Connect with us
Advertisement

सुन्दरवाटिकाले पुरस्कृत गर्याे ए ग्रेड ल्याउने सबै विद्यार्थीलाई, आगामी शैक्षिक सत्रदेखि छात्रवृत्ति पनि दिइने

Published

on

विराटचोकः सुन्दरहरैंचाको वडा नम्बर ७ मा रहेको सुन्दरवाटिका एकेडेमीले अभिभावक दिवसको अवसर पारी ए ग्रेड ल्याउने सबै विद्यार्थीलाई पुरस्कृत गरेको छ । बिहीबार आयोजित कार्यक्रममा उनीहरुलाई मेडल, प्रमाणपत्र र शैक्षिक सामग्री प्रदान गरियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै एकेडेमीका संस्थापक विनोद फुयालले चाँडै नै हप्तामा १ दिन संगीत र नृत्य विषयका कक्षा पनि सञ्चालन गरिने बताए । आगामी शैक्षिक सत्रदेखि ए प्लस ग्रेड ल्याउने सबै विद्यार्थीलाई नगद २ हजार रुपैयाँ छात्रवृत्ति दिइने पनि उनले बताए । हरेक महिना प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिइएको पनि बताए । सैद्धान्तिकभन्दा व्यावहारिक ज्ञानलाई बढी जोड दिइने उल्लेख गर्दै उनले जम्मा ४ वटा विषय मात्रै पढाइ हुने र अरु समय अतिरिक्त क्रियाकलापमा जोड दिइने बताए । नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गर्न नसकिरहेको अवस्थामा विद्यालयले भने स्थानीय पाठ्यक्रमको अवधारणामा शिक्षण गरिरहेको उनको भनाइ थियो ।

कार्यक्रमका प्रमुख अतिथि एन प्याब्सनका प्रदेश अध्यक्ष जयबहादुर श्रेष्ठले कठीन परिस्थितिका बीचमा पनि विद्यालयले राम्रो प्रगति गरेको विद्यार्थी र अभिभावकको उत्साहजनक उपस्थितिले देखाएको बताए । ‘कोभिडका कारण कतिपय विद्यालय बन्द हुने वा मर्जमा जाने अवस्थामा पुगेका छन्’, प्रमुख अतिथि श्रेष्ठले भने, ‘तर सुन्दरवाटिकाले स्थापनाको छोटो समयमा नै विद्यार्थी संख्या उल्लेख्य रुपमा बढाउनु सकारात्मक पक्ष हो । विद्यार्थीले देखाएको प्रतिभाले विद्यालयमा अतिरिक्त क्रियाकलाप धेरै हुने गरेको प्रतिभावान विद्यार्थी उत्पादन भइरहेको देखाउँछ ।’ गुणस्तरीय र युग सुहाउँदो शिक्षा प्रदान गर्दै विद्यालयले प्रगति गर्दै जाओस् भन्ने उनले शुभकामना दिए ।

अभिभावक दिवसमा आफ्नो भनाइ राख्ने अभिभावक दिनेश फुयाल तथा अन्य अतिथिहरुले विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।

कार्यक्रममा एन प्याब्सनका मोरङ अध्यक्ष सुनिलदत्त अधिकारी, प्रदेश कमिटी सदस्य कमल खनाल, मोरङ जिल्ला सदस्य प्रकाश कार्की, सुन्दरहरैंचा अध्यक्ष महेन्द्र राई, उपाध्यक्ष सुरेशकुमार खवास, सचिव सूर्य खवास, कोषाध्यक्ष कैलाश दाहाल, सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ की सदस्य मीना ओझा, पोख्रेल वंश प्रतिष्ठान सुन्दरहरैंचाका सचिव केदार पोखरेललगायतको उपस्थिति थियो ।

कार्यक्रममा प्रत्येक कक्षाका विद्यार्थीले सामुहिक नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै, विद्यार्थीहरु केन्द्रिका फुयाल, आयुष थापा, रेबिसा पोखरेल, कृतिका कोइराला, शिवल न्यौपाने, आदर्श फुयाललगायतले कथा, गीत, चुट्किला एकल रुपमा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा अभिभावकहरु बीच कुर्सी घुमाइ प्रतियोगिता सञ्चालन गरी पहिलो, दोस्रो र तेस्रो हुने प्रतियोगीलाई पुरस्कृत गरिएको थियो ।

विद्यालय सञ्चालन जानुका ओझाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा विद्यार्थीको तर्फबाट रोशन कायस्थले स्वागत मन्तव्य राखेका थिए । विद्यालयका शिक्षिकाहरुले स्वागत गान प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन शिक्षिका रेजिना तिमल्सिनाले गरेकी थिइन् ।

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस

Published

on

सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।

सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।

Continue Reading

Banner

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान

Published

on

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।

प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।

त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।

Continue Reading

Banner

साउदी विमानस्थलमा हुथीको आक्रमण

Published

on

यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।

इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।

हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्‍याएको दाबी गरेका छन् ।

यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।

सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक