Banner
सुन्दरदुलारी उद्योग वाणिज्य संघको अध्यक्षमा ढुङ्गाना

विराटचोकः मोरङको सुन्दरदुलारी उद्योग वाणिज्य संघको छैटौैं वार्षिक साधारण सभाले जीवन ढुङ्गानाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । गछियामा शनिबार सम्पन्न साधारण सभाबाट प्रथम उपाध्यक्षमा लुवराज आचार्य, उपाध्यक्षमा राजेन्द्रप्रसाद धमला, महासचिवमा खड्गबहादुर श्रेष्ठ ,सचिवमा रमेश थापा साथै कोषाध्यक्षमा बद्री पेस्कार चयन भएका छन् ।
त्यसैगरी, सदस्यमा यशोदा श्रेष्ठ, कमला ओझा, नेत्रप्रसाद दुलाल, अम्बिका पुरी, प्रकाश सिग्देल, कमलप्रसाद दाहाल र उमेश वस्ती चयन भएका छन् । संस्थाले आगामी ३ वर्षको लागिे नयाँ कार्यसमिति चयन गरेको हो । साधारण सभामा पत्रकार एलएन गच्छदार सम्मानित भएका छन् । नगद ५ हजार सहित प्रशंसापत्रद्वारा उनलाई सम्मान गरिएको हो ।
Banner
चार लेन सडकको वातावरणीय प्रभाव मूल्याङ्कनबारे सुन्दरहरैंचामा सार्वजनिक सुनुवाइ सम्पन्न

विराटचोकः झापाको काँकरभिट्टादेखि सुनसरीको लौकहीसम्म पूर्वपश्चिम राजमार्ग स्तरोन्नति गरी एशियाली विकास बैंकले ४ लेनको बनाउन लागेको छ । हाल दुई लेनको रहेको सो सडकको स्तरोन्नति गर्नुपूर्व सबै स्थानीय तहमा सार्वजनिक सुनुवाई सम्पन्न गर्ने क्रममा बुधबार सुन्दरहरैंचामा सार्वजनिक सुनुवाइ सम्पन्न भएको छ ।
झापामा ५४ दशमलव ९ किलोमिटर, मोरङमा २६ दशमलव २ किलोमिटर र बाँकी २८ दशमलव ९ किलोमिटर सडक सुनसरी जिल्लामा गरी जम्मा १ सय २० किलोमिटर सडक स्तरोन्नति हुने भएको हो । हाल रहेको ७ दशमलव ११ मिटर चौडाइको कालोपत्रे सडकलाई स्तरोन्नति गरी ग्रामीण तथा वन क्षेत्रमा २४ मिटर, अर्ध शहरी क्षेत्रमा ३३ मिटर र शहरी क्षेत्रमा ५० मिटर चौडाइको बनाइने बताइएको छ । यसैगरी ७१ वटा नयाँ पुल निर्माण हुने भएका छन् ।
बुधबार सुन्दरहरैचामा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा सामाजिक तथा पुनर्वास विशेषज्ञ रविन ढकालले सो जानकारी दिएका हुन् । उनले सो सडक खण्डको वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनबारे संक्षिप्त जानकारी पनि दिए । एशियाली विकास बैंकले स्तरोन्नति गर्न लागेको यो सडकको लागत करिब रु २८ अर्ब १७ करोड ८९ लाख रहेको छ भने निर्माण कार्य तीन वर्षभित्रमा सम्पन्न हुने बताइएको छ । त्यसपछि ‘एशियन हाइवे स्ट्याण्र्डड’को सडक बन्ने उनले जानकारी दिए ।
झापा, मोरङ र सुनसरी जिल्लालाई छुने यस सडकको आगामी पुससम्ममा ठेक्का खुल्ने र आगामी वर्षको सुरुआतदेखि नै निर्माणको काम शुरु हुने आयोजनाका वातावरणविज्ञ राजेन श्रेष्ठ बताउँछन् । शहरी क्षेत्रमा साइकल लेन, फुटपाथ, ड्रेनसहित निर्माण हुने यस सडकको पहिलो चरणको काम काँकरभिट्टादेखि इटहरीसम्म शुरु हुनेछ । तीन सय मिटरभन्दा लामो पुल रहेका छ स्थानमा सिग्नेचर पुल निर्माण हुने भएका छन् ।
आयोजनाले बिर्तामोड, दमक, उर्लाबारी, विराटचोक, झुम्का इटहरीलगायतका शहरी स्थानमा आकाशे पुल र अन्डर पास निर्माण गर्ने जनाएको छ । विराटचोकमा २ वटा आकाशे पुल निर्माण हुने भएका छन् । यस्तै झरना पुल, मध्याली पुल, मदाहा पुल, मालती पुल, त्रिजुगा पुल र गणेशपुर खोलामा रहेका पुल भत्काएर नयाँ पुल निर्माण हुनेछन् । सार्वजनिक सुनुवाइ कार्यक्रममा नगर प्रमख केदारप्रसाद गुरागाईका साथै जनप्रतिनिधिहरु, विभिन्न विद्यालयका शिक्षकलगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।
Banner
जनैपूर्णिमा मनाउने दिनको बारेमा आएको विवाद अनावश्यकः नेपाल पञ्चाङ्ग निर्णायक समिति

विराटचोकः जनैपूर्णिमा तथा रक्षाबन्धन मनाउने दिनको बारेमा विवाद भएपछि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले त्यसबारेमा प्रष्ट पार्न विज्ञप्ति जारी गरेको छ । साउन २७ गते शुक्रबार नै जनै पूर्णिमा मनाउन समितिले अनुरोध गरेको छ ।
हिजो समितिले विज्ञप्ति जारी गर्दै शास्त्रीय मतअनुसार शुक्रबार जनै पूर्णिमा मनाउनु नै उत्तम रहेको जनाएको हो । समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेल, अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारी र सदस्य प्रा. डा. देवमणि भट्टराईको हस्ताक्षरमा जारी विज्ञप्तिमा सो जानकारी गराइएको हो ।
यस्तो छ समितिले जारी गरेको विज्ञप्तिः
Banner
वडा नम्बर ४ बाट सेवा दिन थालेको पहिलो दिन के के गरे नगरप्रमुख गुरागाईँले

विराटचोकः आजदेखि सुन्दरहरैंचा नगरपालिकाले वडा नम्बर ४ को कार्यालयबाट पनि मेयर केदारप्रसाद गुरागाईँ उपस्थित भएर सेवा प्रवाहलाई सहज बनाएका छन् । यसै क्रममा उनले आज वडा नम्बर ४ को कार्यालयबाट एउटा निर्णय र एउटा सिफारिशपत्रमा हस्ताक्षर गरेका छन् भने एउटा समूहले मेयरलाई भेटेर आफ्ना समस्या राखेको छ ।
मेयर गुरागाईँले आर्थिक वर्ष २०७९ –०८० को लागि नगरसभाबाट पारित बजेट पुस्तिका छपाइमा जानुभन्दा अगाडि हस्ताक्षर गर्ने काम वडा नम्बर ४ स्थित कार्यकक्षबाट गरेका हुन् । ‘अब यो बजेट पुस्तिका प्रेसमा जान्छ,’ हस्ताक्षर गर्दै गर्दा उनले भने, ‘पहिलो निर्णय यहाँ (वडा नम्बर ४ स्थित कार्यालय) बाट यही भयो ।’
त्यसपछि उनले स्थानीय एक सामुदायिक भवनका लागि तीन वटा सिलिङ पंखा उपलब्ध गराइदिने बेहोराको सिफारिश पत्रमा हस्ताक्षर गरे । सिफारिश पत्रको लागि निवेदन लिएर गएका सेवाग्राहीको निवेदनमा नियमानुसार काम अघि बढाइउनू भन्ने आशयको सिफारिश सम्बन्धित शाखालाई गरेका थिए ।
त्यसपछि मेयरलाई भेट्न पुगेको एउटा समूहले आफ्नो समस्या राख्यो । मेयरलाई आफ्ना समस्या सुनाउन अटो तथा ई रिक्सा व्यवसायी पुगेका थिए । ठेकेदारले पटके सवारी करको नाममा आफूहरुलाई दुःख दिएको उनीहरुको गुनासो थियो । ठेकेदारले वडा नम्बर ६ मा मात्रै पटके कर लिइरहेको र सो कर दिनमा एक पटकभन्दा बढी लिने गरेकाले थप समस्या परेको उनीहरुको भनाइ थियो ।
अपूर्ण व्यवस्थापन
वडा नम्बर ४ बाट सेवा दिने कार्यको थालनी हुने दिन ११ बजेको आसपासमा नगर प्रमुख, नगर उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र नगरका विभिन्न शाखाका कर्मचारी वडा नम्बर ४ को कार्यालय पुगेका थिए । त्यहाँ रहेका विभिन्न शाखाको निरीक्षणपछि १२ बजेतिर नगरप्रमुख, उपप्रमुख, सुन्दरहरैंचाको वडा नम्बर ४, ५, ६ र ७ का वडाध्यक्ष तथा कार्यपालिका सदस्यसहितको बैठक बसेको थियो । खोला उत्खननको विषयमा केन्द्रित रहेर भएको वातावरणीय प्रभाव मूल्याङ्कन (आईईई) मा केन्द्रित बैठकपछि औपचारिक कार्यक्रम साढे १ बजे शुरु भएको थियो ।
वातावरणीय प्रभाव मूल्याङ्कनको लागि बैठक भइरहँदा नगरपालिकाका कर्मचारी भने नगरप्रमुखको नेमप्लेट राख्ने ठाउँ बनाउन व्यस्त थिए । नेम प्लेटको लागि बोर्ड राख्नुअघि इँटाले काँटी ठोक्ने काम कर्मचारीले गरेका थिए । हतौडा नभेटिएपछि इँटाले हतारहतार काँटी ठोकेर बोर्ड राखिएकाले कर्मचारी हतारमा थिए भन्ने जनाउँथ्यो ।
पूर्व पश्चिम राजमार्गको स्तरोन्नतिका लागि जेसीज भवनमा २ बजे शुरु हुने कार्यक्रममा पुग्नुपर्ने जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतलगायतका कर्मचारी थप हतारमा देखिन्थे ।
-
अर्थ3 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner3 weeks ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद3 years ago
रंगशालाको अवलोकन
-
अर्थ2 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य3 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
मुख्य3 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य3 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
प्रदेश नं. १2 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login