Connect with us
Advertisement

गुडलक एजुकेशन इटहरीद्वारा प्रमाणपत्र वितरण तथा विदाई कार्यक्रम सम्पन्न

Published

on

विराटचाेक: इटहरीमा रहेर कम्प्युटर तथा विभिन्न भाषाका कक्षा सञ्चालन गर्दै आएको गुडलक एजुकेशन एण्ड ट्रेनिङल सेन्टर प्रा. लि. इटहरीले विद्यार्थीहरुको विदाइ तथा सर्टिफिकेट वितरण कार्यक्रम सम्पन्न गरेको छ । शनिबार इटहरीस्थित कार्यलयमा एक समारोहका बीच गुडलक एजुकेशनले आफ्ना विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण तथा विदाइ कार्यक्रम गरेको हो । गुडलक एजुकेशन इटहरीमा राइट स्टेप एजुकेशन एकेडेमी कपिलबस्तुसँगको सहकार्यमा सञ्चालित प्रोफेसनल डिप्लोमा इन कम्प्युटर एप्लीकेशन कार्यक्रममा उत्तिण भएका विद्यार्थीहरुलाई प्रमाणपत्र वितरण गर्नुका साथै उनीहरुको विदाई गरिएको हो ।

कार्यक्रममा बोल्दै गुडलक एजकेशन इटहरीका प्रवन्ध निर्देशक रेवती निरौलाले विद्यार्थीहरुलाई आइएसओ सर्टिफाइट तथा सीटीइभीटीद्वारा मान्यता प्राप्त प्रमाणपत्र वितरण गरिएको जानकारी दिनुभयो । उहाँले कोरोना महामारीका कारण एकवर्षे पीडीआइसीए कोर्ष पुरा गर्न केही ढिलाइ भएको जानकारी दिंदै विद्यार्थीहरुको उज्ज्वल भविश्यको कामना गर्नुभयो । यस्तै गुडलक एजुकेशनका निर्देशक वसन्त रेग्मीले विद्यार्थीहरुले गुडलकमा सिकेको शिप र प्रमाणपत्रलाई सदुपयोग गर्दै आफ्नो भविश्य सफल बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले यसअघि अध्ययन गरेका कोर्षमा कुनै समस्या भएमा गुडलकमा निःशुल्क रुपमा अध्ययन गर्न सकिने पनि जानकारी दिनुभयो ।

उहाँले गुडलकले यसवर्ष पनि एसइइको अवसरमा विशेष छुटका साथ कम्प्युटरका कक्षाहरु सञ्चालन गर्ने तयारी भइरहेको समेत जानकारी दिनुभयो । कार्यक्रममा पत्रकार दीपक कार्की, गुडलक एजुकेशनका कम्प्युटर प्रशीक्षक विनोद विष्ट, गुडलकमा अध्ययनरत विद्यार्थी, अभिभावक लगायतको सहभागिता रहेको थियो । गुडलक एजुकेशन एण्ड ट्रेनिङ सेन्टर प्रा. लि. इटहरीले इटहरीमा कम्प्युटरका विभिन्न कोर्षका साथै कोरियन भाषा, जापानीज भाषा र अंग्रेजी भाषाका कक्षा सञ्चालन गर्दै आएको छ । साथै विभिन्न स्थानीय तहहरुसँग सहकार्य गरि शिपमुलक तालिम र क्षमता विकासा तालिम सञ्चालन गर्नुका साथै भिडियो डकुमेन्ट्रि निर्माणको काम गर्दै आएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस

Published

on

सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।

बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।

सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।

Continue Reading

Banner

कांग्रेस महाधिवेशनमा मतदान दिउँसो २ बजेबाट सुरु हुने

Published

on

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि हुने मतदान फेरि सरेको छ।
निर्वाचनको सम्पूर्ण तयारी पूरा नभएपछि दिउँसो १ बजेका लागि तय गरिएको मतदानको समय पुनः सारिएको हो। अब दिउँसो २ बजेबाट मतदान सुरु गर्ने सहमति भएको हो। यसअघि बिहान १० बजेबाट मतदान सुरु गर्ने निर्वाचन समितिको तयारी थियो। तर आवश्यक तयारी पूरा नभएपछि मतदानको समय दिउँसो १ बजेसम्म सारिएको थियो।

Continue Reading

Banner

मेस्सीको अन्तर्राष्ट्रिय करिअरको सुखद अन्त्य

Published

on

बेनिनलाई ३–० गोलले पराजित गर्दै अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले अन्तर्राष्ट्रिय करिअरको सुखद अन्त्य गरेका छन् ।

करिअरको अन्तिम खेलमा मेस्सीले अर्जेन्टिनाका तीनवटै गोलमा योगदान गरे । उनले एक गोल र दुई असिस्ट गर्दै टोलीलाई जित दिलाएका हुन् ।
३९ वर्षीय मेस्सीको अर्जेन्टिनाको राष्ट्रिय जर्सीमा यो अन्तिम तथा २०८औँ खेल थियो ।
खेलको ४८औँ मिनेटमा निकोलास ओटामेन्डीले मेस्सीको कर्नरमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । त्यसपछि ५९औँ मिनेटमा मैदान प्रवेश गरेका निको पाजले ६१औँ मिनेटमा मेस्सीको पासमा गोल गर्दै अर्जेन्टिनाको अग्रता २–० बनाए ।
त्यसको १० मिनेटपछि अर्जेन्टिनाले पाएको पेनाल्टीमा मेस्सीले गोल गरे । उक्त गोल उनको अन्तर्राष्ट्रिय करिअरको अन्तिम गोल बन्यो । खेलअघि र खेलपछि मेस्सी निकै भावुक देखिएका थिए ।
आठपटकका बालोन डी’ओर विजेता मेस्सीको सम्मानमा अर्जेन्टिनाले बेनिनविरुद्ध यो खेल आयोजना गरेको हो । २१ वर्ष लामो अन्तर्राष्ट्रिय करिअरमा उनले २०८ खेल खेल्दै १२६ गोल गरेका छन् ।
अर्जेन्टिनाले सन् २००५ मा फिफा विश्व युवा च्याम्पियनसिप जित्दा मेस्सी टोलीका सदस्य थिए । त्यसको तीन वर्षपछि उनले ओलम्पिक स्वर्ण पदक जिते । सिनियर टोलीबाट उनले सन् २०२१ र २०२४ मा कोपा अमेरिका, २०२२ मा फाइनलिसिमा तथा कप्तानका रूपमा २०२२ मा विश्वकपको उपाधि जितेका छन् ।

मेस्सीले सन् २०१४ र २०२६ मा आफ्नै कप्तानीमा अर्जेन्टिनालाई विश्वकपको फाइनलसम्म पुर्‍याएका थिए ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक