स्थानीय तह
सुन्दरहरैंचामा १० जनासहित मोरङमा २८१ जनाले दिए उम्मेद्वारी, विराटनगरमा सफारी चालकले गरे उम्मेद्वारी दर्ता
विराटचोकः बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि मनोनयन दर्ता गर्ने पहिलो दिन आइतबार मोरङमा २ सय ८१ जनाले मनोनयन दर्ता गराएका छन् । १६ वटा स्थानीय तहको प्रमुखमा २१ र उप प्रमुखमा १५ जनाले मनोनयन दर्ता गराएका हुन् । ४८ जनाले वडा अध्यक्ष र १ सय ९८ जनाले वडा सदस्य पदमा उम्मेदवारी दिएका छन् ।
१७ वटा स्थानीय तह रहेको मोरङमा धनपालथान गाउँपालिकामा आइतबार कसैले पनि मनोनयन दर्ता गरेनन् । विराटनगरमा १ जना सफारी चालकले वडाध्यक्ष पदमा उम्मेद्वारी दिएका छन् ।
सुन्दरहरैंचा नगरपालिकामा तीन जना प्रमुखसहित १० जनाले उम्मेदवारी दिएका छन् । सुन्दरहरैंचामा स्वतन्त्र उम्मेद्वार डा. प्रकाश भट्टराईसहित विवेकशील साझा पार्टी र मंगोल नेशनल अर्गनाइजेसनले प्रमुख पदमा उम्मेदवारी दिएका हुन् ।
विराटनगरमा ३ प्रमुखसहित ५७ जनाको उम्मेदवारी दिएका छन् । जसमध्ये २ जनाले स्वतन्त्रबाट नगरप्रमुख पदमा मनोनयन दर्ता गराएका हुन् । सिके राउतको जनमत पार्टीबाट १ जनाले मेयर पदमा मनोनयन दर्ता गराएका छन् ।
बेलबारी नगरपालिकामा एक जना प्रमुखसहित तीन जनाले उम्मेदवारी दिएका छन् । प्रमुखमा खम्बुवान् राष्ट्रिय मोर्चाले उम्मेदवारी दिएको छ ।
पथरी शनिशचरेमा दुई जना प्रमुखसहित २५ जनाले उम्मेदवारी दिएका छन् । प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी र मंगोल नेशनल अर्गनाइजेसनले उम्मेदवारी दिएका छन् ।
सुनवर्षीमा एक जना प्रमुखसहित १७ जना तथा रंगेलीमा एक जना वडा अध्यक्षले मात्र उम्मेदवारी दिएका छन् । रतुवामाइमा एक जना प्रमुखसहित ३४ जनाले उम्मेदवारी दिँदा लेटाङमा एक जनाले नगर प्रमुखमा उम्मेद्वारी दिएका छन् ।

उर्लाबारी नगरपालिकाको प्रमुखमा २ जनासहित ४२ जनाले उम्मेद्वारी दिएका छन् । बुढीगंगा गाउँपालिकामा एमालेबाट प्रमुखमा बलभद्र सरदार थारु र उपाध्यक्षमा तुलसा कुँवर विष्टले उम्मेदवारी दिएका छन् । बुढीगंगामा तीन जना प्रमुखसहित ४० जनाको उम्मेदवारी परेको छ । ग्रामथानमा एमालेबाट अध्यक्षमा शिवनारयण माझी र उपाध्यक्षमा गुढावती धामीको उम्मेदवारी परेको छ । ग्रामथानमा दुई जना अध्यक्षसहित ३९ जनाको उम्मेद्वारी परेको छ ।
केराबारी गाउँपालिकामा राष्ट्रिय मुक्ति मोर्चाले मात्र अध्यक्षमा उम्मेदवारी दिएको छ । मिक्लाजुङ्गमा ३ जना प्रमुखसहित ४७ जनाले उम्मेदवारी दिँदा कानेपोखरीमा २ जना प्रमुखसहित ४७ जनाले र कटहरी गाउँपालिकामा २ जना प्रमुखसहित ७ जनाले उम्मेदवारी दिएका छन् ।
Facebook Comment
Banner
जनकपुरलाई हराउँदै लुम्बिनी लायन्स पहिलोपटक प्लेअफमा
सिद्धार्थ बैंक एनपीएल क्रिकेटमा लुम्बिनी लायन्स प्लेअफमा प्रवेश गर्ने चौथो टोली बनेको छ। शुक्रबार जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै लुम्बिनीले पहिलोपटक प्लेअफ स्थान सुरक्षित गरेको हो । १३३ रनको लक्ष्य लुम्बिनीले १९.१ ओभरमा ६ विकेट खोस्दै पूरा गर्यो। कप्तान रोहित पौडेलले ३४, डार्शी सर्टले ३० रन बनाए। पराजयसँगै जनकपुर, पोखरा एभेन्जर्स र चितवन राइनोज प्लेअफ दौडबाट बाहिरिए। यसअघि सुदूरपश्चिम रोयल्स, काठमाडौँ गोर्खाज र विराटनगर किंग्सले प्लेअफ बुक गरिसकेका छन्। अब शनिबारको खेलपछि दोस्रो र तेस्रो स्थानको टुङ्गो लाग्नेछ।
Banner
गछिया गोल्डकपको फाइनलमा गाईघाट युनाइटेड
सहलेस फुटबल क्लब सिरहामाथि संघर्षपूर्ण जित निकाल्दै गाईघाट युनाइटेड अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
मोरङको सुन्दरहरैंचा–गछिया बजार खेल मैदानमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा गाईघाटले सहलेसलाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो। खेलको ६९औँ मिनेटमा सुनिल खड्काले प्रहार गरेको फ्री–किक नै टिमका लागि निर्णायक गोल बन्यो।
विजयी टिमका विनोद राई ‘म्यान अफ द म्याच’ घोषित भए। उनले नगद ५ हजार १ सय रुपैयाँ प्राप्त गरे।
गाईघाट युनाइटेडले अब उपाधिका लागि शनिबार हुने आयोजक गछिया युवा समाज र राष्ट्रिय जागृति क्लब इटहरीबीचको दोस्रो सेमिफाइनल विजेतासँग सोमबार भिड्नेछ।
प्रतियोगितामा विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।
Banner
एनपीएल क्रिकेटमा आज जनकपुर र लुम्बिनी खेल्दै
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो ४ बजे सुरु हुने छ।
रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लिग चरणको अन्तिम खेल खेल्दैछ। अघिल्ला ६ खेलमध्ये ३ मा जित निकाल्दै ६ अंकसहित प्लेअफ नजिक पुगेको लुम्बिनीका लागि आजको खेल अत्यन्तै महत्वपूर्ण मानिँदैछ। जीत हासिल गरे प्लेअफ स्थान सुरक्षित हुने छ।
पछिल्लो संस्करणको विजेता जनकपुर बोल्ट्सको भने यसपटक प्रदर्शन कमजोर रह्यो। ५ खेलमा जम्मा २ अंक जोडेको जनकपुरले एक खेल मात्र जित्न सफल भएको छ। अनिल साहको कप्तानीमा रहेको जनकपुरले आज आफ्नो छैटौँ खेल खेल्दैछ।
जनकपुरले आजको खेल जिते पनि प्लेअफ समीकरण अन्य खेलहरूमा निर्भर रहने छ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login