा आज ३ सय ४५ वटा कम्पनीका ३ करोड ७ लाख कित्ता शेयर ११ अर्ब ९७ करोड रुपैयाँमा कारोबार भएको छ ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













Pingback: मोरङ क्षेत्र नम्बर ६ ‘क’ को सभापतिका दाबेदार सुन्दरहरैंचा– ३ का वडाध्यक्ष जीवन ढुंगाना क्षेत्र
Pingback: यी हुन् सुन्दरहरैंचा १ बाट क्षेत्रीय प्रतिनिधिमा विजयी हुनेहरु - निष्पक्षखबर