Connect with us
Advertisement

मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यसम्म स्वतन्त्र उम्मेद्वार विजयी भएको बर्दिबास नगरपालिका

Published

on

विराटचोकः गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा देशका धेरै स्थानमा स्वतन्त्र उम्मेद्वारले जितेका छन् । विजयी हुन नसकेका धेरै स्वतन्त्र उम्मेद्वारले सम्मानजनक मत पाएका छन् । यसै क्रममा मधेश प्रदेशको महोत्तरी जिल्लाको बर्दिबास नगरपालिकामा स्वतन्त्र उम्मेद्वारले मेयर, उपमेयर, वडाध्यक्ष र सदस्य पदमा जितेका छन् ।

रोचक कुरा त के छ भने विजयी हुने स्वतन्त्र उम्मेद्वार सबैले जेब्रा चुनाव चिह्न लिएका छन् । वडा नम्बर १ मा दलित महिला सदस्यमा बाहेक बाँकी पदमा स्वतन्त्रले जितेका छन् । सो पदमा भने स्वतन्त्र उम्मेद्वारले मनोनयन नै दर्ता नगरेकाले नेकपा एमालेकी माला विश्वकर्मा विजयी भएकी छिन् । बाँकी ४ पदमा स्वतन्त्र उम्मेद्वार विजयी भएका छन् ।

यस्तो छ स्वतन्त्र उम्मेद्वारले पाएको मतः
मेयर पदः
मेयर पदमा स्वतन्त्र उम्मेद्वार प्रह्लादकुमार क्षेत्री १४२१० मत ल्याएर विजयी भएका छन् । उनी जेब्रा चुनाव चिह्न लिएका थिए । सो पदमा नेकपा माओवादी केन्द्रका राजु खड्काले ८३२३ र नेकपा एमालेका टेकबहादुर बलम्पाकीले ३५२६ मत ल्याएका छन् । नेपाली कांग्रेसका चिरञ्जीवी हमालले १२६३ मत ल्याएका छन् । अन्य ७ जना उम्मेद्वारले १ हजारभन्दा कम मत ल्याएका छन् । पुतली चुनाव चिह्न लिएका उम्मेद्वारले शून्य मत पाएका छन् ।

उपमेयर पदः
उपमेयरमा स्वतन्त्र उम्मेद्वार तारादेवी महतो ९७३६ मत ल्याएर विजयी भएकी छिन् । उनी पनि घोडा (जेब्रा) चुनाव चिह्न लिएर चुनावी मैदानमा खडा भएकी थिइन् । उनकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी कृष्णमाया गौतमले ८१८५ मत ल्याउँदा नेकपा एमालेकी दुर्गाकुमारी दाहालले ४८०३, नेपाली कांग्रेसकी अमिनाकुमारी महतोले १७८५ र नेकपा एकीकृत समाजवादीकी कमलीमाया वाइबाले १३७० मत पाइन् । अन्य ४ जना उम्मेद्वारले ५०० मत पनि कटाउन सकेनन् भने पुतली चुनाव चिह्न लिएका उम्मेद्वारले शून्य मत पाएका छन् ।

 

२ जना वडाध्यक्ष १ मतान्तरले विजयी
बर्दिबास नगरपालिकाका १४ वटा वडामध्ये वडा नम्बर १, ७, १३ र १४ मा स्वतन्त्र उम्मेद्वार विजयी भएका छन् । उनीहरु सबैले जेब्रा चुनाव चिह्न लिएका छन् । तीमध्ये वडा नम्बर ७ र १४ का उम्मेद्वार १ मतको फरकले वडाध्यक्षमा निर्वाचित भएका छन् ।

वडा नम्बर १ मा स्वतन्त्र उम्मेद्वार भोला खड्का ८९६ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिष्पर्धी एमालेका बाबुकाजी चौलागाईँले ४७२ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेका अर्का स्वतन्त्र उम्मेद्वार निरोज अधिकारीले ४३२ मत ल्याएका छन् । उनी खरायो चुनाव चिह्न लिएर चुनावी मैदानमा खडा भएका थिए । नेकपा माओवादी केन्द्रका उम्मेद्वार हरिप्रसाद पौडेल ३७१ मत ल्याएर चौथो भएका छन् भने बाँकी ३ जना उम्मेद्वारले १०० मत कटाएका छैनन् ।

वडा नम्बर ७ मा जेब्रा चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेद्वारी दिएका रामस्वागरथ यादवले ७२७ मत पाएका छन् । उनी १ मतान्तरले विजयी भएका हुन् । ३ जनाले मात्रै उम्मेद्वारी दिएको सो वडामा नेकपा माओवादी केन्द्रका सुरेन्द्रकुमार सिंह कोइरीले ७२६ र नेकपा एमालेका धनसिंह कपछाकी मगरले १४२ मत पाएका छन् ।

वडा नम्बर १३ मा स्वतन्त्र उम्मेद्वार लक्ष्मण सिंह ४३३ मत ल्याएर विजयी भएका छन् । ९ जनाले उम्मेद्वारी दिएको सो वडामा नेकपा एमाले दोस्रो, लोकतान्त्रिक समाजवादी पार्टी तेस्रो, एकीकृत समाजवादी चौथो, नेकपा माओवादी केन्द्र पाँचौँ स्थानमा रहेका छन् । बाँकी ४ जना उम्मेद्वारले ५० मत पनि कटाएका छैनन् । जनमत पार्टी, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार छैटौँ, सातौँ, आठौँ र नवौँ स्थानमा रहेका छन् ।

