विराटचोकः असार १ गतेदेखि आदर्श लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गरेको छ । लघुवित्तले जारी पूँजी २ करोड ७ लाख रुपैयाँको ३२.३७ प्रतिशतले हुन आउने ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता शेयर बिक्री गर्न लागेको हो ।
सो शेयरमध्ये ०.५ प्रतिशत आर्थत १ हजार ३५ कित्ता शेयर कर्मचारीहरुलाई र १.५ प्रतिशत अर्थात ३ हजार ३ सय ५० कित्ता शेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको सो कम्पनीले जनाएको छ । बाँकी ६२ हजार ६ सय १५ कित्ता शेयरका लागि सर्वसाधारणले आवेदन दिन पाउने भएका छन् ।
लघुवित्तको अधिकृत पूँजी ४ करोड रुपैयाँ, जारी पूँजी २ करोड ७ लाख रुपैयाँ र चुक्ता पूँजी १ करोड ४० लाख रुपैयाँ रहेको छ । सर्वसाधारणलाई ६७ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशनपछि लघुवित्तको चुक्ता पूँजी २ करोड ७ लाख रुपैयाँ पुग्नेछ ।
प्रतिशेयर १ सय रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ता सम्म शेयर किन्न आवेदन दिन पाइने कम्पनीले जनाएको छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेब तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिने जनाइएको छ ।
छिटोमा असार ५ गते बिक्री बन्द हुने सो आईपीओमा सो अवधिसम्ममा निवेदन नपरेमा असार १५ गतेसम्म आवेदन दिन पाइने भएको छ । बागमती प्रदेशभर सेवा बिस्तार गर्न पाउने सो लघुवित्तले ५ वटा जिल्लाबाट ७ वटा शाखा कार्यालहरु मार्फत् वित्तीय सेवा दिइरहेको छ ।
You must be logged in to post a comment Login