Connect with us
Advertisement

हामी छाडा हुँदा धेरै पालिकालाई फोहोर व्यवस्थापनमा टाउको दुखाइ

Published

on

विराटचोकः संविधानमा स्थानीय सरकारलाई फोहोर व्यवस्थापन गर्ने जिम्मा दिइएको छ । सोही अनुसार विभिन्न पालिकाले फोहोर व्यवस्थापनको काममा अग्रसरता देखाएका छन् भने धेरै पालिकालाई यो टाउको दुखाइको विषय बनेको छ ।

नागरिकको सोचमा परिवर्तन नहुनु नै व्यवस्थापनको प्रमुख समस्या देखिएको छ । कुना, झाडी, जङ्गल र बाटैमा फोहोर फाल्ने बानीलाई नहटाएसम्म फोहोर व्यवस्थापन चुनौतीकै विषय रहिरहने देखिएको छ । अर्कोतर्फ हेर्ने हो भने पालिकाहरुले फोहोर व्यवस्थापनलाई बेवास्ता गरेको जस्तो देखिन्छ । यसरी सरकार मात्रै लागेर लक्ष्य हासिल हुने देखिँदैन । यसका लागि हामीबाटै र माटै परिवर्तन हुन जरुरी छ । पूर्वका धनकुटा, धरान र इटहरीले फोहोर व्यवस्थापनमा यसरी काम गरेको देखिन्छ ।

धनकुटा नगरपालिकाले कुहिने फोहोरलाई घरमै थान्को लगाउने उपाय अपनाएको पाइएको छ । घरबाट निस्कने कुहिने प्रकारको फोहोरलाई मलको रुपमा प्रयोग गर्न नागरिकलाई कार्यालयले अनुरोध गरेको छ । सरसफाइका कर्मचारीले सोही अनुसार फोहोर संकलन गर्ने गरेका छन् । नागरिकले पनि फोहोरलाई छुट्याएर मात्रै दिने गरेको पाइएको छ । नकुहिने फोहोर प्लाष्टिक, बोतल, टीन, फलाम, सिसा, कपडा, जस्ता फोहोरमात्रै संकलन गरिँदै आएको वातावरण शाखाका प्रमुख उपेन्द्र खनाल बताउँछन् ।

धनकुटा बजार ननिकै वडा नम्बर ६ सल्लेरी वनभित्र फोहोरमैला व्यवस्थापन केन्द्र स्थापना गरे पनि त्यहाँ डम्पिङ साइट रहेको आभास नै हुँदैन । सामान्यत डम्पिङ साइट दुर्गन्धित हुने आमधारणा रहे पनि यो पालिकामा भने फूलबारीको सुगन्ध महशुस हुने गरेको छ । रेडियो सुसेलीको संयोजनमा सञ्चारकर्मीको टोली त्यस ठाउँमा पुग्दा कतैबाट कुनै प्रकारको दुर्गन्ध नआउनु व्यवस्थापनको पहिलो सफलता रहेको देखिने फोहोर व्यवस्थापनको अभियानमा धेरै पालिकाको भ्रमण गरिसकेका रेडियो सुसेलीका कार्यकारी प्रमुख बाबुराम निरौला बताउँछन् ।

धनकुटाले निजी क्षेत्रको सहकार्यबाट फोहोर व्यवस्थापन गर्दै आएकोे छ । तालिका बनाएर दैनिक÷ साप्ताहिक गरेर १६ टन फोहोर संकलन भइरहेको छ । पालिकाले हरेक घरबाट वार्षिक ५० रुपैयाँदेखि ३ हजार ६ सय रुपैयाँसम्म फोहोर संकलनबापत कर लिने गरेको छ । होटल व्यवसायीसँग ३ हजार ६ सय रुपैयाँ लिने गरेको वातावरण शाखा प्रमुख खनाले बताए ।

गाउँशहरबाट निस्किएको नकुहिने फोहोरलाई छुट्याएर कम्प्रेसर मेसिनबाट चेप्ट्याएर ७०÷८० किलोको ब्लक बनाएर बिक्री गरिँदै आइएको छ । यसो गर्दा उद्योगलाई कच्चापदार्थ ढुवानी गर्न सहज हुने र फोहोर व्यवस्थापनमा कम क्षेत्रफलमा राख्न मिल्ने हुन्छ ।

सो केन्द्रले फोहोर बिक्रीबाट वार्षिक करीब ५० लाखसम्म आम्दानी हुने गरेको जनाएको छ । निजी क्षेत्रबाट १४ र नगरपालिकाले २६ जनालाई रोजगारी दिइरहेको खनाल बताउँछन् । यसका लागि नगरपालिकाले फोहोर व्यवस्थापनमा घर÷घर पुग्ने कर्मचारीलाई हप्काउने भन्दा उनीहरुलाई सम्मान गरेर काममा लगाउने गरेको खनाल बताउँछन् । यस्ता कर्मचारीको काम आफैँमा जोखिम भएकाले सबै क्षेत्रबाट सहयोग र हौसला प्रदान गरेमात्रै हामी स्वच्छ सफा र सुन्दर शहरभित्र निरोगी भएर जीवनयापन गर्न सक्ने उनी बताउँछन् ।

आज पनि यो पालिकाको चुनौतिको रुपमा होटलबाट निस्कने फोहोर रहेको छ । त्यस्तो फोहोरमा मिसावट हुने गरेको पाइन्छ । यसलाई कोठामै दुइवटा डस्बि राखेर भए पनि कुहिने र नकुहिने छुट्याउनुपर्ने देखिन्छ । प्रदेश सरकार वा संघीय सरकारले पालिकासँग काम गर्ने क्षमता छैन भन्ने गलत बुझाई, कतैबाट अनपेक्षित रुपमा दवाव दिनु, र नागरिकमा चेतनाको कमीले गर्दा नै फोहोर बोझको रुपमा रहेको वातावरण शाखा प्रमुख खनाल बताउँछन् ।

फोहोरभित्र फूलबारी, जहाँ घुम्न, हेर्न, टिकटक बनाउन र फोटो खिच्न आउँछन् आगन्तुक
धनकुटाले फोहोरभत्र फूलबारी निर्माण गरेर उदाहरणीय नगर बनेको छ । जहाँ फोहोर व्यवस्थापन केन्द्र छ त्यहीँ अनेकौँ प्रजातिका फूलहरु फुलेको देख्न सकिन्छ । २०६६ सालदेखि २०७० सम्म फोहोर फालिएको ठाउँमा आज फूलबारी रहेको छ । त्यो समयमा ५÷७ टन मात्रै फोहोर निस्कने गरेको वातावरण शाखा प्रमुख खनाल बताउँछन् ।

त्यो समयमा कुनै पनि कम्पनीसँग सम्झौता नभएको र सबै फोहोर त्यहीँ फालिएको थियो । पछि फोहोराथि माटोले पुर्दै त्यो ठाउँमा बोट, बिरुवा, फूल लगाइदिएपछि यो ठाउँले मुहार फेरेको छ । हाम्रो टिम पुग्दा कक्षा १२ को परीक्षा दिन आएका विद्यार्थीहरु फोहोर व्यवस्थापन केन्द्रमा फोटो खिच्न आएका थिए ।

धरानको फोहोर संकलन कार्यले नमूनाको रुप लिएको छ । यहाँका नागरिकमा आएको परिवर्तनले गर्दा अहिले बजारमा फोहोर देखिन छाडेको छ । नगरपालिकाले २० वटा वडामध्ये १६ वटा वडाको फोहोर संकलन गर्दै आएको छ भने वडा नम्बर १७ को केही क्षेत्रको फोहोर संकलन गर्ने गरेको छ । फोहोरलाई नागरिकले घरबाटै अनिवार्य बोरामा हालेर फोहोर संकलन केन्द्रका कर्मचारी आउने दिनमात्रै बाहिर निकाल्ने गरेकाले बजारमा फोहोर नदेखिने धरान उपमहानगर पालिकाका वातावरण महाशाखा प्रमुख भेषराज घिमिरे बताउँछन् । यो नगरपालिकाबाट दैनिक ३० देखि ३५ टन फाहोर निस्किरहेको छ । यो फोहोरलाई नगरपालिकाकाले भेन्चर वेस्ट टु इनर्जी प्रालिसम्म पुर्याउने गरेको छ ।

धरानको फोहोरबाट ग्यास निकाल्ने गरिएको छ । नेपालको पहिलो शहरी फोहोर व्यवस्थापन केन्द्रको रुपमा धरान उपमहानगरपालिका तथा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको सहकार्यमा भेन्चर वेस्ट टु इनर्जी प्रा.लि.द्वारा निर्मित फोहोर व्यवस्थापन केन्द्रले धरानबाट दैनिक निस्कने फोहोरलाई प्रशोधन गरेर ग्यास निकाल्ने गरेको छ । बजारबाट आउने फोहोरलाई छुट्याएर कुहिने फोहोरबाट (सिएनजी) ग्यास उत्पादन हुँदै आएको छ । सो ग्यासलाई हाल धरानमा चल्ने टेम्पोमा प्रयोग गरिँदै आइएको छ । १ सय ३० रुपैयाँ प्रतिकेजी पर्ने सो ग्यासले डिजेल÷प्रेटोल भन्दा धेरै माइलेज दिने भएकाले यो प्रयोगले सफलता पाउने वातावरण महाशाखा प्रमुख घिमिरे बताउँछन् ।

यो कम्पनीसँग पालिकाले २० वर्षपछि आफैँ स्वामित्व लिने गरी हाल वार्षिक आम्दानीको १ प्रतिशत नाफा लिने गरेको छ ।

यो कम्पनीले कम्पोष्ट मल पनि उत्पादन शुरु गरेको छ । संकलन भएको फोहोरलाई प्रशोधन गरेर मल उत्पादन शुरु गरिएको छ । यस्तै, संकलन फोहोरमध्ये बिक्री हुने प्लाष्टिकजन्य फोहोर, सिसा, काटुन, फलाम, इलेक्ट्रोनिक आइटम भने कच्चा पदार्थको रुपमा विभिन्न फ्याक्ट्रीमा बिक्री गर्ने गरिएको छ ।

यसरी प्रशोधन र बिक्री नहुने फोहोर धरानका लागि समस्याको रुपमा रहेको छ । डम्पिङ साइट बनाउने जग्गा पर्याप्त मात्रमा नभएकाले यो समस्या निम्तिने देखिएको हो ।

इटहरी उपमहानगरपालिका क्षेत्रमा फालिएको फोहोरलाई पनि मोहर बनाउने गरिएको छ । इटहरी– १० मा निर्माण भएको ल्यान्ड फिल्डमा गत मङ्सिरबाट फोहोर व्यवस्थापन गर्ने जिम्मा लिएको वेस्ट एण्ड इन्भायरो म्यानेजमेन्ट प्रालिले इटहरीको फोहोरको व्यवस्थापन गर्न थालेपछि फोहोरले मोहर कमाउन थालेको हो । सो प्रा.लि.ले बायोग्यास र प्राङ्गारिक मल उत्पादन गर्ने मुख्य लक्ष्य लिएको थियो ।

सर्वेक्षणमा ६० प्रतिशत कुहिने फोहोर आउने आँकलन गरिए पनि अहिले बजारबाट निस्किएको फाहोरमा १५ प्रतिशत हाराहारीमा कुहिने फोहोर आउन थालेपछि यो केन्द्रलाई समस्या उत्पन्न हुने देखिएको छ । फोहोर व्यवस्थापनको जिम्मा लिए पनि चुनौती थपिएको सञ्चालक बताउँछन् । घरबाट निस्कने फाहोरमा कुहिने फोहोर छुट्याएर आउने भएकाले सोचे अनुसारको ग्यास उत्पादनमा समस्या देखिएको इटहरी उपमहानगरका वातावरण शाखा प्रमुख पुष्पनारायण चौधरी बताउँछन् ।

यस्तै प्रशोधित फोहोरलाई अन्तिम डम्पिङ साइटको व्यवस्थापन पनि चुनौतीको विषय बन्ने भएको छ । हाटखोलाको आडमा फालिँदै आएको सो फोहोर दीर्घकालीन समाधानको विषय नभएकाले यसलाई समयमै व्यवस्थापन गर्नुपर्ने छ ।

इटहरी उपमहानगर, वैकल्पिक उर्जा केन्द्र र वेस्ट एण्ड इन्भायरो मेनेजमेन्ट प्रालिबीचको सम्झौताअनुसार फोहोर संकलन गरी बायोग्यास र प्राङ्गारिक मल उत्पादन हुने भएको हो । इटहरीका चोकमा अहिले पनि फोहोर देखिने गरेकाले सोचे अनुसार काम भने भएको देखिँदैन । नगरप्रमुख हेमकर्ण पौडेलले इटहरीवासीलाई स्वच्छ, स्वस्थ, र हराभरा राख्ने नीतिलाई अङ्गीकार गरिएको बताए । स्रोतको व्यवस्थापन गरेर फोहोरलाई शून्य बनाउने लक्ष्य लिइएको उनले बताए ।

मोरङको सुन्दरहरैंचा नगरपालिकालगायतका नगरले भने फोहोरलाई जङ्गलमा लगेर डम्पिङ गर्दै आएका छन् ।

Continue Reading

Facebook Comment

Click to comment

You must be logged in to post a comment Login

Leave a Reply

Banner

नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका चिकित्सक, कर्मचारी, विद्यार्थीहरुले रक्तदान गरे

Published

on

नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलमा मिति २०८०।४।३२ गते रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । लायन्स क्लव अफ विराटनगर एलिटले आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका चिकित्सक, कर्मचारी, विद्यार्थीहरुले रक्तदान गरेका थिए । नाक, कान, घाँटी रोग विशेषज्ञ डा. मिनाक्षी बस्नेतको सकृयतामा सम्पन्न रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी नोवेल इकाई एवं जिल्ला समितिको सहयोग रहेको र रक्तदानबाट १०६ पिण्ट रगत संकलन भएको थियो ।
Continue Reading

Banner

नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिल बिरटनगरको प्राबिधिक सहयोग र सुनसरी जिल्लाको बराहाक्षेत्र नगरपालिकाको आयोजनामा महेन्द्र मा. बि., भरौल, वार्ड –३ मा एक दिवसिय निःशुल्क स्वास्थ्य सिविरको आयोजना गरियो ।

Published

on

नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिल बिरटनगरको प्राबिधिक सहयोग र सुनसरी जिल्लाको बराहाक्षेत्र नगरपालिकाको आयोजनामा महेन्द्र मा. बि., भरौल, वार्ड –३ मा एक दिवसिय निःशुल्क स्वास्थ्य सिविरको आयोजना गरियो । सिविरबाट ९०० जना विरामीहरु स्वास्थ्य परीक्षण र उपचार सेवाबाट लाभान्वित भएका थिए ।
वडा नंं ३ का वडा अध्यक्षको सभापतित्व र नगरपालिका प्रमुखको प्रमुख आथित्यता उद्घाटन भएको नि.शुल्क स्वास्थ शिविरमा जेनेरल मेडिसिनमा ८९ जना, छाला रोगमा ३८ जना, स्त्री तथा प्रसुती रोग ८० जना, जनरल सर्जरीमा ६० जना, हाड जोर्नी ५३ जना, नाक कान घाँटीमा ५२ जना, बाल रोगमा १५० जना, दन्त रोगमा ४५ जना, आँखा परीक्षणमा २२७ जनाको परीक्षण गरिएको थियो । सिविरमा ४० जनाको इ .सि. जि., ८० जनाको भिडियो एक्स–रे र ७० जनाको प्रयोगशाला परीक्षण गरिएको थियो ।
Continue Reading

Banner

नोबेलको निःशुल्क आँखा शिविरमा आँखा पाकेका बिरामीको भीड

Published

on

आँखा पाक्ने समस्या बढिरहेका बेला विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले बुधबार मोरङको पथरीशनिश्चरे–४ सिरिसेडाँडामा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।

पथरीशनिश्चरे ४ नं. वडा कार्यालयसँग सहकार्य गरेर एक दिने शिविर आयोजना गरिएको हो ।   शिविरमा २ सय ६० जना बिरामीको निःशुल्क आँखा जाँच गरी औषधि प्रदान गरिएको नोबेल शिक्षण अस्पतालका मार्केटिङ अफिसर नविन दाहालले जानकारी दिए ।

शिविरमा आएका बिरामीहरूलाई नोबेल अस्पतालको आँखा विभागका डाक्टरहरूको टोलीले परीक्षण गरेको थियो ।

सिरिसेडाँडास्थित आधारभूत स्वास्थ्य केन्द्रमा आयोजना गरिएको शिविरमा आँखा पाकेका बिरामीहरू गाउँ–गाउँबाट आएका थिए ।

गाउँमा आँखा पाक्ने रोग फैलिँदै गएकाले रोकथामका लागि शिविर सञ्चालन गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ ।

Continue Reading
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

Trending

सम्पर्क

विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिद्वारा सञ्चालित
निष्पक्ष खबर डट कम

सुन्दरहरैँचा, मोरङ

सूचना विभाग दर्ता नं. १६४२ ०७६।७७

प्रेस काउन्सिल दर्ता नं. ३४३ ०७६।०७७
कम्पनी दर्ता नं. २२७६३९।०७६।०७७
स्थायी लेखा नं. ६०९६५३९४६

सम्पर्क

९८४२११३१५४, ९८०४३९४५४७, ९८०४०५३७९९

ई–मेल

[email protected]
हाम्रो टिम
अध्यक्ष टेकराज तिम्सिना
प्रधान सम्पादक ज्ञाननाथ ढकाल
सम्पादक पवन तिम्सिना
प्रबन्धकः शम्भु धमला
हाम्रो फेसबुक