कोशी प्रदेश
महिला दिवसको अवसरमा आमकास नेपालद्वारा आयोजित कार्यक्रममा ३ जना श्रमिक महिला सम्मानित
विराटचोकः आप्रवासी महिला कामदर समूह (आमकास) मोरङले ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर ३ जना श्रमिक महिलालाई सम्मान गरेको छ ।
समूहले सुन्दरहरैंचा–८ का विष्णुमाया दर्जी र पन्नामाया दर्जी तथा सुन्दरहरैंचा– ४ की गंगा परियारलाई सम्मान गरेको हो । उनीहरुलाई दोसल्ला तथा नगदले सम्मान गरिएको हो ।

त्यस्तै, कार्यक्रममा समूहको सदस्यता लिएका ५ जना नवप्रवेशीलाई स्वागत गरिएको थियो । इजरायलमा काम गरेर फर्किएका देवीकुमारी न्यौपाने र सुनिता घिमिरे, दुबईमा काम गरेर स्वदेश फर्किएकी शर्मिला चन्द तथा कुबेतमा श्रम गरेर फर्किएका सीता भण्डारी र विष्णुकुमारी दर्जीलाई कार्यक्रममा स्वागत गरिएको थियो ।
कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै सुन्दरहरैंचा नगरपालिकाकी कार्यपालिका सदस्य उर्मिला रिजालले अहिले पनि पित्तृसत्तात्मक सोचका कारण परिवारदेखि नै नजानिँदो तरिकाले महिला हिंसा हुने गरेको बताइन् । बच्चालाई खेलौना किन्ने क्रममा छोरालाई मोटरसाइकल र छोरीलाई भाँडाकुटी किनिदिने आम चलनले त्यसलाई प्रष्ट पार्ने उनको भनाइ थियो । महिला जति शिक्षित भए पनि र जति धेरै बोल्न सक्ने भए पनि धेरै काम गर्न महिलाले नै आँट नगर्ने हुनाले पछि पर्ने गरेको उनले सुनाइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै मनोविमर्शकर्ता सुशीला पाठकले असमानता, सुरक्षा, लैंगिक विभेदजस्ता हिंसा समाजमा अहिले पनि व्याप्त रहेको बताइन् । आफन्त र चिनजानका व्यक्तिबाट नै बलात्कार वा अन्य हिंसामा धेरै महिला पर्ने गरेको बताउँदै उनले महिलाले कानुनी पाटो थाहा नपाउँदा पनि हिंसा सहने प्रवृत्ति घट्न नसकेको बताइन् ।
नारी विकास संघकी अध्यक्ष सुशीला कार्कीले महिलाले नै महिलामाथि विभेद गर्ने क्रम अन्त्य गर्नुपर्ने बताइन् ।
समानता महिला समाजकी उमादेवी दाहालले समाजमा रहेको विसङ्गति हटाउन महिला नै बढी जागरुक हुनुपर्ने बताइन् ।

महिला समाज नेपाल मोरङकी अध्यक्ष मञ्जु रेग्मीले नेपालकै योगमायालगायतका साहसी महिलाको जीवनीबाट पाठ सिक्दै महिला अघि बढ्नुपर्ने बताइन् ।
चिरम स्मृति प्रतिष्ठानका सचिव कोमलप्रसाद लुइँटेलले महिलामहिलाबीचमा पनि हिंसा भइरहेको हुनाले हिंसाको जड पहिल्याउनुपर्ने बताए । दाइजोको निहुँमा वा सन्तानको निहुँमा सासूले बुहारीलाई गर्ने हिंसा महिलामहिलाबीचको हिंसा रहेको उनले आँैल्याए ।
संस्थाकी सचिव इन्दिरा प्रसाई खरेलले सञ्चालन गरेको कार्यक्रम संस्थाकी अध्यक्ष उमा सेंढाईको सभापतित्वमा भएको थियो । कार्यक्रममा संस्थाकी सह सचिव गीता रिमाल बजगाईँले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् ।

Facebook Comment
Banner
मेस्सीको अन्तर्राष्ट्रिय करिअरको सुखद अन्त्य
बेनिनलाई ३–० गोलले पराजित गर्दै अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले अन्तर्राष्ट्रिय करिअरको सुखद अन्त्य गरेका छन् ।
करिअरको अन्तिम खेलमा मेस्सीले अर्जेन्टिनाका तीनवटै गोलमा योगदान गरे । उनले एक गोल र दुई असिस्ट गर्दै टोलीलाई जित दिलाएका हुन् ।
३९ वर्षीय मेस्सीको अर्जेन्टिनाको राष्ट्रिय जर्सीमा यो अन्तिम तथा २०८औँ खेल थियो ।
खेलको ४८औँ मिनेटमा निकोलास ओटामेन्डीले मेस्सीको कर्नरमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । त्यसपछि ५९औँ मिनेटमा मैदान प्रवेश गरेका निको पाजले ६१औँ मिनेटमा मेस्सीको पासमा गोल गर्दै अर्जेन्टिनाको अग्रता २–० बनाए ।
त्यसको १० मिनेटपछि अर्जेन्टिनाले पाएको पेनाल्टीमा मेस्सीले गोल गरे । उक्त गोल उनको अन्तर्राष्ट्रिय करिअरको अन्तिम गोल बन्यो । खेलअघि र खेलपछि मेस्सी निकै भावुक देखिएका थिए ।
आठपटकका बालोन डी’ओर विजेता मेस्सीको सम्मानमा अर्जेन्टिनाले बेनिनविरुद्ध यो खेल आयोजना गरेको हो । २१ वर्ष लामो अन्तर्राष्ट्रिय करिअरमा उनले २०८ खेल खेल्दै १२६ गोल गरेका छन् ।
अर्जेन्टिनाले सन् २००५ मा फिफा विश्व युवा च्याम्पियनसिप जित्दा मेस्सी टोलीका सदस्य थिए । त्यसको तीन वर्षपछि उनले ओलम्पिक स्वर्ण पदक जिते । सिनियर टोलीबाट उनले सन् २०२१ र २०२४ मा कोपा अमेरिका, २०२२ मा फाइनलिसिमा तथा कप्तानका रूपमा २०२२ मा विश्वकपको उपाधि जितेका छन् ।
मेस्सीले सन् २०१४ र २०२६ मा आफ्नै कप्तानीमा अर्जेन्टिनालाई विश्वकपको फाइनलसम्म पुर्याएका थिए ।
Banner
कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता दिउँसो १२:३० देखि अपराह्न ४ बजेसम्मको समय
काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज नयाँ कार्यसमितिका लागि उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम रहेको छ ।
केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विभिन्न पदका लागि उम्मेदवारको दरखास्त तथा मनोनयनपत्र दर्ता गर्ने समय निर्धारण गरिएको छ ।
यस्तै, आज अपराह्न साढे ४ बजे उम्मेदवारको नामावली प्रकाशन, अपराह्न साढे ४ देखि साँझ साढे ५ बजेसम्म उम्मेदवारी दरखास्तमा दाबीविरोध तथा बेलुका ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ । आज निर्वाचन प्रक्रियासँगै समानान्तर रूपमा दिनभरि बन्दसत्र पनि चल्ने।
यसैगरी, असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारको नामावली फिर्ता लिने र बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ ।
असोज २२ गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको कार्यक्रम तोकिएको सदस्यसचिव कटुवालले जानकारी दिए ।
मतदान कार्यक्रम राष्ट्रिय सभागृह, खुल्लामञ्च र प्रज्ञा भवन गरी तीन ठाउँमा हुनेछ । बागमती प्रदेशका लागि सभागृह र गण्डकी तथा लुम्बिनी प्रदेशका लागि प्रज्ञा भवनलाई मतदान स्थल तोकिएको छ । यस्तै, कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि खुलामञ्चलाई मतदान स्थल बनाउने तय भएको छ ।
