अर्थ
बदनियतपूर्वक जग्गा बिक्रीको टेण्डर सलकपुर साकोसले रद्द गरेको निवेदकको आरोप
विराटचोकः सुन्दरहरैंंचा– ८ सलकपुरमा रहेको सलकपुर बचत तथा ऋण सहकारी संस्थाले आह्वान गरेको जग्गा बिक्रीको टेण्डर बदनियतपूर्वक रद्द गरी आफूहरुलाई मारमा पारेको टेण्डर आवेदकले आरोप लगाएका छन् ।
सञ्चालक समिति अनुकूलका व्यक्तिलाई टेण्डर नपर्ने भएपछि बदनियतपूर्वक टेण्डर रद्द गरिएको पीडित हरिमाया श्रेष्ठका आफन्तले बताए । आइतबार सलकपुरमा पत्रकार सम्मेलन गर्दै उनीहरुले सहकारीका सञ्चालक अनुकूलका व्यक्तिलाई टेण्डर नपर्ने भएपछि टेण्डर प्रक्रिया नै रद्द गरेको आरोप लगाए ।

‘सहकारीले न्यूनतम ५६ लाख रुपैयाँमा जग्गा बिक्री गर्ने टेण्डर आह्वान गरेपछि हामीले ५८ लाख ५ हजार ६ सय ७८ रुपैयाँमा जग्गा खरीद गर्ने भनी सो रकमको १० प्रतिशत ५ लाख ८० हजार ५ सय ६८ रुपैयाँ सहकारीको खाता रहेको बैंकमा जम्मा गर्याैँ’ पीडित हरिमायाका छोरा अनिल श्रेष्ठले भने, ‘अर्का निवेदकले ५६ लाख रुपैयाँमा जग्गा खरीद गर्ने भनी सो रकमको १० प्रतिशत रकमको बैंक भौचर बुझाएको तर निवेदनमा भने ५९ लाख ५९ हजारमा जग्गा खरीद गर्ने भनेर लेखिएको रहेछ ।’ जग्गा ५९ लाख ५९ हजार रुपैयाँमा किन्न चाहने निवेदक यशोदा सिंखडालाई बिक्री गर्ने भनी सञ्चालक समितिले भनेपछि आफूहरुले आपत्ति जनाएपछि सिंखडाको बोलपत्र रीत नपुगेको तथा एक जाना मात्रै आवेदक भएको जनाई टेण्डर नै रद्द गरिएको श्रेष्ठले आरोप लगाए ।

सिंखडाले ५९ लाख ५९ हजारको १० प्रतिशतको भौचर नभए पनि सो निवेदन स्वीकृत गरी दर्ता गरिएको तर आफूहरुले विरोध गरेपछि टेण्डर नै रद्द गरिएको उनको भनाइ छ । न्यूनतम कति जनाको टेण्डर पर्नुपर्ने भन्ने टेण्डर आह्वानमा नभए पनि एक जनाको आवेदन रद्द भएपछि अर्का निवेदकको आवेदन स्वीकृत गर्नुपर्नेमा त्यसो नगरी टेण्डर नै रद्द गर्नुपर्ने कारण नै नभएको उनले बताए ।
‘सहकारी सञ्चालक समितिले जहाँ गएर जे गर्नुहुन्छ गर्नुहोस् भनेको छ’, उनले भने, ‘नगरपालिकासँग यस विषयमा छानबिन गर्न माग गर्दा नगरपालिकाले हाम्रो निवेदन नै लिन मानेन । त्यसैले हामीले अख्तियारलगायतका निकायमा छानबिनको माग गर्दै निवेदन दियौँ ।’
आफूहरुले प्रदेश नम्बर १ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इलाका प्रहरी कार्यालय बेलबारी, जिल्ला प्रशासन कार्यालय मोरङ र सम्पत्ति शुद्धीकरण विभागमा घटनाको बारेमा जानकारी दिँदै निवेदन दिएको उनले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठका छिमेकी हरिनारायण श्रेष्ठ तथा ईश्वर निरौलाले हरिमाया श्रेष्ठले सो जग्गा किन्न पाउनुपर्ने तथा सहकारीले अनावश्यक जालसाँजी गर्ने काम गरिएको देखिएको बताए ।

यस विषयमा सहकारीका व्यवस्थापक डेगिन्द्रप्रसाद सुवेदीसँग बुझ्दा एउटा निवेदन रद्द भएको र एक मात्र प्रतिष्पर्धी भएकाले सञ्चालक समितिको निर्णयले पुनः टेण्डर आह्वान गरिएको जनाए ।
सहकारी संस्थाका अध्यक्ष बाबुराम ढकालले एउटा निवेदन रद्द भएपछि एक्लो प्रतिष्पर्धी भएपछि टेण्डर रद्द गर्नु उचित देखेर रद्द गरिएको जनाए । चाँडै नै पुनः टेण्डर प्रकाशन गरी जग्गा बिक्री गरिने बताए । श्रेष्ठ परिवारले आरोप लगाएजस्तो आफन्तलाई सो जग्गा कम मूल्यमा बिक्री गराउन नखोजिएको उनले बताए ।
‘आफन्तलाई नै जग्गा पार्ने चाहना थियो भने हामी हाम्रा धेरै जना आफन्तको नाममा टेण्डर हाल्ने थियौँ’, उनले भने, ‘श्रेष्ठ परिवारले कुरै नबुझी हामीमाथि आरोप लगाएको मात्रै हो ।’
सो सहकारीले आफ्नो नाममा सुन्दरहरैंचा ११ मा रहेको साबिक मृगौलिया ७ ‘ग’ को कित्ता नम्बर २५७ को ७ कठ्ठा जग्गा लिलाम बढाबढमा बिक्री गर्न कात्तिक १० गते उद्घोष दैनिकमा सूचना प्रकाशन गरेको थियो । कात्तिक १६ गते कार्यालय समयभित्र दरखास्त दिन आह्वान गरिएको सूचनामा कात्तिक २३ गते बोलपत्र खोलिने र बोलपत्र स्वीकृत भएको मितिले ५ दिनमा सम्झौता गरिसक्नुपर्ने उल्लेख थियो । सम्झौता भएको मितिले २ महिनाभित्रमा कारोबार गरिसक्नुपर्ने र सो समयमा कारोबार गर्न नसकेमा धरौटीको २५ प्रतिशत रकम कट्टा गरी बाँकी रकम फिर्ता गरिने उल्लेख थियो ।

Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login