शिक्षा / स्वास्थ्य
सुकुना बहुमुखी क्याम्पसको पन्ध्रौँ परिषद् बैठक सम्पन्न
विराटचोकः सुकुना बहुमुखी क्याम्पसको पन्ध्रौँ परिषद् बैठक शुक्रबार सम्पन्न भएको छ ।
परिषद् बैठकमा क्याम्पस प्रमुख चन्द्रमणि राईले क्याम्पसको गत आर्थिक वर्षको प्रगति प्रतिवेदन २०७८ तथा चालु आर्थिक वर्ष २०७८÷०७९ को लागि १९ करोड ७६ लाख ६८ हजार ९ सय ११ रुपैयाँको अनुमानित आय–व्यय बजेट, नीति तथा कार्यक्रम र वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए ।

कार्यक्रममा लेखा समितिका संयोजक चुडामणि तिम्सिनाले आन्तरिक लेखा परीक्षण प्रतिवेदन र पुनरावेदन समितिका संयोजक अमृतप्रसाद आचार्यले पुनरावेदन समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । आचार्यका अनुसार पुनरावेदन समितिमा गत आर्थिक वर्षमा कुनै पनि उजुरी परेको थिएन । क्याम्पस सञ्चालक समिति सदस्य सुरेन्द्रबहादुर थापाले क्याम्पस विधान २०७७ को पहिलो संशोधन प्रस्तुत गरेका थिए । बैठकले सबै प्रतिवेदन पारित गरेको थियो ।
बैठकलाई पूर्व क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराई तथा परिषद सदस्य कृष्णबहादुर भट्टराईले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रमका विशिष्ट अतिथि प्रदेश सांसद लोकप्रसाद संग्रौलाले क्याम्पसको उन्नयनमा अहिले सबै पक्षले ध्यान दिइरहेको बताए । प्रदेश सांसदमार्फत् खर्च हुने गरी बजेट विनियोजन नहुने हुनाले आफूले चाहेर पनि क्याम्पसको प्रगतिको लागि सहयोग गर्न नसकेको उनले बताए ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीको अध्यक्षतामा सम्पन्न परिषद् बैठकमा सञ्चालक समितिका उपाध्यक्ष गोपालबहादुर थापाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले गरेका थिए ।
क्याम्पस सञ्चालक समिति अध्यक्ष अधिकारीले क्याम्पसलाई प्रदेश विश्वविद्यालय बनाउने वा अन्य विश्वविद्यालयको सम्बन्धन लिएर कानुन, इञ्जिनियरिङलगायतका विषयको अध्यापनको तयारी भइरहेको बताए । अनलाइन कक्षाले क्याम्पस र विद्यार्थी दुवैको खर्च बढाएकाले शिक्षा झन् महङ्गो बन्न पुगेको उनको भनाइ थियो ।
सुकुना क्याम्पसका १०३ जना विद्यार्थीलाई साढे ८ लाख रुपैयाँ छात्रवृत्ति प्रदान

Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login