Connect with us
Advertisement

बजेट निर्माणका लागि भएको छलफलमा कृषि, फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सुझाव

Published

on

विराटचोकः मोरङको सुन्दरहरैंचा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि बजेट, नीति तथा कार्यक्रम निर्माणका लागि राय, सुझाव संकलनको कार्यलाई प्राथमिकता दिएको छ ।

बुधबार नगरपालिकाको सभाहलमा नगरप्रमुख केदारप्रसाद गुरागाईको अध्यक्षतामा सर्वपक्षीय भेला गराई बजेट, नीति तथा कार्यक्रमका बारेमा सुझाव लिइएको छ । सो कार्यक्रममा अधिकांशले कृषि क्षेत्रमा नयाँ कार्यक्रम ल्याउन सुझाव दिएका थिए ।

कार्यक्रममा बोल्दै सुन्दरहरैंचा–५ का किसान चन्द्रप्रकाश भट्टराईले वर्षौंदेखि कृषि क्षेत्रमा लागेका किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन सुझाएका छन् । यस्तै, सुन्दरहरैंचा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नवराज चापागाईले सबै वडामा १÷१ वटा नमूना सडक निर्माण गर्नुपर्ने, सडकमा उच्च प्रविधिको सीसी क्यामेरा जडान, सडक बत्ती, सरकारी जग्गाको पहिचान गरी ९९ वर्षको लागि लिजमा दिएर रोजगारी सिर्जना हुने खालका उद्योग स्थापनामा नगरसभाले कार्यक्रम ल्याउनुपर्ने भनाइ राखेका थिए ।

यसैगरी, बालबालिकाको क्षेत्रमा नगर बाल सञ्जालका अध्यक्ष मदन भण्डारीले बालमैत्री नगर बनाउन योजना ल्याउनुपर्ने र नगरलाई बाल विवाहमुक्त नगर बनाउनुपर्ने, सबै विद्यालयमा बालहिंसाका विषयमा जनचेतनामूलक कार्यक्रम ल्याउनुपर्नेमा जोड दिएका थिए ।

नयाँ वृन्दावन गौशालाका संरक्षक दीनबन्धु शास्त्रीले पर्यटकीय क्षेत्रको विकास, मठ, मन्दिरको अभिलेखीकरण, विद्यालयमा दिइने अनुदानको व्यवस्थापन गर्नुपर्ने सुझाव दिएका थिए । नगरमा रहेको धनी देखिने विद्यालयले नै वर्षेनी अनुदान पाउने गरेको उदाहरण दिँदै यसलाई पूर्ण रुपमा रोकी सञ्चालनमा कठिनाई रहेका विद्यालयलाई अनुदान र सहयोग गर्ने नीति नगरले ल्याउन सुझाएका छन् ।

नागरिक समाजका अध्यक्ष दधिराम ढुंगानाले यातायातका साधनबाट निस्कने फोहोर व्यवस्थापन गर्न सबै सवारी साधनमा डस्बिन राखेर नगरमा देखिने फोहोर कम गर्ने नीति ल्याउनुपर्ने बताए । यस्तै, उनले नागरिकको डेटाबेस, सूचना प्रणालीको विकास गर्नुपर्ने, खेतीयोग्य जमीनको नक्साङ्कन गर्नुपर्ने, उत्पादनका आधारमा अनुदान दिनुपर्ने भन्दै नागरिक समाजको तर्फबाट निर्माण गरेको सुझावको दस्तावेज नगरप्रमुखलाई हस्तान्तरण गरेका छन् ।

अगुवा किसान ऐनकुमार गिरीले सरकारबाट लिइने अनुदानमा किसानलाई सास्ती भएको भन्दै जताततै कमिसनको कारणले किसान मारमा परेको बताए । किसानलाई प्रत्यक्ष फाइदा पुग्ने कार्यक्रम ल्याउन उनले सुझाएका छन् ।

एकीकृत समाजवादीकाे पार्टी प्रतिनिधिकाे तर्फबाट डोलेश्वर तिम्सिनाले विराटचोक क्षेत्रमा पानीको पोखरी भएको भन्दै यसको समाधान, वर्षातको बेला हुने डुबान समस्या, अपाङ्गता भएका व्यक्तिलाई पूर्ण रुपमा व्यवसाय दर्तामा छुट, नगरमा वर्षाैदेखि सञ्चालनमा आएर दर्ता नभएका व्यवसायीलाई छुटको कार्यक्रम ल्याएर दर्ता प्रक्रियामा ल्याउन सुझाएका थिए ।

विद्यार्थीको तर्फबाट चुडामणि रिजालले नगर क्षेत्रको पार्किङ व्यवस्थापनलाई समयमै ध्यान दिएर योजना ल्याउन सुझाएका छन् । बढ्दो बजारीकरणसँगै सवारी साधनहरु चोरी हुने क्रम बढेकाले यसको समाधानका लागि कार्यक्रम ल्याउन उनले माग गरेका छन् । केही सामुदायिक विद्यालयमा विद्यार्थीको चाप थेगिनसक्नु धेरै र कतै विद्यार्थी अत्याधिक कम भएको परिस्थितिलाई नीति कार्यक्रम बनाएर सबै विद्यालयमा विद्यार्थीले समान रुपले शिक्षा लिने खालका कार्यक्रम ल्याउन सुझाव दिएका छन् ।

नेकपा एमालेका नगर अध्यक्ष मातृकाप्रसाद ढकालले पूर्वाञ्चल विश्वविद्यालय, सुकुना बहुमुखी क्याम्पसजस्ता शैक्षिक संस्थालाई व्यवस्थित र नगरको गौरवको रुपमा लानुपर्ने बताएका छन् ।

अधिकांश वक्ताहरुले फोहोर व्यवस्थापन, कृषि शिक्षा र स्वास्थ्यका बारेमा चासो राखेका थिए ।

कार्यक्रममा बेलका नगरपालिका कृषि इन्जिनियर बुद्धिनाथ तिम्सिनाले कृषि क्षेत्रमा बेलका नगरले गरेको कामका बारेमा जानकारी गराउँदै सुन्दरहरैंचाले पनि सफ्ट्वेर प्रणालीमार्फत् सेवा प्रवाह गरे किसान पहिचानमा मद्दत पुग्ने बताएका थिए । उनले आफ्नो प्रस्तुतिमार्फत् नगरको कृषि क्षेत्रको विकासलाई व्यवस्थित गर्न तयार पार्नुपर्ने योजना लागू गर्न सुझाएका थिए ।

नगरप्रमुख केदारप्रसाद गुरागाईंले प्राप्त भएका सुझाव र सल्लाहलाई ग्रहण गर्दै आगामी वर्षको कार्यक्रममा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । इलाका प्रशासन कार्यालय स्थापनाका लागि मन्त्रालयसम्म कुरा पुगेको बताउँदै चाँडै सो कार्यलय स्थापना गरिने बताए ।

उनले घरनक्साको काम साउन १ गतेबाट वडा कार्यालयबाट नै हुने गरेको बताउँदै हरेक कामलाई विकेन्द्रीकरण गर्दै लैजाने बताए । नागरिकलाई सेवा प्रवाहमा सहज बनाउन सकेसम्म सबै काम गर्न वडा कार्यालयलाई अधिकार दिएर सेवाग्राहीलाई आत्मसम्मान सहितको सेवा पाउने व्यवस्था मिलाउने बताए ।

सुन्दरहरैंचा नगरपालिकाले जेठ २७ गते नै एउटा सार्वजनिक सूचना जारी गर्दै नगरवासीलाई आफ्ना सल्लाह, सुझाव इमेलमार्फत् पठाउन अनुरोध गरेको थियो ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

नाइमा अटो शो सकियो, ३ हजार २ सयभन्दा बढी गाडी बुकिङ

Published

on

२६ साउनदेखि सुरु भएको नाइमा नेपाल मोबिलिटी एक्सपो, २०२६ आज औपचारिक रूपमा समापन भएको छ । नेपाल अटोमोबाइल इम्पोटर्स एन्ड म्यानुफ्याक्चरिङ एसोसिएसन (नाइमा) ले आयोजना गरेको दोस्रो संस्करणको अटो एक्सपो भव्यताका साथ सम्पन्न भएको जनाएको छ ।

२६ साउनदेखि ३१ साउनसम्म ६ दिनसम्म चलेको अटो शोमा १ लाख ७० हजारभन्दा बढी अवलोकनकर्ताहरूले प्रदर्शनीको अवलोकन गरेको दाबी गरिएको छ ।

‘नाइमा मोबिलिटी एक्सपो सोचेभन्दा राम्रो र सफल भयो,’ नाइमाकी अध्यक्ष रितुसिंह वैद्यले भनिन् । बर्खाको सिजन पानी पर्दा पनि अवलोकनकर्ताहरूको उत्साह उल्लेखनीय रहेको अध्यक्ष वैद्यको भनाइ छ ।

यसैगरी, नाइमा एक्सपोको संयोजकसमेत रहेका नाइमा बोर्ड सदस्य गौरव सारडाले अघिल्लो वर्षको एक्सपो भन्दा पनि यसपटक विशेष र उत्साहपूर्ण रहेको जानकारी दिए । एक्सपो संयोजन र व्यवस्थापनमा निकै थकान भए पनि सफलताले असीमित खुसी दिएको उनले बताए ।

यसैगरी, नाइमाका बोर्ड सदस्यसमेत रहेका लक्ष्मी ग्रुपका प्रमुख निराकार श्रेष्ठले एक्सपोमा उल्लेख्य मात्रामा अवलोकनकर्ताको आगमन भएको र गाडीको बुकिङ भएको बताए । उनले भने, ‘एक्सपोमा असीमित उत्साह मिलेको छ । अवलोकनकर्ताहरूको उत्साहप्रद सहभागिता अन्तिम दिनसम्मै रहर्‍यो । ६ दिनसम्मको शोमा उल्लेखनीय रूपमा गाडीहरूको बुकिङ भएका छन् । अब यसलाई सेल्समा कन्भर्ट गर्न कति सकिन्छ, हेरौँ ।’

यसैगरी, नाइमा बोर्ड सदस्य एवं व्यवसायी आकाश गोल्छाले अटो शोमा यसपटक अनपेक्षित उत्साह मिलेको बताए । सस्तादेखि महँगा गाडी हेर्ने मात्र नभएर बुकिङसमेत हुँदा आफू खुसी भएको उनले बताए ।

६ दिनको अटो शोमा कति भयो बिजनेस ?

नाइमा एक्सपोको अन्तिम दिन अर्थात् ३१ साउनको बेलुका सहभागी कम्पनी तथा ब्रान्डहरूले उपलब्ध गराएको तथ्यांकअनुसार चार पाङ्ग्रे सवारीतर्फ ३ हजार २ सयभन्दा बढी गाडीको बुकिङ भएको छ । उपलब्ध ब्रान्डका गाडीहरूको बुकिङ संख्या ३ हजार २९० रहेको दाबी गरिएको छ ।

यसैगरी दुई पाङ्ग्रेतर्फ १ हजार १८० भन्दामाथिको बुकिङ तथा बिक्री भएको कम्पनीहरूले दाबी गरेका छन् ।

Continue Reading

Banner

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान

Published

on

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी, लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेश प्रदेश तथा सुदूरपश्चिमको तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

त्यसैगरी आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान मधेस तथा कर्णाली पहाडी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भूभागका साथै कोशी र लुम्बिनी प्रदेशका पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन र विभागको पछिल्लो सूचनामा अद्यावधिक रहन महाशाखाको अनुरोध छ । रासस

Continue Reading

Banner

मनसुनी वायुको प्रभाव: देशका केही स्थानमा भारी वर्षाको सम्भावना

Published

on

 हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ छ ।

विभागका अनुसार देशभर अधिकांश बादल लागेको छ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । देशको पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

विभागद्वारा मौसम ‘बुलेटिन’का अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा, मधेस प्रदेश तथा कर्णाली पहाडी भू–भागका र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८५२०७८८९९,९८४२०३५१६२,९८४२११३१५४

ई–मेल

[email protected]
हाम्रो टिम
सम्पादक ज्ञाननाथ ढकाल
प्रबन्धकः महेश उप्रेति
हाम्रो फेसबुक