अर्थ
बदनियतपूर्वक जग्गा बिक्रीको टेण्डर सलकपुर साकोसले रद्द गरेको निवेदकको आरोप
विराटचोकः सुन्दरहरैंंचा– ८ सलकपुरमा रहेको सलकपुर बचत तथा ऋण सहकारी संस्थाले आह्वान गरेको जग्गा बिक्रीको टेण्डर बदनियतपूर्वक रद्द गरी आफूहरुलाई मारमा पारेको टेण्डर आवेदकले आरोप लगाएका छन् ।
सञ्चालक समिति अनुकूलका व्यक्तिलाई टेण्डर नपर्ने भएपछि बदनियतपूर्वक टेण्डर रद्द गरिएको पीडित हरिमाया श्रेष्ठका आफन्तले बताए । आइतबार सलकपुरमा पत्रकार सम्मेलन गर्दै उनीहरुले सहकारीका सञ्चालक अनुकूलका व्यक्तिलाई टेण्डर नपर्ने भएपछि टेण्डर प्रक्रिया नै रद्द गरेको आरोप लगाए ।

‘सहकारीले न्यूनतम ५६ लाख रुपैयाँमा जग्गा बिक्री गर्ने टेण्डर आह्वान गरेपछि हामीले ५८ लाख ५ हजार ६ सय ७८ रुपैयाँमा जग्गा खरीद गर्ने भनी सो रकमको १० प्रतिशत ५ लाख ८० हजार ५ सय ६८ रुपैयाँ सहकारीको खाता रहेको बैंकमा जम्मा गर्याैँ’ पीडित हरिमायाका छोरा अनिल श्रेष्ठले भने, ‘अर्का निवेदकले ५६ लाख रुपैयाँमा जग्गा खरीद गर्ने भनी सो रकमको १० प्रतिशत रकमको बैंक भौचर बुझाएको तर निवेदनमा भने ५९ लाख ५९ हजारमा जग्गा खरीद गर्ने भनेर लेखिएको रहेछ ।’ जग्गा ५९ लाख ५९ हजार रुपैयाँमा किन्न चाहने निवेदक यशोदा सिंखडालाई बिक्री गर्ने भनी सञ्चालक समितिले भनेपछि आफूहरुले आपत्ति जनाएपछि सिंखडाको बोलपत्र रीत नपुगेको तथा एक जाना मात्रै आवेदक भएको जनाई टेण्डर नै रद्द गरिएको श्रेष्ठले आरोप लगाए ।

सिंखडाले ५९ लाख ५९ हजारको १० प्रतिशतको भौचर नभए पनि सो निवेदन स्वीकृत गरी दर्ता गरिएको तर आफूहरुले विरोध गरेपछि टेण्डर नै रद्द गरिएको उनको भनाइ छ । न्यूनतम कति जनाको टेण्डर पर्नुपर्ने भन्ने टेण्डर आह्वानमा नभए पनि एक जनाको आवेदन रद्द भएपछि अर्का निवेदकको आवेदन स्वीकृत गर्नुपर्नेमा त्यसो नगरी टेण्डर नै रद्द गर्नुपर्ने कारण नै नभएको उनले बताए ।
‘सहकारी सञ्चालक समितिले जहाँ गएर जे गर्नुहुन्छ गर्नुहोस् भनेको छ’, उनले भने, ‘नगरपालिकासँग यस विषयमा छानबिन गर्न माग गर्दा नगरपालिकाले हाम्रो निवेदन नै लिन मानेन । त्यसैले हामीले अख्तियारलगायतका निकायमा छानबिनको माग गर्दै निवेदन दियौँ ।’
आफूहरुले प्रदेश नम्बर १ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इलाका प्रहरी कार्यालय बेलबारी, जिल्ला प्रशासन कार्यालय मोरङ र सम्पत्ति शुद्धीकरण विभागमा घटनाको बारेमा जानकारी दिँदै निवेदन दिएको उनले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठका छिमेकी हरिनारायण श्रेष्ठ तथा ईश्वर निरौलाले हरिमाया श्रेष्ठले सो जग्गा किन्न पाउनुपर्ने तथा सहकारीले अनावश्यक जालसाँजी गर्ने काम गरिएको देखिएको बताए ।

यस विषयमा सहकारीका व्यवस्थापक डेगिन्द्रप्रसाद सुवेदीसँग बुझ्दा एउटा निवेदन रद्द भएको र एक मात्र प्रतिष्पर्धी भएकाले सञ्चालक समितिको निर्णयले पुनः टेण्डर आह्वान गरिएको जनाए ।
सहकारी संस्थाका अध्यक्ष बाबुराम ढकालले एउटा निवेदन रद्द भएपछि एक्लो प्रतिष्पर्धी भएपछि टेण्डर रद्द गर्नु उचित देखेर रद्द गरिएको जनाए । चाँडै नै पुनः टेण्डर प्रकाशन गरी जग्गा बिक्री गरिने बताए । श्रेष्ठ परिवारले आरोप लगाएजस्तो आफन्तलाई सो जग्गा कम मूल्यमा बिक्री गराउन नखोजिएको उनले बताए ।
‘आफन्तलाई नै जग्गा पार्ने चाहना थियो भने हामी हाम्रा धेरै जना आफन्तको नाममा टेण्डर हाल्ने थियौँ’, उनले भने, ‘श्रेष्ठ परिवारले कुरै नबुझी हामीमाथि आरोप लगाएको मात्रै हो ।’
सो सहकारीले आफ्नो नाममा सुन्दरहरैंचा ११ मा रहेको साबिक मृगौलिया ७ ‘ग’ को कित्ता नम्बर २५७ को ७ कठ्ठा जग्गा लिलाम बढाबढमा बिक्री गर्न कात्तिक १० गते उद्घोष दैनिकमा सूचना प्रकाशन गरेको थियो । कात्तिक १६ गते कार्यालय समयभित्र दरखास्त दिन आह्वान गरिएको सूचनामा कात्तिक २३ गते बोलपत्र खोलिने र बोलपत्र स्वीकृत भएको मितिले ५ दिनमा सम्झौता गरिसक्नुपर्ने उल्लेख थियो । सम्झौता भएको मितिले २ महिनाभित्रमा कारोबार गरिसक्नुपर्ने र सो समयमा कारोबार गर्न नसकेमा धरौटीको २५ प्रतिशत रकम कट्टा गरी बाँकी रकम फिर्ता गरिने उल्लेख थियो ।

Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login