स्थानीय तह
सुन्दरहरैंचाका स्वतन्त्र उम्मेद्वार अधिकारी, सिटौला र मगरलाई कांग्रेसले गर्याे कारवाही
विराटचोकः आधिकारिक उम्मेद्वारको विरुद्धमा बागी उम्मेद्वारी दिने ३ जना उम्मेद्वारलाई नेपाली कांग्रेस सुन्दरहरैंचा नगर समितिले कार्वाही गरेको छ । ५ वर्षसम्म पार्टीको साधारण सदस्यसमेत नरहने गरी उपमेयर पदकी उम्मेद्वार कमला अधिकारी र वडाध्यक्ष पदका २ जना उम्मेद्वारलाई कारवाही गरिएको पार्टीले जनाएको छ । सुन्दरहरैंचा–१० निवासी अधिकारी महासमिति सदस्य थिइन् ।
कारवाहीमा पर्ने वडाध्यक्षका उम्मेद्वारमा वडा नम्बर ९ मा उम्मेद्वारी दिने जयप्रसाद सिटौला प्रदेश सभा क्षेत्रीय कार्यसमिति सचिव हुन् । त्यस्तै, वडा नम्बर ७ को वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेद्वारी दिने भुवनसिंह आलेमगर वडा नम्बर ७ का पूर्व वडा सदस्य हुन् ।
उनीहरु तिनै जनालाई नेपाली कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ४ (१३) (ग) बमोजिम ५ वर्षका लागि निष्कासन गरिएको पार्टी सभापति भक्तिप्रसाद सिटौलाद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा जनाइएको छ ।
Facebook Comment
Banner
नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका चिकित्सक, कर्मचारी, विद्यार्थीहरुले रक्तदान गरे
Banner
नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिल बिरटनगरको प्राबिधिक सहयोग र सुनसरी जिल्लाको बराहाक्षेत्र नगरपालिकाको आयोजनामा महेन्द्र मा. बि., भरौल, वार्ड –३ मा एक दिवसिय निःशुल्क स्वास्थ्य सिविरको आयोजना गरियो ।
Banner
नोबेलको निःशुल्क आँखा शिविरमा आँखा पाकेका बिरामीको भीड
आँखा पाक्ने समस्या बढिरहेका बेला विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बुधबार मोरङको पथरीशनिश्चरे–४ सिरिसेडाँडामा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।
पथरीशनिश्चरे ४ नं. वडा कार्यालयसँग सहकार्य गरेर एक दिने शिविर आयोजना गरिएको हो । शिविरमा २ सय ६० जना बिरामीको निःशुल्क आँखा जाँच गरी औषधि प्रदान गरिएको नोबेल शिक्षण अस्पतालका मार्केटिङ अफिसर नविन दाहालले जानकारी दिए ।
शिविरमा आएका बिरामीहरूलाई नोबेल अस्पतालको आँखा विभागका डाक्टरहरूको टोलीले परीक्षण गरेको थियो ।
सिरिसेडाँडास्थित आधारभूत स्वास्थ्य केन्द्रमा आयोजना गरिएको शिविरमा आँखा पाकेका बिरामीहरू गाउँ–गाउँबाट आएका थिए ।
गाउँमा आँखा पाक्ने रोग फैलिँदै गएकाले रोकथामका लागि शिविर सञ्चालन गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ ।
-
अर्थ4 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद4 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य4 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login