स्थानीय तह
बजेट निर्माणका लागि भएको छलफलमा कृषि, फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सुझाव
विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि बजेट, नीति तथा कार्यक्रम निर्माणका लागि राय, सुझाव संकलनको कार्यलाई प्राथमिकता दिएको छ ।
बुधबार नगरपालिकाको सभाहलमा नगरप्रमुख केदारप्रसाद गुरागाईको अध्यक्षतामा सर्वपक्षीय भेला गराई बजेट, नीति तथा कार्यक्रमका बारेमा सुझाव लिइएको छ । सो कार्यक्रममा अधिकांशले कृषि क्षेत्रमा नयाँ कार्यक्रम ल्याउन सुझाव दिएका थिए ।
कार्यक्रममा बोल्दै सुन्दरहरैंचा–५ का किसान चन्द्रप्रकाश भट्टराईले वर्षौंदेखि कृषि क्षेत्रमा लागेका किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन सुझाएका छन् । यस्तै, सुन्दरहरैंचा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नवराज चापागाईले सबै वडामा १÷१ वटा नमूना सडक निर्माण गर्नुपर्ने, सडकमा उच्च प्रविधिको सीसी क्यामेरा जडान, सडक बत्ती, सरकारी जग्गाको पहिचान गरी ९९ वर्षको लागि लिजमा दिएर रोजगारी सिर्जना हुने खालका उद्योग स्थापनामा नगरसभाले कार्यक्रम ल्याउनुपर्ने भनाइ राखेका थिए ।

यसैगरी, बालबालिकाको क्षेत्रमा नगर बाल सञ्जालका अध्यक्ष मदन भण्डारीले बालमैत्री नगर बनाउन योजना ल्याउनुपर्ने र नगरलाई बाल विवाहमुक्त नगर बनाउनुपर्ने, सबै विद्यालयमा बालहिंसाका विषयमा जनचेतनामूलक कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका थिए ।
नयाँ वृन्दावन गौशालाका संरक्षक दीनबन्धु शास्त्रीले पर्यटकीय क्षेत्रको विकास, मठ, मन्दिरको अभिलेखीकरण, विद्यालयमा दिइने अनुदानको व्यवस्थापन गर्नुपर्ने सुझाव दिएका थिए । नगरमा रहेको धनी देखिने विद्यालयले नै वर्षेनी अनुदान पाउने गरेको उदाहरण दिँदै यसलाई पूर्ण रुपमा रोकी सञ्चालनमा कठिनाई रहेका विद्यालयलाई अनुदान र सहयोग गर्ने नीति नगरले ल्याउन सुझाएका छन् ।
नागरिक समाजका अध्यक्ष दधिराम ढुंगानाले यातायातका साधनबाट निस्कने फोहोर व्यवस्थापन गर्न सबै सवारी साधनमा डस्बिन राखेर नगरमा देखिने फोहोर कम गर्ने नीति ल्याउनुपर्ने बताए । यस्तै, उनले नागरिकको डेटाबेस, सूचना प्रणालीको विकास गर्नुपर्ने, खेतीयोग्य जमीनको नक्साङ्कन गर्नुपर्ने, उत्पादनका आधारमा अनुदान दिनुपर्ने भन्दै नागरिक समाजको तर्फबाट निर्माण गरेको सुझावको दस्तावेज नगरप्रमुखलाई हस्तान्तरण गरेका छन् ।
अगुवा किसान ऐनकुमार गिरीले सरकारबाट लिइने अनुदानमा किसानलाई सास्ती भएको भन्दै जताततै कमिसनको कारणले किसान मारमा परेको बताए । किसानलाई प्रत्यक्ष फाइदा पुग्ने कार्यक्रम ल्याउन उनले सुझाएका छन् ।
एकीकृत समाजवादीकाे पार्टी प्रतिनिधिकाे तर्फबाट डोलेश्वर तिम्सिनाले विराटचोक क्षेत्रमा पानीको पोखरी भएको भन्दै यसको समाधान, वर्षातको बेला हुने डुबान समस्या, अपाङ्गता भएका व्यक्तिलाई पूर्ण रुपमा व्यवसाय दर्तामा छुट, नगरमा वर्षाैदेखि सञ्चालनमा आएर दर्ता नभएका व्यवसायीलाई छुटको कार्यक्रम ल्याएर दर्ता प्रक्रियामा ल्याउन सुझाएका थिए ।
विद्यार्थीको तर्फबाट चुडामणि रिजालले नगर क्षेत्रको पार्किङ व्यवस्थापनलाई समयमै ध्यान दिएर योजना ल्याउन सुझाएका छन् । बढ्दो बजारीकरणसँगै सवारी साधनहरु चोरी हुने क्रम बढेकाले यसको समाधानका लागि कार्यक्रम ल्याउन उनले माग गरेका छन् । केही सामुदायिक विद्यालयमा विद्यार्थीको चाप थेगिनसक्नु धेरै र कतै विद्यार्थी अत्याधिक कम भएको परिस्थितिलाई नीति कार्यक्रम बनाएर सबै विद्यालयमा विद्यार्थीले समान रुपले शिक्षा लिने खालका कार्यक्रम ल्याउन सुझाव दिएका छन् ।
नेकपा एमालेका नगर अध्यक्ष मातृकाप्रसाद ढकालले पूर्वाञ्चल विश्वविद्यालय, सुकुना बहुमुखी क्याम्पसजस्ता शैक्षिक संस्थालाई व्यवस्थित र नगरको गौरवको रुपमा लानुपर्ने बताएका छन् ।
अधिकांश वक्ताहरुले फोहोर व्यवस्थापन, कृषि शिक्षा र स्वास्थ्यका बारेमा चासो राखेका थिए ।
कार्यक्रममा बेलका नगरपालिका कृषि इन्जिनियर बुद्धिनाथ तिम्सिनाले कृषि क्षेत्रमा बेलका नगरले गरेको कामका बारेमा जानकारी गराउँदै सुन्दरहरैंचाले पनि सफ्ट्वेर प्रणालीमार्फत् सेवा प्रवाह गरे किसान पहिचानमा मद्दत पुग्ने बताएका थिए । उनले आफ्नो प्रस्तुतिमार्फत् नगरको कृषि क्षेत्रको विकासलाई व्यवस्थित गर्न तयार पार्नुपर्ने योजना लागू गर्न सुझाएका थिए ।
नगरप्रमुख केदारप्रसाद गुरागाईंले प्राप्त भएका सुझाव र सल्लाहलाई ग्रहण गर्दै आगामी वर्षको कार्यक्रममा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । इलाका प्रशासन कार्यालय स्थापनाका लागि मन्त्रालयसम्म कुरा पुगेको बताउँदै चाँडै सो कार्यलय स्थापना गरिने बताए ।
उनले घरनक्साको काम साउन १ गतेबाट वडा कार्यालयबाट नै हुने गरेको बताउँदै हरेक कामलाई विकेन्द्रीकरण गर्दै लैजाने बताए । नागरिकलाई सेवा प्रवाहमा सहज बनाउन सकेसम्म सबै काम गर्न वडा कार्यालयलाई अधिकार दिएर सेवाग्राहीलाई आत्मसम्मान सहितको सेवा पाउने व्यवस्था मिलाउने बताए ।
सुन्दरहरैंचा नगरपालिकाले जेठ २७ गते नै एउटा सार्वजनिक सूचना जारी गर्दै नगरवासीलाई आफ्ना सल्लाह, सुझाव इमेलमार्फत् पठाउन अनुरोध गरेको थियो ।
Facebook Comment
Banner
कांग्रेसका हिमाली–उच्च पहाडी २० क्षेत्रका टिकट गगनले टुंग्याए
नेपाली कांग्रेको दोस्रो विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले फागुन २१ को निर्वाचनका लागि धमाधम टिकट बाँड्न थालेका छन् ।
निर्वाचन आयोगबाट सभापतिको मान्यता पाएसँगै थापाले मंगलबार मनोनयन हुने भएपछि सोमबारदेखि धमाधम उम्मेदवार छानिरहेका छन् ।पहिलो चरणमा हिमाली र उच्च पहाडी जिल्लाका १७ निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई टिकट बाँडिसकेका छन् ।
यसअघि समानुपातिक र राष्ट्रियसभाको टिकटमा तत्कालीन सभापति शेरबहादुर देउवाले हस्ताक्षर गरेका थिए । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ भने गगन आफैंले हस्ताक्षर गरे टिकट दिइरहेका छन् ।कांग्रेसका उम्मेदवार मिलाउन सोमबार राति देउवा र शेखर कोइराला समूहका नेतासँग उनले छलफल गरेका थिए । त्रिपक्षीय छलफलपछि गगनले टिकट बाँड्न थालेका हुन् । थापाले सोमबार नै राति धेरै स्थानको टिकट दिइसक्ने तयारी गरेका छन् ।
पार्टीको आधिकारिकता गुमाएको समूहलाई पनि गगनले समेटेर टिकट दिने तयारी गरेका छन् ।
१. कालिकोट – हर्ष बम
२. डोल्पा – कर्ण बहादुर बुढा
३. ताप्लेजुङ – गजेन्द्र तुम्येहाङ
४. तेह्रथुम – सन्तोष सुब्बा
५. दैलेख–१ – दिक्पाल शाही
६. दैलेख–२ – बासना थापा
७. धनकुटा – दिनेश राई
८. रूकुमपूर्व – कुसुम थापा मगर
९. पाँचथर – नरेन्द्र केरूङ
१०. प्युठान – डा. गोविन्दराज पोखरेल
११. बाजुरा – जनक गिरी
१२. बैतडी – चतुरबहादुर चन्द
१३. मुगु – खड्ग बहादुर बुढा
१४. रोल्पा – डा. सुधन कुमार ओली
१५. सल्यान – केशब बहादुर विष्ट
१६. जुम्ला – दीप बहादुर शाही
१७. हुम्ला – जयपति रोकाया
१८. भोजपुर- बालकृष्ण थापा
१९. अछाम-१, भरतबहादुर स्वाँर
२०. अछाम-२- पुष्पबहादुर शाह
Banner
चुनाव लड्न राजीनामा दिँदै सञ्चारमन्त्री खरेल
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल राजीनामा दिने भएका छन् ।
खरेलका प्रेस सल्लाहकार सीबी अधिकारीका अनुसार उनले अहिले ५ः३० बजे मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै राजीनामा दिन लागेका हुन् ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने तयारी छ । उनीनिकटका अनुसार खरेल ललितपुर– २ बाट चुनावमा भाग लिँदै छन् ।
Banner
आज सोनाम ल्होसार
तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार आज विविध कार्यक्रम गरी मनाउँदै छन् ।
मञ्जुश्री पात्रो अनुसार आजदेखि २८६२ औँ वर्ष शुरू भएको छ । आजदेखि सर्प वर्ष पूरा गरी घोडा वर्ष प्रवेश हुन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।
ल्होसारका १२ वटै वर्ष पशुपन्छीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताउनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ ।
झन्डै ४ हजार ७ सय वर्ष पुरानो मानिने यो परम्परा नेपालसहित चीन, मंगोलिया, जापान, भियतनाम, थाइल्यान्ड, ताइवान, मलेसिया, सिंगापुरलगायत देशहरूमा पनि मनाउने गरिन्छ ।
नेपालमा तामाङ समुदायसहित ह्योल्मो, मनाङ्गे, डोल्पो, थकाली, जिरेल, दुरा तथा केही शेर्पा समुदायले समेत यो पर्व मनाउने गर्छन् ।
-
अर्थ6 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद6 years agoरंगशालाको अवलोकन
-
मुख्य6 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य6 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य6 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner6 years agoगोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने













You must be logged in to post a comment Login