स्थानीय तह
६ जना पुरुष अध्यक्ष पदमा र ६ जना महिला उपाध्यक्ष पदमा उम्मेद्वार रहेको फाल्गुनन्दमा यस्तो थियो ०७४ मा चुनावी नतिजा
विराटचोकः पाँचथरको फाल्गुनन्द गाउँपालिकामा गत स्थानीय तह निर्वाचनमा अध्यक्ष पदमा पुरुष मात्रै र उपाध्यक्ष पदमा महिला मात्रै उम्मेद्वारबीच प्रतिष्पर्धा भएको थियो । दुवै पदमा ६–६ जनाले उम्मेद्वारी दिएका थिए ।
अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएको सो गाउँपालिकामा यस्तो थियो मत परिणामः

अध्यक्ष पदमा
नेपाली कांग्रेसका अमरकुमार नेम्वाङ ४१६३
नेकपा एमालेका वीरबहादुर कुरुम्बाङ ३३६७
नेकपा माओवादी केन्द्रका ठाकुरसिंह नेम्बाङ ७४४
संघीय समाजवादी फोरमका रामकुमार नेम्वाङ ४९०
राष्ट्रिय जनमुक्ति पार्टीका जितेन चेम्जोङ ३११
राष्ट्रिय प्रजातन्त्र पार्टीका कमलबहादुर चेम्जोङ २३४
उपाध्यक्ष पदमा
नेपाली कांग्रेसकी देवित्राकुमारी आङदेम्बे ३९५३
नेकपा एमालेकी करुणा राई ३३९४,
नेकपा माओवादी केन्द्रकी तीर्थ हाङमा नेम्बाङ ६९७
संघीय समाजवादी फोरमकी शान्ति लिम्बू ६५७
राष्ट्रिय जनमुक्ति पार्टीकी अमृता चेम्जोङ २७६
राष्ट्रिय प्रजातन्त्र पार्टीकी रीता शेर्मा २२५
सम्बन्धित समाचारहरुः
०७४ को स्थानीय तह निर्वाचनमा यस्तो थियो आठराई त्रिवेणी गाउँपालिकाको मतपरिणाम
देशकै तेस्रो ठूलो फक्ताङलुङ गाउँपालिकामा यस्तो थियो २०७४ सालको स्थानीय तहको मत परिणाम
जिल्लाको एक्लो नगरपालिका फुङलिङमा यस्तो थियो ०७४ सालको स्थानीय तह निर्वाचनको परिणाम
मेरिङ्देन गाउँपालिकामा २०७४ सालमा स्थानीय तह निर्वाचनमा यस्तो थियो उम्मेद्वारी र मतपरिणाम
अध्यक्ष र उपाध्यक्षमा पुरुषमात्रै उम्मेद्वार खडा थिए ०७४ सालमा सिदिङ्वा गाउँपालिकामा
अध्यक्षमा १० जना उम्मेद्वार रहेको फालेलुङमा पुरुषको मात्रै थियो उम्मेद्वारी

Facebook Comment
Banner
रास्वपा महाधिवेशन: प्रतिनिधि परिचयपत्र वितरणको काम सुरु
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र प्रयोजनका लागि प्रतिनिधि परिचयपत्र वितरणको काम सुरु भएको छ ।
परिचयपत्र वितरणको काम छिटो सक्ने उद्देश्यले विभिन्न नौ ठाउँबाट सुरु गरिएको पार्टीले जनाएको छ ।
रास्वपा चितवनका सभापति ई मिनीमाधव खनालका अनुसार सात प्रदेश, प्रवास र समायोजनबाट प्रतिनिधि बनेकाहरूको अलगअलग ठाउँमा वितरण भइरहेको छ । प्रतिनिधिको टुङ्गो लागेपछि स्वचालित प्रणालीबाट परिचयपत्र छपाइ गर्ने भएकाले केही ढिलो भएको स्पष्ट गर्दै महाधिवेशन आयोजक जिल्लाका सभापति खनालले परिचयपत्र वितरणपछि बन्दसत्र सुरु हुनेछ ।
बन्दसत्र भरतपुरको उद्योग संघ परिसरमा रहेको प्रदर्शनी केन्द्रमा हुनेछ ।
Banner
आज योग दिवस
‘स्वस्थ वृद्धावस्थाका लागि योग’ भन्ने नारासहित आज अन्तर्राष्ट्रिय योग दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइन्छ । राष्ट्रसङ्घ महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रसङ्घको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गर्नुभएको थियो । यो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत राष्ट्रसङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए । सङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ ।
सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएको थियो । नेपालमा २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो । नेपाल संस्कृत विश्वविद्यालयमा छ महिनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुँदै आएको छ । त्यसैगरी, त्रिभुवन विश्वविद्यालयमा संस्कृत केन्द्रीय विभागअन्तर्गत योग विषयको अध्ययन एवं अध्यापन शुरु भइसकेको छ ।
यसअघि विसं २०३६ देखि उत्तरायण शुरु हुने दिन पारेर नेपालमा डा. हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो । सरकारले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको छ । अहिले नेपालमा माघ १ गते राष्ट्रिय र जुन २१ का दिन अन्तर्राष्ट्रिय योग दिवस मनाइन्छ । जसका कारण पछिल्लो समय नेपालमा योगको राम्रो प्रचारप्रसार भइरहेको छ ।
रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिन योग प्रभावकारी रहेको योगलाई सर्वव्यापी बनाइनुपर्ने अभियान चलाउँदै आउनुभएका डा. हरिप्रसाद पोखरेल बताउनुहुन्छ ।
Banner
एकैपटक १५ वटा मन्त्रिपरिषद् बैठककाे निर्णय सार्वजनिक
सरकारले वैशाख र जेठ महिनामा विभिन्न मितिमा बसेका मन्त्रिपरिषद् बैठककाे निर्णय सार्वजनिक गरेकाे छ । सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले आज पत्रकार सम्मेलनमार्फत बैठकका निर्णय सार्वजनिक गर्नुभएकाे हाे ।
वैशाखमा बसेका ९ र जेठमा बसेका ६ गरी १५ वटा बैठककाे निर्णय एकैपटक सार्वजनिक भएकाे हाे ।
पछिल्लो निर्णयअनुसार सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि गठित सिफारिश समितिले गरेको छनोट प्रक्रिया रद्द गरेको छ । गएको जेठ १९ गते बसेको मन्त्रिपरिषद् बैठकले यसअघि समितिले गरेका सबै प्रक्रिया रद्द गर्दै नयाँ छनोट प्रक्रिया अघि बढाउन स्वीकृति प्रदान गरेको सरकारका प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।
सरकारले संविधान संशोधनको बहसपत्र तयार पार्ने कार्यदलको अवधि थप गर्नेदेखि सरकारी जग्गा छानबिनसम्बन्धी आयोगको प्रतिवेदन कार्यान्वयन गर्नेसम्मका निर्णय गरेको छ ।
सरकारले भूमि समस्या समाधान समितिको अध्यक्षसहित सदस्य नियुक्त गरेको छ । समितिको अध्यक्ष पदमा बलभद्र बास्तोला तथा सदस्यहरूमा अमिरप्रसाद न्यौपाने, पदमनिधि सोती र डा. रेहना श्रेष्ठ नियुक्त हुनुभएको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
















You must be logged in to post a comment Login