Connect with us
Advertisement

दोस्रो भाउन्ने नकआउट फुटबल प्रतियोगिता शुरु, उद्घाटन खेलमा गोधुली फुटबल क्लब विजयी

Published

on

विराटचोकः बेलबारीमा आयोजित दोस्रो भाउन्ने नकआउट फुटबल प्रतियोगिता २०७८ बुधबार शुरु भएको छ । भाउन्ने युथ क्लब बेलबारी १० को आयोजनामा शुरु भएको ‘मुस्ताङ दोस्रो भाउन्ने नकआउट फुटबल प्रतियोगिता २०७८’ को बुधबार बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले उद्घाटन गरे ।

कार्यक्रममा बेलबारी नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुली, नगर प्रवक्ता योगेन्द्र सुवेदी, वडा नं १० का अध्यक्ष गंगा याख्खा, वडा नं ६, ९, ११ का अध्यक्षहरू क्रमशः उदयबहादुर राई, नगेन्द्र खड्का, यामबहादुर पोखरेल उपस्थित थिए । त्यस्तै, माओवादी केन्द्रका प्रदेश सदस्य तथा नगर इन्चार्ज तिलक राई, जसपा नगर अध्यक्ष तिलक सामपाङ राई, नेकपा एमाले नगर सचिव शङ्कर राई, मोरङ जिल्ला फुटबल संघका अध्यक्ष दीपेन्द्र धिमाल लगायत उपस्थित थिए ।

आयोजक क्लबका अध्यक्ष सन्तोष तामाङको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहको सञ्चालन क्लबका सल्लाहकार अमिर मगरले गरेका थिए ।

बुधबार भएको उद्घाटन खेलमा सत्यासा फुटबल क्लब दमकलाई १ का विरुद्ध ३ गोल गर्दै गोधुली क्लब धरान सेमीफाइनलमा प्रवेश गरेको छ ।

पहिलो हाफमा १–१ गोल भएको प्रतियोगिताको दोस्रो हाफमा दुई गोल थपेर गोधुली फुटबल क्लब विजयी भएको थियो । पहिलो हाफमा गोधुलीका जर्सी नं १० का खेलाडी मिलन राईको पहिलो गोल गरेका थिए । तुरुन्तै सत्यसाका जर्सी नं १३ का खेलाडी रोशन थाम्सुहाङले गोल गरेका थिए ।

दोस्रो हाफमा खेलको ५० औँ मिनेटमा विजयी टिमका दिवस सुनुवार र ७४ औँ मिनेटमा सुवाल राईले १–१ गोल गरेका थिए । खेलमा गोधुली फुटबल क्लबका जर्सी नं ५ का हेमन्त थापा मगर म्यान अफ द म्याच घोषित भए ।

आज बिहीबारको खेल लेटाङ फुटबल क्लब र भाउन्ने युथ क्लब रातोबीच हुने आयोजकले जनाएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

आज पनि पानी पर्ने सम्भावना

Published

on

काठमाण्डौ उपत्यकासहित देशका मध्य र पूर्वी भेगमा हिजो बेलुकी र राति हावाहुरीसहित पानी परेको छ । चितवन, गोरखा र उदयपुरमा ठूलो पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै गोरखा, लमजुङ, इलाम, झापा, सिन्धुपाल्चोक र नुवाकोटमा पनि मध्यम वर्षा भएको छ । अरु ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली, उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र पूर्वी भूभाग नजिक वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले बदली र वर्षा भएको हो ।

आज पनि कोशी प्रदेशलगायत बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र हिमाली भागका थोरै ठाउँ, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभाग तथा मधेस, बागमती र गण्डकी प्रदेशको तराई भूभागका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

Continue Reading

Banner

झापामा रुखले किचेर किशोरीको मृत्यु

Published

on

गए राति हुरीले रुख लडाउँदा हल्दिबारीमा एक किशोरीको घटनास्थलमा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार हल्दिबारी गाउँपालिका–२ की १७ वर्षीया आरती राजवंशीको मृत्यु भएको हो । आफ्नै घरमा सुतिरहेका बेला उनलाई रुखले किचेको हो ।

Continue Reading

Banner

पोखराका पूर्वमेयर कृष्ण थापाको बसेकै स्थानमा हृदयाघात भएर निधन

Published

on

पोखरा महानगरका पूर्व मेयर कृष्ण थापाको ६५ वर्षको उमेरमा बिहीबार निधन भएको छ। उनको हृदयघातका कारण निधन भएको एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारीले जानकारी दिए। प्रतिनिधिसभा निर्वाचनको कास्की क्षेत्र नम्बर १ को समीक्षा बैठक सकिएपछि कुर्सीमा बस्दाबस्दै थापालाई हृदयाघात भएको हो। हृदयाघात भएको केही मिनेटमै पोखराकै मणिपाल शिक्षण अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। उनी नेकपा एमालेका कास्की इन्चार्ज तथा केन्द्रीय सदस्य थिए। २०५४ सालमा भएको स्थानीय निर्वाचनमा पोखराको मेयर निर्वाचित थापा २०७४ सालमा गण्डकी प्रदेश सभा सदस्य निर्वाचित भएका थिए भने २०७८ को निर्वाचनमा पनि उनी पोखरा महानगरको मेयरका उम्मेदवार थिए। यसपटक प्रतिनिधि सभा निर्वाचनमा कास्की २ बाट थापाले टिकट पाए पनि टिकट खोसेर अर्का केन्द्रीय सदस्य रश्मी आचार्यलाई दिएपछि उनी पार्टी नेतृत्वसँग रूष्ट थिए।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक