कर्णाली प्रदेश
कर्णाली प्रदेशमा ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम
कालीकोटः कर्णाली प्रदेश सरकारले ल्याएको ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कालीकोटको सदरमुकाम मान्मामा शुरु गरेका छन् ।
खाँडाचक्र नगरपालिका–२ मान्माकी दर्शना दमाईकी ४ महिने छोरी जानकी परियार र सोही नगरपालिका–१ का रतना सुनारकी २ महिने छोरी जमुना सुनारलाई बैँक खाता खोल्न उनले १ हजार रुपैयाँको चेक प्रदान गरे । कर्णालीका छोरीको सामाजिक न्यायका लागि सरकारले यो विशेष कार्यक्रम ल्याएको मुख्यमन्त्री शाहीले बताए ।
प्रदेशका ७९ स्थानीय तहमा एक÷एक नमूना विद्यालय निर्माण र १७ लाख ७० हजार नागरिकको विपद् जोखिम बीमा कार्यक्रम शुभारम्भ गरिएको उनको भनाइ थियो । सामाजिक विकास मन्त्री दल रावलले मानव पूँजी विकासमा प्रदेश सरकार निरन्तर लागेको बताए । यसअघि छोरी बुहारी छात्रवृत्ति कार्यक्रमबाट कर्णालीका २ सय महिला लाभान्वित भएको उनले बताए ।
Facebook Comment
Banner
जाजरकोट भूकम्पमा परी १ सय ३३ जनाको मृत्यु
सुर्खेतः जाजरकोटमा गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी अहिलेसम्म एक सय ३३ जनाको ज्यान गएको छ । भूकम्पबाट अहिलेसम्म दुवै जिल्लामा गरी एक सय ८५ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार जाजरकोटमा ९५ जनाको तथा रुकुम पश्चिममा ३८ जनाको ज्यान गएको छ । घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज तथा अन्य ठाउँमा लगिएको छ ।
शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु भई ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो ।
Banner
नलगाढ नगरपालिकाकी उपप्रमुखसहित ६३ जनाको भूकम्पका कारण मृत्यु
सुर्खेतः शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युटको भूकम्पले जाजरकोटको नलगाढ नगरपालिकाकी उपप्रमुख सरिता सिंहको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले जानकारी दिएका छन् ।
उपप्रमुख सिंहको सदरमुकामस्थित घरमै सुतिरहेको अवस्थामा भूकम्पले मृत्यु भएको हो । उनी कांग्रेसबाट निर्वाचित भएकी थिइन् ।
जाजरकोट र रुकुम पश्चिममा भूकम्पमा परी मृत्यु हुनेको संख्या ६३ जना पुगेको छ । कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालका अनुसार जाजरकोटमा ३६ जना र रुकुम पश्चिममा २७ जनाको ज्यान गएको पुष्टि भएको हो ।
उनका अनुसार भूकम्पमा परी घाइते भएकाहरूलाई उपचारको लागि जिल्ला अस्पतालमा पु¥याइएको छ । भूकम्पले घरहरु भत्किएको थाहा हुनासाथ उद्धारका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयबाट उद्धार टोली परिचालन गरिएको डीआइजी ढकालले बताए ।
Banner
शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युटको भूकम्प
सुर्खेतः शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटलाई केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुस गरिएको थियो । भूकम्पबाट जाजरकोट, पश्चिम रुकुमसहितका जिल्लाहरुमा घरहरुमा क्षति पुगेको छ । भूकम्पपीडितको उद्दारका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य5 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ5 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य5 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner5 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login