कोशी प्रदेश
एकता मिडिया तथा सुधांशु साकोसको अध्यक्षमा खड्काकै निरन्तरता
विराटचोकः एकता मिडिया प्रा.लि. तथा सुधांशु बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा रमेश खड्का सर्वसम्मत चयन भएका छन् । उनी यसअघि पनि ती संस्थाको अध्यक्ष थिए ।
मंगलबार भएको एकता मिडिया प्रालिको ११ औँ तथा सहकारीको ९ औँ वार्षिक साधारण सभाबाट उपाध्यक्षमा नवराज चापागाई, सदस्यहरुमा क्रमश केशव अधिकारी, टीकाप्रसाद कट्टेल, ललितबहादुर श्रेष्ठ, नगेन्दप्रसाद दाहाल, कृष्णप्रसाद रिजाल, सन्तोष बान्तवा, राजाबाबु सुनुवार, नीरु बजगाई र सदस्य सचिवमा बाबुराम निरौला चयन भएका छन् ।
अधिकारी, दाहाल, रिजाल र एक मात्र महिला सदस्य नीरु बजगाई नयाँ अनुहार हुन् भने कार्यसमितिमा अरु पुरानै अनुहार हुन् । त्यस्तै संस्थाको लेखा समिति संयोजकमा सूर्य अधिकारी, निरोज गुरागाई र भुवन ढकाल चयन भएका छन् । उनीहरु सबै नयाँ अनुहार हुन् ।
निर्वाचित पदाधिकारीहरुको घोषणा कार्यक्रममा निर्वाचन समिति संयोजक रामप्रसाद गजुरेलले ११ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा समितिमा सर्वसम्मत रुपमा नेतृत्व निर्वाचित भएको घोषणा गरेका थिए ।
नवनिर्वाचित कार्यसमिति तथा लेखा समितिलाई संयोजक गजुरेलले शपथ ग्रहण गराएका थिए । निर्वाचन समितिको सदस्यमा कोमलप्रसाद लुइँटेल र कृष्णप्रसाद ओझा रहेका थिए ।
मिडियाको साधारण सभाका वक्ताले भने, ‘नगरमा मिडियाको आवश्यकता छ तर स्थापित हुन समस्या छ’
Facebook Comment
Banner
काठमाडौं–८ : प्रारम्भिक नतिजामै विराजभक्त भारी मतले अगाडि
काठमाडौं क्षेत्र नम्बर ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले भारी मतान्तरसहित सुरुवाती अग्रता लिएका छन् ।
बिहीबार भएको मतदानपछि जारी मतगणनामा उनले १७२४ मत प्राप्त गरेका छन् ।
त्यस्तै, कांग्रेस उम्मेदवार सपनाराज भण्डारीले २०७, नेपाली कम्युनिस्ट पार्टीका सुमन सायमीले १५४ र नेकपा एमालेका राजेश शाक्यले ११५ मत प्राप्त गरेका छन् ।
Banner
प्रतिनिधिसभाको चुनाव आज : मतदाता उत्साहित
नवयुवाको आन्दोलनपछिको विशेष परिस्थितिमा हुन लागेको प्रतिनिधिसभा सदस्य चुनाव अन्तर्गत आज मतदान हुँदैछ । देशभरका मतदान केन्द्रमा बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ ।
मतदानको लागि मतदाता उत्साहित भएका छन् । मतदान गर्नकै लागि धेरैजना गाउँघर पुगेका छन् । कतिपय विदेशबाटसमेत फर्किएका छन् । देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि भएको प्रतिनिधिसभाको यो तेस्रो चुनाव हो ।
यसअघि २०७४ र २०७९ सालमा चुनाव भएको थियो । ‘पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली’को हो । प्रत्यक्षतर्फ ६१ वटा चुनाव चिह्नमा ६५ वटा राजनीतिक दलले प्रतिस्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ तीन हजार १७ पुरुष, ३ सय ८८ महिला र एक अन्य गरी तीन हजार ४ सय ६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ १ हजार ३ सय ६३ पुरुष र १ हजार ७ सय ७२ महिला गरी ३ हजार १ सय ३५ उम्मेदवार प्रतिस्पर्धामा छन् । यस पटकको चुनावमा ९६ लाख ६३ हजार ३ सय ५८ पुरुष, ९२ लाख ४० हजार १ सय ३१ महिला र २ सय अन्य गरी १ करोड ८९ लाख ३ हजार ६ सय ८९ जना मतदाता छन् ।
यस्तै, १ लाख ८६ हजार १ सय ४२ अस्थायी मतदाता कायम भएको निर्वाचन आयोगले जनाएको छ । देशभर १० हजार ९ सय ६७ मतदानस्थलमा २३ हजार १ सय १२ मतदान केन्द्र निर्धारण गरिएका छन् । यस्तै, १ सय ४३ अस्थायी मतदानस्थल तय गरिएका छन् ।
ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा अशक्त र गर्भवतीलगायतलाई सहज मतदानका लागि प्राथमिकता दिने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।
चुनावी सुरक्षाका लागि ७९ हजार ७ सय २७ नेपाली सेना, ७५ हजार ७ सय ९७ नेपाल प्रहरी, ३४ हजार ५ सय ६७ सशस्त्र प्रहरी बल, १ हजार ९ सय २१ राष्ट्रिय अनुसन्धान र १ लाख ४९ हजार ९० निर्वाचन प्रहरी खटिएका छन् ।
यस्तै चुनाव गराउन २ लाख १५ हजार कर्मचारी खटिँदैछन् । यसपटकको चुनावमा चार अन्तरराष्ट्रिय र ३९ राष्ट्रिय संस्था पर्यवेक्षणमा खटिएका छन् ।
Banner
अफ्रिकालाई सजिलै हराउँदै न्युजिल्यान्ड पुग्यो फाइनलमा
न्युजिल्यन्ड आइसिसी टी-२० विश्वकप २०२६ को उपाधि नजिक पुगेको छ। बुधबार भारतको कोलकतास्थित इडन गार्डेन्समा दक्षिण अफ्रिकालाई ९ विकेटको फराकिलो अन्तरले पराजित गर्दै न्युजिल्यान्ड फाइनलमा पुगेको हो।
अब उपाधिका लागि न्युजिल्यान्डले भारत वा इंग्ल्यान्डमध्ये एक टोलीसँग आइतबार अहमदावादमा प्रतिस्पर्धा गर्नेछ। भारत र इंग्ल्यान्डबीच दोस्रो सेमिफाइनल बिहीबार मुम्बईको वानखेडे रंगशालामा हुँदैछ।
दक्षिण अफ्रिकाले दिएको १७० रनको लक्ष्य न्युजिल्यान्डले एक विकेटको क्षतिमा १२.५ ओभरमै पूरा गर्दै जित निकाल्यो।
उसको जितमा ओपनिङ ब्याटर फिन एलेनले शतक प्रहार गरे। उनले नटआउट १०० रन बनाउने क्रममा ३३ बलमा १० चौका र ८ छक्का प्रहार गरे। एलेनले टी-२० विश्वकपकमा सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान बनाएका हुन्।
अर्का ओपनर टिम सेइफर्टले ३३ बलमा ५८ रन बनाएका थिए। रचिन रविन्द्रले नटआउट १३ रन बनाए।
त्यसअघि टस जितेको न्युजिल्यान्डले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा १६९ रन बनाएको हो।
एघार ओभर चल्दासम्म दक्षिण अफ्रिका खराब स्थितिमा थियो। उसले ५ विकेट गुमाइसकेको थियो भने केवल ७७ रन जोडेको थियो।
तर छैटौं विकेटका लागि ट्रिस्टन स्टब्स र मार्को यान्सेनले उत्कृष्ट साझेदारी गरेर दक्षिण अफ्रिकाको उद्दार गरे। १९औं ओभरसम्म दुईबीच छैटौं ओभरका ७३ रनको साझेदारी भयो। स्टब्सले २९ रन जोड्ने क्रममा २४ बलमा २ चौका र १ छक्का प्रहार गरे।
यान्सेन भने नटआउट ५५ रन जोडे। उनले ३० बलमा २ चौका र ५ छक्का प्रहार गर्दा दक्षिण अफ्रिकाको स्कोरले १६९ रनसम्म पुगेको हो।
त्यसअघि दोस्रो ओभरमा दुई विकेट गुमाएपछि दबाबमा परेको दक्षिण अफ्रिका लागि डेवाल्ड ब्रेभिसले २७ बलमा ३४ रन जोडेका थिए।
सुरुमा २ विकेट १२ रनमा र त्यसपछि ७७/५ सम्म विकेट गएपछि यान्सेन र स्टब्सको साझेदारीले १५० सम्म पुर्यायो।
बलिङमा न्युजिल्यान्डका म्याट हेनरी, कोल म्याककोन्ची र रचिन रविन्द्रले २-२ विकेट लिएका थिए।
कोलले एक ओभर मात्र बलिङ गर्दा ९ रन दिएर २ विकेट (डि कक र रिकलटनलाई लगातार आउट) लिए।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login