Connect with us
Advertisement
Advertisement

मन्त्रिपरिषदले पायो पूर्णता

Published

on

फाइल तस्बिर

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । १६ मन्त्री र २ राज्यमन्त्री थपेर उनले २५ सदस्यीय मन्त्रिमण्डल बनाएका हुन् ।

देउवा गत असार २९ गते प्रधानमन्त्री नियुक्त भएपछि ७ सदस्यीय मन्त्रिमण्डल बनाएका थिए । विस्तारित मन्त्रिमण्डलमा कसैलाई पनि उपप्रधानमन्त्री बनाइएको छैन भने गृहमन्त्री बालकृष्ण खाँणलाई प्रधानमन्त्रीपछिको वरियता दिइएको छ ।

देउवाले यसअघि कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्री तथा नेकपा माओवादी केन्द्रबाट दुई जनालाई मन्त्री बनाएका थिए । अरू मन्त्रालय देउवाले आफैँसँग राखेका थिए ।

देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमै राख्ने भएका छन् । यसअघि कानुन मन्त्री रहेका ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तो छ मन्त्रिपरिषद्को कार्यविभाजन

 

Continue Reading

Facebook Comment

Advertisement
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

पौने २ लाख नगदसहित तास खेल्ने ४ जना पक्राउ

Published

on

बिर्तामोडः झापाको शिवसताक्षी–९ स्थित जितेन्द्र शाक्यको घरमा तास खेलिरहेको अवस्थामा ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका ५० वर्षीय अग्नि राई, ४० वर्षीय लालबहादुर लिम्बू, ४५ वर्षीय मनिष क्षेत्री र शिवसताक्षी नगरपालिकाका ३७ वर्षीय सुरेश लिम्बू रहेका छन् ।

हिजो राती ९ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले तास खेलिरहेको अवस्थामा ३ बुङ तास, नगद रु. १ लाख ७३ हजार ५ सयसहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका चारै जना उपर कानुन बमोजिम कारबाही तथा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Continue Reading

Banner

खोलाले बगाएर बेपत्ता

Published

on

फाइल तस्बिर

धनकुटाः धनकुटाको चौबिसे – ५ बज्रमाईका ७१ वर्षीय भुवन सिंह खड्कालाई आज खोलाले बगाएर बेपत्ता बनाएको छ ।

आज बिहान ९ बजे सोही स्थानमा रहेको छरुवा खोला तर्ने क्रममा खोलाले बगाएर उनी बेपत्ता भएको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खोजीमा खटिएको थियो ।

अस्थायी प्रहरी बिट मौनबुधुक र प्रहरी चौकी मूलघाटबाट प्रहरी टोली खटिई गई उनका खोजी भइरहेको बताइएको छ । घटनास्थल अस्थायी प्रहरी बिट मौनबुधुकबाट अन्दाजी १७ किलोमिटर उत्तरतर्फ रहेको प्रहरीले जनाएको छ ।

Continue Reading

Banner

सुनको भाउ ४ सय रुपैयाँ बढ्यो, चाँदीको १० रुपैयाँ

Published

on

विराटचोकः आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा ४ सय रुपैयाँ र चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला ९२ हजार १ सय रुपैयाँ कायम भएको छ । तेजाबी सुनको भाउ प्रति तोला ९१ हजार ६ सय रुपैयाँ र चाँदीको भाउ प्रति तोला १ हजार २ सय ६० रुपैयाँ निर्धारण भएको छ ।

शुक्रबार सुनको भाउ स्थिर रहेको थियो भने चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेको थियो ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक