Connect with us
Advertisement

सुन्दरहरैंचाको मेयरमा डा. भट्टराईले स्वतन्त्र उम्मेद्वारी दिने

Published

on

विराटचोकः सुन्दरहरैंचा–५ का बासिन्दा डा. प्रकाश भट्टराईले स्थानीय तहको निर्वाचनमा सुन्दरहरैंचाको मेयर पदमा स्वतन्त्र उम्मेद्वारी दिने भएका छन् । आज विराटचोकमा आयोजित पत्रकार सम्मेलनमा उम्मेद्वारी घोषणा गर्दै उनले आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।

शान्ति तथा द्वन्द्व अध्ययन विषयमा अमेरिका र न्युजिल्याण्डबाट स्नातकोत्तर र विद्यावारिधी गरेका भट्टराई लामो समयदेखि नीति विश्लेषक र अनुसन्धानकर्ताको रुपमा क्रियाशील छन् । २० वर्षभन्दा बढी समय सङ्घीयता, स्थानीय शासन प्रणाली, द्वन्द्व व्यवस्थापन, मानव अधिकार, सुशासन, लोकतन्त्रलगायतका सामाजिक राजनीतिक क्षेत्रमा व्यवस्थापकको रुपमा काम गरेको अनुभव आफूसँग भएको उनले बताए । आफ्नो अनुभव र विद्वतालाई स्थानीय तहमा प्रयोग गरेर देशकै नमूना नगर बनाउन आफू सक्षम हुनेमा आफू विश्वस्त भएको र मतदातालाई पनि विश्वास दिलाउन लागिपरेको उनको भनाइ थियो ।

वैकल्पिक उम्मेद्वारको आवश्यकता देखिएकाले सुन्दरहरैंचाको मेयर पदमा उम्मेद्वारी दिने निर्णय गरेको उनले बताए । चुनाव खर्चिलो बन्दै गएको र न्यून आर्थिक अवस्था भएकाले उम्मेद्वारै बन्न नसक्ने अवस्थाको अन्त्य गर्न जरुरी रहेको उनको भनाइ छ । त्यसको अन्त्यका लागि निर्वाचन आयोगले तोकेको खर्च सीमाभित्र रहेर पनि उम्मेद्वार बन्न सकिन्छ र कम खर्चमा अरुको भन्दा राम्रो चुनावी अभियान गरेर नेतृत्व तहमा पुग्न सकिन्छ भन्ने आफूले प्रमाणित गर्ने उनले बताए । आफ्नो उम्मेद्वारीले राजनीतिमा आउन चाहेका तर भड्किलो चुनावी खर्च देखेर आँट नगरेका युवा अघि बढ्न पनि सहज हुने उनको भनाइ थियो ।

सुशासनलगायतका ४ वटा ‘स’ मा आधारित रहेर आफूले घोषणापत्र तयार पारेको र सोही घोषणापत्रअनुसार आफू अघि बढ्ने हुनाले आफ्नो जीत निश्चित रहेको बताउँदै उनले स्थानीय सरकारलाई सेवक सरकारको रुपमा अघि बढाउन आफू प्रतिबद्ध रहेको उनले औँल्याए । आफ्ना योजना, कार्यक्रम तथा लक्ष्यको बारेमा जानकारी दिन र मतदाताको सल्लाह सुझाव लिने गरी अन्तरक्रियात्मक अभियान लिएर चाँडै आफू घरदैलो कार्यक्रममा सहभागी हुने उनले बताए ।

सुन्दरहरैंचामा सम्मानजनक गठबन्धनको पक्षमा एकीकृत समाजवादी, भनेजस्तो नभए गठबन्धन नगर्ने

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५० भन्दा बढी घाइते

Published

on

उत्तरी भारतको एक्सप्रेसवेमा मंगलबार बाक्लो कुहिरोको बीचमा सातवटा बसहरू एकअर्कासँग ठोक्किएर आगलागी हुँदा कम्तिमा चार जनाको मृत्यु हुनुका साथै ५० जना भन्दा बढी घाइते भएको स्थानीय प्रहरीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ । प्रहरीले मथुरा जिल्लाको दिल्ली–आगरा एक्सप्रेसवेमा बसहरूको ठक्करको कारणले उनीहरूको  ज्यान गएको जनाउदै घटनाको पुष्टि गरेको छ ।  घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ ।सामाजिक सञ्जालमा राखिएको भिडियो फुटेजमो गाडीबाट ठुलो आगो निस्किएको देखाइएको छ । घाइतेहरू मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्ने सम्भावना रहेको बताइएको छ ।

Continue Reading

Banner

सातौँ झापा गोल्डकप माघको अन्तिम हप्तादेखि हुने

Published

on

झापा गोल्डकपको सातौँ संस्करण आउँदो माघ अन्तिम हप्तादेखि हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फ)ले निकालेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि शुरु हुने भएको हो ।

गएको वैशाखमा ज्यान गुमाएका झापा गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडमा रहेको डोमालाल राजवंशी रङ्गशालामा हुनेछ । प्रतियोगितामा तीन विभागीय टोली, दुई विदेशी, झापा ११ एफसी र ‘ए’ डिभिजनसहित १० टोली सहभागिता हुने गोल्डकपका अध्यक्ष केदार गिरीले जानकारी दिनुभयो ।

प्रतियोगिताको फाइनल खेल फागुन ४ गते हुनेछ । प्रतियोगिताको विजेताले नगद १५ लाख र उपविजेताले ८ लाख रुपैयाँ पुरस्कार पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न झन्डै १ करोड ५० लाख रुपैयाँ खर्च अनुमान गरिएको कोषाध्यक्ष चन्द्र कट्टेलले जानकारी दिनुभयो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई एउटा मोटरसाइकल, उत्कृष्ट गोलकिपर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकलाई जनही २५ हजार तथा हरेक खेलको प्लेयर अफ द म्याचलाई नगद ११ हजार रुपैयाँ दिइने आयोजकले जनाएको छ ।

Continue Reading

Banner

एमाले अध्यक्ष चयनका लागि आज मतदान, ओली–पोखरेल आमनेसामने

Published

on

नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । केन्द्रीय निर्वाचन आयोगका अनुसार मतदान बन्दसत्र स्थल भृकुटीमण्डप काठमाण्डौमा दिउँसो १ बजेदेखि शुरु हुनेछ ।

मतदान बेलुका ७ बजेसम्म चल्नेछ । अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित प्रतिस्पर्धामा हुनुहुन्छ । आयोगले हिजो अबेर सार्वजनिक गरेको उम्मेदवारको प्रारम्भिक नामावलीअनुसार अध्यक्ष पदमा ओली र पोखरेलबीच नै प्रतिस्पर्धा हुने भएको हो ।

महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिँदैछ । आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार ल्याइएका एक सय वटा मेसिनमध्ये ८० वटा मतदानका लागि प्रयोग हुनेछन् ।

बाँकी १० वटा अभ्यासका लागि र १० वटा अतिरिक्त मेसिनको रूपमा राखिएको छ । एक जनाले मत खसाल्न झण्डै २५ देखि ३० मिनेट समय लाग्ने अनुमान छ । महाधिवेशनमा कुल २ हजार २ सय ६३ प्रतिनिधि सहभागी छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक