Connect with us
Advertisement

इन्द्रपुर जेसीजको पुरस्कार वितरण तथा २० औँ पदस्थापन कार्यक्रम सम्पन्न

Published

on

विराटचोकः इन्द्रपुर जेसीजको पुरस्कार वितरण तथा २० औँ पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । शनिबार इन्द्रपुर जेसीज मंगल स्मृति सामुदायिक भवनमा सो कार्यक्रम सम्पन्न भएको हो ।

इन्द्रपुर जेसीज वर्ष २०२१ का अध्यक्ष कृष्णप्रसाद ओझाले वर्ष २०२२ का अध्यक्ष भवानी ढकाललाई गलामा लगाएको चेन लगाइदिएर पद हस्तान्तरण गरेका हुन् ।

त्यस्तै, जुनियर जेसीजतर्फ अध्यक्ष प्राञ्जल ढकालले वर्ष २०२२ की अध्यक्ष अल्का सुवेदीलाई चेन हस्तान्तरण गरेका हुन् । उपाध्यक्ष, कार्यकारी उपाध्यक्ष, महासचिव लगायत अन्य पदाधिकारीहरुले पनि वर्ष २०२२ का पदाधिकारीहरुलाई पद हस्तान्तरण गर्दै जेसीजको कार्य र आस्थाअनुरुप काम गर्न आग्रह गरी पद तथा गोपनीयताको शपथ ग्रहण समेत गराएका थिए ।

कार्यक्रमको प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख शिवप्रसाद ढकाल रहेका थिए । विशिष्ट अतिथि सिनेटर भोलेश्वर दुलाल र विभिन्न शाखाका अध्यक्षहरूको समेत कार्यक्रममा उपस्थिति रहेको थियो ।

२००२ सालमा स्थापना भएको इन्द्रपुर जेसीजले समाजमा रहेका विभिन्न व्यक्तिहरुलाई स्मृति अवार्ड समेत प्रदान गरेको छ । वर्ष २००९ का अध्यक्ष रमेश खड्काले स्थापना गरेको डि. रत्न स्मृति अवार्ड सुन्दरहरैंचा– ४ का भोजवहादुर गुरुङलाई प्रदान गरिएको छ । ब्याडमिण्टन च्याम्पियनअन्तर्गत राष्ट्रिय प्रतियोगितामा सहभागी भई यस क्षेत्रको गरिमालाई उच्च बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकाले उनलाई सो अवार्ड प्रदान गरिएको हो ।

यसैगरी, इन्द्रपुर जेसीजका संस्थापक सदस्य रामकृष्ण खड्काले स्थापना गरेको मातृका खड्का स्मृति छात्रवृत्ति श्री राम आधारभूत विद्यालय बालविकासमा अध्ययनरत मौसुम मण्डललाई प्रदान गरिएको छ ।

इन्द्रपुर जेसीज वर्ष २००५ का अध्यक्ष शिवप्रसाद ढकाल, वर्ष २०११ का अध्यक्ष यज्ञप्रसाद ढकाल र वर्ष २०१७ का अध्यक्ष शारदाप्रसाद ढकालले संयुक्त रुपमा स्थापना गरेको कृष्ण विन्दा आउटस्टेण्डिङ जेसीज अवार्ड जेसी बाथकुमारी दाहाललाई प्रदान गरिएको छ ।

यस्तै, वर्ष २०१२ का अध्यक्ष नारायण कार्कीले स्थापना गरेको नरदेवी अवार्ड जेसी निर्मल अधिकारीलाई प्रदान गरिएको छ ।

शिवप्रसाद घिमिरे स्मृति अवार्ड रिजन दाहाललाई प्रदान गरिएको छ । माध्यमिक शिक्षा परिषद्द्वारा शैक्षिक वर्ष २०७८ मा लिइएको परीक्षामा सुकुमा माविबाटकक्षा १२ उत्तीर्ण गर्दा ३ दशमलव ५७ जीपीए ल्याई उत्कृष्ट भएकोमा अवार्ड प्रदान गरिएको हो । गत वर्षको सोही अवार्ड सुकुना माविकै सन्देश गिरीलाई प्रदान गरिएको छ । उनले ४ जीपीए ल्याएका थिए ।

यसैबीच नेपाल जेसीजको राष्ट्रिय महाधिवेशनमा बक्तृत्वकला प्रतियोगितामा प्रथम हुने इन्दद्रपुर जेसीजका अभिनय बस्नेतलाई प्रमाणपत्रद्वारा सम्मान गरिएको छ ।

वर्ष २०२२ का लागि निर्वाचित हुने पदाधिकारीमा कार्यकारिणी उपाध्यक्ष पार्वती धामी गच्छदार, अजित वान्तवा, उपाध्यक्ष टेकराज तिम्सिना, एलिस ओझा, निर्मल अधिकारी, झमक कार्की, सचिव गोपाल दाहाल, पिआरओ मातृका घिमिरे रहेका छन् । महासचिव उत्सव थापा , काेषाध्यक्ष लाेकप्रसाद भट्टराई जीवनलाई मनोनित गरिएको छ । अन्य पदधिकारी पनि अध्यक्षले मनोनित गरेका छन् ।

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक