कोशी प्रदेश
इन्द्रपुर जेसीजको पुरस्कार वितरण तथा २० औँ पदस्थापन कार्यक्रम सम्पन्न
विराटचोकः इन्द्रपुर जेसीजको पुरस्कार वितरण तथा २० औँ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । शनिबार इन्द्रपुर जेसीज मंगल स्मृति सामुदायिक भवनमा सो कार्यक्रम सम्पन्न भएको हो ।
इन्द्रपुर जेसीज वर्ष २०२१ का अध्यक्ष कृष्णप्रसाद ओझाले वर्ष २०२२ का अध्यक्ष भवानी ढकाललाई गलामा लगाएको चेन लगाइदिएर पद हस्तान्तरण गरेका हुन् ।

त्यस्तै, जुनियर जेसीजतर्फ अध्यक्ष प्राञ्जल ढकालले वर्ष २०२२ की अध्यक्ष अल्का सुवेदीलाई चेन हस्तान्तरण गरेका हुन् । उपाध्यक्ष, कार्यकारी उपाध्यक्ष, महासचिव लगायत अन्य पदाधिकारीहरुले पनि वर्ष २०२२ का पदाधिकारीहरुलाई पद हस्तान्तरण गर्दै जेसीजको कार्य र आस्थाअनुरुप काम गर्न आग्रह गरी पद तथा गोपनीयताको शपथ ग्रहण समेत गराएका थिए ।
कार्यक्रमको प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख शिवप्रसाद ढकाल रहेका थिए । विशिष्ट अतिथि सिनेटर भोलेश्वर दुलाल र विभिन्न शाखाका अध्यक्षहरूको समेत कार्यक्रममा उपस्थिति रहेको थियो ।
२००२ सालमा स्थापना भएको इन्द्रपुर जेसीजले समाजमा रहेका विभिन्न व्यक्तिहरुलाई स्मृति अवार्ड समेत प्रदान गरेको छ । वर्ष २००९ का अध्यक्ष रमेश खड्काले स्थापना गरेको डि. रत्न स्मृति अवार्ड सुन्दरहरैंचा– ४ का भोजवहादुर गुरुङलाई प्रदान गरिएको छ । ब्याडमिण्टन च्याम्पियनअन्तर्गत राष्ट्रिय प्रतियोगितामा सहभागी भई यस क्षेत्रको गरिमालाई उच्च बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकाले उनलाई सो अवार्ड प्रदान गरिएको हो ।

यसैगरी, इन्द्रपुर जेसीजका संस्थापक सदस्य रामकृष्ण खड्काले स्थापना गरेको मातृका खड्का स्मृति छात्रवृत्ति श्री राम आधारभूत विद्यालय बालविकासमा अध्ययनरत मौसुम मण्डललाई प्रदान गरिएको छ ।
इन्द्रपुर जेसीज वर्ष २००५ का अध्यक्ष शिवप्रसाद ढकाल, वर्ष २०११ का अध्यक्ष यज्ञप्रसाद ढकाल र वर्ष २०१७ का अध्यक्ष शारदाप्रसाद ढकालले संयुक्त रुपमा स्थापना गरेको कृष्ण विन्दा आउटस्टेण्डिङ जेसीज अवार्ड जेसी बाथकुमारी दाहाललाई प्रदान गरिएको छ ।
यस्तै, वर्ष २०१२ का अध्यक्ष नारायण कार्कीले स्थापना गरेको नरदेवी अवार्ड जेसी निर्मल अधिकारीलाई प्रदान गरिएको छ ।
शिवप्रसाद घिमिरे स्मृति अवार्ड रिजन दाहाललाई प्रदान गरिएको छ । माध्यमिक शिक्षा परिषद्द्वारा शैक्षिक वर्ष २०७८ मा लिइएको परीक्षामा सुकुमा माविबाटकक्षा १२ उत्तीर्ण गर्दा ३ दशमलव ५७ जीपीए ल्याई उत्कृष्ट भएकोमा अवार्ड प्रदान गरिएको हो । गत वर्षको सोही अवार्ड सुकुना माविकै सन्देश गिरीलाई प्रदान गरिएको छ । उनले ४ जीपीए ल्याएका थिए ।
यसैबीच नेपाल जेसीजको राष्ट्रिय महाधिवेशनमा बक्तृत्वकला प्रतियोगितामा प्रथम हुने इन्दद्रपुर जेसीजका अभिनय बस्नेतलाई प्रमाणपत्रद्वारा सम्मान गरिएको छ ।
वर्ष २०२२ का लागि निर्वाचित हुने पदाधिकारीमा कार्यकारिणी उपाध्यक्ष पार्वती धामी गच्छदार, अजित वान्तवा, उपाध्यक्ष टेकराज तिम्सिना, एलिस ओझा, निर्मल अधिकारी, झमक कार्की, सचिव गोपाल दाहाल, पिआरओ मातृका घिमिरे रहेका छन् । महासचिव उत्सव थापा , काेषाध्यक्ष लाेकप्रसाद भट्टराई जीवनलाई मनोनित गरिएको छ । अन्य पदधिकारी पनि अध्यक्षले मनोनित गरेका छन् ।

Facebook Comment
Banner
नेप्सेमा निरन्तर वृद्धि, लगानीकर्तामा उत्साह
शुक्रबार नेप्से परिसूचक २२.८५ अंक बढेर २६४७.२२ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.३२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९० अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार ५ अर्ब ४९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४५ स्टकको ६४ हजार ७२ पटकको कारोबारमा ६ अर्ब ७४ करोड ५६ लाख ३१ हजार रुपैयाँबराबरको २ करोड १२ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन स्नो रिभर्स लिमिटेडको शेयरमूल्य सर्वाधिक १३.६६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। कारोबारमा आएको हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य यस दिन सर्वाधिक १५ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३२ करोड १३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन लक्ष्मी सनराइज बैंकको २७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने ग्लोबल आइएमई बैंकको कारोबार रकम २३ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.५९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जीवन बीमा उपसमूहको परिसूचक साढे १ प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त र अन्य उपसमूहको परिसूचक भने यस दिन सामान्य अंक घटेको छ।
Banner
गुराँस लघुवित्तको लाभांश घोषणा
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
असोज २ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
Banner
डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु
इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ अनिल राईको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार सोही स्थानका २६ वर्षीय सन्दीप राई घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।
विराट शिक्षण अस्पतालमा अनिलको मृत्यु भएको हो भने सोही अस्पतालमा सन्दीपको उपचार जारी छ । सडकमा राखिएका डिभाइडरमा द्रुत गतिको मोटरसाइकल ठोक्किएको हो ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login