वड नम्बर १४ मा स्वतन्त्र उम्मेद्वार १ मतान्तरले विजयी भएका छन् । ५०८ मत ल्याएर विजयकुमार महतो विजयी हुँदा उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका भरतबहादुर हमालले ५०७ मत पाएका छन् । माओवादी केन्द्रका उमेशकुमार महतोले ३९५ र नेकपा एमालेका डाकराज पोखरेलले ३१२ मत पाएका छन् । बाँकी ३ जना उम्मेद्वारले ४० मत पनि कटाएका छैनन् ।

वडा नम्बर २, ५, ९ र १० को अध्यक्षमा स्वतन्त्र उम्मेद्वारी परेको थिएन ।

वडा नम्बर ३ मा जेब्रा चुनाव चिह्न लिएका उम्मेद्वार वडाध्यक्ष पदमा ७७ मत ल्याएर तेस्रो स्थानमा छन् । सो वडामा नेकपा एमालेका उम्मेद्वार विजयी हुँदा नेकपा माओवादी केन्द्रका उम्मेद्वार दोस्रो भएका छन् । नेपाली कांग्रेसका उम्मेद्वार स्वतन्त्रभन्दा पछि चौथो स्थानमा रहेका छन् ।
वड नम्बर ४ मा पनि जेब्रा चुनाव चिह्न लिएका स्वतन्त्र उम्मेद्वार तेस्रो स्थानमा रहेका छन् । सो वडामा नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका छन् भने नेकपा माओवादी केन्द्रका उम्मेद्वार दोस्रो स्थानमा रहेका छन् । मुडा चुनाव चिह्न लिएका स्वतन्त्र उम्मेद्वारले शून्य मत पाएका छन् ।
वडा नम्बर ६ मा जेब्रा चुनाव चिह्न लिएर उठेका स्वतन्त्र उम्मेद्वार तेस्रो स्थानमा रहेका छन् । नेकपा माओवादीले चुनाव जितेको सो वडामा एमाले दोस्रो स्थानमा रहेको छ । चौथो स्थानमा जनमत पार्टी छ भने ७ जनाले उम्मेद्वारी दिएको सो वडामा नेपाली कांग्रेस पाँचौँ स्थानमा पुगेको छ ।

वडा नम्बर ८ मा स्वतन्त्र उम्मेद्वार पाँचौँ स्थानमा रहेका छन् । जेब्रा चुनाव चिह्न लिएका उनी कांग्रेस उम्मेद्वारभन्दा अघि छन् । कांग्रेस सो वडाको मत परिणामअनुसार अन्तिम स्थानमा रहेको छ । नेकपा माओवादी केन्द्रले जितेको सो वडामा नेकपा एमाले दोस्रो स्थानमा छ । लोकतान्त्रिक समाजवादी पार्टी तेस्रो तथा राष्ट्रिय जनमुक्ति पार्टी चौथो स्थानमा रहेका छन् ।

वडा नम्बर ११ मा जेब्रा चुनाव चिह्न लिएर उम्मेद्वारी दिएका स्वतन्त्र उम्मेद्वार सहित ३ जनाको उम्मेद्वारी पर्दा स्वतन्त्र उम्मेद्वार तेस्रो स्थानमा भए पनि सम्मानजनक मत पाएका छन् । ८१६ मत ल्याएर नेकपा माओवादी केन्द्रका उम्मेद्वार विजयी हुँदा निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका उम्मेद्वारले ७२३ मत ल्याएका छन् । अन्तिम स्थानमा रहेका स्वतन्त्र उम्मेद्वारले ६७८ मत ल्याएका छन् ।

७ जना उम्मेद्वार रहेको वडा नम्बर १२ मा जेब्रा चुनाव चिह्न लिएका स्वतन्त्र उम्मेद्वार चौथो स्थानमा रहेका छन् । यद्यपि उनले नेकपा एमालेका उम्मेद्वारको भन्दा बढी मत ल्याएका छन् । नेकपा माओवादी केन्द्रले जितेको सो वडामा नेपाली कांग्रेस दोस्रो भएको छ । जनमत पार्टी तेस्रो भएको छ भने एमाले पाँचौँ भएको छ ।

वडा नम्बर १ मा स्वतन्त्रको प्यानल विजयी
बर्दिबास नगरपालिकाको वडा नम्बर १ मा दलित महिला सदस्यबाहेक बाँकी ४ पदमा जेब्रा चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेद्वारी दिएका विजयी भएका छन् । दलित महिला सदस्यमा भने स्वतन्त्र उम्मेद्वारी परेको थिएन । सो पदमा नेकपा एमालेकी उम्मेद्वार विजयी भएकी छिन् ।

महिला सदस्यमा स्वतन्त्र उम्मेद्वार लक्ष्मी कोइराला विजयी भएकी छिन् । खुला सदस्यमा श्यामकुमार तामाङ र हरिप्रसाद गौतम विजयी भएका छन् । स्वतन्त्र उम्मेद्वार उनीहरुले समान ७७४ मत पाएका छन् ।

 

 

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए

Published

on

नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।

निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।

यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।

पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।

१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह

Continue Reading

Banner

चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल

Published

on

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।

खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।

Continue Reading

Banner

आज सोनाम ल्होसार

Published

on

तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।

झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।

नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक