Connect with us
Advertisement

कांग्रेस महाधिवेशनः सूयर्माराज राईले गरे प्रदेश सहमहामन्त्रीमा उम्मेद्वारी दिने घोषणा

Published

on

विराटचोकः नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत प्रदेश १ संसदीय दलका सचेतक सूयर्माराज राईले प्रदेश १ नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सहमहामन्त्रीमा उम्मेद्वारी घोषणा गरेका छन् । हिजो राईले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् ।

मोरङ क्षेत्र नम्बर ३ (क) बाट निर्वाचित सांसद राई सोही क्षेत्रबाट सर्वाधिक दोस्रो मतका साथ केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन भएका छन् । आफ्नो उम्मेदवारी कांग्रेसी योद्धाहरुको सम्मान र एमाले चरमताको बहिर्गमनको लागि भएको उनले आफ्नो फेसबुक स्टाटसमा उल्लेख गरेका छन् । बौद्धिक र तार्किक नेताको रुपमा स्थापित उनको राजनीतिक यात्रा नेपाल विद्यार्थी संघको राजनीतिबाट शुरु भएको थियो ।

आफूले पार्टीमा खेलेको भूमिका र पुर्याएको योगदान सदैव सकारात्मक र संस्थागत रहेको उनले उल्लेख गरेका छन् । यस्तो छ उनले लेखेको स्टाटसः

‘नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा प्रदेश न. १, कार्यसमितिको सहमहामन्त्री पदको उम्मेदवारमा मैले आफूलाई उभ्याएको कुरा सहर्ष जानकारी गराउँछु ।

नेवि संघमा लामो समय काम गर्दै पार्टीको विभिन्न तहमा काम गरि हाल मोरङ क्षेत्र न.३ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा चयन भएको छु ।

यता संसदीय फाँटमा प्रदेश न.१ को सचेतकको रुपमा जिम्मेवारी सम्हालेर पार्टीलाई जीवन्त र सुदृढ बनाउन थप योगदानसमेत पुर्याउन सकेको तथ्यले म औधी खुसी छु । मैले जितेको निर्वाचन क्षेत्र मोरङ ३ (१) वामपन्थीहरुको अत्यन्तै बलियो पकड क्षेत्र हो ।

झन्डै ३ दशकमा पहिलोपटक नेपाली कांग्रेसको तर्फबाट मैले निर्वाचन जित्दै गर्दा म होइन, त्यस क्षेत्रमा संगठन गरिरहनुभएका र दशकौंदेखि वामपन्थीको कडा प्रहार खेप्न बाध्य लोकतान्त्रिक विचारसंग निकट र कांग्रेसका स्थानीय नेताहरू बढी खुसी र आनन्दित हुनुहुन्थ्यो ।

आज मैले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गर्दै गर्दा म तिनै अनुहार र होनहार कांग्रेसी योद्धाहरुलाई स–सम्मान स्मरण गरिरहेको छु । एक हिसाबले मेरो उम्मेदवारी तिनै योद्धाहरुको सम्मान र वामपन्थी चरमताको बहिर्गमनको लागि पनि हो । पार्टीमा मैले खेलेको भूमिका र पुर्याएको योगदान सदैव सकारात्मक र संस्थागत छ ।

तर यतिबेला पार्टीमा सैद्धान्तिक \ वैचारिक रुपान्तरणमार्फत् लोकतन्त्रको जग बलियो बनाई समृद्ध नेपाल निर्माण गर्नुपर्ने अभिभारा हाम्रो पुस्तामा जबर्जस्त आइपरेको छ । त्यस सत्यको गहिरो अनुभूतिसहित उक्त कार्यभारलाई म सहज रुपले ग्रहण गर्ने र एउटा परिणाममुखी निष्कर्षमा पुर्याउन महत्वपूर्ण योगदान पुर्याउन सक्छु भन्ने अठोट र विश्वासका साथ प्रदेश न. १ कार्यसमितिको सहमहामन्त्री पदमा मैले आफूलाई उभ्याएको हुँ ।’

कांग्रेस महाधिवेशनः आज पहिलो पटक प्रदेश अधिवेशन शुरु हुँदै

कांग्रेस महाधिवेशनः प्रदेश अधिवेशनको कार्यतालिका परिवर्तन

 

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५० भन्दा बढी घाइते

Published

on

उत्तरी भारतको एक्सप्रेसवेमा मंगलबार बाक्लो कुहिरोको बीचमा सातवटा बसहरू एकअर्कासँग ठोक्किएर आगलागी हुँदा कम्तिमा चार जनाको मृत्यु हुनुका साथै ५० जना भन्दा बढी घाइते भएको स्थानीय प्रहरीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ । प्रहरीले मथुरा जिल्लाको दिल्ली–आगरा एक्सप्रेसवेमा बसहरूको ठक्करको कारणले उनीहरूको  ज्यान गएको जनाउदै घटनाको पुष्टि गरेको छ ।  घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।सामाजिक सञ्जालमा राखिएको भिडियो फुटेजमो गाडीबाट ठुलो आगो निस्किएको देखाइएको छ । घाइतेहरू मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्ने सम्भावना रहेको बताइएको छ ।

Continue Reading

Banner

सातौँ झापा गोल्डकप माघको अन्तिम हप्तादेखि हुने

Published

on

झापा गोल्डकपको सातौँ संस्करण आउँदो माघ अन्तिम हप्तादेखि हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फ)ले निकालेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि शुरु हुने भएको हो ।

गएको वैशाखमा ज्यान गुमाएका झापा गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडमा रहेको डोमालाल राजवंशी रङ्गशालामा हुनेछ । प्रतियोगितामा तीन विभागीय टोली, दुई विदेशी, झापा ११ एफसी र ‘ए’ डिभिजनसहित १० टोली सहभागिता हुने गोल्डकपका अध्यक्ष केदार गिरीले जानकारी दिनुभयो ।

प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ८ लाख रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न झन्डै १ करोड ५० लाख रुपैयाँ खर्च अनुमान गरिएको कोषाध्यक्ष चन्द्र कट्टेलले जानकारी दिनुभयो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एउटा मोटरसाइकल, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकलाई जनही २५ हजार तथा हरेक खेलको प्लेयर अफ द म्याचलाई नगद ११ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ ।

Continue Reading

Banner

एमाले अध्यक्ष चयनका लागि आज मतदान, ओली–पोखरेल आमनेसामने

Published

on

नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान बन्दसत्र स्थल भृकुटीमण्डप काठमाण्डौमा दिउँसो १ बजेदेखि शुरु हुनेछ ।

मतदान बेलुका ७ बजेसम्म चल्नेछ । अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा हुनुहुन्छ । आयोगले हिजो अबेर सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावलीअनुसार अध्यक्ष पदमा ओली र पोखरेलबीच नै प्रतिस्पर्धा हुने भएको हो ।

महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिँदैछ । आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार ल्याइएका एक सय वटा मेसिनमध्ये ८० वटा मतदानका लागि प्रयोग हुनेछन् ।

बाँकी १० वटा अभ्यासका लागि र १० वटा अतिरिक्त मेसिनको रूपमा राखिएको छ । एक जनाले मत खसाल्न झण्डै २५ देखि ३० मिनेट समय लाग्ने अनुमान छ । महाधिवेशनमा कुल २ हजार २ सय ६३ प्रतिनिधि सहभागी छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक