Connect with us
Advertisement

नझरेका फूलहरुद्वारा गायिका ज्ञानु राणा सम्मानित

Published

on

विराटचोकः नझरेका फूलहरुले वरिष्ठ गायिका ज्ञानु राणालाई सम्मान गरेको छ । मोरङको सु्न्दरहरैंचा नगरपालिकाको विराटचोकमा रहेको नझरेका फूलहरु कला केन्द्रले शनिबार ज्ञानु राणा पलेँटी साँझ आयोजना गरी सम्मान गरेको हो । जीवितै रहँदा नै स्रष्टा र सर्जकलाई सम्मान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिँदै आएको संस्थाले जनाएको छ ।

कार्यक्रममा बोल्दै गायिका राणाले १४ वर्षको उमेरदेखि गायन यात्रामा रहेर आज ७० वर्षसम्म बाँचेर यो सम्मान पाउँदा हर्षले गदगद भएको बताइन् । आफूसँगै रेडियो नेपालमा गीत गाएका धेरै साथीहरु सम्झनामा मात्र सीमित हुँदा उनी निकै भावुक देखिन्थिन् ।

‘नारायण गोपाल दाइ, गोपाल योन्जन दाइ, प्रोमध्वज प्रधान दाइ, तारादेवी, अरुणा लामा, कोइली देवी हामीले सँगै काम गर्यौँ,’ उनले भनिन्, ‘एउटा गीतको १ महिना रिहल्सल हुने गथ्र्यो । कालजयी गीत हुन धेरैधरै मेहनेत गरिन्थ्यो । वाइहार्ट भएर गाइन्थ्यो ।’ गायनसँगै वाद्यवादनका कलाकारको धेरै धेरै ठुलो भूमिका हुने बताउँदै उनीहरुलाई सम्मानभावले हेर्नुपर्ने उनले बताइन् ।

सरस्वती वन्दना भजनबाट प्रस्तुति शुरु हुँदा चिसो मौसम गुन्जयमान भएको थियो । उनले सल्लै हो जोवन कल्लाई हो …, सुन मेरो निरमाया…, च्याङ्वा ओए च्याङ्बा…, कसैले बुझेन मेरो मनको वहलाई, साँघुरीगढी नि हो त्यो धारापानी…, कालीपारे दाइ कति राम्रो …, भिज्यो मेरो रातो पछ्यौरी… लगायतका गीत प्रस्तुत गरेकी थिइन् ।

उनलाई गीतमा गायक दुर्गा पराजुलीले साथ दिएका थिए । गायक पराजुलीले राणाका पिता जनकवि केशरीको ‘जन्मेको देशलाई नेपालीले माया मार्यो बरी लै…’ गाउँदा वर्तमान परिस्थितिलाई उजागर गरेको भान हुन्थ्यो । त्यसबेला दार्जिलिङ, आसाम, बर्मा, सिमला र ल्हासामा चौकीदार र गोठालाजस्ता शब्दले आजको अवस्थाको कहानी भनेको भान भएको थियो । आज पनि युवा पुस्ता परिवार पाल्न विदेशिनु परेको परिस्थितिलाई गीतले टपक्कै टिपेको थियो ।

सुमधुर स्वरकी धनि गायिका पम्फा चाहारले कार्यक्रमलाई सङ्गीतमय बनाएकी थिइन् ।

कार्यक्रममा प्रमुख अतिथि समाजसेवी सुरेन्द्रबहादुर थापा, विशिष्ट अतिथि साहित्यकार मनु मञ्जिल, अतिथि राजेन्द्रबहादुर थापा ‘राजेश’ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सभापतित्व कार्यक्रमका सह आयोजक एकता युवा क्लवका अध्यक्ष विक्रम साम्पाङले गरेका थिए । कार्यक्रम सञ्चालन नझरेका फूलहरुका प्रस्तोता केपी घिमिरेले गरेका थिए ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

नेप्सेमा निरन्तर वृद्धि, लगानीकर्तामा उत्साह

Published

on

शुक्रबार नेप्से परिसूचक २२.८५ अंक बढेर २६४७.२२ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.३२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.८७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.९० अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार ५ अर्ब ४९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३४५ स्टकको ६४ हजार ७२ पटकको कारोबारमा ६ अर्ब ७४ करोड ५६ लाख ३१ हजार रुपैयाँबराबरको २ करोड १२ लाख ७२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन स्नो रिभर्स लिमिटेडको शेयरमूल्य सर्वाधिक १३.६६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशत बढेको छ। कारोबारमा आएको हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य यस दिन सर्वाधिक १५ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको यस दिन ३२ करोड १३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन लक्ष्मी सनराइज बैंकको २७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने ग्लोबल आइएमई बैंकको कारोबार रकम २३ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.५९ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन जीवन बीमा उपसमूहको परिसूचक साढे १ प्रतिशत बढेको छ। कारोबारमा आएको वित्त र अन्य उपसमूहको परिसूचक भने यस दिन सामान्य अंक घटेको छ।

Continue Reading

Banner

गुराँस लघुवित्तको लाभांश घोषणा

Published

on

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

असोज २ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

Continue Reading

Banner

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

Published

on

इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ अनिल राईको मृत्यु भएको छ ।

दुर्घटनामा मोटरसाइकलमा सवार सोही स्थानका २६ वर्षीय सन्दीप राई घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।

विराट शिक्षण अस्पतालमा अनिलको मृत्यु भएको हो भने सोही अस्पतालमा सन्दीपको उपचार जारी छ । सडकमा राखिएका डिभाइडरमा द्रुत गतिको मोटरसाइकल ठोक्किएको हो ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक