Connect with us
Advertisement

प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगितामा वीरगञ्ज र जनकपुर विजयी

Published

on

विराटनगरः विराटनगर महानगरपालिकाको आयोजना तथा होराइजन क्रिकेट क्लबको संयोजनमा प्रथम टि–२० मेयर कप क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबारको खेलमा वीरगञ्ज महानगरपालिका र जनकपुरधाम महानगरपालिका विजयी भएका छन् ।

विराटनगर–१९ मा रहेको वैजनाथपुरको खेल मैदानमा बुधबार भएको खेलमा वीरगञ्ज र जनकपुर विजयी भएका हुन् ।

पहिलो खेलमा वीरगञ्जले झापाको मेचीनगर नगरपालिकालाई ८ रनले पराजित गरेको छ । पराजित भएको झापा लगातार दुई खेलमा पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको छ । झापा पहिलो खेलमा आयोजक विराटनगरसँग ३६ रनले पराजित भएको थियो ।

टस जितेर ब्याटिङ गरेको वीरगञ्जले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १ सय २८ रनको योगफल खडा गरेको थियो । वीरगञ्जका लागि हसिम अन्सारीले ३७ रन बनाउँदा साहिल पटेलले ३२ रन जोडे । पटेलले १४ बलमा २ छक्का र २ चौका प्रहार गरे । झापाका अंकित सुवेदीले ३ विकेट लिँदा विशाल आचार्यले २ विकेट लिए ।

१ सय २९ रनको लक्ष पाएको झापाले पुरै ओभर खेल्दै ३ विकेट गुमाई १ सय २० रन मात्र बनाउन सक्यो । झापाका लागि सुवाङर उराँव अविजित ४५ रन बनाउँदा अंकित सुवेदीले ३३ रन र अनिल लामिछानेले अविजित २६ रन बनाए । वीरगञ्जका म्यान अफ द म्याच हसिम अन्सारीले ४ ओभरमा १४ रन दिएर ३ विकेट लिए ।

दोस्रो खेलमा जनकपुरले सुनसरीको इनरुवालाई ७ विकेटले पराजित गरेको छ । जनकपुर एक खेल अगावै सेमीफाइनलमा पुगेको छ । लगातार दुई खेलमा पराजित भएसँगै इनरुवा प्रतियोगिताबाट बाहिरिएको छ ।

टस जितेर ब्याटिङ गरेको इनरुवाले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ११ रनको बनाएको थियोे । इनरुवाका लागि विवेक मेहताले ४७ रन बनाउँदा रविन मण्डल २५ रनमा अविजित भए । जनकपुरका साइमन राय र हरिशंकर साहले समान २–२ विकेट लिँदा दिनेश सहनी र सुमित मण्डलले १–१ विकेट लिए ।

१ सय १२ रनको सामान्य लक्ष पाएको जनकपुरले १८ दशमलव ३ बलमा ३ विकेट गुमाई सो विजयी लक्ष्य भट्टाएको थियो । जनकपुरका लागि म्यान अफ द म्याच हिमाञ्सु दत्त ४२ रनमा अविजित हुँदा हरिशंकर साहले ३३ रन र अकबर अलि २० रनमा अविजित भए । इनरुवाका विकल्प आचार्य, सराज बस्नेत र शिवम् यादवले १–१ विकेट लिए ।

प्रतियोगितामा प्रदेश १ का आयोजक विराटनगर महानगरपालिका, इनरुवा नगरपालिका र मेची नगरपालिका तथा मधेश प्रदेशको वीरगञ्ज महानगरपालिका, जनकपुरधाम महानगरपालिका र राजविराज नगरकालिका सहभागी भएका छन् । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार, ट्रफी तथा उपविजेताले नगद ५१ हजार र ट्रफी पाउने छन् ।

प्रतियोगिता ६ टिमलाई दुई समुहमा विभाजन गरेर लिग कम नकआउटको अधारमा खेलाइएको छ । समूहको टप दुई टिम सेमीफाइनलमा पुग्नेछन् । चैत २६ गतेसम्म हुने प्रतियोगित सम्पन्न गर्न करिव १३ लाख खर्च हुने आयोजकले जनाएको छ ।

बिहीबारको पहिलो खेल जनकपुर र राजविराज तथा दोस्रो खेल आयोजक विराटनगर र वीरगञ्जबीच हुने आयोजकले जनाएको छ ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

पोखराका पूर्वमेयर कृष्ण थापाको बसेकै स्थानमा हृदयाघात भएर निधन

Published

on

पोखरा महानगरका पूर्व मेयर कृष्ण थापाको ६५ वर्षको उमेरमा बिहीबार निधन भएको छ। उनको हृदयघातका कारण निधन भएको एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारीले जानकारी दिए। प्रतिनिधिसभा निर्वाचनको कास्की क्षेत्र नम्बर १ को समीक्षा बैठक सकिएपछि कुर्सीमा बस्दाबस्दै थापालाई हृदयाघात भएको हो। हृदयाघात भएको केही मिनेटमै पोखराकै मणिपाल शिक्षण अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। उनी नेकपा एमालेका कास्की इन्चार्ज तथा केन्द्रीय सदस्य थिए। २०५४ सालमा भएको स्थानीय निर्वाचनमा पोखराको मेयर निर्वाचित थापा २०७४ सालमा गण्डकी प्रदेश सभा सदस्य निर्वाचित भएका थिए भने २०७८ को निर्वाचनमा पनि उनी पोखरा महानगरको मेयरका उम्मेदवार थिए। यसपटक प्रतिनिधि सभा निर्वाचनमा कास्की २ बाट थापाले टिकट पाए पनि टिकट खोसेर अर्का केन्द्रीय सदस्य रश्मी आचार्यलाई दिएपछि उनी पार्टी नेतृत्वसँग रूष्ट थिए।

Continue Reading

Banner

नेप्से र कारोबार रकम दुबै बढ्यो

Published

on

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्ला दुई कारोबार दिन घटेर बन्द भएको नेप्से, यस दिन भने बढेर बन्द भएको हो।

बिहीबार नेप्से परिसूचक २३.८७ अंक बढेर २८२०.४४ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ५.०१ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.९२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७२ अंक बढेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात बुधबार १३ अर्ब १८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३३५ स्टकको १ लाख ३० हजार १५ पटकको कारोबारमा १४ अर्ब ५५ करोड १९ लाख ४६ हजार रुपैयाँबराबरको ४ करोड १६ लाख ८६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सालपा विकास बैंक र रिलायन्स स्पिनिङ्ग मिल्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन नेशनल हाइड्रोपावर कम्पनी र होटल फरेष्ट इनको शेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने दरमखोला हाइड्रो इनर्जीको शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ। यस दिन घटेका स्टकहरुको मूल्य गिरावटदर ४ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन नेशनल हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ६७ करोड ७९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन हाइड्रोइलेक्ट्रिसिटी इन्भेटष्मेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको करिब ५७ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने कुमारी बैंकको कारोबार रकम साढे ४४ करोड रुपैयाँ नाघेको छ।

१३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक २.०२ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक, वित्त, जलविद्युत र लगानी उपसमूहको परिसूचक बढेको छ। यस दिन होटल तथा पर्यटन, निर्जीवन बीमा र अन्य उपसमूहको परिसूचक सामान्य घटेको हो।

Continue Reading

Banner

प्रतिनिधि सभामा मातृका यादव निर्वाचित भएको आयोगको घोषणा

Published

on

निर्वाचन आयोगले धनुषा-१ मा नेकपाका मातृका यादवलाई विजयी भएको घोषणा गरेको छ ।

रउम्मेदवारी खारेज भएका रास्वपाका उम्मेदवार किशोरी साह कमलको पक्षमा अत्यधिक मत आएपछि विवाद भएको उक्त क्षेत्रमा आयोगले दोस्रो स्थानमा रहेका यादवलाई निर्वाचित भएको घोषणा गरेको हो ।यसअघि निर्वाचन अधिकृतको कार्यालयले यादवलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिसकेको छ । सुरुमा भने उनलाई प्रमाणपत्र उपलब्ध गराइएको थिएन । निर्वाचित भएको घोषणा नगरेपछि नेकपाले विरोध जनाएको थियो । निर्वाचन आयोगले उम्मेदवारी खारेज भइसकेकोले किशोरी साहको मत नै वेबसाइटमा अद्यावधिक गरेको छैन । उनको मत  अद्यावधिक नभएपछि यादव नै पहिलो स्थानमा आएकोले उनलाई घोषणा गरेको हो । कालो सूचीमा रहेको भेटिएपछि निर्वाचन आयोगले रास्वपाका साहको उम्मेदवार खारेज गरेको थियो । तर, उनी लगत्तै अदालत गएका थिए । उनीबारे अदालतले शुक्रबार निर्णय गर्दैछ ।

यससँगै आयोगले १६५ क्षेत्रकै मतपरिणामसहित विजेता घोषणा गरिसकेको छ । समानुपातिकको मतपरिणाम पनि गणना सकिएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक