खेलकुद
सुन्दरहरैंचाको सगरमाथा युथ क्लबले आर्मीलाई टाइब्रेकरमा पराजित गर्दै चुम्यो इटहरी गोल्डकप
इटहरीः सुन्दरहरैंचाको सगरमाथा युथ क्लबले इटहरीमा जारी १२ औं अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधि जितेको छ ।
डिफेण्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै सगरमाथाले उपाधि चुमेको हो । खेल अवधिभर कुनै टिमले पनि गोल गर्न सकेका थिएनन् ।

टाइब्रेकरमा आर्मीका तर्फबाट टेकबहादुर बुढाथोकी, विकास खवास र विवेक बस्नेतले गोल गरे । आर्मीका गौतम श्रेष्ठले गरेको प्रहार सगरमाथाका गोलकिपरले रोके भने सन्तोष तामाङको प्रहार पोस्ट बाहिर गएको थियो ।
विजयी टिम सगरमाथाका तर्फबाट क्याप्टेन अशोक खवास, आशिष लामा, सत्यम शर्मा र मिलन राईले गरेको प्रहार गोलमा परिणत भएको थियो । गोलकिपर पिसोले गरेको प्रहार पोस्टभन्दा बाहिर गएको थियो ।
विजेता सगरमाथा युथ क्लबले नगद ७ लाख र ट्रफी हात पारेको छ भने उपविजेता त्रिभुवन आर्मी क्लबले नगद तीन लाख ५० हजार पाएको छ । विजेतालाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले पुरस्कार वितरण गरे ।
खेलको म्यान अफ द म्याच आर्मीका विश्वास चौधरी घोषित हुँदै नगद १० हजार हात पारे । यस्तै, बेस्ट गोल्ड किपर सगरमाथाका पिसो घोषित भए । उनले नगद १५ हजार हात पारे ।
बेस्ट डिफेन्डर त्रिभुवन आर्मीका क्याप्टेन विकास खवास घोषित भए । बेस्ट मिल्ड फिल्टर आर्मीकै सन्तोष तामाङ घोषित भए । बेस्ट फरवार्ड सगरमाथाका आशिष लामा घोषित भए । बेस्ट कोच सगरमाथाका युबिन गुरुङ घोषित भए । उनीहरू सबैले जनही नगद १५ हजार र ट्रफी पाए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदै त्रिभुवन आर्मीका टंक बस्नेतले यामाहाको स्कुटर हात पारे ।
खेल अवधिभर बढी गोल गर्ने खेलाडी मनाङ–मस्र्याङ्दीका आफिज ओलावाले र सगरमाथाका आवास लामिछाने घोषित भए । उनीहरूले नगद दस–दस हजार पाए । उदयीमान खेलाडी राष्ट्रिय जागृति क्लब इटहरीका मनिष भण्डारी घोषित भए । उनले ४० इन्चको एलइडी प्राप्त गरे ।
चैत १९ गतेदेखि जारी खेलमा ६ टिम सहभागी थिए ।
सुन्दरहरैंचाको सगरमाथा युुथ क्लब आज इटहरी गोल्डकपमा डिफेण्डिङ च्याम्प्यिन आर्मीसँग फाइनलमा भिड्दै
सगरमाथा क्लब इटहरीमा जारी गोल्डकपको फाइनलमा प्रबेश शनिबार आर्मीसंग भिड्ने

Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login