खेलकुद
प्याब्सन स्पोर्टस् मिट सुन्दरहरैंचामा ब्राइट फ्युचर पहिलो

विराटचोकः निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) सुन्दरहरैंचाको आयोजनामा भएको दोस्रो प्याब्सन स्पोर्टस मिटमा ब्राइट फ्युचर बोर्डिङ स्कुल सुन्दरहरैंचा ८ पहिलो भएको छ ।
प्रतियोगितामा सुन्दरहरैंचा– ६ को पूर्वाञ्चल एकेडेमी दोस्रो भएको छ । सिदार्थ स्कुल खोर्साने सुन्दरहरैंचा– १० ले तेस्रो स्थान ल्याउँदा वालसदन एकेडेमी सुन्दरहरैंचा ९ ले सान्त्वना स्थान हात पारेको छ ।
विजयी विद्यालयलाई कार्यक्रमकी प्रमुख अतिथि सुन्दरहरैंचाकी उपप्रमुुख धनमाया तामाङले शिल्ड तथा प्रमाणपत्र प्रदान गरिन् । प्रतियोगितामा सुन्दरहरैंचाका संस्थागत विद्यालय सहभागी भएका थिए ।
प्रतियोगिताको पुरुष भलिबल खेलतर्फ लभ्ली एन्जल्स मृगौलियाले उपाधि जित्दा सुविजीमुर स्कुल विराटचोक उपविजेता भएको थियो ।
महिला भलिबल खेलतर्फ ब्राइट फ्युचर बोर्डिङ स्कुलले उपाधि जित्दा श्री इन्द्रपुर बोर्डिङ स्कुल सुन्दरहरैंचा १२ ले उपविजेता भएको थियो ।
स्पोर्टस् मिटको समापन कार्यक्रममा प्याब्सनको केन्द्रीय समिति सदस्य हेमन्त कार्की, प्रदेशका वरिष्ठ उपाध्यक्ष टीका ढकाल पनि उपस्थित थिए ।
यो पनी पढ्नुहाेस्
।प्याब्सन स्पोर्टस् मिट २०७६ को उद्घाटनको अवसरमा लिइएका केही तस्बिरहरू
सुन्दरहरैंचामा मंसिर २९ र ३० गते नगरस्तरीय प्याब्सन स्पोर्टस् मिट हुने
Facebook Comment
Banner
हङकङसँगको खेल नतिजाविहीन हुँदा नेपाल फाइनलमा

हङकङमा जारी चार देशीय टी-२०आई क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल र कुवेत खेल्ने भएका छन् । शनिबार नेपाल र हङकङबीचको समूहको अन्तिम खेल वर्षाले रद्द भएपछि दुवै टोलीले अंक बाँडे ।
३ खेलमा २ जित र १ खेल नतिजाविहीन भएपछि नेपालको ५ अंक भयो । एक खेल मात्र जितेको हङकङको ३ अंक मात्र भयो । नेपाल समूहमा पहिलो हुँदै फाइनल खेल्ने पक्का भएको हो । यसअघि कुवेतले कतारलाई हराएर ४ अंक जोड्दै नेटरनरेट पनि बढाएपछि यो खेल निर्णायक बनेको थियो ।
खेलमा टस हारेर पहिले ब्याटिङ थालेको हङकङले ९ ओभरमा ३ विकेट गुमाएर ६८ रन बनाउँदा पानी पर्न थालेपछि खेल रोकिएको थियो ।
त्यसको केहीबेरमा वर्षा रोकिएर कभरहरू हटाएपछि प्रकाश कम रहेकाले खेल सुरु हुन ढिलाइ भएको थियो र फेरि पानी पर्न थालेपछि खेल सुरु भएन ।
नेपालले पहिलो खेलमा कतारलाई हराएको थियो भने दोस्रो खेलमा कुवेतलाई हराएको थियो ।
खेलकुद
कमल थापाले जिते दोस्रो एमेच्योर टेनिसको उपाधि

दोस्रो एमेच्योर टेनिस प्रतियोगिताको सिंगल्स र डबल्स दुवैतर्फको उपाधि कमल थापाले जितेका छन् । मण्डिखाटारस्थित टेनिस कोर्टमा शनिबार बिहान भएको खेलमा ६५ वर्ष उमेर समूहको सिंगल्स र डबल्स दुवै तर्फको उपाधि थापाले जितेका हुन् । उपाधि विजेता थापा राप्रपा नेपालका अध्यक्ष हुन् । सिंगल्सतर्फको फाइनल भिडन्तमा थापाले कर्मा घलेलाई पहिलो सेट ६-० र दोस्रो सेट पनि ६-० ले पराजित गरेका हुन् । यसैगरी, डबल्सतर्फको फाइनलमा थापा र छाम्बा ढुन्डुपको जोडीले मनोज राणा र प्रकाशसिंह बोगटीको जोडीलाई पराजित गरेको हो ।
पहिलो सेट ६-२ ले आफ्नो पक्षमा पारेको थापाको जोडीले दोस्रो सेटमा ६-३ को जित निकालेको हो । थापा टेनिसको भेट्रानतर्फ लामो समयदेखि आफ्नो उमेर समूहको शीर्ष स्थानमा छन् ।
Banner
रियल मड्रिडको पोस्टमा आर्सनलको ३ गोल

यूईएफए च्याम्पियन्स लिगमा आर्सनलले रियल मड्रिडलाई पराजित गरेको छ । गए राति भएको क्याटारफाइनलको पहिलो लेगमा आर्सनल ३-० ले विजयी भयो ।
यो जितसँगै आर्सनलले सेमिफाइनलमा पुग्ने सम्भावनालाई बलियो बनाएको छ ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा आर्सनलले ३ गोल गरेको हो । खेलको ५८औँ र मिनेटमा गोल गर्दै आर्सनलका डेक्लान रइसले टिमलाई अग्रता दिलाएका थिए ।
उनले नै ७०औँ मिनेटमा गोल गर्दै टिमलाई २-० को अग्रता दिलाए । ७५औँ मिनेटमा मिकेल मेरिनोले गोल गरेसँगै आर्सनल ३-० ले विजयी भयो ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login