कला / साहित्य
रुक्सना लिम्बूलाई धरानमा सम्मान
धरानः द भ्वाइस किड्स नेपालको फाइनलमा पुगेकी रुक्सना लिम्बूलाई धरानको बगरकोटस्थित लोक दोहोरी रेस्टुरेन्टमा आइतबार सम्मान गरिएको छ । ‘रुक्सना लिम्बू जिताऔँ अभियान धरान’द्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा धरानका विभिन्न संघ–संस्थाद्वारा सम्मान गरिएको हो ।
कार्यक्रममा अभियानका तर्फबाट संयोजक मीना सिंघक र सागर सरगम चेम्जोङले सम्मान पत्र हस्तान्तरण गरेका थिए । लिम्बू मञ्चका तर्फबाट संयोजक हुक्पा चोेङवाङ र प्रदीप योङहाङ, सिल्भर इन्टरटेन्मेन्टको तर्फबाट सौरभ श्रेष्ठ र गायक एपी शेर्पा तथा केन्द्र मोसन पिक्चर्सको तर्फबाट टंक लिम्बू, याक्थुङ चलचित्रकर्मी संघ प्रदेश न. १ का तर्फबाट अध्यक्ष नवीन मेन्याङ्बो र सिंघक समाजको तर्फबाट दिनेश सिंघकले सम्मान पत्र हस्तान्तरण गरेका थिए ।
अभियानले रुक्सनाको एउटा गीत रेकर्ड गरिदिने घोषणा गरेको थियो । मीना सिंघकको शब्द र सेमिहाङ सिंघकको संगीतमा गीत रेकर्ड हुने भएको हो । अभियानको समन्वयमा मोसन पिक्चर्सले दुई वटा म्युजिक भिडियो निर्माण गर्ने पनि घोषणा गरेको छ । सिल्भर इन्टरटेन्मेन्ट र एपी शेर्पाको तर्फबाट एउटा गीत तथा गायक राजेश पायल राई म्युजिक एकेडेमी तथा राजेश पायल राई फाउन्डेसनको तर्फबाट दुई वटा गीत रेकर्ड गरिने घोषणा भएको छ ।
अभियान टिमलाई गीत निर्माणका लागि बालकृष्ण सिंघकले १० हजार रुपैयाँ दिएका थिए । रुक्सनाको आगामी प्रोजेक्टको लागि व्यवसायी टंक लिम्बूले २५ हजार रुपैयाँ प्रदान गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नवीन मेन्याङ्बोले टाईटल जित्नु मात्रै ठूलो कुरा नभएर सम्पूर्ण संगीत प्रेमी नेपालीहरुको मन जितेर स्रोता दर्शकको माया पाउन सफल भएको बताए । लिम्बू समुदायको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्तरको रियालिटी शोको फाइनलसम्म पुग्न सफल रुक्सनालाई गायनसँगै पढाईलाई पनि निरन्तरता दिएर अघि बढ्न उनले आग्रह गरे ।
रुक्सनाकी आमा रेखा लावती लिम्बूले रुक्सानाको लागि धरानको टिमले ठूलो सहयोग गरेको बताउंँदै अझ रुक्सनाको सांगीतिक भविष्यको लागि समेत सबैसँग समन्वय गर्ने अवसर प्रदान गरिदिएकोमा धन्यवाद दिइन् ।
अभियानका संयोजक सागर सरगम चेम्जोङ लिम्बूले रुक्सनाको सांगीतिक क्षेत्रमा भविष्य सुन्दर रहेको पुष्टि भइसकेको भन्दै सो अभियानमा प्रत्यक्ष, अप्रत्यक्ष रूपमा जोडिएर सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।
रुक्सना लिम्बूले कार्यक्रममा आफूलाई सहयोग गर्नेहरुलाई धन्यवाद दिँदै मालिङ्गो काटी नि …., किन बढ्दैछ ढुकढुकी मुटुको…, लगायतका गीत गाएकी थिइन् ।

Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login