Banner
लेटाङमा प्रस्ताब, माईन्युट लेखन तालिम सुरु
विराटचाेक गूडलक एजुकेशन तथा ट्रेनिङ सेन्टर ईटहरिको आयोजना तथा लेटाङ नगरपालिकाको सहयोगमा लेटाङ नगरपालिकाका ९ वटै वडा बाट प्रतिनिधित्व गर्ने गरि ५० जना सहभागीतामा तालिम सुरु भएको हो । कार्यक्रममा प्रमुख अतिथी लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौलाले तालिमको उद्घाटन गर्नुभयो ।
उहाँले सामाजिक राजनीतिक रुपमा अघि बढ्न तथा क्षमता वृद्धि गर्न तथा जिवनलाई सरलीकरण गर्नका लागि यो तालिम महत्वपूर्ण रहेको बताउनुभयो । यस्तै विशिष्ठ अतिथी कृष्णराज राईले जीवनलाई परिस्कृत गर्दै लैजान तथा अर्को ठाउँमा फड्को मार्नका लागि तालिमको आवश्यकता पर्ने भएकाले तालिमलाई महत्वपुर्ण सम्झनुपर्नेमा जोड दिनुभयो । यस्तै लेटाङ ३ का वडाध्यक्ष देबराज चाम्लिङले हिंड्नु ठूलो कुरा नभइ पुग्नु ठूलो कुरा भएकाले यो तालिमले जीवन बदल्न मद्दत गर्न सक्ने बताउनुभयो ।

उहाँले भौतिक बिकास मात्र नभइ सामाजिक राजनितिक बिकास उत्तिकै जरुरी रहेको बताउनुभयो । यस्तै लेटाङ ९का वडाध्यक्ष कृष्णप्रसाद लुईटेल यसप्रकारको तालिम धेरै अघि सञ्चालन गर्नुपर्नेमा ढिलै भएपनि नगरपालिकाले सञ्चालन गरेकोमा खुशी व्यक्त गर्नुभयो । उहाँले आफुले लिएको तालिम अरुलाई समेत सिकाउन सक्ने हुनका लागि शुभकामना समेत दिनुभयो ।
यस्तै लेटाङ नगरपालिका योजना शाखा प्रमखु भुपेन्द्र खनालले वर्तमान अवस्थाबाट अघि बढ्न कुनै पनि व्यक्तिलाई तालिमको आवश्यकता पर्ने भन्दै तालिमलाई फलदायी बनाउन आग्रह गर्नुभयो । उद्घाटन कार्यक्रम गुडलक एजुकेशन एण्ड ट्रेनिङ सेन्टर प्रा. लि. इटहरीकाका संचालक रेवती निरौलाले संचालन गर्नुभएको थियो भने सोही संस्थाका संचालक वसन्त रेग्मिको अध्यक्षता रहेको थियो भने स्वागत मन्तव्य गुडलक एजुकेशनका भाषा प्रशीक्षक श्याम भट्टराईले राख्नु भएको थियो ।
३ दिनसम्म सञ्चालन हुने तालिममा लेटाङ नगरपालिका शिक्षा शाखा प्रमुख कृष्णराज राई, योजना शाखा प्रमुख भूपेन्द्र खनाल, लेखा शाखा प्रमुख सुशील वास्तोला तथा सप्तकोशी एफएमका सम्पादक लिलाराज भट्टराईले सहजिकरण गर्नुहुनेछ । तालिममा प्रस्ताव लेखन, माइन्यूट लेखन, प्रतिवदेन लेखन, उद्घोषण र बजेट कार्यान्वयन तथा भुक्तानी लगायतको विषयमा प्रशिक्षण दिइने गुडलक एजुकेशनका रेवती निरौलाले जानकारी दिनुभयो ।
Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login