Connect with us
Advertisement

पुराना कांग्रेस कार्यकर्ता डाँगी भन्छन्, ‘नेपाली कांग्रेसको प्रजातान्त्रिक समाजवाद लागू गराउन मेरो उम्मेद्वारी’

Published

on

विराटचोकः नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत वडा, पालिका र निर्वाचन क्षेत्रस्तरीय अधिवेशन सम्पन्न भइसकेको छ । मोरङमा भोलि मंसिर ७ गते महाधिवेशन प्रतिनिधिका लागि निर्वाचन हुँदैछ । महाधिवेशन प्रतिनिधिका लागि उम्मेद्वारी दिएका नेपाली कांग्रेसका पुराना र सक्रिय कार्यकर्ता देवीप्रसाद डाँगीसँग गरिएको कुराकानी डाँगीकै शब्दमाः
म २०२६ सालदेखि नेपाली कांग्रेसमा आबद्ध भएको हुँ । नेपाली काङ्ग्रेसको प्रजातान्त्रिक समाजवाद सिद्धान्त मन परेर कांग्रेसमा लागेको हुँ । तत्कालीन अवस्थामा चीनमा जनताको जनजीविका कम्युनिष्ट पार्टीले पूरा गर्छ भनेर भनिएको थियो । बीपीको प्रजातान्त्रिक समाजवादमा भने कम्युनिष्टहरुले भनेको साम्यवादको पनि ग्यारेन्टी गरिएको थियो । त्यसैले मलाई साम्यवाद भन्दा प्रजातान्त्रिक समाजवाद मन पर्याे र कांग्रेसमा आबद्ध भएँ ।

२०३५÷ ३६ सालको आन्दोलनको समयमा म शिक्षक भएर पनि सक्रिय रुपमा संयोजक भएर कांग्रेसको तर्फबाट बहुदलको वकालत गर्दै आन्दोलनमा सहभागी भएँ ।

प्रतिबन्धको समयमा २०३७ सालमा भोजपुरमा भएको प्रशिक्षण कार्यक्रममा सहभागी भएर थप प्रशिक्षित हुने मौका पाएँ । २०४६ भएको जनआन्दोलनसहित प्रतिबन्धित कालमा कांग्रेसको नाममा म ७ पटक जेल बसेँ । २०५८ सालमा पनि प्रजातन्त्रको पुनस्र्थापनाको लागि ४ पटक गरेर मेरो जीवनकालमा ११ पटक जेल बसिसकेको छु ।

कांग्रेसले २०४८ सालदेखि २०७२ सालसम्ममा गाउँ सदस्यदेखि संसदसम्मको टिकट बाँड्यो, विभिन्न राजनीतिक नियुक्ति भए तर मैले कहिल्यै टिकट पनि पाइनँ र राजनीतिक नियुक्ति पनि पाइनँ । तर पनि म नेपाली कांग्रेसमा निरन्तर लाग्नुको कारण सरकारले जताको जनजीविका (गाँस, बास, कपासको उचित व्यवस्था) गर्नुपर्छ भनेर खबरदारी गर्नु नै हो ।

०४८ सालमा गिरिजाबाबुको सरकार बन्दा नेपाली जनताले न्यूनतम सुविधा पाउँछन् भन्नेमा म ढुक्क थिएँ । पछि गिरिजाबाबुले समाजवाद भनेको भोको मान्छेलाई फुको चिउरा दिने हो भन्नुभयो । मलाई अब कांग्रेसले केही कार्यक्रम ल्याउँछ भन्ने आश लाग्यो । त्यसपछि पनि नेपाली जनता आशैआशमा बसेका छन् । जीविकाको लागि अर्थात् बाँच्नको लागि मानिसहरु खाडी मुलुकलगायत अन्य मुलुकमा श्रम गर्न जान्छन् र मर्नको लागि वा मरेपछि मात्रै नेपाल आउँछन् । त्यसको अन्त्य हुनुपर्छ र त्यो कांग्रेसले नै गर्नुपर्छ भन्ने मेरो मान्यता हो ।

आगामी दिनमा नेपाली कांग्रेसको सरकार बन्दा म सरकारमा सामेल भएँ भने नेपाली जनताको गाँस, बास र कपासको लागि लड्छु र त्यसलाई स्थापित गराएरै छाड्छु भन्ने मेरो प्रण छ । यदि म सरकारमा पुगिनँ भने पनि महाधिवेशन प्रतिनिधिबाट महासमिति सदस्यमा म गएँ भने कांग्रेसको नेतृत्वलाई समाजवादी कार्यक्रम लागू गराउनको लागि बाध्य बनाउनको लागि म महाधिवेशनको प्रतिनिधिको लागि दाबेदार भएको हुँ । त्यसको लागि मलाई मतदान गरी महाधिवेशन प्रतिनिधिमा विजयी बनाउनुहुन अनुरोध गर्दछु । (कुराकानीमा आधारित)

भिडियो हेर्न तलको लिंक क्लिक गर्नुहोस् ।

https://www.facebook.com/NispakshyaKhabarDotCom/videos/4760040014081485

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस

Published

on

सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।

सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।

Continue Reading

Banner

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान

Published

on

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।

प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।

त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।

Continue Reading

Banner

साउदी विमानस्थलमा हुथीको आक्रमण

Published

on

यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।

इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।

हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्‍याएको दाबी गरेका छन् ।

यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।

सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक