कोशी प्रदेश
हामी छाडा हुँदा धेरै पालिकालाई फोहोर व्यवस्थापनमा टाउको दुखाइ
विराटचोकः संविधानमा स्थानीय सरकारलाई फोहोर व्यवस्थापन गर्ने जिम्मा दिइएको छ । सोही अनुसार विभिन्न पालिकाले फोहोर व्यवस्थापनको काममा अग्रसरता देखाएका छन् भने धेरै पालिकालाई यो टाउको दुखाइको विषय बनेको छ ।
नागरिकको सोचमा परिवर्तन नहुनु नै व्यवस्थापनको प्रमुख समस्या देखिएको छ । कुना, झाडी, जङ्गल र बाटैमा फोहोर फाल्ने बानीलाई नहटाएसम्म फोहोर व्यवस्थापन चुनौतीकै विषय रहिरहने देखिएको छ । अर्कोतर्फ हेर्ने हो भने पालिकाहरुले फोहोर व्यवस्थापनलाई बेवास्ता गरेको जस्तो देखिन्छ । यसरी सरकार मात्रै लागेर लक्ष्य हासिल हुने देखिँदैन । यसका लागि हामीबाटै र माटै परिवर्तन हुन जरुरी छ । पूर्वका धनकुटा, धरान र इटहरीले फोहोर व्यवस्थापनमा यसरी काम गरेको देखिन्छ ।
धनकुटा नगरपालिकाले कुहिने फोहोरलाई घरमै थान्को लगाउने उपाय अपनाएको पाइएको छ । घरबाट निस्कने कुहिने प्रकारको फोहोरलाई मलको रुपमा प्रयोग गर्न नागरिकलाई कार्यालयले अनुरोध गरेको छ । सरसफाइका कर्मचारीले सोही अनुसार फोहोर संकलन गर्ने गरेका छन् । नागरिकले पनि फोहोरलाई छुट्याएर मात्रै दिने गरेको पाइएको छ । नकुहिने फोहोर प्लाष्टिक, बोतल, टीन, फलाम, सिसा, कपडा, जस्ता फोहोरमात्रै संकलन गरिँदै आएको वातावरण शाखाका प्रमुख उपेन्द्र खनाल बताउँछन् ।
धनकुटा बजार ननिकै वडा नम्बर ६ सल्लेरी वनभित्र फोहोरमैला व्यवस्थापन केन्द्र स्थापना गरे पनि त्यहाँ डम्पिङ साइट रहेको आभास नै हुँदैन । सामान्यत डम्पिङ साइट दुर्गन्धित हुने आमधारणा रहे पनि यो पालिकामा भने फूलबारीको सुगन्ध महशुस हुने गरेको छ । रेडियो सुसेलीको संयोजनमा सञ्चारकर्मीको टोली त्यस ठाउँमा पुग्दा कतैबाट कुनै प्रकारको दुर्गन्ध नआउनु व्यवस्थापनको पहिलो सफलता रहेको देखिने फोहोर व्यवस्थापनको अभियानमा धेरै पालिकाको भ्रमण गरिसकेका रेडियो सुसेलीका कार्यकारी प्रमुख बाबुराम निरौला बताउँछन् ।
धनकुटाले निजी क्षेत्रको सहकार्यबाट फोहोर व्यवस्थापन गर्दै आएकोे छ । तालिका बनाएर दैनिक÷ साप्ताहिक गरेर १६ टन फोहोर संकलन भइरहेको छ । पालिकाले हरेक घरबाट वार्षिक ५० रुपैयाँदेखि ३ हजार ६ सय रुपैयाँसम्म फोहोर संकलनबापत कर लिने गरेको छ । होटल व्यवसायीसँग ३ हजार ६ सय रुपैयाँ लिने गरेको वातावरण शाखा प्रमुख खनाले बताए ।
गाउँशहरबाट निस्किएको नकुहिने फोहोरलाई छुट्याएर कम्प्रेसर मेसिनबाट चेप्ट्याएर ७०÷८० किलोको ब्लक बनाएर बिक्री गरिँदै आइएको छ । यसो गर्दा उद्योगलाई कच्चापदार्थ ढुवानी गर्न सहज हुने र फोहोर व्यवस्थापनमा कम क्षेत्रफलमा राख्न मिल्ने हुन्छ ।
सो केन्द्रले फोहोर बिक्रीबाट वार्षिक करीब ५० लाखसम्म आम्दानी हुने गरेको जनाएको छ । निजी क्षेत्रबाट १४ र नगरपालिकाले २६ जनालाई रोजगारी दिइरहेको खनाल बताउँछन् । यसका लागि नगरपालिकाले फोहोर व्यवस्थापनमा घर÷घर पुग्ने कर्मचारीलाई हप्काउने भन्दा उनीहरुलाई सम्मान गरेर काममा लगाउने गरेको खनाल बताउँछन् । यस्ता कर्मचारीको काम आफैँमा जोखिम भएकाले सबै क्षेत्रबाट सहयोग र हौसला प्रदान गरेमात्रै हामी स्वच्छ सफा र सुन्दर शहरभित्र निरोगी भएर जीवनयापन गर्न सक्ने उनी बताउँछन् ।
आज पनि यो पालिकाको चुनौतिको रुपमा होटलबाट निस्कने फोहोर रहेको छ । त्यस्तो फोहोरमा मिसावट हुने गरेको पाइन्छ । यसलाई कोठामै दुइवटा डस्बि राखेर भए पनि कुहिने र नकुहिने छुट्याउनुपर्ने देखिन्छ । प्रदेश सरकार वा संघीय सरकारले पालिकासँग काम गर्ने क्षमता छैन भन्ने गलत बुझाई, कतैबाट अनपेक्षित रुपमा दवाव दिनु, र नागरिकमा चेतनाको कमीले गर्दा नै फोहोर बोझको रुपमा रहेको वातावरण शाखा प्रमुख खनाल बताउँछन् ।
फोहोरभित्र फूलबारी, जहाँ घुम्न, हेर्न, टिकटक बनाउन र फोटो खिच्न आउँछन् आगन्तुक
धनकुटाले फोहोरभत्र फूलबारी निर्माण गरेर उदाहरणीय नगर बनेको छ । जहाँ फोहोर व्यवस्थापन केन्द्र छ त्यहीँ अनेकौँ प्रजातिका फूलहरु फुलेको देख्न सकिन्छ । २०६६ सालदेखि २०७० सम्म फोहोर फालिएको ठाउँमा आज फूलबारी रहेको छ । त्यो समयमा ५÷७ टन मात्रै फोहोर निस्कने गरेको वातावरण शाखा प्रमुख खनाल बताउँछन् ।

त्यो समयमा कुनै पनि कम्पनीसँग सम्झौता नभएको र सबै फोहोर त्यहीँ फालिएको थियो । पछि फोहोराथि माटोले पुर्दै त्यो ठाउँमा बोट, बिरुवा, फूल लगाइदिएपछि यो ठाउँले मुहार फेरेको छ । हाम्रो टिम पुग्दा कक्षा १२ को परीक्षा दिन आएका विद्यार्थीहरु फोहोर व्यवस्थापन केन्द्रमा फोटो खिच्न आएका थिए ।
धरानको फोहोर संकलन कार्यले नमूनाको रुप लिएको छ । यहाँका नागरिकमा आएको परिवर्तनले गर्दा अहिले बजारमा फोहोर देखिन छाडेको छ । नगरपालिकाले २० वटा वडामध्ये १६ वटा वडाको फोहोर संकलन गर्दै आएको छ भने वडा नम्बर १७ को केही क्षेत्रको फोहोर संकलन गर्ने गरेको छ । फोहोरलाई नागरिकले घरबाटै अनिवार्य बोरामा हालेर फोहोर संकलन केन्द्रका कर्मचारी आउने दिनमात्रै बाहिर निकाल्ने गरेकाले बजारमा फोहोर नदेखिने धरान उपमहानगर पालिकाका वातावरण महाशाखा प्रमुख भेषराज घिमिरे बताउँछन् । यो नगरपालिकाबाट दैनिक ३० देखि ३५ टन फाहोर निस्किरहेको छ । यो फोहोरलाई नगरपालिकाकाले भेन्चर वेस्ट टु इनर्जी प्रालिसम्म पुर्याउने गरेको छ ।
धरानको फोहोरबाट ग्यास निकाल्ने गरिएको छ । नेपालको पहिलो शहरी फोहोर व्यवस्थापन केन्द्रको रुपमा धरान उपमहानगरपालिका तथा वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको सहकार्यमा भेन्चर वेस्ट टु इनर्जी प्रा.लि.द्वारा निर्मित फोहोर व्यवस्थापन केन्द्रले धरानबाट दैनिक निस्कने फोहोरलाई प्रशोधन गरेर ग्यास निकाल्ने गरेको छ । बजारबाट आउने फोहोरलाई छुट्याएर कुहिने फोहोरबाट (सिएनजी) ग्यास उत्पादन हुँदै आएको छ । सो ग्यासलाई हाल धरानमा चल्ने टेम्पोमा प्रयोग गरिँदै आइएको छ । १ सय ३० रुपैयाँ प्रतिकेजी पर्ने सो ग्यासले डिजेल÷प्रेटोल भन्दा धेरै माइलेज दिने भएकाले यो प्रयोगले सफलता पाउने वातावरण महाशाखा प्रमुख घिमिरे बताउँछन् ।
यो कम्पनीसँग पालिकाले २० वर्षपछि आफैँ स्वामित्व लिने गरी हाल वार्षिक आम्दानीको १ प्रतिशत नाफा लिने गरेको छ ।

यो कम्पनीले कम्पोष्ट मल पनि उत्पादन शुरु गरेको छ । संकलन भएको फोहोरलाई प्रशोधन गरेर मल उत्पादन शुरु गरिएको छ । यस्तै, संकलन फोहोरमध्ये बिक्री हुने प्लाष्टिकजन्य फोहोर, सिसा, काटुन, फलाम, इलेक्ट्रोनिक आइटम भने कच्चा पदार्थको रुपमा विभिन्न फ्याक्ट्रीमा बिक्री गर्ने गरिएको छ ।
यसरी प्रशोधन र बिक्री नहुने फोहोर धरानका लागि समस्याको रुपमा रहेको छ । डम्पिङ साइट बनाउने जग्गा पर्याप्त मात्रमा नभएकाले यो समस्या निम्तिने देखिएको हो ।
इटहरी उपमहानगरपालिका क्षेत्रमा फालिएको फोहोरलाई पनि मोहर बनाउने गरिएको छ । इटहरी– १० मा निर्माण भएको ल्यान्ड फिल्डमा गत मङ्सिरबाट फोहोर व्यवस्थापन गर्ने जिम्मा लिएको वेस्ट एण्ड इन्भायरो म्यानेजमेन्ट प्रालिले इटहरीको फोहोरको व्यवस्थापन गर्न थालेपछि फोहोरले मोहर कमाउन थालेको हो । सो प्रा.लि.ले बायोग्यास र प्राङ्गारिक मल उत्पादन गर्ने मुख्य लक्ष्य लिएको थियो ।
सर्वेक्षणमा ६० प्रतिशत कुहिने फोहोर आउने आँकलन गरिए पनि अहिले बजारबाट निस्किएको फाहोरमा १५ प्रतिशत हाराहारीमा कुहिने फोहोर आउन थालेपछि यो केन्द्रलाई समस्या उत्पन्न हुने देखिएको छ । फोहोर व्यवस्थापनको जिम्मा लिए पनि चुनौती थपिएको सञ्चालक बताउँछन् । घरबाट निस्कने फाहोरमा कुहिने फोहोर छुट्याएर आउने भएकाले सोचे अनुसारको ग्यास उत्पादनमा समस्या देखिएको इटहरी उपमहानगरका वातावरण शाखा प्रमुख पुष्पनारायण चौधरी बताउँछन् ।

यस्तै प्रशोधित फोहोरलाई अन्तिम डम्पिङ साइटको व्यवस्थापन पनि चुनौतीको विषय बन्ने भएको छ । हाटखोलाको आडमा फालिँदै आएको सो फोहोर दीर्घकालीन समाधानको विषय नभएकाले यसलाई समयमै व्यवस्थापन गर्नुपर्ने छ ।
इटहरी उपमहानगर, वैकल्पिक उर्जा केन्द्र र वेस्ट एण्ड इन्भायरो मेनेजमेन्ट प्रालिबीचको सम्झौताअनुसार फोहोर संकलन गरी बायोग्यास र प्राङ्गारिक मल उत्पादन हुने भएको हो । इटहरीका चोकमा अहिले पनि फोहोर देखिने गरेकाले सोचे अनुसार काम भने भएको देखिँदैन । नगरप्रमुख हेमकर्ण पौडेलले इटहरीवासीलाई स्वच्छ, स्वस्थ, र हराभरा राख्ने नीतिलाई अङ्गीकार गरिएको बताए । स्रोतको व्यवस्थापन गरेर फोहोरलाई शून्य बनाउने लक्ष्य लिइएको उनले बताए ।
मोरङको सुन्दरहरैंचा नगरपालिकालगायतका नगरले भने फोहोरलाई जङ्गलमा लगेर डम्पिङ गर्दै आएका छन् ।
Facebook Comment
Banner
नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि
नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ ।
‘परम्पराको सम्मान र परिवर्तनको संकल्प : समुन्नत नेपालका लागि सबल कांग्रेसको विकल्प’ भन्ने नाराका साथ महाधिवेशनको दिउँसो २ बजे खुलामञ्चमा औपचारिक उद्घाटन हुने पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
उद्घाटन समारोहमा विभिन्न दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरिएको छ । प्रवक्ता चालिसेका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाललगायत विभिन्न दलका शीर्ष नेतृत्वलाई महाधिवेशनको उद्घाटन समारोहमा निमन्त्रणा गरिएको छ ।
असोज २२ गतेसम्म चल्ने महाधिवेशनमा सात हजार पाँच सयभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको सहभागिता रहने कांग्रेसले जनाएको छ ।
महाधिवेशनको बन्दसत्र र बाँकी कार्यक्रमहरू असोज १९ र २० गते हुनेछ भने निर्वाचन कार्यक्रमका लागि असोज २१ र २२ गतेका लागि तोकिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिले असोज १९ गते दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म काठमाडौंस्थित राष्ट्रिय सभागृहमा उम्मेदवारहरूको मनोनयनपत्र दर्ता गर्ने तालिका सार्वजनिक गरेको छ ।
निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालका अनुसार तोकिएको समयभित्र सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधि सदस्य तथा महाधिवेशनबाट उम्मेदवार बन्न योग्य व्यक्तिहरूले मनोनयनपत्र दर्ता गर्न सक्ने छन् ।
महाधिवेशनमा सहभागी प्रतिनिधिका लागि खानाको व्यवस्था भृकुटीमण्डपमा मिलाइएको छ। प्रतिनिधिहरूले आफ्नो बसोबासको व्यवस्था आफैँ गर्नुपर्नेछ।
Banner
सर्वाधिक मत ल्याएर डा. सुनील शर्मा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित
सर्वाधिक मत ल्याएर डा. सुनील शर्मा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित
नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि डा. सुनील शर्मा मोरङ–३ बाट अत्यधिक बहुमतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। मोरङ–३ मा खसेको ७९० सदरमतमध्ये शर्माले ६५० मत प्राप्त गर्दै ८२ दशमलव २८ प्रतिशत मतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्।
शर्माले प्राप्त गरेको मतले कांग्रेसको १५औँ महाधिवेशनमा उनको राजनीतिक सक्रियता र नेतृत्वसम्बन्धी चासोलाई थप बलियो बनाएको छ। वडा अधिवेशनबाटै उनको महाधिवेशन यात्रा सर्वसम्मत रूपमा अघि बढेको थियो। उनी बेलबारी नगरपालिका–४ बाट वडा प्रतिनिधिमा सर्वसम्मत भएका थिए।
यसअघि नै डा. शर्मा कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवार बन्ने तयारीमा रहेको चर्चा हुँदै आएको छ। पार्टीको नयाँ नेतृत्व र पदाधिकारी चयनलाई लिएर बहस चलिरहेका बेला शर्माले महामन्त्री पदमा आफ्नो दाबी प्रस्तुत गर्ने तयारी गरेका हुन्। स्वास्थ्य, शिक्षा र सामाजिक सेवाका क्षेत्रमा सक्रिय रहँदै आएका शर्मा पछिल्लो समय पार्टीभित्र नेतृत्वको भूमिकामा पनि चर्चामा छन्।
शर्मा नेपाली कांग्रेसको राजनीतिमा २०५४ सालदेखि सक्रिय छन्। १३औँ महाधिवेशनदेखि महासमिति सदस्य रहँदै आएका उनी अहिले १५औँ महाधिवेशनको प्रक्रियामा केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढेका हुन्। वडा तहबाट सर्वसम्मत रूपमा सुरु भएको उनको महाधिवेशन यात्रा अब केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढेको छ।
१५औँ महाधिवेशनमा महामन्त्रीका आकांक्षीका रूपमा शर्माको नाम चर्चामा रहेका बेला मोरङ–३ बाट प्राप्त ६५० मतले उनको राजनीतिक यात्राप्रति थप चासो बढाएको छ। नेता र कार्यकर्ताबीचको दूरी घटाउँदै प्रत्यक्ष रूपमा जनतासँग जोडिएर राजनीति गर्नुपर्छ भन्ने मान्यता राख्ने शर्मा आफूलाई जनतासँग निरन्तर जोडिने नेताका रूपमा स्थापित गर्दै आएका छन्। राजनीति जनतासँग प्रत्यक्ष जोडिनुपर्ने र जनताका समस्या तथा आवश्यकतासँग नजिक रहेर काम गर्नुपर्ने उनको धारणा छ।
Banner
होटल जलेर खरानी भए पनि समाजसेवा रोकिएन, दुलालले बनाए नमुना ज्येष्ठ नागरिक चौतारी
मोरङको सुन्दरहरैँचा नगरपालिका–९ गोविन्द मार्गमा समाजसेवी भोलेश्वर दुलालले मौलिक नेपाली संस्कृति र धार्मिक महत्व झल्काउने ज्येष्ठ नागरिक चौतारी (फल्चा) निर्माण गरी समुदायलाई हस्तान्तरण गरेका छन्।
दुर्गादेवी दुलाल एकल महिला प्रतिष्ठानमार्फत निर्माण गरिएको उक्त चौतारी दुलालले आफ्नै निजी १२ धुर जग्गामा करिब १ करोड रुपैयाँको लागतमा निर्माण गरेका हुन्। उपत्यकाबाहिर विरलै देखिने मौलिक शैलीको चौतारी निर्माणका लागि काठमाडौंलगायत विभिन्न स्थानबाट कालीगढ तथा निर्माण सामग्री ल्याइएको थियो।
इँटा र काठमा आकर्षक बुट्टा कुँदेर निर्माण गरिएको चौतारीले पुरानो नेपाली मौलिक संस्कृति र वास्तुकलाको झल्को दिन्छ। चौतारी निर्माणका क्रममा भक्तपुरमा पूजाआजा गरी देवीझोडाको माटो र मास प्रयोग गरेर इँटा जडान गरिएको दुलालले बताए।
दुलाल दम्पतीको परिकल्पनामा निर्माण भएको चौतारीको निर्माण कार्य प्रमिला दुलाल इन्द्रपुर लायन्स क्लबको अध्यक्ष रहेका बेला अघि बढाइएको थियो। निर्माण सम्पन्न भएपछि यसको मर्मतसम्भार तथा संरक्षणको जिम्मेवारी इन्द्रपुर लायन्स क्लबलाई दिने गरी समुदायलाई हस्तान्तरण गरिएको हो।

होटल जलेर खरानी भए पनि समाजसेवा निरन्तर
दुलालले सञ्चालन गर्दै आएको नेपालीरिका होटल गत वर्षको जेनजी आन्दोलनका क्रममा आगलागीबाट पूर्ण रूपमा ध्वस्त भएको थियो। होटल जलेर ठूलो क्षति व्यहोर्नुपरे पनि दुलाल परिवारले सामाजिक सेवाको अभियानलाई निरन्तरता दिएको हो।
आफ्नो व्यक्तिगत पीडाका बाबजुद दुलालले जग्गासहित करिब १ करोड रुपैयाँ बराबरको संरचना निर्माण गरी समुदायलाई हस्तान्तरण गरेका छन्।
चौतारी हस्तान्तरण कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले दुलाल परिवारले देखाएको सामाजिक संस्कार र सेवाभावबाट सबैले सिक्नुपर्ने बताए।
उनले पछिल्लो समय समाजमा सामाजिक तथा नैतिक संस्कार कमजोर हुँदै गएको उल्लेख गर्दै मानवीय र नैतिक शिक्षालाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए। दुलालले निर्माण गरेको चौतारीले नेपाली मौलिकपनलाई जीवन्त राख्नुका साथै ज्येष्ठ नागरिकबीच अनुभव आदानप्रदान गर्ने महत्वपूर्ण थलोका रूपमा भूमिका खेल्ने उनको भनाइ थियो।
निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था
चौतारी परिसरमा शौचालय, खानेपानीको धारा र किचनसमेत निर्माण गरिएको छ। साथै, दुलालको आफ्नै उद्योग पीएलओ ल्युब आयल प्रालिमा कार्यरत स्वास्थ्यकर्मी तथा नर्समार्फत हरेक मंगलबार ज्येष्ठ नागरिकसहित समुदायका लागि निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको दुलालले जानकारी दिए।
चौतारीको संरक्षण, संवर्द्धन तथा रेखदेखको जिम्मेवारी सुन्दर नमुना टोल विकास संस्थाले लिने अध्यक्ष गोपाल दाहालले बताए। समुदायका सबै पक्षको सहकार्यमा संरचनाको संरक्षण गर्दै आगामी पुस्ताका लागि समेत उपयोगी बनाइने उनको भनाइ छ।
हस्तान्तरण कार्यक्रममा वडा नं. ९ का अध्यक्ष प्रकाश श्रेष्ठ, कार्यपालिका सदस्य रूजा घिमिरे, इन्द्रपुर लायन्स क्लबका अध्यक्ष योजना शर्मा, इन्द्रपुर जेसीजका अध्यक्ष समीर बस्नेत तथा सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीलगायतको उपस्थिति थियो।
दुलाल परिवारले विगत ३६ वर्षदेखि सुन्दरहरैँचा क्षेत्रमा विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आएको जनाइएको छ। व्यक्तिगत कठिनाइ र क्षतिका बीच पनि सामाजिक सेवामा निरन्तर सक्रिय रहेको दुलाल परिवारको कार्यक्रममा उपस्थित अतिथिहरूले प्रशंसा गर्दै आगामी दिनमा समेत सेवाकार्यलाई निरन्तरता दिन शुभकामना दिएका थिए।
-
अर्थ7 years agoसमाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner4 years agoसाउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद7 years agoरंगशालाको अवलोकन
-
मुख्य7 years agoशेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ6 years agoगोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य7 years agoसुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य7 years agoपुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
धर्म / संस्कृति7 years agoगुरुङको थर नै गोत्र















You must be logged in to post a comment Login