Banner
कांग्रेस महामन्त्रीमा डा. सुनील शर्माको उम्मेदवारी घोषणा
नेपाली कांग्रेसका नेता एवं पूर्व सांसद डा सुनीलकुमार शर्माले पार्टीको महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पार्टीको १५ औँ महाधिवेशन आइतबारदेखि शुरू हुँदै गर्दा शनिबार पार्टी मुख्यालयम सानेपामा पत्रकार सम्मेलन गर्दै डा शर्माले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
उनले भने, ‘मैले महामन्त्री पदमा उम्मेदवारी दर्ता गर्ने विचार गरेको छु। मेरा अग्रजहरू, मेरा साथीहरू, मुलुकभित्रबाट विभिन्न ठाउँबाट पाल्नुभएका तमाम नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि ज्यूहरूलाई यो अभियानमा तपाईंहरूले साथ दिनु हुनेछ। हामीसँगै हातमा हात मिलाएर नेपाली कांग्रेसलाई जनतासँग जोड्ने अभियान र कांग्रेस बनाउने र कांग्रेस बनिसकेपछि देश बनाउने अभियानमा तपाईंहरूले साथ दिनुहुनेछ भन्ने हाम्रो अपेक्षा छ।’
शर्माले कांग्रेसलाई दूर दराजका नागरिकसँग जोड्दै सामान्य नागरिकका समस्या र आवश्यकतालाई राजनीतिको केन्द्रमा राखेर काम गर्ने आफ्नो अभियान रहेकोसमेत बताएका छन् ।
शर्माको राजनीतिक यात्रा भने लामो छ । २०५४ सालमा कांग्रेसको सदस्य बनेर राजनीतिक यात्रा शुरू गरेका उनी १३औँ महाधिवेशनदेखि महासमिति सदस्यका रूपमा पार्टीमा सक्रिय छन्। स्पष्ट रूपमा आफ्ना धारणा राख्ने, सार्वजनिक सरोकारका विषयमा बोल्ने र कार्यकर्तासँग प्रत्यक्ष सम्पर्कमा रहने नेताका रूपमा उनको परिचय बनेको छ।
स्वास्थ्य र शिक्षाको क्षेत्रमा उनको सक्रियता बढी चर्चित भए पनि शर्माको सार्वजनिक भूमिकाको दायरा त्यतिमै सीमित छैन। सामाजिक सेवा, विपन्न तथा असहाय नागरिकका पक्षमा काम, संगठनमा कार्यकर्तासँगको सम्बन्ध र सार्वजनिक विषयमा स्पष्ट धारणा राख्ने शैली उनका राजनीतिक पहिचानका अन्य पाटा हुन्।
पछिल्लो समय गिरिजाप्रसाद कोइराला फाउन्डेसनको सभापतिको जिम्मेवारी पाएपछि उनको सामाजिक सक्रियता थप फराकिलो बनाउने प्रयास अघि बढेको छ।
फाउन्डेसनको नेतृत्व सम्हालेसँगै शर्माले आर्थिक अभावका कारण उपचार गर्न नसक्ने एक हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने घोषणा गरेका छन्। स्वास्थ्य सेवामार्फत सामाजिक क्षेत्रमा जोडिएको उनको यो पहललाई समर्थकहरूले राजनीतिलाई जनजीवनसँग जोड्ने अभ्यासका रूपमा व्याख्या गर्दै आएका छन्।
महामन्त्री कांग्रेसको संगठन सञ्चालन, नीति कार्यान्वयन र कार्यकर्तासँग प्रत्यक्ष समन्वय गर्ने महत्वपूर्ण पद हो। त्यसैले १५औँ महाधिवेशनमा यो पदका आकांक्षीबीचको बहस व्यक्ति केन्द्रित मात्र छैन। पार्टीलाई कुन दिशामा लैजाने, संगठनलाई कसरी चलाउने र जनतासँगको सम्बन्ध कसरी बलियो बनाउने भन्ने विषय पनि महामन्त्रीको प्रतिस्पर्धासँग जोडिएको छ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login