राजनीति
नेकपा माओवादी केन्द्र सुन्दरहरैंचाको प्रतिबद्धतापत्र सार्वजनिक, अक्षरशः कार्यान्वयन गर्न प्रतिबद्ध भएको भनाइ
विराटचोकः सुन्दरहरैंचालाई देशकै नमूना नगर बनाउन सहज हुने गरी सिर्जनात्मक कामलाई प्राथमिकता दिने नेकपा माओवादी केन्द्रले जनाएको छ । आज पार्टीको सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा स्थानीय तह निर्वाचनको लागि सुन्दरहरैंचा नगरपालिकाको प्रतिबद्धतापत्र सार्वजनिक गर्दै प्रतिबद्धतापत्रको अक्षरशः कार्यान्वयन हुने जनाइएको हो ।
‘घोषणापत्रको कार्यान्वयन नभएमा हामी नालायक पात्र हुनेछौँ,’ आज आयोजित पत्रकार सम्मेलनमा आफ्नो भनाइ राख्दै उपमेयर पदका उम्मेद्वार नवराज चापागाईँले भने, ‘यो घोषणापत्र जस्ताको तस्तै कार्यान्वयन गर्न प्रतिबद्ध छौँ । घोषणापत्रमा उल्लेख गरेका योजना पूरा गरेनौँ भने हामी पार्टीका नेता र कार्यकर्ता हुनेछैनौँ ।’
सुन्दरहरैंचामा सिर्जनात्मक काम गरी नयाँ आयाम थप्दै उत्कृष्ट नगर बनाउन आफू लागिपर्ने उनले बताए ।

कृषिमा मात्र आश्रित ६० वर्षमाथिका किसानलाई किसान पेन्सन कार्यक्रम समावेश गर्ने तथा सबै सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाट निःशुल्क गुणस्तरीय शिक्षा प्रदान गरिने घोषणापत्रमा उल्लेख छ । पूर्वाञ्चल विश्वविद्यालयमा तत्काल १ सय बेडको र पछि ३ सय बेडको शिक्षण अस्पताल सञ्चालन गरिने तथा सुन्दरहरैंचा नगरपालिकामा विवाह गरेर आउने विपन्न परिवारका बुहारीलाई निःशुल्क उच्च शिक्षा र सीप विकास तालीम दिई रोजगार बनाइने घोषणापत्रमा उल्लेख छ ।
तत्कालीन र दीर्घकालीन महत्वका विषयहरु कृषि, मानव संशाधन, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइ लगायतका १९ शीर्षकमा माओवादीले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो ।

कार्यक्रममा आफ्नो भनाइ राख्दै पार्टीको केन्द्रीय समिति सदस्य गोपी अछामीले प्रतिबद्धता कार्यान्वयनमा खबरदारी गर्नु सञ्चारकर्मीलगायत सबै पक्षको अधिकार भएको बताए । गठबन्धनभित्र वडा तहसम्म नै गठबन्धन गर्न अझै कसरत भइरहेको र माओवादीले ४ वटा वडामा दाबी गरेको उनले जनाए । भोलि सकिने वडा तहका कोणसभापछि यसमा छलफल गरेर टुङ्गो लाग्ने उनले जानकारी दिए ।
प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा पार्टीको प्रदेश कमिटी सदस्यहरु अरुण सुन्दास, लता न्यौपाने, सीता कडरिया, राम कार्की, नगर अध्यक्ष दुष्यान्त भट्टराईलगायत उपस्थित थिए ।
सुन्दरहरैंचा कांग्रेसले सार्वजनिक गर्याे घोषणापत्र


Facebook Comment
Banner
एमालेमा उम्मेदवारी शुल्क : अध्यक्षलाई १५ हजार, केन्द्रीय सदस्यलाई ५ हजार
नेकपा एमालेमा उम्मेदवारी दर्ताका लागि शुल्क निर्धारण गरिएको छ, जसमा अध्यक्षका लागि १५ हजार, अरु पदाधिकारीका लागि १० हजार र केन्द्रीय सदस्यका लागि ५ हजार रुपैयाँ उम्मेदवारी दर्ता शुल्क तोकिएको छ ।
सबै पदको फारमका लागि १ सय रुपैयाँ तोकिएको छ । आजै उम्मेदवारी दर्ताको समय तोकिएको छ । भोलि बिहान ११ बजेबाट नेतृत्व चयनका लागि मतदान हुँदै छ ।
Banner
साफ महिला क्लब च्याम्पियनशिपको उपाधिका लागि एपीएफ र इस्ट बङ्गाल खेल्ने
साफ महिला क्लब च्याम्पियनशिपको उपाधिका लागि नेपालको लिग विजेता एपीएफ क्लब र भारतको लिग विजेता इस्ट बङ्गाल एफसी खेल्ने भएका छन् । लिग चरणका दुई खेल बाँकी छँदै एपीएफ र इस्ट बङ्गाल उपाधिका लागि खेल्ने भएका हुन् ।
काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हिजो भएको पहिलो खेलमा एपीएफले पाकिस्तानको कराँची सिटी एफसीलाई १–० गोलले हरायो । यस्तै हिजै बेलुका भएको दोश्रो खेलमा इस्ट बङ्गालले बङ्गलादेशको नसरिन स्पोर्टस एकेडेमीलाई ७–० गोलले हरायो ।
लगातार ३ खेलमा अपराजित इस्ट बङ्गाल ९ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । समान खेलमा २ जीत र १ बराबरीसहित एपीएफ ७ अङ्क जोड्दै दोश्रो स्थानमा छ । एपीएफले पहिलो खेलमा बङ्गलादेशको नसरिन स्पोट्र्स एकेडेमीलाई ४–० गोलले हराएको थियो भने दोस्रो खेलमा भूटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो ।
एपीएफले लिग चरणको अन्तिम खेलमा इस्ट बङ्गाल एफसीसँग पर्सि बुधवार खेल्नेछ । दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) ले पहिलो पटक आयोजना गरेको च्याम्पियनशिपमा ५ सदस्य राष्ट्रको लिग विजेता सहभागी छन् । सिङ्गल राउन्ड रोबिनपछि शीर्ष २ टोलीेले फाइनल खेल्नेछन् ।
Banner
सहयोगी मनद्वारा गछिया आधारभूत विद्यालयका ९८ विद्यार्थीलाई न्यानो स्विटर वितरण
जाडोको चिसो बढ्दै गएका बेला मोरङको गछिया आधारभूत विद्यालयमा अध्ययनरत ९८ जना विद्यार्थीलाई ‘सहयोगी मनहरु सामाजिक संस्थाले न्यानो स्विटर वितरण गरेको छ।
आइतबार आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष भीम अधिकारीले विद्यार्थीहरूलाई स्विटर हस्तान्तरण गर्दै शिक्षासँगै बालबालिकाको स्वास्थ्य र सुरक्षामा पनि ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनुभयो। उहाँले यस्ता सामाजिक अभियानले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो।
विद्यालय प्रशासनले संस्थाको सहयोगप्रति आभार व्यक्त गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूको नियमित उपस्थिती र मनोबल बढ्ने जनाएको छ। स्थानीय अभिभावकहरू पनि संस्थाको पहलप्रति खुशी देखिएका छन्।
सहयोगी मनहरु’ संस्थाले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा सहयोग निरन्तर गर्ने जनाएको छ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login