शिक्षा / स्वास्थ्य
सिद्धार्थ स्कुलद्वारा क्याप्टेन र भाइस क्याप्टेन छान्न निर्वाचन

विराटचोकः मोरङको सुन्दरहरैंचा–१० खोर्सानेमा रहेको सिद्धार्थ सेकेन्डरी स्कुलले मतदानका बारेमा जानकारी दिन विद्यालयमा क्याप्टेन र भाइस क्याप्टेनको छनोट गर्ने भएको छ । शुक्रबार भएको निर्वाचनमा ६ वटा समूहबाट ४८ जनाले उम्मेद्वारी दिएका छन् । निर्वाचन प्रक्रिया भने सरकारले गराउने निर्वाचनकै जस्तो रहेको थियो । मत परिणाम भने शनिबार आउने विद्यालयले जनाएको छ ।
कक्षा ६ देखि १० सम्मका विद्यार्थीले प्रतिनिधि चुन्न पाउने व्यवस्था रहेकाले ४ सय भन्दा बढी मतदाता रहेको प्रमुख निर्वाचन आयुक्त तथा विद्यालयका प्रिन्सिपल अर्जुन बस्नेतले बताए ।
त्यस्तै, विद्यालयमा कक्षा १ मा पुगेका विद्यार्थीहरुलाई दीक्षित गरेको छ । पूर्व प्राथमिक तहको पढाइ सकेर कक्षा एकमा गएका ८७ जना विद्यार्थीलाई प्रमाणपत्र सहित दीक्षित गरिएको हो । कार्यक्रममा विद्यार्थीका अभिभावक समेतको उपस्थिति रहेको थियो । दीक्षित हुने विद्यार्थीले नृत्य र गायन मार्फत् मनोरन्जन समेत गराएका थिए ।
कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल बस्नेतले कक्षा एकमा पढ्न शुरु गरेको वर्षबाट औपचारिक पढाईको शुरु गरेको बताउँदै एउटा तह पार गरेकाले विद्यार्थीहरूको हौसलाको लागि यो कार्यक्रम राखिएको बताए ।
यो कार्यक्रमको माध्यमबाट मूलतः नानीहरुलाई प्रोत्साहन मिल्ने र सो हौसलाले पढाइप्रति चासो हुने गरेको बस्नेतले बताए । अहिले पढाउनको लागि डिजिटल कक्षा स्थापना गरेको उनले बताए । हाल विद्यालयमा १ हजार ४ सय भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।
Banner
सुनको भाउ १०० रुपैयाँ बढ्दा चाँदीको घट्यो १५ रुपैयाँ

विराटचोकः आज सुनको भाउ बढेको छ भने चाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा १ सय रुपैयाँ बढेको छ । चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला ९७ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ । तेजाबी सुनको भाउ प्रति तोला ९७ हजार ३ सय र असली चाँदीको भाउ प्रति तोला १ हजार २ सय ४० रुपैयाँ निर्धारण भएको छ ।
हिजो सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढ्दा चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेको थियो ।
Banner
आजदेखि हिमालयन हाइड्रोपावरको आईपीओ बिक्री शुरु

विराटचोकः हिमालयन हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।
सो कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेकोमा २ लाख ८१ हजार ७ सय ५० कित्ता मात्र बाँडफाँड भएको थियो । बाँकी ६ लाख १८ हजार २ सय ५० कित्ता सहित कुल १९ लाख ६८ हजार २ सय ५० कित्ता साधारण शेयर बिक्री शुरु गरेको हो ।
निष्काशन गरिने कुल शेयरमध्ये २ प्रतिशत अर्थात् ३९ हजार ३ सय ६५ कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् ९८ हजार ४ सय १३ कित्ता शेयर सामूहिक लगानी कोषमा बाँडफाँड गरिएको छ । सर्वसाधारणले बाँकी १८ लाख ३० हजार ४ सय ७२ कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
निष्काशन बन्द छिटोमा असार १९ गते हुनेछ भने ढिलोमा असार २९ गते हुनेछ । आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो शेयर एप तथा वेबसाइटबाट पनि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
Banner
आज राष्ट्रिय धान दिवस

विराटचोकः असार १५ गते आज राष्ट्रिय धान दिवस मनाइँदै छ । नेपाली समाजमा आजको दिनलाई दही चिउरा खाने पर्वका रुपमा पनि चिनिन्छ ।
वि.सं. २०६१ मंसिर २९ गतेको मन्त्रीस्तरीय निर्णयले २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । आजको दिन असारे भाकामा लोक लयका गीत गाउँदै धान रोप्ने र हिलो छ्यापाछ्याप गरेर रमाइलो गर्ने चलन छ ।
-
अर्थ3 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
खेलकुद3 years ago
रंगशालाको अवलोकन
-
अर्थ2 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य3 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
मुख्य3 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य3 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
प्रदेश नं. १2 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
-
मुख्य3 years ago
जित्ने स्वास्थ्य मन्त्री, हार्ने मेडिकल कलेज सञ्चालक
You must be logged in to post a comment Login