खेलकुद
तस्बिरमा प्याब्सन स्पोर्टस् मिट २०७६ को समापन
Banner
साउदीलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश
साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपाल एसीसी प्रिमियर कप २०२६ को सेमिफाइनलमा पुगेको छ।
आइतबार मलेसियाको बायुमास ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबिया चार बल बाँकी छँदै अलआउट भएर १९० रनमा समेटिएको थियो। १९१ रनको लक्ष्य पछ्याएको नेपालले ४१ ओभरमा पाँच विकेट क्षतिमा १९३ रनसहित जित निकाल्न सफल भयो।
नेपालका लागि इशान पाण्डेले सर्वाधिक ४० रन जोडे। उनले ५९ बलमा दुई चौका हाने। देव खनालले ३९, कप्तान रोहितकुमार पौडेलले अविजित २४, आसिफ शेखले २० तथा अर्जुन कुमालले १५ रन बनाए।
यसअघि साउदी अरेबियाका लागि ओपनर अब्दुल वाहिदले सर्वाधिक ७७ रनको योगदान गरे। उनले ८९ बलमा १० चौका र दुई छक्का प्रहार गरे। मुहम्मद अतिफले ३० तथा मोहम्मद हिशाम शेखले २८ रन जोडे।
दोस्रो विकेटका लागि अतिफ र वाहिदले ९४ रनको साझेदारी गर्दै साउदीलाई बलियो स्कोरतिर बढाए। २.१ ओभरमा पहिलो विकेट गुमाएको साउदीका यी दुई ब्याटर २२.६ ओभरसम्म क्रिजमा रहँदै ९४ रनको साझेदारी गरे।
नेपालका लागि सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान तीन-तीन विकेट लिए। ललितराजवंशीले दुई तथा शेर मल्ल र गुल्शन झाले एक-एक विकेट लिए।
यो प्रतियोगितामा नेपालको लगातार तेस्रो जित हो । यसअघि नेपालले समूह चरणमा बहराइन र मलेसियालाई हराएको थियो। लगातार तीन जितपछि नेपाल समूह ‘ए’ को शीर्ष स्थानमा रहरे अन्तिम चार पुगेको हो । नेपालले समूह चरणको अन्तिम खेल हङकङसँग खेल्ने भएको छ।
१० टोली सहभागी प्रतियोगिताको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ। नेपाल सन् २०२३ पछि पुनः एसिया कप खेल्ने लक्ष्यसहित अघि बढेको छ।
Banner
नेपालले जित्यो टस, बहराइनलाई ब्याटिङको निम्तो
एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणमा नेपालले पहिलो खेलमा बहराइनविरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।
मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम क्रिकेट ओभलमा भर्खरै सम्पन्न टसमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले टस जितेर फिल्डिङ रोजेसँगै बहराइनले पहिले ब्याटिङको निम्तो पाएको हो।
सन् २०२७ को एसिया कपमा स्थान बनाउने मुख्य लक्ष्यका साथ मलेसिया पुगेको नेपाल जितसहित प्रतियोगिताको सुखद् सुरुआत गर्ने रणनीतिमा छ। ५० ओभरको यो प्रतियोगितामा नेपाल र बहराइन पहिलोपटक आमनेसामने हुन लागेका हुन्।
नेपाल रहेको समूह ‘ए’ मा बहराइनसँगै आयोजक मलेसिया, हङकङ र साउदी अरेबिया रहेका छन्। नेपालले दोस्रो खेल भदौ १८ गते मलेसियासँग खेल्नेछ।
Banner
उपाधि जितेर एसिया कपको टिकट काट्ने नेपालको लक्ष्य
तेस्रो संस्करणको एसीसी प्रिमियर कप आज आइतबारदेखि मलेसियामा सुरु हुँदै छ । प्रतियोगितामा सहभागी १० टोलीमध्ये नेपाल उपाधि जित्दै सन् २०२७ मा आयोजना हुने एसिया कपमा स्थान बनाउने लक्ष्यसहित मैदानमा उत्रँदै छ ।
नेपालसहित सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’ मा परेको छ । यस समूहमा नेपालसँगै बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया छन् । समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, ओमान, कतार र सिङ्गापुर रहेका छन् ।
समूह चरणमा नेपालले १५ भदौमा बहराइनसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । खेल मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम क्रिकेट ओभलमा हुनेछ । ५० ओभरको प्रिमियर कपमा नेपालले पहिलोपटक बहराइनसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
नेपालले दोस्रो खेल १८ भदौमा आयोजक मलेसियासँग खेल्नेछ । मलेसियाविरुद्धका पछिल्ला पाँच एकदिवसीय खेलमा नेपाल अपराजित छ ।
हालै भएका दुई अभ्यास खेलमा पनि नेपालले मलेसियालाई पराजित गरेको थियो । प्रिमियर कपमा मलेसियाविरुद्ध नेपालको यो दोस्रो भेट हो । सन् २०२३ मा भएको पहिलो संस्करणमा नेपालले मलेसियालाई छ विकेटले हराएको थियो ।
नेपालले तेस्रो खेल २१ भदौमा साउदी अरेबियासँग तथा समूह चरणको अन्तिम खेल २३ भदौमा हङकङसँग खेल्नेछ । नेपाल र साउदी अरेबियाबीच हालसम्म दुई खेलमा प्रतिस्पर्धा भएकामा नेपालले एक खेल जितेको छ भने एक खेल रद्द भएको थियो । यस्तै, ५० ओभरको क्रिकेटमा नेपाल र हङकङबीच भएका चार खेलमध्ये नेपालले एक र हङकङले दुई खेल जितेका छन् भने एक खेल रद्द भएको थियो ।
एसियन क्रिकेट काउन्सिल (एसीसी) का अनुसार दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनलका विजेताबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । यसपटक प्रिमियर कपको उपाधि विजेता टोलीले मात्र सन् २०२७ को एसिया कपमा स्थान बनाउनेछ । गत संस्करणको टी– २० ढाँचाको प्रिमियर कपबाट भने तीन टोली एसिया कपका लागि छनोट भएका थिए । सन् २०२४ मा आयोजित उक्त प्रतियोगिताबाट यूएई, ओमान र हङकङ एसिया कपमा छनोट भएका थिए भने नेपाल चौथो स्थानमा सीमित भएको थियो । नेपालले पहिलो संस्करणको प्रिमियर कपको उपाधि जितेको थियो । सन् २०२३ मा घरेलु मैदानमा भएको प्रतियोगिताको फाइनलमा यूएईलाई सात विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको थियो । यसपटक पनि नेपाली टोली उक्त सफलता दोहोर्याउने लक्ष्यमा छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वसदस्य तथा क्यानको खेलाडी छनोट समितिका पूर्वसंयोजक दीपेन्द्र चौधरीले नेपाल उपाधिको बलियो दाबेदार रहेको बताएका छन् । विदेशी पिचमा खेल्नुपर्ने भए पनि प्रतियोगिताअघि पर्याप्त अभ्यासको अवसर पाएकाले नेपाली टोलीलाई फाइदा पुग्ने उनको भनाइ छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner7 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने



















You must be logged in to post a comment Login