Connect with us
Advertisement

माओवादी प्रदेश अधिवेशनः विराटचोकका संघसंस्थाले सक्दो सहयोग गर्ने

Published

on

विराटचोकः नेकपा माओवादी केन्द्रले सुन्दरहरैंचाको विराटचोकमा भोलि र पर्सि पहिलो प्रदेश अधिवेशन गर्ने भएको छ । अरु राजनीतिक दलले विराटनगरमा प्रदेश अधिवेशन केन्द्रित गरिरहेको बेलामा माओवादी केन्द्रले भने विराटचोकमा अधिवेशन गर्ने भएपछि विराटचोकवासी र विराटचोकका संघसंस्था उत्साही भएका छन् ।

प्रदेश अधिवेशनको पूर्वसन्ध्यामा विराटचोकमा बिहीबार साँझ भएको अन्तरक्रियामा सहभागी विभिन्न संघसंस्थाका प्रतिनिधिले माओवादी केन्द्रको प्रदेश अधिवेशनलाई खुलेर सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।

इन्द्रपुर जेसीजका अध्यक्ष कृष्ण ओझाले विराटचोकमा प्रदेश अधिवेशन आँट गर्न सक्नु विराटचोकवासीका लागि गौरवको विषय भएको बताए । जेसीज भवनमा हुने सो अधिवेशनले कार्यक्रम स्थलको बारेमा अन्य राजनीतिक दल र संघसंस्थालाई पनि जानकारी लिने र यस्ता अधिवेशन वा भेलाले निरन्तरता पाउन सक्ने बताए । जेसीजले सचिवालय बाहेकका अन्य सबै भवन र सामान अधिवेशनमा प्रयोग गर्न दिने ओझाले जानकारी दिए ।

उद्योग वाणिज्य संघ सुन्दरहरैंचाका अध्यक्ष कृष्ण रिजालले अधिवेशन विराटचोकमा हुने खबरले आफू पहिलेदेखि नै उत्साही भएको बताए । वास बस्नको लागि आवश्यक परेमा उद्योग वाणिज्य संघको हल पनि प्रयोग गर्न दिइने उनले प्रतिबद्धता जनाए । सुरक्षा निकायसँग पनि राम्रो समन्वय गर्न उनले सुझाव दिए ।

सुकुना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टीकाप्रसाद कट्टेलले स्थानीय होटलसँग पनि समन्वय गरेर अघि बढ्न सुझाव दिए ।

कार्यक्रममा ज्येष्ठ नागरिक मञ्चका शिव दाहाल, सुकुना सामुदायिक अस्पतालका अध्यक्ष, लायन्स क्लब इन्द्रपुरका अध्यक्ष रोहित साह, उद्योग वाणिज्य संघ सुन्दरहरैंचाका महासचिव नारायण कार्की, व्यवसायी शारदाप्रसाद ढकाल, नगेन्द्र दाहाललगायतले प्रदेश अधिवेशनको सफलताको कामना गर्दै सक्दो सहयोग गर्ने वचनबद्धता व्यक्त गरेका थिए ।

नेकपा माओवादी केन्द्र सुन्दरहरैंचाका अध्यक्ष दुश्यन्त भट्टराईले नगरभित्रका ५७ वटा होटलसँग बास बस्नको लागि समन्वय गरिएको बताए । प्रतिनिधिहरु कार्यक्रमस्थलमै बस्ने, तर बिरामी, ज्येष्ठ प्रतिनिधि र पाहुनालाई ती होटलमा राखिने बताए । भट्टराईका अनुसार होटलमा बसेको तथा खाएको खर्च होटलमा बस्ने व्यक्ति स्वयम्ले तिर्नेछन् । करीब २ सय जना अतिथि र प्रतिनिधिलाई विभिन्न होटल तथा स्थानीय कार्यकर्ताको घरमा बसाइने उनले जानकारी दिए । कार्यक्रम स्थल छेउमा सिटी रिक्सा र अटोको स्टेन राखिने, १ सय जना स्वयम्सेवक डे«ससहित खटिने, उनले बताए । अधिवेशन सम्पन्न भएपछि २७ गते विराटचोक बजारको सफाइ गरिने पनि उनले जानकारी दिए ।

राष्ट्रिय सभाका सांसद गोपी अछामीले विराटनगर र इटहरीभन्दा बाहिर पनि प्रदेश अधिवेशन गर्न सम्भव छ भन्ने सन्देश दिन विराटचोकमा अधिवेशन राखिएको बताए । प्रदेशका १४ जिल्ला तथा उपत्यकाबाट पनि प्रतिनिधि आउने र पूर्वका १ सय ३७ वटै स्थानीय तहमा विराटचोकको आतिथ्यताको सन्देश फैलाउन पनि कार्यक्रम सिद्ध हुने उनले जानकारी दिए । उनका अनुसार सुरक्षा व्यवस्थाका लागि प्रदेश प्रहरी कार्यालयसँग समन्वय गरिएको छ ।

नेकपा माओवादी केन्द्रको पहिलो प्रदेश अधिवेशन मंसिर २५ र २६ गते सुन्दरहरैंचा नगरपालिकाको विराटचोकस्थित जेसीज भवनमा हुने भएको छ ।

प्रदेश अधिवेशनबाट पार्टीको विधानअनुसार ९ जना पदाधिकारी चयन हुनेछन् । जसमा अध्यक्ष १, उपाध्यक्ष महिलासहित ३, सचिव १, सहसचिव ३ र कोषाध्यक्षसहितको प्रदेश समिति निर्वाचित हुनेछन् ।

अधिवेशनपछिको नेतृत्व पूर्ण समावेशी र अधिकारसम्पन्न बनाउन नेतृत्वमा ३५ प्रतिशत महिला, प्रदेशमा रहेको जनसंख्याको अनुपातमा थप २ प्रतिशत दलित, ५ प्रतिशत मुस्लिम र २० प्रतिशत युवाहरूको सहभागिता सुनिश्चित गरिने नेकपा माओवादी केन्द्रले जनाएको छ । अधिवेशनबाट २ सय ५९ सदस्यीय समिति निर्माण हुने जनाइएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस

Published

on

सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।

सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।

Continue Reading

Banner

शिक्षकलाई सवारी किन्न ब्याज अनुदान

Published

on

शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।

प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।

त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।

सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।

Continue Reading

Banner

साउदी विमानस्थलमा हुथीको आक्रमण

Published

on

यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।

इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।

हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्‍याएको दाबी गरेका छन् ।

यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।

सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।

संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।

यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक