स्थानीय तह
सुन्दरहरैंचाका १० वटा वडामा एमालेले टुङ्ग्यायो उम्मेद्वार
विराटचोकः बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि एमालेले १० वटा वडामा उम्मेद्वारको टुङ्गो लगाएको छ । वडा नम्बर १ र ७ मा भने विवादका कारण उम्मेद्वारको टुङ्गो लाग्न सकेको छैन ।
नेकपा एमाले पार्टी स्रोतका अनुसार वडा नम्बर ६, ८, ११ र १२ मा अहिलेकै वडाध्यक्षलाई उम्मेद्वारको रुपमा खडा गरिएको छ । वडा नम्बर २, ५ र १० मा वडा सदस्यलाई वडाध्यक्ष पदमा उठाइएको छ । बाँकी ३ वटा वडामा नयाँ अनुहार वडाध्यक्षको रुपमा चुनावमा प्रतिष्पर्धा गर्ने भएका छन् ।
यस्तो छ विभिन्न वडाका लागि सिफारिश भएका उम्मेद्वारको नामावलीः
वडा नम्बर २
अध्यक्षः झरिलाल सरदार
दलित महिला सदस्यः लक्ष्मी परियार (दर्जी)
महिला सदस्यः देवीमाया चौधरी
खुला सदस्यः गोविन्द उराँउ र हरिप्रसाद आचार्य
वडा नम्बर ३
अध्यक्षः विदुरप्रसाद ढुङ्गाना
महिला सदस्यः पूर्णमाया लिम्बू
दलित महिला सदस्यः पवित्रा दमाई
खुला सदस्यः नारायणप्रसाद भट्टराई र नीलम अधिकारी
वडा नम्बर ४
अध्यक्षः नारायणप्रसाद श्रेष्ठ
महिला सदस्यः शान्ति चौधरी
दलित महिला सदस्यः राजकुमारी बि.क
खुला सदस्यः दुर्गा पोखरेल र गणेशप्रसाद गुरागाई
वडा नम्बर ५
अध्यक्षः गणेश चौधरी
महिला सदस्यः इन्दिरा चापागाई (घिमिरे)
दलित महिला सदस्यः रोशनी परियार
खुला सदस्यः घनश्याम घले गुरुङ र श्याम खनाल

वडा नम्बर ६
अध्यक्षः.जीवनकुमार राई
महिला सदस्यः गीता मिश्र
दलित महिला सदस्यः टुनाकुमारी बि.क.
खुला सदस्यः तेजबहादुर प्रधान र शिवराज चौधरी
वडा नं ८
अध्यक्षः खेम न्यौपाने
दलित महिला सदस्यः तुलसा दर्जी
महिला सदस्यः कुमा दाहाल लुइँटेल
खुला सदस्यः रोशननाथ उप्रेती र भोजबहादुर राई
वडा नम्बर ९
अध्यक्षः पुष्प भुजेल
महिला सदस्यः रुकमणी घिमिरे
दलित महिला सदस्यः शारदा बि.क
खुला सदस्य: कयेस मियाँ र राजनारायण खवास
वडा नम्बर १०
अध्यक्षः राजकुमार राई
दलित महिला सदस्यः गंगामाया बि.क
महिला सदस्यः बबिता खापुङ
खुला सदस्यः रमेश चौहान र ओमप्रसाद थपलिया
वडा नम्बर ११
अध्यक्षः विसनलाल चौधरी
महिला सदस्यः सुषमा चौधरी दनुवार
दलित महिला सदस्यः ज्ञानुकुमारी सार्की
खुला सदस्यः जीवनाथ ढकाल र खगेन्द्रबहादुर गिरी
वडा नम्बर १२
अध्यक्षः रोशनप्रसाद ढकाल
दलित महिला सदस्यः प्रमिला आछामी सार्की
महिला सदस्यः नीलम थापा
खल्ला सदस्यः दिलिप दाहाल र कमला मास्के
एमालेले टुङ्गो लगायो सुन्दरहरैंचामा मेयर र उपमेयरका उम्मेद्वार
सुन्दरहरैंचा–५ मा गणेश चौधरीको नेतृत्वमा नेकपा एमालेले घोषणा गर्याे उम्मेद्वार
नेकपा एमाले सुन्दरहरैचा ९ द्वारा स्थानीय तह निर्वाचनका लागि सम्पर्क कार्यालय स्थापना
Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login