Connect with us
Advertisement
Advertisement

रक्षामन्त्री डा. मीनेन्द्र रिजालद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण

Published

on

विराटनगरः रक्षामन्त्री डा. मीनेन्द्र रिजालले आफ्नो निर्वाचन क्षेत्र मोरङको क्षेत्र नम्बर २ का बाढी प्रभावित क्षेत्रहरुको निरीक्षण गरेका छन् ।

उनले रतुवा नदीले प्रभावित पारेको रतुवामाई र उर्लाबारीको सिमाना गाईघाट क्षेत्र, रतुवामाई– ७ स्थित राजावास क्षेत्र, रतुवामाई– ३ चौकीघाट क्षेत्रको निरीक्षण गरेका हुन् ।

त्यसैगरी, बक्राहा नदीबाट प्रभावित वडा नं. १ को सोनापुर र वडा नं. ५ को लारिकट्टा कुमालटोल क्षेत्रको निरीक्षण गरेका छन् ।

सुनवर्षी–७ को बरडंगा मा.वि क्षेत्र, सुनवर्सी ६ केरञ्जा र कैमी, पथरी शनिश्चरे– ५ को सुन्दरी चोक, रंगेली– ९ देमना, रंगेली– ३ काजीमान चोक, कानेपोखरी– १ पुतली चोक लगायतका क्षेत्रको उनले निरीक्षण गरेका हुन् ।

उनले रतुवा नदीको पुल चाँडै सञ्चालनमा आउने गरी काम शुरु हुने बताए । प्रभावित क्षेत्रमा तत्काल स्थायी बाँध निर्माण गर्ने, पीडित परिवारलाई राहतको व्यवस्थापन गर्ने र कृषि उत्पादनमा परेको क्षतिलाई मध्यनजर गर्दै कृषकहरुलाई समेत उचित राहतको व्यवस्थापन सरकारले गर्ने उनको भनाइ थियो ।

निरीक्षणमा प्रदेश सांसद शिवनारायण सिंह, रतुवामाई नगरपालिकाका मेयर रविन राई, सुनवर्षी नगरपालिकाका मेयर कालीप्रसाद दास लगायत सहभागी थिए ।

Continue Reading

Facebook Comment

Advertisement
Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

बिभिन्न कार्ययाेजना पारित गर्दै लायन्स क्लव ३२५ ए वान डिष्ट्रिकको क्याविनेट मिटिङ सम्पन्न

Published

on

विराटचाेक: लायन्स क्लव ३२५ ए वान डिष्ट्रिकको दोश्रो क्याविनेट मिटिङ आज मोरङको सुन्दरहरैंचामा सम्पन्न भएको छ ।  लायन्स क्लव ३२५ ए वान डिष्ट्रिक गभर्नर लायन रेवतबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादव, सुन्दरहरैंचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकाल, उपप्रमुख धनमाया तामाङ, लायन्सका पाष्ट इन्टरनेशनल डाइरेक्टर सञ्जय खेतान, जीएपी एरिया लिडर खगेन्द्र सिटौला लगायतका लायन्सका उच्चपदस्थ व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले लायन्स निश्वार्थभावले विशुद्ध समाजसेवामा समर्पित रहेको भन्दै लयान्ससँग सहकार्य गरेर अघि बढ्न प्रदेश सरकार तत्पर रहेको उल्लेख गरे ।  यस्तै सामााजिक विकास मन्त्री जयराम यादवले आफुपनि लायन्ससँग जोडिएको व्यक्ति भएकाले समाजसेवाको क्षेत्रमा लायन्ससँग हातमालो गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए

नगर प्रमुख शिवप्रसाद ढकालले  लायन्सका हरेक गतिविधिमा नगरपालिकाको तर्फबाट सँधै साथ र सहयोग रहने भन्दै विभिन्न विपतका सायमा लायन्सले खेलेको भूमिकाको प्रशंशा गरेका थिए । उपप्रमुख धनमाया तामाङले व्यक्तित्व विकासमा लायन्स जेसीज जस्ता सस्थाले युवालाई अगाडि बढाउन सहयाेग गरेकाे बताइन् ।

उद्घाटन सत्रपछि सञ्चालन भएको डिस्ट्रिकको क्याविनेट मिटिङले विभिन्नि सामाजिक कामका योजना अघि बढाउने निर्णय गरेको छ । विराटनगरस्थित मानव सेवा आश्रमको भवन, दमकस्थित आम्दा अस्पतालमा आकस्मिक भवन, विराटनगरमा बहिरा स्कुलमा भवन लगायतका १५ वटा विकासका योजना अघि बढाउने निर्णय भएको विराटनगर एरिया चिफ चन्द्रमणि गुरागाईंले जानकारी दिए ।

मिटिङमा लायन्स क्लव ३२५ ए वान डिष्ट्रिकमा पर्ने विभिन्न क्लवहरुबाट १४ सय बढीको सहभागिता रहेको कार्यक्रम संयोजक तथा जोन चेयर पर्सन मनिता दंगालले बताइन्  ।

Continue Reading

Banner

कांग्रेस प्रदेश १ अधिवेशनः २० जनाको उम्मेद्वारी

Published

on

विराटनगरः १४ औँ महाधिवेशनअन्तर्गत हुन लागेको नेपाली कांग्रेसको प्रदेश अधिविेशनअन्तर्गत प्रदेश १ को सभापतिमा गुरुराज घिमिरे र उद्धव थापा चुनावी मैदानमा उत्रिएका छन् ।

झापाका थापा संस्थापनपक्षका हुन् भने र मोरङका घिमिरे संस्थापन इतर पक्षका हुन् । घिमिरे नेपाल विद्यार्थी संघका पूर्व सभापति हुन् । थापा सिटौला निकट कार्यकर्ता हुन् ।

त्यस्तै, २ जना निर्वाचित हुने उपसभापतिमा गोविन्द ढुंगाना, टंक राई, विश्वनाथ रिजाल र रमेशजंग रायमाझीले उम्मेद्वारी दिएका छन् ।

२ जना महामन्त्रीका लागि दिपेन श्रेष्ठ, भुपेन्द्र राई, उमेश थापा र पदम सुन्दर पालुङ्वा उम्मेद्वार हुने भएका छन् ।

सहमहामन्त्रीमा प्रमिला गच्छदार, मानबहादुर लिम्बू, अन्जना ताम्ली, रोहित साह, शुभचन्द्र राई, सीता कार्की, वीरकाजी राई, विनोदकुमार बस्नेत, खड्गबहादुर फागो र इन्दिरा थापाले उम्मेद्वारी दिएका छन् ।

Continue Reading

Banner

आजदेखि देशभर फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गरिने

Published

on

विराटचोकः आजदेखि देशभर फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गरिने भएको छ । देशभरका स्थानीय तहमा गएर १६ वर्ष उमेर पूरा गरेका नागरिकता प्राप्त व्यक्तिले नामावलीमा नाम दर्ता गर्न सक्ने निर्वाचन आयोगले जनाएको छ । १८ वर्ष पूरा नगरेका नागरिकता प्राप्त व्यक्तिको पनि नाम दर्ता हुने तर १८ वर्ष पूरा गरेपछि मात्रै मतदाता नामावलीमा नाम सूचीकृत हुने आयोगले जनाएको छ ।

आयोगका अनुसार सबै जिल्ला निर्वाचन कार्यालय, सबै जिल्ला प्रशासन कार्यालय, देशभर रहेका ४० वटा इलाका प्रशासन कार्यालय र सबै स्थानीय तहमा गएर नामावलीमा नाम दर्ता गर्न सकिने छ ।

मतदाता नामावली संकलन कार्य हिमाली र पहाडी जिल्लामा १० दिनसम्म र तराई, भित्री मधेस तथा काठमाडौं उपत्यकामा १५ दिनसम्म सञ्चालन हुने भएको छ । आफ्नो स्थायी ठेगाना भएको स्थानीय तहमा वा अध्ययन तथा रोजगारको सिलसिलामा अस्थायी रुपमा बसोबास गरिरहेकाले सोही स्थानबाट नामावलीमा नाम दर्ता गर्न सकिने आयोगले जनाएको छ ।

२०७७ चैत ४ गते प्रकाशित अन्तिम मतदाता नामावलीबमोजिम देशभर १ करोड ६२ लाख ४३ हजार १ सय १० जना मतदाता रहेका छन् । शुक्रबारदेखि संकलन हुने नामावलीमा थप १० लाख नागरिकको नाम मतदाता नामावलीमा संकलन हुने आयोगले अनुमान गरेको आयोगद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

https://www.election.gov.np/uploads/content/1637573750_np.pdf

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५११३३२९९, ९८४२१९२४१२, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक खेमचन्द्र अधिकारी
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः नवराज पोख्रेल
व्यवस्थापकः कृष्णचन्द्र सुवेदी
हाम्रो फेसबुक