स्थानीय तह
जनता समाजवादी इटहरीका २७ जनाले त्यागे पार्टी
इटहरीः विभिन्न तहमा जिम्मेवारी लिएका जनता समाजवादी पार्टीका २७ जनाले पार्टी परित्याग गरेका छन् । पार्टी जनताको मर्म र भावना विपरीत अघि बढेको निष्कर्ष निकाल्दै जनता समाजवादी पार्टीको सुनसरी जिल्ला कार्यसमिति सदस्य तथा समाजवादी उद्योग वाणिज्य महासंघ इटहरी उपमहानगर कार्यसमिति संयोजक इन्द्रमाया आङ्गबुहाङ्ग सहित २७ जनाको समूहले पार्टी परित्याग गरेको घोषणा गरेको हो ।
बिहीबार एक विज्ञप्ती जारी गर्दै पार्टी परित्याग गरेको घोषणा गर्नेहरुमा इटहरी उपमहानगर महिला समिति सचिव मीना शेर्पा पनि छिन् । पार्टीमा लैङ्गिक समानता र उत्पीडनमा परेका जाति समुदायलाई उत्थान गर्ने तथा समतामूलक समाज निर्माण गर्ने केन्द्रीय नीति भए पनि व्यवहारमा नभएको उनीहरुको आरोप छ ।
व्यक्तिवादी चरित्र हावी भएको हुँदा पार्टी परित्याग गर्नुपर्ने अवस्थामा आउनु परेको उनीहरुले बताएका छन् । पार्टीले महिलां हिंसालाई निस्तेज पार्नुको सट्टा आफ्नै संगठनभित्रका महिलामा हिंसा हुँदा समेत न्याय दिनुको सट्टा बिभिन्न बहानामा अन्याय गरिरहेको पनि उनीहरुको आरोप छ ।

स्थानीय निर्वाचनमा केन्द्रको निर्णय बमोजिम लोकतान्त्रिक गठबन्धन गरेर प्रतिमगनलाई परास्त गर्नुपर्नेमा तमाम कार्यकर्ताको भावना र पार्टी केन्द्रको निर्णय विपरीत आफुखुशी निर्णय गरेर मेयर उपमेयर लगायतका पदहरुमा उम्मेद्वारी दिएको समेत असन्तुष्ट कार्यकर्ताको आरोप छ ।
जनता समाजवादी पार्टीले इटहरी उपमहानगरमा मेयर र उपमेयरको उम्मेद्वारी दिएको भए पनि त्यो निस्क्रिय राख्ने र वडा तहमा मित्रवत प्रतिष्पर्धा गर्ने निर्णय सार्वजनिक गरेको थियो ।
यस्तो छ उनीहरुले जारी गरेको प्रेस विज्ञप्तिः
प्रेस विज्ञप्ती मितिः २०७९ बैशाख २१
हामी जनता समाजवादी पार्टीको बिभिन्न तह र तप्कामा आवद्ध तपशिलका व्यक्तिहरु पार्टी मर्म र भावना विपरित अघि बढेको निष्कर्ष निकाल्दै पार्टी परित्याग गरेर स्वतन्त्र जिवन विताउने निर्णयमा पुगेका छौँ ।
लैगिंक समानता, उत्पीडनमा परेका जाती समुदायलाई उत्थान गर्दै समतामुलक समाज निर्माण गर्ने महान उद्देश्य लिएर अघि बढेको पार्टीको केन्द्रिय नीति भएता त्यसो नभएको हामीले महशुस गरेका छौँ । पार्टीले समतामुलक समाजको निर्माणमा सबैमा समान व्यवहार गर्नुपर्नेमा त्यो नगरी आफु निकट र परका व्यक्ति छुटाउने गरी व्यक्तिबादी चरित्र हावी भएको पाइएको छ ।
जातजाती, लैंगिक, क्षेत्रिय वर्गिय समानताका साथै सबै क्षेत्रको समान प्रतिनिधित्व निर्माण भएको पार्टीले महिलां हिंसालाई निस्तेज पार्नुको सट्टा आफ्नै संगठनभित्रका महिलामा हिंसा हुँदा समेत न्यान दिनुको सट्टा बिभिन्न बहानामा अन्याय गरिरहेको र पार्टीमा भएको अन्याय विरुद्ध आवाज उठाउन समेत नदिँदा अन्यायको विरुद्ध आवाज बन्नुपर्ने पार्टीको नेतृत्वमा रहेकाहरु नैे आफै अन्याय गर्न उदत्त देखिएको पाईयो ।
स्थानीय निर्वाचन आउँदै गर्दा समेत पार्टी केन्द्रको निर्णय बमोजिम लोकतान्त्रिक गठबन्धन गरेर प्रतिमगनलाई परास्त गर्ने नीतिमा समेत पार्टीले इटहरी उपमहानगरमा लोकतान्त्रिक गठबन्धन गरेर जानुपर्नेमा तमाम कार्यकर्ताको भावना र पार्टी केन्द्रको निर्णय विपरित आफुखुशी निर्णय गरेर मेयर उपमेयर लगायतका पदहरुमा उम्मेद्वारी दिँदा पार्टीको निकाय कति इमान्दार छ भन्ने प्रष्ट भइसकेको छ ।
पार्टीको इटहरी उपमहानगर कमिटीले मेयर, उपमेयर पदमा गठबन्धन गर्ने र वडा तहमा चाहिँ गठबन्धन नगरी आफ्नै उम्मेद्वारलाई भोट दिने गरी मित्रवट प्रतिस्पर्धा गर्ने भन्ने निर्णयबाट समेत हामीलाई आघात पर्न गएको छ । अन्यायमा परेकाहरुलाई न्याय दिनमा पार्टी चुक्नुका साथै पार्टी केन्द्र र कार्यकर्ताको भावना विपरित अगाडी बढ्दा हामी तमामको मनोभावनामा ठेस पुगेको छ । यीनै कारणले हामी जनता समाजवादी पार्टीको तपसिलका व्यक्तिहरु आज कै मिती बाट पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको घोषणा गर्दछौं । अव उप्रान्त स्वतन्त्र रहने निर्णय समेत गरेका छौँ ।
तपशिल
१, इन्द्रमाया आङ्गबुहाङ्ग – जिल्ला कार्यसमिति सदस्य, सुनसरी, समाजवादी उद्योग वाणिज्य महासंघ, इटहरी उपमहानगर कार्यसमिति संयोजक
२, सरिता आले – नगर समिति सदस्य , इटहरी उपमहानगर समिति, महिला समिती सदस्य इटहरी उपमहानगरपालिका
३, जंग लिम्बु – नगर समिति सदस्य , इटहरी उपमहानगरपालिका
४, दिल कुमारी थलङ्ग –समाजवादी उद्योग वाणिज्य महासंघ, इटहरी उपमहानगर कार्यसमिति सदस्य
५, दुर्गा लिम्बु –समाजवादी उद्योग वाणिज्य महासंघ, इटहरी उपमहानगर कार्यसमिति सदस्य
६, अम्बिका मगर –समाजवादी उद्योग वाणिज्य महासंघ, इटहरी उपमहानगर कार्यसमिति सदस्य
७, जमुना गुरुङ्ग–समाजवादी उद्योग वाणिज्य महासंघ, इटहरी उपमहानगर कार्यसमिति सदस्य
८, राधिका लिम्बु –समाजवादी उद्योग वाणिज्य महासंघ, इटहरी उपमहानगर कार्यसमिति सदस्य
९, कमली चौधरी –समाजवादी उद्योग वाणिज्य महासंघ, इटहरी उपमहानगर कार्यसमिति सदस्य
१०, सिता अधिकारी –समाजवादी उद्योग वाणिज्य महासंघ, इटहरी उपमहानगर कार्यसमिति सदस्य
११, रनेश घिमिरे –समाजवादी उद्योग वाणिज्य महासंघ, इटहरी उपमहानगर कार्यसमिति सदस्य
१२, वृजा राई –समाजवादी उद्योग वाणिज्य महासंघ, इटहरी उपमहानगर कार्यसमिति सदस्य
१३, सुमित्रा राई –समाजवादी उद्योग वाणिज्य महासंघ, इटहरी उपमहानगर कार्यसमिति सदस्य
१४, राजु राई –समाजवादी उद्योग वाणिज्य महासंघ, इटहरी उपमहानगर कार्यसमिति सदस्य
१५, जानुका राई –समाजवादी उद्योग वाणिज्य महासंघ, इटहरी उपमहानगर कार्यसमिति सदस्य
१६, गीता सुव्वा –समाजवादी उद्योग वाणिज्य महासंघ, इटहरी उपमहानगर कार्यसमिति सदस्य
१७, प्रेम बहादुर लिम्बु – वडा सदस्य, वडा नम्बर १४ इटहरी उपमहानर समिति
१८, रमेश श्रेष्ठ – वडा सदस्य, वडा नम्बर १४ इटहरी उपमहानर समिति
१९, दिल कुमारी साँवा – वडा सदस्य, वडा नम्बर १४ इटहरी उपमहानर समिति
२०, सन्तोष आङबुहाङ – वडा सदस्य, वडा नम्बर १४ इटहरी उपमहानर समिति
२१, सन्तोष न्योङ – वडा सदस्य, वडा नम्बर १४ इटहरी उपमहानर समिति
२२, अमृता याक्खा, –समाजवादी उद्योग वाणिज्य महासंघ, इटहरी उपमहानगर कार्यसमिति सदस्य
२३, अस्मिता खड्का राई – वडा सदस्य, वडा नम्बर १४ इटहरी उपमहानर समिति
२४, धन कुमार लिम्बु – वडा सदस्य, वडा नम्बर १४ इटहरी उपमहानर समिति
२५, मिना शेर्पा –इटहरी उपमहानगर महिला समिति सचिव
२६, सविना राई –समाजवादी उद्योग वाणिज्य महासंघ, इटहरी उपमहानगर कार्यसमिति सदस्य
२७ नविन कला राई –समाजवादी उद्योग वाणिज्य महासंघ, इटहरी उपमहानगर कार्यसमिति सदस्य
Facebook Comment
Banner
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई बर्खास्त गर्न सिफारिस
सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक वंशीराज दाहाललाई बर्खास्त गर्न सिफारिस गरिएको छ । सशस्त्रकै एआइजी अन्जनीकुमार पोखरेल नेतृत्वको समितिले दाहाललाई बर्खास्त गर्न गृह मन्त्रालयलाई सिफारिस गरेको हो ।
बिहीबार प्रतिवेदन बुझाउँदै पोखरेलले सशस्त्र प्रहरी नियमावली अनुसार विभागीय कारबाहीको सिफारिस गरेको हो । सशस्त्र प्रहरी नियमावली, २०७२ को दफा ११३ मा आचरण विपरीतको काम गर्ने सशस्त्र प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था छ ।
सोही दफाअनुसार कारबाहीको सिफारिस भएर आएको गृह मन्त्रालयका एक उच्च अधिकृतले बताए । गृह मन्त्रालयका एक उच्च अधिकृतले लोकान्तरलाई बताए । ‘एआइजी दाहाललाई सशस्त्र प्रहरीको नियमावलीअनुसार नै बर्खास्त गर्न सिफारिससहितको प्रतिवेदन आएको छ,’ ती अधिकृतले भने,’ अब गृहमन्त्रीज्यूले कार्यान्वयन गर्नुहुनेछ ।’
नियमावलीअनुसार त्यसको निर्णय गर्ने अधिकार गृहमन्त्रीलाई रहेको छ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ पर्दा दाहाल काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा भेट्न पुगेका थिए । अनुसन्धान कार्यालयको टोलीले जबरालाई असोज ११ गते राति काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको थियो ।
दाहालमाथि संवेदनशील सूचना चुहाएको भन्दै असोज १९ गते गृह मन्त्रालयले निलम्बन गरेको थियो । मन्त्रालयले सोही दिन एआइजी पोखरेलको नेृत्वमा छानबिन समिति पनि गठन गरिएको थियो ।
अहिले निलम्बनमा परेका दाहाल सशस्त्र प्रहरीको सीमा विभाग प्रमुखको रुपमा कार्यरत थिए । सरकारले म्याद थप नगरेको अवस्थामा यही २७ वैशाखको राति १२ बजेबाट दाहाल अनिवार्य अवकाशमा जाँदै थिए ।
Banner
शिक्षकलाई सवारी किन्न ब्याज अनुदान
शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको शिक्षा (एघारौँ संशोधन) नियमावली, २०८३ सहमतिका लागि शिक्षा मन्त्रालयले अर्थ मन्त्रालयमा पठाएको छ।
प्रस्तावित व्यवस्थाअनुसार माध्यमिक तह प्रथम श्रेणीका शिक्षकले रु। ५० लाखसम्म र द्वितीय श्रेणीका शिक्षकले ४० लाखसम्मको सवारी साधन खरिद गर्न सक्नेछन्।
त्यस्तै, माध्यमिक तृतीय श्रेणी, निम्नमाध्यमिक र प्राथमिक तहका सबै श्रेणीका शिक्षकले ४ लाखसम्मको दुईपाङ्ग्रे सवारी साधन खरिद गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ।
सवारी साधन खरिदका लागि बैंकमार्फत हुने वित्तीय व्यवस्थामा लागत रकमको ८० प्रतिशतसम्मको किस्तागत ब्याज नेपाल सरकारले सहुलियतस्वरूप व्यहोर्ने व्यवस्था नियमावलीमा राखिएको छ। शिक्षकले बाँकी २० प्रतिशत रकम आफैं व्यवस्थापन गरी सवारी साधन खरिद गर्न सक्नेछन्।
Banner
साउदी विमानस्थलमा हुथीको आक्रमण
यमनका हुथी विद्रोहीले साउदी अरेबियाको राजधानी रियादस्थित मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् ।
इरान समर्थित हुथीले बिहीबार गरेको यो दाबी साउदी अरेबियामा श्रृङ्खलाबद्ध आक्रमणमा तीन जनाको मृत्यु भएको र यमनी सरकारले त्यसविरुद्ध ठूलो प्रतिआक्रमण घोषणा गरेको एक दिनपछि आएको हो ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले रियादस्थित राजा खालिद अन्तर्राष्ट्रिय विमानस्थललाई ब्यालेस्टिक क्षेप्यास्त्रले सफलतापूर्वक निशाना बनाइएको र त्यसले विमानस्थलको सञ्चालनमा बाधा पुर्याएको दाबी गरेका छन् ।
यो साता हुथी समूहले उक्त विमानस्थलमा आक्रमण गरेको जिम्मेवारी लिएको यो तेस्रो पटक हो । सारीले साउदी हवाई क्षेत्र हुँदै उडान नगर्न अन्तर्राष्ट्रिय विमान कम्पनीहरूलाई पुनः चेतावनी दिएका छन् ।
सन् २०१४ देखि यमनको गृहयुद्धमा संलग्न हुथीले देशको उत्तरपश्चिमी अधिकांश भूभाग नियन्त्रणमा राखेका छन् । उनीहरू यमनी सरकारसँग क्षेत्रीय नियन्त्रणका लागि लडिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घका अनुसार जारी लडाइँका कारण यमनमा दुई लाखभन्दा बढी मानिस विस्थापित भएका छन् ।
यमनको अन्तर्राष्ट्रिय मान्यता प्राप्त सरकारले यसै साता हुथीविरुद्ध ठूलो प्रतिआक्रमण सुरु गरेको घोषणा गरेको छ । सरकारले हुथी लडाकुलाई लाल सागर तथा बन्दरगाह सहर मोचाका रणनीतिक क्षेत्रबाट हटाइएको दाबीसमेत गरेको छ ।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login