स्थानीय तह
शाखा प्रमुख भट्टराईले नगरमा कार्यरत फोहोर संकलक कर्मचारीलाई दुर्व्यवहार गरेको आरोप
विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकामा कार्यरत फोहोर व्यवस्थापनमा खटिने कर्मचारीलाई फोहोरमैला व्यवस्थापन शाखा प्रमुख बाबुराम भट्टराईले दुर्व्यवहार गरेको फोहोर संकलन गर्ने कर्मचारीले आरोप लगाएका छन् ।
मंगलबार बिहान नगरपालिकामा भेला भएका उनीहरुले यस्तो आरोप लगाएका हुन् । नगरपालिकाले कोभिडको समयमा काम गरेको अतिरिक्त भत्ता दिनुपर्ने, दैनिक ज्यालादारीमा काम गर्दै आएका १५ जनालाई करारमा नियुक्त गर्नुपर्ने लगायतका माग पनि राखेको फोहोर व्यवस्थापन तथा सरसफाइ कर्मचारी मन्जु मल्लिकले बताइन् ।
शाखा प्रमुख भट्टराईले कथित तल्लो जातको भन्दै गाली गर्ने र हेप्ने गरेकाले काम गर्न असहज भएको उनीहरुले गुनासो गरे । ज्यालादारीमा काम गर्दै आएका कर्मचारीलाई नगरपालिकाले केही दिन यता काम गरेको समय अवधि (घण्टा)का आधारमा पारिश्रमिक निर्धारण गरेपछि थप समस्या भएको फोहोर व्यवस्थापनमा खटिने कर्मचारी बताउँछन् ।
यता, शाखा प्रमुख भट्टराईसँग यस विषयमा बुझ्दा शाखाको तर्फबाट नगरपालिकामा कार्यरत कर्मचारीलाई कुनै समस्यामा नपारेको तर राजनीतिक संरक्षणको आडमा रहेका कर्मचारीलाई कसैले उचालेको भरमा शाखामाथि आरोप लगाइएको बताए ।
नगरपालिकामा हाल १ दर्जनभन्दा बढी फोहोर संकलक कर्मचारी रहेको नगरपालिकाले जनाएको छ ।
Facebook Comment
Banner
नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका चिकित्सक, कर्मचारी, विद्यार्थीहरुले रक्तदान गरे
Banner
नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिल बिरटनगरको प्राबिधिक सहयोग र सुनसरी जिल्लाको बराहाक्षेत्र नगरपालिकाको आयोजनामा महेन्द्र मा. बि., भरौल, वार्ड –३ मा एक दिवसिय निःशुल्क स्वास्थ्य सिविरको आयोजना गरियो ।
Banner
नोबेलको निःशुल्क आँखा शिविरमा आँखा पाकेका बिरामीको भीड
आँखा पाक्ने समस्या बढिरहेका बेला विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बुधबार मोरङको पथरीशनिश्चरे–४ सिरिसेडाँडामा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।
पथरीशनिश्चरे ४ नं. वडा कार्यालयसँग सहकार्य गरेर एक दिने शिविर आयोजना गरिएको हो । शिविरमा २ सय ६० जना बिरामीको निःशुल्क आँखा जाँच गरी औषधि प्रदान गरिएको नोबेल शिक्षण अस्पतालका मार्केटिङ अफिसर नविन दाहालले जानकारी दिए ।
शिविरमा आएका बिरामीहरूलाई नोबेल अस्पतालको आँखा विभागका डाक्टरहरूको टोलीले परीक्षण गरेको थियो ।
सिरिसेडाँडास्थित आधारभूत स्वास्थ्य केन्द्रमा आयोजना गरिएको शिविरमा आँखा पाकेका बिरामीहरू गाउँ–गाउँबाट आएका थिए ।
गाउँमा आँखा पाक्ने रोग फैलिँदै गएकाले रोकथामका लागि शिविर सञ्चालन गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ ।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login