Connect with us
Advertisement

सुन्दरवाटिकाले पुरस्कृत गर्याे ए ग्रेड ल्याउने सबै विद्यार्थीलाई, आगामी शैक्षिक सत्रदेखि छात्रवृत्ति पनि दिइने

Published

on

विराटचोकः सुन्दरहरैंचाको वडा नम्बर ७ मा रहेको सुन्दरवाटिका एकेडेमीले अभिभावक दिवसको अवसर पारी ए ग्रेड ल्याउने सबै विद्यार्थीलाई पुरस्कृत गरेको छ । बिहीबार आयोजित कार्यक्रममा उनीहरुलाई मेडल, प्रमाणपत्र र शैक्षिक सामग्री प्रदान गरियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै एकेडेमीका संस्थापक विनोद फुयालले चाँडै नै हप्तामा १ दिन संगीत र नृत्य विषयका कक्षा पनि सञ्चालन गरिने बताए । आगामी शैक्षिक सत्रदेखि ए प्लस ग्रेड ल्याउने सबै विद्यार्थीलाई नगद २ हजार रुपैयाँ छात्रवृत्ति दिइने पनि उनले बताए । हरेक महिना प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिइएको पनि बताए । सैद्धान्तिकभन्दा व्यावहारिक ज्ञानलाई बढी जोड दिइने उल्लेख गर्दै उनले जम्मा ४ वटा विषय मात्रै पढाइ हुने र अरु समय अतिरिक्त क्रियाकलापमा जोड दिइने बताए । नगरपालिकाले स्थानीय पाठ्यक्रम लागू गर्न नसकिरहेको अवस्थामा विद्यालयले भने स्थानीय पाठ्यक्रमको अवधारणामा शिक्षण गरिरहेको उनको भनाइ थियो ।

कार्यक्रमका प्रमुख अतिथि एन प्याब्सनका प्रदेश अध्यक्ष जयबहादुर श्रेष्ठले कठीन परिस्थितिका बीचमा पनि विद्यालयले राम्रो प्रगति गरेको विद्यार्थी र अभिभावकको उत्साहजनक उपस्थितिले देखाएको बताए । ‘कोभिडका कारण कतिपय विद्यालय बन्द हुने वा मर्जमा जाने अवस्थामा पुगेका छन्’, प्रमुख अतिथि श्रेष्ठले भने, ‘तर सुन्दरवाटिकाले स्थापनाको छोटो समयमा नै विद्यार्थी संख्या उल्लेख्य रुपमा बढाउनु सकारात्मक पक्ष हो । विद्यार्थीले देखाएको प्रतिभाले विद्यालयमा अतिरिक्त क्रियाकलाप धेरै हुने गरेको प्रतिभावान विद्यार्थी उत्पादन भइरहेको देखाउँछ ।’ गुणस्तरीय र युग सुहाउँदो शिक्षा प्रदान गर्दै विद्यालयले प्रगति गर्दै जाओस् भन्ने उनले शुभकामना दिए ।

अभिभावक दिवसमा आफ्नो भनाइ राख्ने अभिभावक दिनेश फुयाल तथा अन्य अतिथिहरुले विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।

कार्यक्रममा एन प्याब्सनका मोरङ अध्यक्ष सुनिलदत्त अधिकारी, प्रदेश कमिटी सदस्य कमल खनाल, मोरङ जिल्ला सदस्य प्रकाश कार्की, सुन्दरहरैंचा अध्यक्ष महेन्द्र राई, उपाध्यक्ष सुरेशकुमार खवास, सचिव सूर्य खवास, कोषाध्यक्ष कैलाश दाहाल, सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ की सदस्य मीना ओझा, पोख्रेल वंश प्रतिष्ठान सुन्दरहरैंचाका सचिव केदार पोखरेललगायतको उपस्थिति थियो ।

कार्यक्रममा प्रत्येक कक्षाका विद्यार्थीले सामुहिक नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै, विद्यार्थीहरु केन्द्रिका फुयाल, आयुष थापा, रेबिसा पोखरेल, कृतिका कोइराला, शिवल न्यौपाने, आदर्श फुयाललगायतले कथा, गीत, चुट्किला एकल रुपमा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा अभिभावकहरु बीच कुर्सी घुमाइ प्रतियोगिता सञ्चालन गरी पहिलो, दोस्रो र तेस्रो हुने प्रतियोगीलाई पुरस्कृत गरिएको थियो ।

विद्यालय सञ्चालन जानुका ओझाले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा विद्यार्थीको तर्फबाट रोशन कायस्थले स्वागत मन्तव्य राखेका थिए । विद्यालयका शिक्षिकाहरुले स्वागत गान प्रस्तुत गरेको कार्यक्रमको सञ्चालन शिक्षिका रेजिना तिमल्सिनाले गरेकी थिइन् ।

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सलकपुरमा शिल्पी नाट्य केन्द्रको विधिवत् उद्घाटन, ‘छुटेका सपना’ मञ्चनसँगै सञ्चालन सुरु

Published

on

मोरङको सुन्दरहरैँचा नगरपालिका–८, सलकपुरमा स्थापना गरिएको शिल्पी नाट्य केन्द्र शनिबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। नयाँ नाटक ‘छुटेका सपना’ को पहिलो मञ्चनसँगै स्थानीय स्तरमै रंगमञ्चको नयाँ गन्तव्य थपिएको हो। नगरप्रमुख केदारप्रसाद गुरागाईं र नाटकका परिकल्पनाकार तथा निर्देशक युवराज घिमिरेले संयुक्त रूपमा मसाल बालेर नाट्य केन्द्रको उद्घाटन गर्नुभएको थियो।

शिल्पी नाट्य केन्द्रले निर्माण गरेको यो स्थानलाई आगामी दिनमा भुल्के एम्फी थिएटरका रूपमा विस्तार गर्दै कला र संस्कृतिको केन्द्र बनाउने योजना अघि सारिएको छ। उद्घाटनकै दिन मञ्चन गरिएको नाटक हेर्न दर्शकको उल्लेख्य सहभागिता देखिएको थियो, जसले सलकपुरमा रंगमञ्चप्रतिको बढ्दो आकर्षणलाई स्पष्ट पारेको छ।

नाटक ‘छुटेका सपना’ ले समाजमा व्याप्त राजनीतिक, सामाजिक तथा प्रशासनिक विकृतिलाई व्यङ्ग्यको माध्यमबाट प्रस्तुत गरेको छ। भ्रष्टाचार, ढिलासुस्ती, बेथिति र गरिबीका कारण किसानले भोग्नुपरेका दुःख–पीडालाई कलाकारहरूले सशक्त अभिनयमार्फत जीवन्त बनाएका छन्।

नाटकमा संगीता उराँव, सुशिला लुहार, सम्पदा थुलुङ राई, इच्छा सिंह, कञ्चन दास, पवित्रा खड्का, अनुप तिमिल्सिना, ज्याक डी.सी. बराल, गोविन्द ओली, सुमित भण्डारी, धनराज सुनार, रविन परियार, झकेन बी.सी. र उत्सव काकीं लगायत कलाकारहरूको अभिनय रहेको छ।

कार्यक्रममा कवि कुमार नगरकोटीले कविता वाचन गर्दै सांस्कृतिक माहोल थप जीवन्त बनाउनु भएको थियो। निर्देशक घिमिरेले शिल्पी नाट्य केन्द्रलाई आफ्नो दीर्घकालीन सपनाको सुरुआतका रूपमा व्याख्या गर्दै आफू जन्मेको स्थानलाई नै पहिचानयुक्त नाट्य गन्तव्य बनाउने लक्ष्य रहेको बताउनुभयो। आम मानिस एउटै ठाउँमा बसेर कला अनुभूति गर्न सकून् भन्ने सोचका साथ एम्फी थिएटर निर्माण गरिएको उहाँको भनाइ छ।

नाट्य केन्द्रलाई नाफामुखी भन्दा पनि सामाजिक चेतना अभिवृद्धि गर्ने अभियानका रूपमा अघि बढाइने स्पष्ट पार्दै घिमिरेले प्रत्येक दुई–दुई महिनामा नयाँ कार्यक्रम ल्याइने योजना रहेको जानकारी दिनुभयो। स्थानीय कला, संस्कृति र सिर्जनालाई मञ्च दिने उद्देश्यसहित सलकपुरबाट सुरु भएको यो प्रयासले पूर्वी नेपालमा रंगमञ्चको नयाँ सम्भावना खोल्ने अपेक्षा गरिएको छ।

Continue Reading

Banner

उच्च पहाड र हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

Published

on

अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेश प्रदेशका केही ठाउँमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । काठमाण्डौ पनि हल्का कुहिरो लागे पनि हिजोजस्तो बाक्लो छैन ।

कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ ।

हिमपात र वर्षाका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य तथा हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सम्बन्धित सबैलाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Continue Reading

Banner

आज शहीद दिवस

Published

on

विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर शहीद दिवस मनाइँदैछ। देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ।

नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ।

राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो। तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।

प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरिँदैछ।

यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ। विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते सहिदको सम्झनामा दिवस मनाउन थालिएको थियो।

स्वतन्त्रताको माग गर्दा १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिइएको थियो।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक