स्थानीय तह
सुन्दरहरैंचा–११ का कांग्रेसका वडाध्यक्ष उम्मेद्वार बस्नेतले सार्वजनिक गरे २५ बुँदे सङ्कल्पपत्र
विराटचोकः नेपाली कांग्रेसबाट सुन्दरहरैंचा ११ मा वडाध्यक्ष पदमा उम्मेद्वारी दिएका हरिबहादुर बस्नेतले २५ बुँदे सङ्कल्पपत्र सार्वजनिक गरेका छन् ।
आफूले कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको उनले बताएका छन् । किसानलाई मल, बीउ र सिँचाइ सुविधा उपलब्ध गराउने, कृषि उपजहरु किसानबाट खरीद गर्न सहकारीहरुसँग समन्वय गर्ने उनले उल्लेख गरेका छन् ।
सङ्कल्पपत्रमा वडाका सबै विद्यालयमा बालमैत्री शिक्षण पद्धति लागू गरिने तथा दलित, आदिवासी, जनजाति तथा अति विपन्न परिवारका विद्यार्थीलाई निःशुल्क शैक्षिक सामग्री दिइने उल्लेख छ । आधारभूत स्वास्थ्य चौकीको स्थापना तथा समयसमयमा निःशुल्क घुम्ती स्वास्थ्य शिविर आयोजना गरिने उनले उल्लेख गरेका छन् ।
सामाजिक सुरक्षा भत्ता कार्ड घरमै गएर नवीकरण गरिने तथा एसईई उत्तीर्ण ५ जना जेहेन्दार विद्यार्थीलाई हरेक वर्ष छात्रवृत्ति दिइने र फोर जीपीए ल्याउने सबै विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिइने उनले जनाएका छन् ।
महिलाद्वारा सञ्चालित व्यवसाय निःशुल्क दर्ता गर्ने, वडाका धार्मिक महत्वका धरोहरको संरक्षण गर्ने, थारु सङ्ग्रहालय स्थापनामा पहल गर्ने, वडाका मूल सडक कालोपत्रे गरिने तथा अति विपन्न वडावासीको स्वास्थ्य बीमा गर्न वडाले सहयोग गर्नेलगायतका बुँदा उनले सङ्कल्प पत्रमा समावेश गरेका छन् ।
यस्तो छ उनले सार्वजनिक गरेको सङ्कल्पपत्रको पूर्ण पाठः
सुन्दरहरैंचा–२ का कांग्रेस उम्मेद्वारले सार्वजनिक गरे आफ्नो प्रतिबद्धता पत्र
Facebook Comment
Banner
नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका चिकित्सक, कर्मचारी, विद्यार्थीहरुले रक्तदान गरे
Banner
नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिल बिरटनगरको प्राबिधिक सहयोग र सुनसरी जिल्लाको बराहाक्षेत्र नगरपालिकाको आयोजनामा महेन्द्र मा. बि., भरौल, वार्ड –३ मा एक दिवसिय निःशुल्क स्वास्थ्य सिविरको आयोजना गरियो ।
Banner
नोबेलको निःशुल्क आँखा शिविरमा आँखा पाकेका बिरामीको भीड
आँखा पाक्ने समस्या बढिरहेका बेला विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बुधबार मोरङको पथरीशनिश्चरे–४ सिरिसेडाँडामा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।
पथरीशनिश्चरे ४ नं. वडा कार्यालयसँग सहकार्य गरेर एक दिने शिविर आयोजना गरिएको हो । शिविरमा २ सय ६० जना बिरामीको निःशुल्क आँखा जाँच गरी औषधि प्रदान गरिएको नोबेल शिक्षण अस्पतालका मार्केटिङ अफिसर नविन दाहालले जानकारी दिए ।
शिविरमा आएका बिरामीहरूलाई नोबेल अस्पतालको आँखा विभागका डाक्टरहरूको टोलीले परीक्षण गरेको थियो ।
सिरिसेडाँडास्थित आधारभूत स्वास्थ्य केन्द्रमा आयोजना गरिएको शिविरमा आँखा पाकेका बिरामीहरू गाउँ–गाउँबाट आएका थिए ।
गाउँमा आँखा पाक्ने रोग फैलिँदै गएकाले रोकथामका लागि शिविर सञ्चालन गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ ।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login