कोशी प्रदेश
मुस्ताङकाे असली थकाली खानाकाे स्वाद अब विराटचाेकमा
विराटचोकः माेरङकाे सुन्दरहरैचा स्थित विराटचाेकमा चाडै थकाली किचन सन्चालनमा आउने भएकाे छ । मसिनो चामलको भात, च्याङ्ग्राको सुकुटी, गुन्द्रुकको अचार, जिम्बुले झानेको कालो दाल, गोलभेडा र टिमुरको अचार, साग, मौसमी तरकारी, घिउ र दही । त्यसमाथि चरेसको थाल र कचौरामा पस्किएको, तात्तातो खाना पाइने भएकाे छ । यति भन्नसाथ तपाईंको मुखमा पानी आउन सक्छ । दिनमा दुई छाक भात चाहिने हामीलाई भातकै यो विशिष्ट थालीले कसो नलोभ्याउला ? यो हो, थकाली खाना ।
थकाली खाना एक ब्रान्ड हो, नेपाली स्वादलाई चिनाउने । तिख्खर लेकाली स्वाद । एक पटक खाएर धीत नमर्ने । यो खान्की अब थकाली समुदायमा मात्र सीमित रहेन । अरु समुदायमा पनि यो उत्तिकै लोकप्रिय छ । त्यही कारण त शहरमा थकाली खाना जो बिकेको छ । टिकेको छ । राम्रो खाना खानका लागि भौँतारिएर हिँड्नुपर्ने सुन्दरहरैँचा नगरपालिकाको विराटचोकमा पनि अब मुस्ताङको असली स्वाद भएको रैथानी थकाली खाना पाइने भएको छ ।
पिरो, अमिलो, टर्रो, नुनिलो, गुलियो सबै समावेश हुन्छ थकाली खानामा । घिउ, दही, दाल, मासु, सागपात । यस्तो खान्कीले जिब्रोको स्वाद मात्र मेट्दैन्, पेटको भोक मात्र मेट्दैन, शरीरलाई आवश्यक पोषण पनि दिन्छ । थकाली खाना थकाली जातिको आफ्नो मौलिक खाना हो । थकाली एक समृद्ध जाति मानिन्छ । थकालीहरुको मूलथलो थाक सातसय क्षेत्र हो, जुन क्षेत्र अहिले मुस्ताङको दक्षिणतर्फ पर्छ । थाक खोला क्षेत्रलाई पितृथलो मान्ने जाति भएकाले उनीहरुलाई थकाली भनिएको पाइन्छ ।
खासमा थकाली खानाको परम्परा थकाली जातिबाट शुरु भएको र स्थानगत आधारमा उक्त स्थान मुस्ताङ जिल्लामा पर्ने भएको साथै तराईको अर्को लोकप्रिय खाना बिरयानी सम्मका खानाहरुई समेट्ने हुँदा हिमालदेखि तराई सम्मका बहुप्रचलित खानाहरुलाई समेट्ने हिसाबले व्यवसायको नाम समेत मुस्ताङ थकाली किचन बिरयानी कर्नर राखेको सञ्चालकहरु बताउँछन् ।
उक्त मुस्ताङ थकाली किचन एण्ड बिरयानी कर्नरमा आउने ग्राहकहरुलाई फोटो, भिडियो, टिकटकका लागि आर्कषक सजावट साथै लाइटिङ तथा एसीसहितको सेलिब्रेसन हल, आरामदायि मिटिङ हलको पनि व्यवस्था भएको सञ्चालकहरु बताउँछन् । थकाली खाना नपाइने स्थानमा चाँडै नै सञ्चालनको तरखरमा रहेको मुस्ताङ थकाली किचनको सुन्दर भविष्य रहेको स्थानीय बताउँछन् ।
Facebook Comment
Banner
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स पहिलोपटक प्लेअफमा
सिद्धार्थ बैंक एनपीएल क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा प्रवेश गर्ने चौथो टोली बनेको छ। शुक्रबार जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलोपटक प्लेअफ स्थान सुरक्षित गरेको हो । १३३ रनको लक्ष्य लुम्बिनीले १९.१ ओभरमा ६ विकेट खोस्दै पूरा गर्यो। कप्तान रोहित पौडेलले ३४, डार्शी सर्टले ३० रन बनाए। पराजयसँगै जनकपुर, पोखरा एभेन्जर्स र चितवन राइनोज प्लेअफ दौडबाट बाहिरिए। यसअघि सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र विराटनगर किंग्सले प्लेअफ बुक गरिसकेका छन्। अब शनिबारको खेलपछि दोस्रो र तेस्रो स्थानको टुङ्गो लाग्नेछ।
Banner
गछिया गोल्डकपको फाइनलमा गाईघाट युनाइटेड
सहलेस फुटबल क्लब सिरहामाथि संघर्षपूर्ण जित निकाल्दै गाईघाट युनाइटेड अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
मोरङको सुन्दरहरैंचा–गछिया बजार खेल मैदानमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा गाईघाटले सहलेसलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो। खेलको ६९औँ मिनेटमा सुनिल खड्काले प्रहार गरेको फ्री–किक नै टिमका लागि निर्णायक गोल बन्यो।
विजयी टिमका विनोद राई ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद ५ हजार १ सय रुपैयाँ प्राप्त गरे।
गाईघाट युनाइटेडले अब उपाधिका लागि शनिबार हुने आयोजक गछिया युवा समाज र राष्ट्रिय जागृति क्लब इटहरीबीचको दोस्रो सेमिफाइनल विजेतासँग सोमबार भिड्नेछ।
प्रतियोगितामा विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
Banner
एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।
रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।
पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।
जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login