Connect with us
Advertisement

टाइब्रेकरमा खेलको छिनोफानो, झापा पुग्यो सेमीफाइनलमा

Published

on

विराटचोकः प्रथम सुन्दरहरैंचा प्रदेशस्तरीय फुटबल प्रतियोगितामा टाइब्रेकरमा झापाले उदयपुरलाई पराजित गरेको छ ।

निर्धारित समयमा दुवै टिमबाट २–२ गोल भएपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो । टाइब्रेकरमा झापाले ४ गोल गर्दा उदयपुरले ३ गोल मात्रै गर्न सक्यो । टाइब्रेकरमा झापाका लागि सुशासन कार्की, रोशन धिमाल, विशाल राई र कर्ण लिम्बूले गोल गरेका थिए । सरोज कार्कीको प्रहार भने गोलमा परिणत हुन सकेको थिएन । त्यस्तै, उदयपुरका अर्जुन मगर र विक्रम लिम्बूले मात्रै गोल गरेका थिए ।

खेलको पहिलो हाफमा झापाका लागि कर्ण लिम्बूले २ गोल गरेका थिए भने उदयपुरका सदन मन्सुरी र समीरराजले १–१ गोल गरेका थिए । दोस्रो हाफमा कुनै पनि गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो ।

भोलि अन्तिम क्वार्टरफाइनल खेल सशस्त्र प्रहर पूर्वाञ्चल र ब्राइट स्पोर्टिङ क्लब सिक्किम भारतबीच हुनेछ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कम्ब्याक गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश

Published

on

साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । बिहीबार बिहान अमेरिकामा भएको सेमिफाइनलमा इङ्ग्ल्यान्डलाई २-१ गोल अन्तरले पराजति गरेर अर्जेन्टिना फाइनलमा प्रवेश गरेको हो ।

खेलको पहिलो हाफमा कुनै पनि गोल हुन सकेको थिएन ।

त्यसपछि दोस्रो हाफ सुरु भएपछि ५५औँ मिनेटमा गोल गर्दै इङ्ग्ल्यान्डले अग्रता कायम गरेको थियो । इङ्ग्ल्यान्डका लागि एन्थोनी गोर्डनले गोल गरेका थिए ।

तर, अर्जेन्टिनाले ८५औँ र इन्जुरी समयमा गोल गरेर नतिजा आफ्नो पक्षमा ल्यायो । अर्जेन्टिनाका लागि एन्जो फर्नान्डेज र लाउटारो मार्टिनेजले गोल गरे ।

अब अर्जेन्टिनाले उपाधिका लागि स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।

Continue Reading

Banner

नर्वे २-१ गोलले पराजित, इङ्ग्ल्यान्ड सेमिफाइनलमा

Published

on

इङ्ग्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान भएको खेलमा नर्वेलाई २-१ गोल अन्तरले पराजित गरेर इङ्ग्ल्यान्ड सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको ३६औँ मिनेटमा एन्ड्रियास स्जेल्डरपको गोलमार्फत नर्वेले सुरुवाती अग्रता लिएको थियो । तर, नर्वेको उक्त अग्रतालाई इङ्ग्ल्यान्डले पहिलो हाफमा नै बराबरी गर्‍यो । पहिल हाफको इन्जुरी समयमा इङ्ग्ल्यान्डका जुड बेलिङ्घम गोल गरे ।

त्यसछि दोस्रो हाफमा कुनै पनि गोल हुन नसकेपछि गोल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको सुरुवातमै जुड बेलिङ्घमले गोल गरेर इङ्ग्ल्यान्डलाई २-१ अग्रता दिलाएका थिए ।

त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन । र, नतिजा इङ्ग्ल्यान्डको पक्षमा पर्‍यो ।

इङ्ग्ल्यान्डले अब अर्जेन्टिना र स्विट्जरल्यान्डबीचको खेलको विजेता टोलीसँग फाइनल प्रवेशका लागि खेल्नेछ ।

Continue Reading

Banner

एमबाप्पे र डेम्बेलेको गोलमा मोरोक्कोलाई हराउँदै फ्रान्स सेमिफाइनलमा

Published

on

किलिएन एमबाप्पे र ओसमान डेम्बेलेको गोलमद्दतमा मोरोक्कोलाई २-० ले पराजित गर्दै साविक विजेता फ्रान्स विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बोस्टनस्थित जिलेट स्टेडियममा बिहीबार राति भएको खेलको ६० औँ मिनेटमा एमबाप्पेले उत्कृष्ट गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए । जारी प्रतियोगितामा यो उनको आठौँ गोल हो । त्यसको छ मिनेट बित्न नपाउँदै डेम्बेलेले अर्को गोल थपेपछि फ्रान्सको जित सुनिश्चित भएको थियो ।

यो जितसँगै सन् २०१८ को विश्वकप विजेता फ्रान्सले अब मंगलबार टेक्सासको आर्लिंगटनमा हुने सेमिफाइनलमा स्पेन वा बेल्जियममध्ये एकको सामना गर्नेछ ।अफ्रिकी च्याम्पियन मोरोक्कोले फ्रान्सलाई कडा चुनौती दिने अपेक्षा गरिए पनि त्यो सम्भव रहेन। ८३ औँ मिनेटमा एजेटिन ओनाहीको फ्रिकिकलाई फ्रान्सेली गोलरक्षक माइक माइन्नानले बचाउनुअघिसम्म मोरोक्कोले फ्रान्सको पोस्टमा एउटा पनि निसाना बनाउन सकेको थिएन खेलको २८ औँ मिनेटमा एमबाप्पे पेनाल्टीमा चुकेका थिए । नोसैर मज्राउईले डी-बक्सभित्र एमबाप्पेलाई लडाएपछि फ्रान्सले पेनाल्टी पाएको थियो । तर, लामो भिएआर समीक्षापछि प्रहार गरिएको उक्त पेनाल्टीलाई मोरोक्कोका गोलरक्षक यासिन बोनोले उत्कृष्ट बचाउ गरे ।

पहिलो हाफ बराबरीमा रोकिए पनि दोस्रो हाफमा फ्रान्सको लगातारको दबाब सफल भयो । ६० औँ मिनेटमा डी-बक्सको सिमानाबाट एमबाप्पेले दायाँ खुट्टाले हानेको उत्कृष्ट कर्ल सट बोनोलाई छक्याउँदै जाली चुमेको थियो ।

त्यसपछि ६६ औँ मिनेटमा पेरिस सेन्ट-जर्मेनका स्टार डेम्बेलेले मध्यभागबाट बल एक्लै अघि बढाउँदै गोल गरेपछि फ्रान्सले २-० को सहज जित दर्ता गर्‍यो ।

फ्रान्सले अब सेमिफाइनलमा शुक्रबार लस एन्जलसमा हुने युरोपेली च्याम्पियन स्पेन र बेल्जियमबीचको क्वार्टरफाइनल विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक