कला / साहित्य
रुक्सना लिम्बूलाई धरानमा सम्मान
धरानः द भ्वाइस किड्स नेपालको फाइनलमा पुगेकी रुक्सना लिम्बूलाई धरानको बगरकोटस्थित लोक दोहोरी रेस्टुरेन्टमा आइतबार सम्मान गरिएको छ । ‘रुक्सना लिम्बू जिताऔँ अभियान धरान’द्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा धरानका विभिन्न संघ–संस्थाद्वारा सम्मान गरिएको हो ।
कार्यक्रममा अभियानका तर्फबाट संयोजक मीना सिंघक र सागर सरगम चेम्जोङले सम्मान पत्र हस्तान्तरण गरेका थिए । लिम्बू मञ्चका तर्फबाट संयोजक हुक्पा चोेङवाङ र प्रदीप योङहाङ, सिल्भर इन्टरटेन्मेन्टको तर्फबाट सौरभ श्रेष्ठ र गायक एपी शेर्पा तथा केन्द्र मोसन पिक्चर्सको तर्फबाट टंक लिम्बू, याक्थुङ चलचित्रकर्मी संघ प्रदेश न. १ का तर्फबाट अध्यक्ष नवीन मेन्याङ्बो र सिंघक समाजको तर्फबाट दिनेश सिंघकले सम्मान पत्र हस्तान्तरण गरेका थिए ।
अभियानले रुक्सनाको एउटा गीत रेकर्ड गरिदिने घोषणा गरेको थियो । मीना सिंघकको शब्द र सेमिहाङ सिंघकको संगीतमा गीत रेकर्ड हुने भएको हो । अभियानको समन्वयमा मोसन पिक्चर्सले दुई वटा म्युजिक भिडियो निर्माण गर्ने पनि घोषणा गरेको छ । सिल्भर इन्टरटेन्मेन्ट र एपी शेर्पाको तर्फबाट एउटा गीत तथा गायक राजेश पायल राई म्युजिक एकेडेमी तथा राजेश पायल राई फाउन्डेसनको तर्फबाट दुई वटा गीत रेकर्ड गरिने घोषणा भएको छ ।
अभियान टिमलाई गीत निर्माणका लागि बालकृष्ण सिंघकले १० हजार रुपैयाँ दिएका थिए । रुक्सनाको आगामी प्रोजेक्टको लागि व्यवसायी टंक लिम्बूले २५ हजार रुपैयाँ प्रदान गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि नवीन मेन्याङ्बोले टाईटल जित्नु मात्रै ठूलो कुरा नभएर सम्पूर्ण संगीत प्रेमी नेपालीहरुको मन जितेर स्रोता दर्शकको माया पाउन सफल भएको बताए । लिम्बू समुदायको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय स्तरको रियालिटी शोको फाइनलसम्म पुग्न सफल रुक्सनालाई गायनसँगै पढाईलाई पनि निरन्तरता दिएर अघि बढ्न उनले आग्रह गरे ।
रुक्सनाकी आमा रेखा लावती लिम्बूले रुक्सानाको लागि धरानको टिमले ठूलो सहयोग गरेको बताउंँदै अझ रुक्सनाको सांगीतिक भविष्यको लागि समेत सबैसँग समन्वय गर्ने अवसर प्रदान गरिदिएकोमा धन्यवाद दिइन् ।
अभियानका संयोजक सागर सरगम चेम्जोङ लिम्बूले रुक्सनाको सांगीतिक क्षेत्रमा भविष्य सुन्दर रहेको पुष्टि भइसकेको भन्दै सो अभियानमा प्रत्यक्ष, अप्रत्यक्ष रूपमा जोडिएर सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए ।
रुक्सना लिम्बूले कार्यक्रममा आफूलाई सहयोग गर्नेहरुलाई धन्यवाद दिँदै मालिङ्गो काटी नि …., किन बढ्दैछ ढुकढुकी मुटुको…, लगायतका गीत गाएकी थिइन् ।

Facebook Comment
Banner
गुराँस लघुवित्तको लाभांश घोषणा
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड (GLBSL ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
असोज २ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।
Banner
डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु
इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ अनिल राईको मृत्यु भएको छ ।
दुर्घटनामा मोटरसाइकलमा सवार सोही स्थानका २६ वर्षीय सन्दीप राई घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले जानकारी दिए।
विराट शिक्षण अस्पतालमा अनिलको मृत्यु भएको हो भने सोही अस्पतालमा सन्दीपको उपचार जारी छ । सडकमा राखिएका डिभाइडरमा द्रुत गतिको मोटरसाइकल ठोक्किएको हो ।
Banner
आज गणेशमान सिंहको २९औँ स्मृति दिवस मनाइँदै
विसं २०४६ मा प्रजातन्त्र पुन:स्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २९औँ स्मृति दिवस आज नेपाली काँग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले विविध कार्यक्रमका साथ मनाउँदै छन् ।
नेपाली राजनीतिमा त्याग र साहसको उदाहरण प्रस्तुत गरेका सिंह आन्दोलन सफल भएपछि राजा वीरेन्द्रले प्रधानमन्त्री हुन गरेको आग्रह अस्वीकार गर्दै आफ्ना समकक्षी कृष्णप्रसाद भट्टराईलाई प्रस्ताव गरेका थिए ।
विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्र पाटीमा जन्मिएका नेता सिंहको २०५४ साल असोज २ गते निधन भएको हो । उनले प्रजा परिषद्को सदस्य भई राणाशासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।
विसं २००७ अघि भद्रगोल जेल फोरेर भाग्न सफल भएका सिंहले भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरे । उनले २००३ सालमा स्थापित नेपाली राष्ट्रिय काँग्रेसलाई नेतृत्व गरे ।
प्रजातन्त्र स्थापनाका लागि भएको २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा उनले वीरगन्ज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए ।
विसं २०१५ मा पहिलो निर्वाचन भएपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका उनले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ वर्ष सिंहदरबार र सुन्दरीजल बन्दीगृहमा कारावास जीवन बिताए ।
विसं २०२५ मा बिपीसँगै सुन्दरीजल बन्दी गृहबाट रिहा भएपछि प्रवासमा राजनीतिक सङ्गठन विस्तार गरे। विसं २०३३ मा बिपीसँगै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ स्वदेश फर्केर पञ्चायती व्यवस्थाविरुद्ध सक्रिय रहे ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login