शिक्षा / स्वास्थ्य
बीपी प्रतिष्ठानको ठगीः तीन वर्षमा ४७४७ दिन भन्दै, विद्यार्थीसँग २३ लाख ९० हजार जरिवाना असुल्दै
काठमाडौं: धनुषाका विशाल राज शाह सन् २०१५ ब्याचमा बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस अध्ययनका लागि भर्ना भए।
भर्ना गर्दा नै कलेजले समयमा शिक्षण शुल्क तिर्न नसकेमा तोकिए अनुसार विलम्ब शुल्क तिर्नुपर्ने उल्लेख गरिएको सहमति पत्रमा हस्ताक्षर गरायो। सो पत्रमा समयमा शुल्क तिर्न नसके शुल्क तिर्ने मितिदेखि शुल्क नतिरेसम्म प्रतिदिन ५०० विलम्ब शुल्क लाग्ने उल्लेख छ।
शाहले उक्त पत्रमा हस्ताक्षर गरेर अध्ययन सुरु गरे। पहिलो वर्षसम्म नियमित रुपमा शिक्षण शुल्क तिरे। त्यसपछिका वर्षमा भने आर्थिक समस्याका कारण उनले समयमा शुल्क तिर्न सकेनन्।
कलेजले पनि विलम्ब शुल्कका नाममा दैनिक ५०० रुपैयाँ जरिवाना जोड्दै गयो।
पाँच वर्षमा एमबिएिस अध्ययन सकिएपछि उनले नियमअनुसार जरिवाना र शिक्षण शुल्क तिर्न रकम जोहो गर्न थाले। सो क्रममा प्रतिष्ठानले अध्ययन पश्चात गर्नुपर्ने इन्टर्नसीप समेत रोकिदियो। इन्टर्नसीप रोकिएपछि उनले जसोसतो रकम जोहो गर्दै कलेजसँग आफूले तिर्न बाँकी रहेको रकमको हिसाब माग गरे।
त्यसपछि भने उनी छाँगाबाट खसेझैँ भए। उनको जरिवाना मात्र २३ लाख ९० हजार पुगेको रहेछ।
३ वर्षमा दैनिक पाँच सयका दरले कसरी २३ लाख ९० हजार कसरी पुग्छ? उनले आफैंले मोबाइलमा क्याल्कुलेटर निकालेर हिसाब गरे। एक वर्षमा ३६५ दिनका दरले तीन वर्षमा एक हजार ९५ दिन। उनी प्रत्येक दिन ५ सयका दरले जरिवना गर्दा पनि ५ लाख ४७ हजार ५ सय मात्र आउँछ।
उनले यो हिसाब देखाउँदै प्रतिष्ठानमा जानकारी दिए। तर प्रतिष्ठानले तीन वर्षमा ४ हजार ७४७ दिन निकालेर २३ लाख भन्दा बढी रकम निकालेर उनलाई जरिवाना तिर्न भन्यो।
तीन वर्षमा कसरी ४ हजार ७४७ दिन हुन्छ? उनले यो प्रश्न राखे। तर प्रतिष्ठानले उनको कुरा मानेन। उल्टै उनलाई जरिवाना नतिरे इन्टर्नसीप रोक्ने र प्रमाणपत्र नदिने अडान लियो।
जरिवाना नाममा बढी शुल्क मागेपछि शाहले कलेज प्रशासनसँग फेरि सोधे– ‘यति धेरै शुल्क कसरी भयो? हुनुपर्ने साढे ५ लाख मात्र होइन?’
तर कलेज प्रशासनले जवाफ दियो, ‘यस्तै हो भाइ यहाँको नियम, सबैले तिरिरहेका छन्। इन्टर्नसीप गर्नु छ भने सबै शुल्क तिर्नुपर्छ।’
शाहलाई उनका बुबा श्यामप्रसाद शाहले पढाउदै आएका थिए। तर, विशालका बुबा आफैं बिरामी परे। बुबा नै बिरामी परेपछि उनले कलेजमा समयमा शुल्क तिर्न सकेका थिएनन्। घरको आर्थिक समस्या पनि सुल्झिएको थिएन।
तर कलेजले जरिवाना शुल्क समेत बढाएर भनेपछि उनी अन्यौलमा परे।
‘बुबाले नै कमाएर पढाउनु भएको थियो। बुबा बिरामी पर्नुभयो, समयमा शुल्क तिर्न सकिनँ,’ शाहले भने, ‘इन्टर्नसीप गर्न नपाएपछि जसोतसो शुल्क म्यानेज गरेँ तर कलेजले बढी माग्यो।’
कलेज प्रशासनले अतिरिक्त जरिवाना नतिरेको भन्दै ४ महिनासम्म शाहलाई इन्टर्नसीप गर्न समेत रोक लगायो।
त्यसपछि उनी आफ्नो समस्या लिएर शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय र चिकित्सा शिक्षा आयोगमा पुगे।
शाहको निवेदन पछि आयोगको २०७७ साल पुस १७ गते बसेको बैठकले विशालराज शाहले प्रतिष्ठानले तोकेभन्दा बढी विलम्ब जरिवाना लिएको भनि दिएको निवेदन सम्बन्धमा के कसो भएको हो भनि प्रतिष्ठानबाट जानकारी माग गर्ने निर्णय गर्यो।
आयोगले सो जानकारी माग गर्दै प्रतिष्ठानलाई पुस २१ गते चिठ्ठी पठायो।
तर प्रतिष्ठानले यर्थात जानकारी नपठाएपछि आयोगले पुनः माघ १८ गते ताकेता गर्दै ७ दिनभित्रमा आयोगले माग गरेको विवरण पठाउन निर्देशन दियो।
प्रतिष्ठानले २०७७ साल माघ २१ गते आयोगलाई जवाफ पठायो। तर सो पत्रमा शाहको विलम्ब शुल्क २३ लाख ९० हजार ६ सय बुझाउन बाँकी रहेको जानकारी दियो।
प्रतिष्ठानले जानकारी गराएको विवरणमा शाहले बुझाउनुपर्ने विलम्ब जरिवाना शुल्क प्रतिष्ठानले सो वर्षको लागि निर्धारित शुल्क, जरिवाना आदि समेटिएको उक्त शैक्षिक कार्यक्रमको ‘प्रोस्पेक्टस’मा उल्लेख भएअनुसार नै लिइएको जनाएको छ।

अन्य विद्यार्थीहरुले पनि विलम्ब गर्दा यसरी नै जरिवाना लिइँदै आएको प्रतिष्ठानले जनाएको छ।
शाहाले दोस्रो वर्षदेखि उनले नियमित शुल्क तिर्न नसकेपछि समय समयमा ढिला गरि केही शुल्कहरु भने तिर्दै गएको शाहको भनाइ छ।
तर प्रतिष्ठानले भने दोस्रो वर्षदेखि पाँचौ वर्षसम्मको हुने विलम्ब शुल्क २३ लाख ९० हजार बुझाउनुपर्ने भन्दै आएको छ।
शाहले प्रतिष्ठानको शिक्षण शुल्क लगायत अन्य शुल्क भने बुझाइसकेका छन्।
तर प्रतिष्ठानले विलम्ब शुल्क नतिरेको भन्दै उनको शैक्षिक प्रमाणपत्रहरु दिएको छैन। शाहलाई प्रतिष्ठानले इन्टर्नसीप गर्न भने ४ महिना ढिला गरेर दिएको थियो। उनी अहिले प्रतिष्ठानमै इन्टनर्सीप गरिरहेका छन्। आगामी जनावारीमा उनको इन्टर्नसीपको समयअवधि सकिँदैछ।
शाह विलम्ब बापतको जरिवाना शुल्क प्रतिदिन ५०० का दरले पर्न आउने शुल्क तिर्न तयार छन्।
‘नियम अनुसार तोकिएको विलम्ब शुल्क तिर्न म तयार छु, तर बढी शुल्क कसरी तिर्नु? आयोगमा निवेदन दिएको पनि थिएँ, तर शुल्कको विषयमा मात्र अनुगमन हुन्छ, विलम्ब जरिवाना शुल्कको विषयमा केही गर्न सकिँदैन भन्छन्,’ शाहले भने, ‘यसरी त कलेजहरुले विद्यार्थीहरुलाई ठगी गरिरहने बाटो खुला हुन्छ नि।’

शाह मात्र होइन प्रतिष्ठानले शिक्षण शुल्क समयमा तिर्न नसकेका धेरै विद्यार्थीसँग यसैगरी लाखौं रकम असुल्दै आइरहेको छ। सन् २०१२ ब्याचका राजेश कुमार रन्जनले पनि जरिवाना शुल्कका नाममा १६ लाख ९७ हजार रुपैयाँ तिर्न बाँकी छ। उनले जरिवना शुल्क नतिरेका कारण प्रतिष्ठानले प्रमाणपत्र रोकेको छ।

यस्तै सन् २०१६ ब्याचकी दुई छात्रासँग पनि लाखौं रकम मागिएको छ। उनीहरुमध्ये एक जनासँग १७ लाख जरिवाना मागिएको छ भने अर्कीसँग ११ लाख।
चिकित्सा शिक्षा आयोगका सूचना अधिकारी सेमन्तराज कोइराला विलम्ब बापतको जरिवाना शुल्कको विषयमा प्रतिष्ठान र विद्यार्थीको हिसाब नमिलेको बताउँछन्।
तर विलम्ब शुल्क बढी लिएको विषयमा छानबिन तथा कारबाही गर्ने अधिकार आयोगसँग नभएको उनले जानकारी दिए।
‘हामीले यो विषयमा प्रतिष्ठानसँग सोधपुछ पनि गरेका थियौं, यसमा प्रतिष्ठान र विद्यार्थीबीच हिसाब नमिलेको देखियो,’ कोइरालाले भने, ‘प्रतिष्ठानले २३ लाख खर्च विलम्ब शुल्क तिर्नुपर्ने विवरण देखायो, अब यसमा विद्यार्थीले ठगीका रुपमा हेर्ने हो भने अन्य निकायमा जानुपर्यो। विलम्ब शुल्कबारे आयोगको ऐनमा कुनै कुरा उल्लेख छैन।’ – स्वास्थ्य खबरबाट
Facebook Comment
Banner
साफको इतिहासमा नेपाल पहिलोपटक नखेल्ने,एन्फा निलम्बनको असर,
साफले दिएको डेडलाइन (३० सेप्टेम्बर) मा पनि निलम्बन फुकुवा नभएसँगै नेपालले इतिहासमा पहिलोपटक साफ च्याम्पिनयसिप गुमाउने निश्चित भएको हो ।
नेपालले बंगलादेशमा आगामी नोभेम्बर ४ देखि १७ सम्म आयोजना हुने १५औं संस्करणको साफ च्याम्पियनसिप गुमाउने भएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले दिएको डेडलाइन (३० सेप्टेम्बर) मा पनि निलम्बन फुकुवा नभएसँगै नेपालले इतिहासमा पहिलोपटक साफ च्याम्पिनयसिप गुमाउने निश्चित भएको हो ।
अखिल नेपाल फुटबल संघ (एन्फा) माथि तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले १० असारमा अनिश्चितकालका लागि निलम्बन गरेको थियो ।
निलम्बनपछि नेपालले एकपछि अर्काे अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउँदै आएको छ । त्यसक्रममा ३३ वर्षको साफ इतिहासमा पहिलोपटक नेपाल सहभागी नहुने निश्चित भएको हो ।
दक्षिण एसियाली फुटबल महासंघले यसअघि ३० सेप्टेबरसम्म निलम्बन फुकुवा भए नेपाललाई समेट्ने गरी खेल तालिका सार्वजनिक गरेको थियो । तर, तोकिएको समयसीमामा निलम्बन फुकुवा नभएसँगै नेपालले साफ गुमाउन लागेको हो ।
योसँगै यसपटक साफमा ६ देश सहभागी हुने भएका छन् । समूह ‘ए’ मा आयोजक बंगलादेशसँगै श्रीलंका र भुटान छन् । समूह ‘बी’मा भारत, पाकिस्तान र माल्दिभ्स छ । निलम्बन खुलेको अवस्थामा नेपालले समूह ‘ए’बाट खेल्न पाउँथ्यो ।
नेपालले साफको यसअघिका १४ संस्करण सबैमा सहभागिता जनाएको थियो । जसमा नेपाल एकपटक उपविजेता र एकपटक तेस्रो बनेको छ । त्यसबाहेक पनि ५ पटक सेमिफाइनल पुगेको थियो ।
साफमा नेपालले आफ्नो दाबेदारी प्रस्तुत त गर्थ्यो नै, खेलाडीहरूले पनि आफ्नो क्षमता देखाउन पाउँथे । तर, यसपटक सहभागिता नजनाउँदा उक्त अवसर गुम्न पुगेको छ ।
नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान, प्रशिक्षक तथा एन्फा पूर्वउपाध्यक्ष उपेन्द्रमान सिंह साफ सहभागी नहुँदा खेलाडीले आफुलाई प्रमाणित गर्ने प्लाटफर्म गुमाएको बताउँछन् ।
‘दुई–तीन वर्षमा आउने प्रतियोगिता, यही प्रतियोगिता खेलेर कतिजना खेलाडीहरू विदेश अरू देशमा व्यावसायिक फुटबलमा कन्ट्याक्ट हुने अवसर पनि हो, एउटा प्लेटफर्म पनि हो साउथ एसियाका खेलाडीहरूको लागि । अब यो पनि वञ्चित हुने भयो’ उनी भन्छन्, ‘माथिको एउटा पोलिटिकल लडाइँले गर्दाखेरि आज खेलाडीहरूमा ठूलो मार परिरहेको मैले महसुस गरेको छु ।’
‘मै हुनुपर्छ’ भन्ने दम्भका कारण नेपाली फुटबल यो अवस्थामा आइपुगेको सिंहको अनुभव छ । ‘जुन पहिला राजनीतिक संरक्षण थियो । त्यो राजनीतिक संरक्षण भएको कारणले गर्दाखेरि उहाँहरूसँग दम्भ आयो त्यो बेलामा, हामीलाई कसैले केही गर्न सक्दैन, बहुमत हामीसँग छ, जस्तै गलत निर्णय गरे पनि हामी नै हौँ भन्ने भयो’ उनी भन्छन्, ‘एउटा दम्भ, घमण्ड र जुन पोलिटिकल शक्तिको मिसयुज भयो । जसले गर्दाखेरि नै फुटबलमा यो घटना दुर्घटना घटेको हो ।’
सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले मंगलबार मात्रै साफमा नेपालको सहभागिता सम्भव नरहेको संकेत गरेका थिए । साफका लागि ढिलो भइसकेको र घरेलु लिग सञ्चालनको तयारीमा लागिरहेको उनको भनाइ थियो । एन्फाको निलम्बन फुकुवा कहिले हुन्छ ? भन्ने प्रश्नमा मन्त्री पोखरेलले भने, ‘साफभन्दा अगाडि ढिलो भइसकेको छ । केही गरी निलम्बन खुलेन भने के गर्ने भनेर हामीले विभिन्न खेलाडीसँग छलफल गरेका छौं । घरेलु लिग गर्नुपर्यो । घरेलु लिग नखेलेको वर्षौं भइसक्यो भनेर खेलाडीहरूबाट आइसकेपछि घरेलु लिगका लागि तयारी गरिराखेका छौंं ।’
उनको भनाइलाई आधार मान्ने हो भने नेपाल तत्काल फिफाबाट निलम्बन फुकुवा हुने सम्भावना छैन । यसअघि मन्त्री पोखरेलले सार्वजनिक रुपमै फिफासँग सकारात्मक छलफल भएको र छिट्टै निलम्बन फुकुवा हुने अभिव्यक्ति दिँदै आएका थिए । तर, फिफाबाट सकारात्मक जवाफ नआएपछि सरकार घरेलु फुटबल गतिविधि अगाडि बढाउने दिशामा अगाडि बढेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले खेल मिलेमतोको आरोपमा एन्फा कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सञ्जिव पाण्डेलाई पक्राउ गरेको छ । अनुसन्धानको घेरा भएपछि एन्फा पदाधिकारीहरू अहिले सम्पर्कविहीन छन् । जसले नेपाली फुटबल झनै अन्यौलतातर्फ धकेलिएको छ ।
Banner
सलकपुरमा चारदिने कला उत्सव हुने
मोरङको सुन्दरहरैँचा–८ सलकपुरमा सलकपुर कला उत्सव २०८३ आयोजना हुने भएको छ। शिल्पी नाट्य केन्द्र, सलकपुरको आयोजनामा हुने उत्सव चार दिनसम्म सञ्चालन हुनेछ।
उत्सवमा नाटक, कविता, गजललगायतका साहित्यिक तथा सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। यस्तै, गायिका झुमा लिम्बु र रैथाने ब्यान्डको विशेष साङ्गीतिक प्रस्तुति समेत रहनेछ।
कला, साहित्य, सङ्गीत र संस्कृतिप्रति रुचि राख्ने दर्शकलाई लक्षित गर्दै आयोजना गरिएको उत्सवमा परिवार तथा साथीभाइसँग उपस्थित भई कार्यक्रमको आनन्द लिन आयोजकले आग्रह गरेको छ।
Banner
इटहरीमा सीप तथा रोजगार मेलाको उद्घाटन
इटहरी– इटहरीमा ‘सीप तथा रोजगार मेला, २०८३’को उद्घाटन गरिएको छ।
युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा गरिएको मेलाको बुधबार सभामुख डोलप्रसाद अर्यालले उद्घाटन गरेका हुन्। मेला यही असोज २० गतेसम्म सञ्चालन हुनेछ।
सभामुख डोलप्रसाद अर्यालले पानसमा दीप प्रज्वलन र कार्यक्रमको डिजिटल ब्यानर क्लिक गरी उनले मेलाको समुद्घाटन गरेका थिए।
युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवको अध्यक्षतामा आयोजना भएको उद्घाटन सत्रमा सांस्कृतिक झाँकीका रूपमा थारू नृत्य तथा नौमती बाजाको प्रस्तुति गरिएको थियो।उद्घाटन समारोहमा उद्योग मन्त्री दिपककुमार साह, मुख्यमन्त्री हिक्मत कार्की, प्रतिनिधि तथा कोशी प्रदेश सरकारका सांसदहरूको सहभागिता थियो।
मेलाको मुख्य उद्देश्य युवाको सीप पहिचान गरी रोजगारदाता र तालिम प्रदायक संस्थाहरूसँग प्रत्यक्ष सम्पर्क स्थापित गराउनु रहेको छ।
आज दिउँसो १२:०० देखि ५:०० बजेसम्म तालिमका सहभागी छनोट, प्रशिक्षार्थीको समूह विभाजन, रोजगार मिलानका लागि सीप प्रोफाइलिङ, रोजगारदाता र तालिम प्रदायकको परिचय तथा सूचना-परामर्श सेवाहरू सञ्चालन गरिनेछ।
भोलिदेखि असोज १९ गतेसम्म १० वटा विभिन्न विषयगत (ट्रेड) क्षेत्रमा ५ दिने व्यावहारिक तालिमहरू सञ्चालन हुनेछन्। मेला अवधिभर प्रदर्शनी स्टल, सूचना तथा परामर्श सेवा, रेफरल सुविधा, रोजगार मिलान तथा उद्यमशीलतासम्बन्धी छलफलहरू निरन्तर जारी रहनेछन्।


-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login