Connect with us
Advertisement
Advertisement

सुन्दरहरैंचाको वडा नम्बर ४ का १२ जना ज्येष्ठ नागरिक सम्मानित

Published

on

विराटचोकः ज्येष्ठ नागरिक समाज सुन्दरहरैंचाको ४ नम्बर वडा समितिले वडाभित्रका १२ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा ८२ वर्षमाथिका १२ जना ज्येष्ठलाई सम्मान गरिएको वडा कार्यसमितिकी अध्यक्ष दुर्गा पोखरेलले बताइन् ।

समितिले वडा नम्बर ४ का कृष्ण वस्ती, डम्बर पौडेल, नारायणप्रसाद घिमिरे, जयप्रसाद पराजुली, भवानीप्रसाद बरुवाल, नन्दप्रसाद राई, राधादेवी रेग्मी, टीकादेवी घिमिरे, मणिप्रसाद राई, छायादेवी पोखरेल, झबरुलाल चौधरी र उद्धवप्रसाद लामिछानेलाई सम्मान गरेको हो । उनीहरुलाई प्रमाणपत्र, दोसल्ला, पौष्टिक आहार र नगदद्वारा सम्मान गरिएको अध्यक्ष पोखरेलले बताइन् ।

कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उपमेयर धनमाया तामाङले ज्येष्ठलाई सम्मान गरेर वडा नम्बर ४ को कार्यसमितिले राम्रो सन्देश दिएको बताइन् ।

विशिष्ट अतिथिको आसनबाट बोल्दै समाजका नगर अध्यक्ष रामकुमार कार्कीले प्राविधिक कारणले ज्येष्ठ नागरिक दिवसको दिन अक्टोबर १ मा कार्यक्रम गर्न नसकिए पनि १ सातापछि भए पनि कार्यक्रम सम्पन्न गरेकोमा वडा समितिलाई धन्यवाद दिए ।

कार्यक्रममा वडा नम्बर ४ का अध्यक्ष शैलेन्द्र श्रेष्ठ, कार्यपालिका सदस्य तारा ढकाल, समाजसेवीहरु बाबुकृष्ण दाहाल, मकरानन्द पराजुली, हरिनारायण चौधरी, कैलाश बस्नेत, ज्येष्ठ नागरिक समाजका नगर उपाध्यक्ष पूर्ण ढकाललगायतको उपस्थिति थियो ।

कार्यक्रममा ज्येष्ठ नागरिकले भजनहरु प्रस्तुत गरेका थिए । समाजको वडा कार्यसमितिका सचिव केशव चौहानले सञ्चालन गरेको कार्यक्रममा सुभाष भट्टराईले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

 

 

Continue Reading

Facebook Comment

Advertisement
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

खोलाले बगाएर बेपत्ता

Published

on

फाइल तस्बिर

धनकुटाः धनकुटाको चौबिसे – ५ बज्रमाईका ७१ वर्षीय भुवन सिंह खड्कालाई आज खोलाले बगाएर बेपत्ता बनाएको छ ।

आज बिहान ९ बजे सोही स्थानमा रहेको छरुवा खोला तर्ने क्रममा खोलाले बगाएर उनी बेपत्ता भएको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खोजीमा खटिएको थियो ।

अस्थायी प्रहरी बिट मौनबुधुक र प्रहरी चौकी मूलघाटबाट प्रहरी टोली खटिई गई उनका खोजी भइरहेको बताइएको छ । घटनास्थल अस्थायी प्रहरी बिट मौनबुधुकबाट अन्दाजी १७ किलोमिटर उत्तरतर्फ रहेको प्रहरीले जनाएको छ ।

Continue Reading

Banner

सुनको भाउ ४ सय रुपैयाँ बढ्यो, चाँदीको १० रुपैयाँ

Published

on

विराटचोकः आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा ४ सय रुपैयाँ र चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला ९२ हजार १ सय रुपैयाँ कायम भएको छ । तेजाबी सुनको भाउ प्रति तोला ९१ हजार ६ सय रुपैयाँ र चाँदीको भाउ प्रति तोला १ हजार २ सय ६० रुपैयाँ निर्धारण भएको छ ।

शुक्रबार सुनको भाउ स्थिर रहेको थियो भने चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेको थियो ।

Continue Reading

Banner

प्रदेश १ का मुख्यमन्त्रीले आज विश्वासको मत लिने

Published

on

फाइल तस्बिर

विराटनगरः भदौ १० गते प्रदेश १ को मुख्यमन्त्री नियुक्त भएका नेकपा एमालेका नेता भीम आचार्यले आज विश्वासको मत लिँदैछन् । अल्पमतमा रहेका आचार्यले शुक्रबार प्रदेशसभामा विश्वासको मतका लागि प्रस्ताव पेश गरेका थिए । आज दिउँसो साढे १२ बजे बस्ने बैठकमा प्रस्तावमाथि छलफल हुने र आजै विश्वासको मत लिने काम हुने बताइएको छ ।

आचार्यले विश्वासको मत पाउने सम्भावना नरहेकाले विपक्षी गठबन्धनको तर्फबाट चाँडै नै नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई मुख्यमन्त्रीको रूपमा अघि सार्ने तयारी रहेको बताइएको छ ।

आचार्यले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव असोज २५ गते संसद् सचिवालयमा दर्ता गराएका थिए । त्यसअघि असोज २४ गते सभामुखले सूचना टाँस गर्दै कात्तिक ५ गतेसम्मका लागि बैठक स्थगित गरेका थिए । शुक्रबारको बैठकमा मुख्यमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेपछि सभामुखले आजसम्मका लागि बैठक स्थगित गरेका थिए ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक