Connect with us
Advertisement

यी हुन् सुन्दरहरैंचा १ बाट क्षेत्रीय प्रतिनिधिमा विजयी हुनेहरु

Published

on

विराटचोकः नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत बुधबार मोरङमा वडा अधिवेशन सम्पन्न भएको छ । जसअनुसार वडा नम्बर १ बाट क्षेत्रीय प्रतिनिधिमा विजयी हुनेहरु यसप्रकार रहेका छन्ः

महिलातर्फ
भगवती पौडेल १२७ मत,
मीनकुमारी भग ११० मत,
सुर्जी देवी खवास १०७ मत

खुलातर्फ
ओमप्रकाश बजगाई १२८ मत,
किशोरकुमार तिम्सिना ११५ मत,
घनश्याम श्रेष्ठ १११ मत,
सतिकुमार खवास १०१ मत,
धामनारायण विश्वास ९७ मत,
गोविन्दराज चौधरी ९६ मत,

खस आर्यतर्फ
गोविन्दबहादुर कार्की १३१ मत,
बुद्धि बस्नेत ९६ मत

आदिवासी जनजाति महिलातर्फ
विमला राई १४९ मत
आदिवासी जनजाति पुरुषतर्फ

श्रीकुमार श्रेष्ठ १२७ मत

मधेसीतर्फ
सूर्यानन्द पण्डित १०८ मत,

दलिततर्फ

महेन्द्र परियार १४८ मत

सम्बन्धित समाचारहरु

मोरङ क्षेत्र नम्बर ६ ‘क’ को सभापतिका दाबेदार सुन्दरहरैंचा– ३ का वडाध्यक्ष जीवन ढुंगाना क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत

सुन्दरहरैंचा– ५ मा १६ जना निर्विरोध निर्वाचित

सुन्दरहरैंचा– ९ मा तिलोचन सुवेदी कांग्रेसको वडा सभापति निर्वाचित
सुन्दरहरैंचाका मेयर ढकाल वडा नम्बर ११ बाट सर्वाधिक १११ मत ल्याएर क्षेत्रीय प्रतिनिधिमा विजयी

 

Banner

सुन्दरहरैँचामा अब नगरपालिकाबाटै जग्गा पास

Published

on

मोरङको सुन्दरहरैँचा नगरपालिकामा आजदेखि स्थानीय तहबाटै भूमि प्रशासन तथा व्यवस्थापन सेवा सुरु भएको छ। सेवासँगै नगरवासीले जग्गा खरिद–बिक्री, नामसारी, कित्ताकाटलगायत तोकिएका भूमि प्रशासनसम्बन्धी काम नगरपालिकाबाटै गर्न सक्ने भएका छन्।
सोमबार आयोजित कार्यक्रममा नगरप्रमुख केदारप्रसाद गुरागाईंले सेवाको शुभारम्भ गर्नुभयो। उहाँले नागरिकलाई सहज, छिटो र गुणस्तरीय सेवा उपलब्ध गराउने उद्देश्यले स्थानीय तहबाटै भूमि प्रशासन सेवा सुरु गरिएको बताउनुभयो।
नगरप्रमुख गुरागाईंका अनुसार आफू निर्वाचित भएपछि दोस्रो नगरसभाबाटै सेवा सञ्चालनका लागि प्रक्रिया अघि बढाइएको थियो। सुरुवाती चरणमा केही प्राविधिक कठिनाइका कारण सेवा प्रवाहमा ढिलाइ हुन सक्ने भए पनि क्रमशः सेवा प्रभावकारी र छिटोछरितो बनाउँदै लगिने उहाँले बताउनुभयो।
मालपोत (नवौँ संशोधन) नियमावली, २०८३ बमोजिम स्थानीय तहबाट भूमि प्रशासनसम्बन्धी तोकिएका कार्य सम्पादन हुने जनाइएको छ। यसबाट सेवाग्राहीको समय र खर्च बचत हुनुका साथै स–साना कामका लागि मालपोत कार्यालय धाउनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीले स्वागत मन्तव्य राख्नुभएको थियो भने जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राईले शुभकामना व्यक्त गर्नुभएको थियो।
कार्यक्रमका अवसरमा उपप्रमुख अकली चौधरीले प्रिन्ट गरी तयार पारिएको जग्गाको नाप–नक्सा सेवाग्राहीलाई प्रदान गर्नुभयो। यस्तै, नगरप्रमुख गुरागाईं, उपप्रमुख चौधरी र प्रमुख अतिथि राईले नगरपालिकाबाटै जग्गा खरिद गरेका दिपेन्द्र न्यौपानेलाई पहिलो जग्गाधनी प्रमाणपुर्जा वितरण गर्नुभएको थियो।
कार्यक्रममा नापी कार्यालय मोरङका नापी अधिकृत मिथलेस यादव, नापी कार्यालय बेलबारीका प्रमुख सुदर्शनसिंह धामी, भूमि प्रशासन कार्यालय बेलबारीका प्रमुख दीपक कोइराला तथा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव रोशनशंकर घिमिरेलगायतको उपस्थिति रहेको थियो .

Continue Reading

Banner

कांग्रेस महामन्त्रीका आकांक्षीमा डा. सुनील शर्माको नाम चर्चामा

Published

on

नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा नयाँ नेतृत्व चयनका लागि पार्टीभित्र आन्तरिक छलफल र आकांक्षीहरूको चर्चा बढेको छ। वडा अधिवेशनबाट सुरु भएको महाधिवेशन प्रक्रिया पालिका, क्षेत्र हुँदै प्रतिनिधि छनोटको चरणमा पुगेसँगै सभापति र पदाधिकारीका सम्भावित उम्मेदवारबारे बहस तीव्र भएको हो।

असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनमा सभापतिपछि महामन्त्री पदलाई महत्वपूर्ण पदका रूपमा हेरिएको छ। महामन्त्रीका आकांक्षीका रूपमा कांग्रेस नेता डा. सुनीलकुमार शर्मासहित वर्तमान महामन्त्री प्रदीप पौडेल, गुरुराज घिमिरे, सहमहामन्त्री उदयशमशेर राणा र केन्द्रीय सदस्य मधु आचार्यको नाम चर्चामा छ।

डा. शर्मा २०५४ सालमा कांग्रेसको सदस्य बनेर राजनीतिमा सक्रिय भएका हुन्। १३औँ महाधिवेशनदेखि महासमिति सदस्यका रूपमा पार्टीमा सक्रिय रहँदै आएका शर्माले सार्वजनिक सरोकारका विषयमा आफ्ना धारणा राख्दै आएका छन्।

स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सक्रिय शर्माको सामाजिक सेवासम्बन्धी भूमिका पनि सार्वजनिक रूपमा चर्चामा रहँदै आएको छ। आर्थिक अभावका कारण उपचारबाट वञ्चित नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने, स्वास्थ्य शिविर सञ्चालन गर्ने तथा विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग गर्ने गतिविधिमा उनी संलग्न रहँदै आएका छन्।

गिरिजाप्रसाद कोइराला फाउन्डेसनको सभापतिको जिम्मेवारी पाएपछि शर्माले स्वास्थ्य तथा सामाजिक सेवाका गतिविधिलाई थप विस्तार गर्ने प्रयास अघि बढाएका छन्। फाउन्डेसनमार्फत आर्थिक अभावका कारण उपचार गर्न नसक्ने बिरामीका लागि निःशुल्क शल्यक्रिया गर्ने अभियान अघि बढाइएको जनाइएको छ।

कांग्रेसको आगामी नेतृत्वमा सभापति पदका लागि गगनकुमार थापाको नाम चर्चामा रहँदा महामन्त्री पदका सम्भावित आकांक्षीबारे पनि पार्टीभित्र छलफल भइरहेको छ। यही क्रममा थापासँगको राजनीतिक सहकार्य, कार्यकर्तासँगको पहुँच तथा सामाजिक क्षेत्रमा सक्रियतालाई आधार बनाएर शर्माको नाम महामन्त्रीका सम्भावित उम्मेदवारका रूपमा चर्चामा आएको छ।

महामन्त्री पद पार्टीको संगठन सञ्चालन, नीति कार्यान्वयन र कार्यकर्तासँगको समन्वयमा महत्वपूर्ण भूमिकामा रहने भएकाले १५औँ महाधिवेशनमा यो पदका लागि हुने प्रतिस्पर्धालाई कांग्रेसको आगामी संगठनात्मक दिशासँग जोडेर हेरिएको छ।

महामन्त्रीका आकांक्षीहरूबीचको प्रतिस्पर्धा र नेतृत्व चयनको अन्तिम तस्वीर भने महाधिवेशन प्रक्रिया अघि बढ्दै जाँदा थप स्पष्ट हुने देखिन्छ।

Continue Reading

Banner

डा. सुनील शर्मा कांग्रेसको १५औँ महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधिमा निर्विरोध

Published

on

नेपाली कांग्रेसका नेता तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसनका सभापति डा. सुनीलकुमार शर्मा मोरङको बेलबारी नगरपालिका–४ बाट नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका छन्।

क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएसँगै शर्माको १५औँ महाधिवेशन यात्रा औपचारिक रूपमा अघि बढेको छ। बेलबारी–४ बाट महाधिवेशनका लागि चयन हुने सबै प्रतिनिधि सर्वसम्मत भएका छन्। यसअघि पनि वडा तहमा प्रतिनिधि चयन सर्वसम्मत हुँदै आएको थियो।

स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सामाजिक सेवामार्फत सक्रिय रहँदै आएका शर्माले आर्थिक अभावका कारण उपचारबाट वञ्चित विपन्न तथा असहाय नागरिकलाई निःशुल्क उपचार उपलब्ध गराउँदै आएका छन्। उनले निःशुल्क उपचार तथा शल्यक्रिया, स्वास्थ्य शिविर सञ्चालन र विपन्न विद्यार्थीलाई शैक्षिक सहयोगलगायतका गतिविधि गर्दै आएका छन्।

गिरिजाप्रसाद कोइराला फाउन्डेसनको नेतृत्व सम्हालेपछि पनि शर्माले स्वास्थ्य सेवाको पहुँचबाट वञ्चित नागरिकलाई सहयोग गर्ने तथा अवसरबाट वञ्चित विद्यार्थीलाई शिक्षामा सहजीकरण गर्ने अभियानलाई निरन्तरता दिँदै आएको जनाइएको छ।

स्वास्थ्य, शिक्षा तथा सामाजिक सेवाका क्षेत्रमा सक्रिय शर्माले विभिन्न जिल्लामा मानवीय सेवासम्बन्धी गतिविधि सञ्चालन गर्दै आएका छन्।

क्षेत्रीय प्रतिनिधिमा निर्विरोध निर्वाचित भएसँगै शर्मा अब कांग्रेसको १५औँ महाधिवेशन प्रक्रियामा प्रतिनिधिका रूपमा सहभागी हुने भएका छन्।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक